२५ असार, काठमाडौं । काठमाडौंमा पठाओ चलाइरहेका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेपछि सो घटनामा सरकारको व्यापक आलोचना भइरहेको छ । विगतमा प्रधानमन्त्री बालेनले यस्तै घटनामा राज्यलाई दोष दिँदै कडा स्टाटस राख्ने गर्थे आजको घटनमा भने उनी मौन छन् । उनीमात्र होइन, राज्यका सबै निकाय मौन छन् । प्रहरीका अनुसार नेपालीको गम्भीर अवस्थामा विर अस्पतालमा उपचार जारी छ ।
उनले आत्महत्या प्रयास गर्नुमा महानगर प्रहरीसँग ह्विललकको विवाद रहेको देखिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका २६ वर्षीय गणेश नेपालीलाई गरिबी र राज्यको नियतीले मर्न बाध्य बनाएको भन्दै आलोचना भएको हो । नेपालीको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भाग गम्भीर रूपमा जलेको छ । अस्पतालमा गणेशले आफ्ना दाइसँग भनेका थिए, ‘यो सबै महानगर प्रहरीले गर्दा भएको हो‘। आमा–बुवालाई राम्रो गर्नू ।’
‘भक्तपुरको कमलविनायकमा बस्दै आएका गणेश पछिल्लो साढे दुई वर्षदेखि पठाओ चलाउने काम गर्थे । त्यही कामबाट परिवार चलिरहेको थियो । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश ७ वर्ष अगाडि काठमाडौं छिरेका थिए । कृषि विषयमा जेटी (जुनियर टेक्निसियन) अध्ययन गरेका उनी विदेश जाने तयारीमा थिए । गणेशका श्रीमती, दुई वर्षकी छोरी र वृद्ध आमा–बुबा गाउँमा छन् । उता, महानगरले भने नियमित रुपमा आफ्नो काम कानून अनुसार काम गरेको भन्दै यो घटनाको कारक महानगर नभएको बताएको छ ।
काठमाडौंमा महानगरपालिकालाई उग्र बन्न उक्काउने तत्कालिन मेयर बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डे भएको भन्दै आलोचनामा उनीहरु निसानामा परेका छन ।