युद्धका कारण इरानका विद्यालय लगायतका पूर्वाधारमा क्षति

File : 260407) -- TEHRAN, April 7, 2026 (Xinhua) -- People take part in a memorial event held to mourn the students of an elementary school who were killed in a missile strike in southern Iran, in Tehran, Iran, April 7, 2026. A missile strike on an elementary school in Minab, southern Iran on Feb. 28, 2026 killed at least 175 people, most of them schoolgirls. Increasing evidence has shown this tragedy was of the U.S. making. (Xinhua/Shadati)

तेहरान, वैशाख १० गते । अमेरिका र इरानबिचको द्वन्द्वमा इरानका विद्यालय, यातायात नेटवर्कसहित नागरिक पूर्वाधारमा क्षति पुगेको उल्लेख गर्दै हाल मर्मत कार्य भई रहेको इरानी मन्त्रीहरूलाई उदृत गर्दै इरान समाचार एजेन्सीले रिपोर्टका गरेको छ । इरानका अनुसार युद्धमा २४ वटा पुललाई लक्षित गरी आक्रमण गरिएको थियो । यसैबिच, इरानका शिक्षामन्त्री अलिरेजा काजेमीले द्वन्द्वमा क्षतिग्रस्त भएका एक हजार ३०० विद्यालय मध्ये ७७५ वटा विद्यालयको मर्मत भइसकेको बताए । यसै गरी बाँकी धेरै क्षतिग्रस्त भएका विद्यालयको मर्मत अक्टोबरसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको उनले बताए ।

उनले मिनाबको शाजारेह तैयबेह बालिका विद्यालयमा भएको आक्रमणमा मारिएका १७० जनाको स्मरण र परामर्श सेवासहित प्रभावित विद्यार्थी र कर्मचारीका लागि आवाश्यक उपायबारे कार्य गरिरहेको प्रकाश पारे । इरानले वार्ताको प्रारम्भका पूर्व शर्त स्थापित गर्दैे अमेरिकाले आफ्नो सैनिक नाकाबन्दी समाप्त गरे पछि मात्र वार्तामा संलग्न हुन तयार रेहेको संयुक्त राष्ट्रका राजदूत अमिर सइद इरवानीले बताए ।


यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई जारी युद्धविराम बिचमा एकजुट हुन दवाव दिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ । रिपोर्टले ट्रम्पको निर्णयले तेहरानलाई छोटो समय सीमा दिई हालको युद्धविराम विस्तार गर्न चेतावनी दिइएको छ । ट्रम्पले इरानलाई आफ्नो कुरा एक साथ राख्नका लागि थप तीनदेखि पाँच दिनको युद्धविराम गर्न इच्छुक रहेको अमेरिकी स्रोतले जनाएको छ । राससएएनआई