ब्लोअपमा : कुशल बुचा

ठेगाना : गुल्मी दरबार गाउँपालिका–७, चारपाला, गुल्मी
हाल : दुबई, संयुक्त अरब इमिरेट्स
उमेर : ३८ वर्ष
उचाइ : १७३ सेन्टिमिटर
शैक्षिक योग्यता : डिप्लोमा

कुशल बुचा दुबईमा कार्यरत एक सक्रिय समाजसेवी, कलाकार तथा मोडल हुन् । उनी हाल इक्लिप्स इलेक्ट्रोनिक्स डीएमसीसीमा बिक्री कार्यकारीका रुपमा कार्यरत छन् । कला तथा मनोरञ्जन क्षेत्रमा उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । सन् २०१८ मा दुबईमा आयोजित मोडल गीत अवार्डअन्तर्गत उत्कृष्ट मोडल सम्मान प्राप्त गरेका थिए ।

त्यसैगरी सन् २०२१ मा दुबईमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय सामाजिक अवार्ड अन्तर्गत वर्षकै उत्कृष्ट कलाकार सम्मानबाट विभूषित भएका थिए । सन् २०२२ मा दुबईमा आयोजित प्रथम अन्तर्राष्ट्रिय सामाजिक मल्टिपल अवार्ड अन्तर्गत उनले उत्कृष्ट मोडल सम्मान प्राप्त गरेका थिए । सामाजिक क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय छन् । उनी इनास, यूएईका वरिष्ठ उपाध्यक्ष हुन् । साथै गुल्मी सेवा समाज, यूएईका आजीवन सदस्यका रुपमा आबद्ध छन् ।


उनी अजवा स्वयंसेवक टोली, यूएईका सञ्चार प्रमुख तथा पर्यवेक्षकका रुपमा कार्यरत छन् । उक्त टोलीमार्फत उनले संयुक्त अरब इमिरेट्स सरकारद्वारा आयोजित ५० भन्दा बढी स्वयंसेवी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सक्रिय रुपमा सेवा प्रदान गरेका छन् ।