आज पनि जारी रह्यो एमाले सचिवालय बैठक, अध्यक्षको पक्षमा मिश्रित प्रतिक्रिया

file

भक्तपुर, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राख्नुभएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनले पार्टीको आइतबार बस्ने बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने सञ्चारकर्मीलाई बताए । गत शुक्रबारदेखि बैठक सुरु भएको थियो । आजको बैठकमा अध्यक्षको बारेमा मिश्रित धारणा आएको छ । महेश बस्नेत लगायत नेताले नेतृत्वको संरक्षण गर्नुपर्नेमा जोड दिए । अन्य नेताले भने नेतृत्वको आलोचना गरेको बताइएको छ ।