प्लिज भोट गरिदिनुस्, अब २ दिन मात्रै बाँकी : सोमनाथ घिमिरे

न्युयोर्क

न्युयोर्कमा राज्य विधान सभा डिस्ट्रक ३० प्रदेश सभा सदस्य (एसेम्ली मेम्बर ) को अग्रिम मतदान भइरहेको छ । प्रदेश सभा सदस्यका उमेद्वार नेपाली मुलका सामाजिक अभियन्ता सोमनाथ घिमिरेले यस क्षेत्रका सम्पुर्ण मतदाताहरुलाई भोट गरिदिन आह्वान गरेका छन् । ‘प्लिज भोट हालिदिनुस्, म तपाईकै हक हितका लागि लड्नेछु’ घिमिरेले भने, ‘आज मलाई सबैले सहयोग गरिदिनुहोस, भोली म तपाईहरुका लागि केही गरेर देखाउने बाचा गर्छु ।’ डिस्ट्रिक ३० अन्तर्गत ज्याक्सन हाईटस्, उडसाईड, मासपेथ र एल्मर्स्ट क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरु जो डेमोक्रेटिक पार्टीमा रजिस्टर्ड भएको हुनुपर्छ । अहिले प्रारम्भिक मतदान भईरहेको छ। प्रारम्भिक मतदान गत जुन १३ देखि सुरु भएको हो । भोली २१ तारिक दिनभर मतदान गर्न पाइनेछ भने सोमबार एक दिन मतदान क्षेत्र बन्द रहनेछ । मंगलबार जुन २३ तारिक मतदान गर्ने अन्तिम दिन हो । सबैले आ-आफ्नो नजिकको मतदान केन्द्रमा गएर भोट गरिदिनुहुन उनले बिनम्र अनुरोध गरेका छन् ।

ज्याक्सनहाइटस्को उडसाइड बसोबास गर्दै आएका घिमिरे बिगत छ महिना अघिदेखि चुनावि यात्रामा होमिएका हुन् । लामो समयदेखि सामाजिक गतिबिधिमा सक्रिय सामाजिक अभियन्ता घिमिरेले सम्पुर्ण दक्षिण एसियाली मुलुकका आप्रबासीको मुद्दामा काम गर्ने हुटहुटी लिएर गत जनवरी १० मा प्रदेश सभा सदस्यको उमेद्वारी दिएका थिए ।
उनले न्युयोर्क राज्यमा भाडामा बसोबास गर्दै आएका सम्पुर्ण भाडावाल र घरबेटीबीच समन्वय गरी दुबैपक्षलाई सहज हुने नीति बनाउने, दक्षिण एसियाली मुलुकका बिद्यार्थीहरुलाई सरकारी बिद्यालयमा गरिने भेदभावको अन्त्य गर्न शिक्षकहरुलाई बिशेष तालिम दिने, पछिल्लो समय बढिरहेको मानसिक स्वास्थ्य समस्या समाधानका लागि विशेष कार्यक्रमहरु संचालन गर्ने लगायत मुद्दामा काम गर्ने बाचा गरेका छन् ।


‘एबोलिस आईस’ भन्ने नाराका साथ अभियान चलाउने, कोर्टको आदेश बिना कसैलाई पनि पक्रने र सोधपुछ गर्न नपाउने बिसयमा लबी गर्ने, आफु बसोबास गरिरहेकोक्षेत्र र छरछिमेकको वातावरणको सुरक्षा लागि बिशेष काम गर्ने लगायत थुप्रै एजेन्डाहरुमा सक्रियतापुर्वक काम गर्ने बचन बद्दता ब्यक्त गरेका छन्।