प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

काठमाडौँ, ५ चैतः प्रधानमन्त्री सुशीला कार्कीलाई बिहीबार जुम्लाको कर्णाली प्राविधिक शिक्षालय अवलोकनका क्रममा स्वागत गर्दै शिक्षक एवं विद्यार्थी । विसं २०३७ मा स्थापना भएको उक्त संस्था नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ। तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

जुम्ला, ५ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गरेकी छिन् । मुगुस्थित रारा तालको भ्रमण सकाएर नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला आ्रएकी प्रधानमन्त्री कार्कीले कर्णाली प्राविधिक शिक्षालय भौतिक संरचनादेखि शिक्षालयको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । कर्णाली प्राविधिक शिक्षालयका निमित्त कार्यालय प्रमुख मुक्ति भण्डारीले शिक्षालयका समस्यालाई प्रधानमन्त्री कार्कीसमक्ष राखिएको बताए ।