झापा–५ : बालेन भारी मतले अगाडि

RSS

सुरुङ्गा (झापा), २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम राखेका छन् । रास्वपा उम्मेदवार शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका नुओलीले ९ हजार ६८ मत मात्र प्राप्त गरेका छन् । अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ नेता शाह २५ हजार ७९५ मतले अगाडि छन् । यो निर्वाचन क्षेत्रमा ५२ हजार २०७ मत गणना भएको छ ।

झापा ५ मा कूल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । उनका अनुसार यो निर्वाचन क्षेत्रमा एक लाख छ हजार ५६८ मत खसेको छ । आधा मत गणना हुँदा ओली २५ हजार मतले पछाडि परेका हुन् ।