यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन

यूएई । यूएईमा रहेर लामो समयदेखि क्रिकेट खेल क्षेत्रमा क्रियाशील रहेका खेलाडी, समूह र व्यक्तिहरुको सक्रियतामा यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन भएको छ । दुबईस्थित डबल ट्री होटलको सभाहलमा ५ जुलाईमा आयोजित भेलाले नितेश लामाको अध्यक्षतामा यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा दिपान्कर डंगोल, उपाध्यक्षहरुमा विजय कार्की र अनिल पौडेल, महासचिवमा सूर्यविक्रम श्रेष्ठ, कोषाध्यक्षमा सुनिल रसाइली रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः अनाश्रित सापकोटा, गणेश तिमिल्सिना, ज्युलहक अन्सारी, प्रविन कार्की, चित्र पुन, महेन्द्र परियार, नरेन्द्र धामी, सञ्जीव शाह, गणेश थापा र सञ्जय पुन रहेका छन् ।


भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसअनुसार रमेश श्रेष्ठ, मनोज मरहठ्ठा, राजाराम सुवेदी, इन्द्र थापा र सन्तोष खनाल रहेका छन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष मनोज श्रेष्ठ, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, यूएईमा क्रियाशील विभिन्न वैचारिक संघसंस्था, एनआरएन यूएई, नेपाल पत्रकार महासंघ लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राख्दै विविध कारणले परदेसिन बाध्य भई यूएईमा रहेका नेपाली क्रिकेटप्रेमीहरुको लागि खुशीको खबर भन्दै एसोसिएसनले नेपाली क्रिकेट खेलाडीहरुको क्षमता र दक्षता अभिवृद्धि गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुग्ने खेलाडीहरुको विकास गर्न सफल रहोस् भन्ने शुभकामना दिएका थिए ।


नवगठित तदर्थ समितिले यूएईमा क्रियाशील विभिन्न नेपाली क्रिकेट क्लबहरु र व्यक्तिहरु समेटेर बृहत भेलामार्फत एसोसिएसनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।