२१ असार, यूएई । रुपन्देही सेवा समाज यूएईको अध्यक्षमा कला पंगेनी सर्वसम्मत निर्वाचित भएकी छन् । समाजका अध्यक्ष अमित लोहनीको अध्यक्षतामा २१ जुनमा बरदुबईमा आयोजित समाजको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्ष युवराज भट्टराई, प्रथम उपाध्यक्ष हेमा भण्डारी, महिला उपाध्यक्ष नारायणी भुसाल र अन्य उपाध्यक्षहरुमा खेम रास्कोटी मगर, सीता पंगेनी थापा, सुष्मा सुनारलाई चयन गरेको छ ।
त्यसैगरी महासचिवमा प्रदीप पुन मगर, सचिव सुवास अर्याल, सहसचिव तुलसा न्यौपाने र महिला सचिवमा ज्योती खनाल रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा मित्रलाल घिमिरे चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय सदस्यहरुमा क्रमशः कल्पना गैरे भण्डारी, कर्ण राना मगर, दलबहादुर सोमारे, इन्दिरा अर्याल पाठक, रेखा गैरे, दिलु आले मगर, दौपती थापा मगर, होम रजाली मगर, रमेश बिसी, बबिता घर्ती मगर, लक्ष्मी रेश्मी मगर, सुनिता थापा मगर र कृष्णप्रसाद भट्टराईलाई चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक टंक थापा मगरले निर्विरोघ निर्वाचित कार्यसमिति घोषणा गरेका थिए । रुपन्देही सेवा समाज यूएई लामो समयदेखि यूएईमा सामाजिक कार्यमा क्रियाशील हँुदै आइरहेको छ ।