म्याक्रोँ ‘थाइ नरेश सामु घुँडा टेकेको दाबी’को थाइल्याण्डको विदेश मन्त्रालयद्वारा खण्डन

France's President Emmanuel Macron (2L) and his wife Brigitte Macron (L) greet Thailand's King Maha Vajiralongkorn (C), Thailand's Queen Suthida (2R) and Thai Princess Sirivannavari (R) as they arrive at The Elysee Presidential Palace for a working dinner as part of the Thai King's State visit to France, in Paris on June 29, 2026. (Photo by Dimitar DILKOFF / AFP)

बैङ्कक, १९ असार (रासस–एएफपी) । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले यो हप्ता पेरिसको राजकीय भ्रमणका क्रममा थाइल्याण्डका राजासामु घुँडा टेकेको भन्दै भाइरल बनेको एआईद्वारा निर्मित तस्वीर भएको थाइल्याण्डको विदेश मन्त्रालयले बिहीबार जानकारी गराएको छ । राजा महा वजिरालोङ्कोर्ण र रानी सुथिदाको यो भ्रमण सन् १९६० यता थाइ नरेशद्वारा गरिएको फ्रान्सको पहिलो औपचारिक भ्रमण थियो । दुई देशबीचको औपचारिक कूटनीतिक सम्बन्धको १७० औँ वर्षगाँठ मनाउने सन्दर्भमा थाइ नरेशको फ्रान्स भ्रमण भएको थियो ।

थाइ सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भवनमा आयोजित भोजमा म्याक्रोँले ७३ वर्षीय राजालाई फ्रान्सको सर्वोच्च सम्मान ‘ग्रान्ड क्रस अफ द लिजन अफ अनर’ र रानी सुथिदालाई ‘ग्रान्ड क्रस अफ द नेशनल अर्डर अफ मेरिट’ प्रदान गरेका थिए । थाइल्याण्डमा अनलाइनमार्फत् व्यापक रूपमा फैलाइएको एउटा तस्वीरमा म्याक्रोँले पुरस्कार दिँदै घुँडा टेकेको देखाइएको थियो ।

यसै सम्बन्धी बुधबार पोस्ट गरिएको एउटा थाइ भाषाको फेसबुक पोस्टले २४ घण्टामा ४० हजारभन्दा बढी ‘लाइक्स’ र दुई हजारभन्दा बढी शेयर पाएको थियो । पोस्ट २० लाखभन्दा बढी ‘फलोअर’ भएको, प्रायः सेना समर्थक र राष्ट्रवादी टिप्पणी प्रकाशित गर्ने पेजले पनि शेयर गरेको थियो । पोष्टबारे एक व्यक्तिको प्रतिक्रियामा भनिएको छ, “म अत्यन्त खुसी र भावुक भएको छु कि फ्रान्स जस्तो हाम्रोभन्दा धेरै धनी र विकसित देशले पनि हाम्रो देशलाई यति महत्व दिन्छ ।”

अर्को व्यक्तिले म्याक्रोँलाई ‘अत्यन्त आकर्षक’ भनेर ‘थाइ दिल जितेको’ टिप्पणी गरेका पाइन्छ । तर थाइल्याण्डको विदेश मन्त्रालयका अधिकारीले तस्वीर एआई निर्मित भएको पुष्टि गरेका छन् । “इम्यानुएल म्याक्रोँले राजकीय सम्मान प्रदान गर्दै घुँडा टेकेको कुनै तस्वीरको प्रमाण छैन,” थाई अधिकारीले एएफपीसँग बताए । एएफपीकोे तथ्य परीक्षण सेवाले तस्वीर ओपन एआईको तस्वीर प्रमाणिकरण उपकरणमा जाँच्दा ओपन एआईबाट बनाइएको पत्ता लगाएको थियो ।

एएफपीले अनलाइन पोस्टमा रानी सुथिदाजस्तो देखिने महिलाको पोशाकलाई भ्रमणका क्रममा खिचिएका एआई तस्वीरहरूसँग तुलना गर्दा मुख्य भिन्नता फेला पारेको थियो । थाइ विदेश मन्त्रालयले प्रकाशित गरेको औपचारिक तस्वीरहरूमा पनि म्याक्रोँले थाई नरेश सामु घुँडा टेकेको कुनै दृश्य छैन ।