१२ साउन, काठमाडौं । सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले भोलि विहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन् । यस घटनामा प्रधानमन्त्री बालेन शाह मौन छन् । रास्वपा सभापति लामिछानेले छलफल विहान ८ बजे लेखा समितिको बैठक कक्षमा बोलाएका छन् । छलफलमा संसदमा रहेका सबैे दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको छ।
सबै दललाई पत्राचार गरिएको छ। सभापतिले नेताहरूलाई आफैं फोन गरेर पनि आमन्त्रण गरेको सभापतिको सचिवालयले जनाएको छ । अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरि सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपीलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए ।