२० वैशाख, काठमाडौं । सरकारले बागमती र यसका सहायक नदी किनारका बस्तीमा डोजर चलाएपछि ७ हजार ७८९ जना सुकुमबासी सरकारको सम्पर्कमा आएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसा आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८१६ परिवारले दर्ता गराएका छन् । सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ।
दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै हलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएको समेत कार्यालयले जनाएको छ । सरकारले व्यवस्थापनका लागि कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्र प्रयोग गरिरहेको छ । आज पनि घर भत्काउने क्रम काठमाडौंमा जारी रह्यो ।