काठमाडौँ, २४ चैतः सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सञ्चारकर्मीलाई जानकारी दिइन् । भट्ट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर बन्न पाएका थिएनन् । अब उनी बालेन नेतृत्वको बलियो सरकारको मूख्य सल्लाहकारका रुपमा रहने योजना आयोगको नेतृत्व गर्नेछन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त