लक्ष्मी पूजामा धपक्कै बले ठूला शहर (फोटो फिचर)

२२ कात्तिक, काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिरहेका छन् । यस अवसरमा घरघरमा दियो बालेर माता लक्ष्मीको पूजा आराधना गरिन्छ । काठमाडौं उपत्यकासहित देशका ठूला शहरहरु आज झिलिमिली बत्तिले धपक्कै बलेका छन् ।

झिलिमिली घोराही बजार दाङ,२२ असोजः तिहारको लक्ष्मीपूजाका दिन आइतबार ड्रोनबाट देखिएको झिलिमिली दाङको सदरमुकाम घोराही बजार तथा आसपासका भूभाग। तस्बिरः कुलदीप न्यौपाने/रासस
काठमाडौँ, २२ कात्तिकः काठमाडौँको तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीबाट लक्ष्मी पूजाको साँझ देखिएको काठमाडौँ उपत्यकामा बिजुली बत्तीको झिलिमिली । तस्बिरस् हरिराम भेटुवाल/रासस
झिलिमिलि ओखलढुंगा सदरमुकाम ओखलढुङ्गा, २२ कात्तिकः लक्ष्मी पूजाको राति आज ड्रोनबाट देखिएको झिलिमिली बत्तीले सजिएको ओखलढुङ्गा सदरमुकाम । तस्बिरः नवराज कार्की/रासस
इला होटलबाट देखिएको गैँडाकोट, नारायणगढ, भरतपुरलगायत क्षेत्रमा तिहारको झिलिमिली नारायणगढ (चितवन), २२ कात्तिकः लक्ष्मीपूजाको साँझ गैँडाकोटस्थित इला होटलबाट देखिएको गैँडाकोट, नारायणगढ, भरतपुर एवं रत्ननगरसम्मको दृश्य । तिहारका अवसरमा दीपावलीले नारायणी नदीवारि र पारिका सहरी क्षेत्र तथा देवघाट र आसपासका बस्ती झिलिमिली देखिएका छन् । तस्बिरः सनद अधिकारी/रासस