रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी

चितवन, ७ असारः सभापति लामिछाने-सम्बोधन चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पार्टी सभापति रवि लामिछाने। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । सभापति पदमा उनको एकल उम्मेदवारी परेको छ । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी परेको बताए । यससँगै उनी निर्वाचित भएका छन् ।