प्रभात भट्टराई अमेरिका सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित हुनेमा राजनीतिक पण्डितदेखि आम सर्वसाधारणसम्म कोही पनि आश्वस्त थिएनन् । विश्लेषकहरुले हिलारी क्लिन्टनको जित्ने सम्भावना ८० प्रतिशत माथि देखाउँदा पनि अप्रत्याशित रुपमा ट्रम्प निर्वाचित भए । ठूला एवम् तुलनात्मक रुपमा आप्रवासीको बाहुल्यता रहेको क्यालिफोर्निया लगायत राज्यमा भारी मतान्तरले हारे पनि गोराहरुको ठूलो बसोवास रहेका… Continue reading राष्ट्रपति ट्रम्पको ट्विट नै संसार
Author: Bijaya Poudel
डीएनए टेस्ट नगरी अन्य कागजपत्र मात्र पेश गरेमा मेरो छोरीका लागि पेश गरेको आई–१३० पेटिसन एप्रुभ हुन सक्छ ?
टेस्ट नगरी अन्य कागजपत्र मात्र पेश गरेमा मेरो छोरीका लागि पेश गरेको आई–१३० पेटिसन एप्रुभ हुन सक्छ ? डीएनएको टेस्ट गर्न खर्चिलो र धेरै समय लाग्ने भएकाले ज्यादै चिन्तित छु । सल्लाह दिनुभए आभारी हुने थिएँ । धन्यवाद । – ओम, अमेरिका युएससीआईएसले शुरुमा पेश गरेको कागजपत्र प्रमाणका आधारमा निवेदनउपर निर्णय गर्न सकेन भने थप… Continue reading डीएनए टेस्ट नगरी अन्य कागजपत्र मात्र पेश गरेमा मेरो छोरीका लागि पेश गरेको आई–१३० पेटिसन एप्रुभ हुन सक्छ ?
राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप चितवनमा हुने
काठमाण्डौं । अमेरिकाको पोर्टल्याण्डमा केन्द्रीय कार्यालय रहेको इन्टरनेशनल ओपन फ्रेन्डसिप च्याम्पियन सिपको सहयोगमा चितवनमा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराहा, न्यू स्टार र सौराह डोजाङ्गको संयुक्त आयोजनामा आगामी कार्तिक १ र २ गते रत्ननगर नगरपालिकामा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएका छन् । प्रतियोगितामा पुरुषको २४… Continue reading राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप चितवनमा हुने
एनआरएनए अमेरिकाको प्रवक्तामा ओम, दश सल्लाहकार समेत मनोनित
विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाको प्रवक्तामा टेक्ससका ओम भट्टराई मनोनित भएका छन् । आइतवार संघ कार्यसमितिको कन्फ्रेन्स कल वैठकवाट भट्टराईलाई प्रवक्तामा मनोनित गरिएको हो । मनोनित हुनुअघि नेपाल तरुण दल अमेरिकाको अध्यक्ष पदवाट भट्टराईले राजिनामा दिएका थिए । यसैगरी दश जना सल्लाहकार समेत मनोनित गरिएको छ । सल्लाहकारमा मनोनित हुनेहरुमा… Continue reading एनआरएनए अमेरिकाको प्रवक्तामा ओम, दश सल्लाहकार समेत मनोनित
एनआरएन युरोप क्षेत्रीय बैठक -चर्चा नेपालमा लगानी, मिसन चुनाबी जोड घटाऊ
विश्वन्युज ,युरोप संवाददाता इटलीको रोममा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएन)को युरोप क्षेत्रीय बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आइतबार अबेर सम्पन्न बैठकमा नेपालमा लगानी भित्र्याउने विषय प्रमुख रुपमा छलफल भयो । पर्यटन प्रवद्र्धन, लगानीको अवसर तथा चुनौती र नेपाली नागरिकको निरन्तरताका विषयमा छलफल भएको छ । दुई दिनसम्म रोममा भएको युरोप… Continue reading एनआरएन युरोप क्षेत्रीय बैठक -चर्चा नेपालमा लगानी, मिसन चुनाबी जोड घटाऊ
विप्लव माओवादीको गतिविधिलाई राजनीतिक रुपमै हल गर्नुपर्छ
देवेन्द्र पौडेल नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देवेन्द्र पौडेल विप्लव माओवादीका गतिविधिलाई प्रश्रय दिन नहुने तर्क गर्नुहुन्छ । संविधानले नै वर्जित गरेका गतिविधि अघि बढाए सरकारले नियन्त्रण गर्ने उनको चेतावनी छ । कुनै समय एउटै मोर्चामा आन्दोलन गरेका विप्लवलाई सकेसम्म सच्चिन उनले आग्रह गरेका छन् । पौडेलसँग मोहन बास्तोलाले गरेको… Continue reading विप्लव माओवादीको गतिविधिलाई राजनीतिक रुपमै हल गर्नुपर्छ
नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप
काठमाडौं । बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डमा नेपाली मूलकी प्रतिष्ठा तृष राउत सेकेण्ड रनर अप भएकी छन् । उनी २२ हजार प्रतियोगीलाई उछिनेर सेकेण्ड रनर अप भएकी हुन् । गत बिहीबार बेलायतको न्यू क्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले टप फण्ड राइजरको उपाधि पनि जितेकी छन् । विभिन्न राउण्डमा भएका प्रतियोगितामा उनी अब्बल साबित भइन् ।… Continue reading नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप
३५ हजार नेपाली बेचबिखनमा, १५ लाख बेचबिखनको जोखिममा
विश्वन्युज संवाददाता काठमाडौं नेपालबाट हरेक वर्ष नेपाली नागरिक विभिन्न देशमा बेचबिखनमा पर्ने गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनअनुसार नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेका छन् । ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ का अनुसार हरेक वर्ष विभिन्न कारणले नेपाली नागरिक बेचबिखनमा पर्ने गरेका छन्… Continue reading ३५ हजार नेपाली बेचबिखनमा, १५ लाख बेचबिखनको जोखिममा
भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन
काठमाण्डौं । भारतकी पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ।भारतीय जनता पार्टीकी नेतृ स्वराजको हृदयघात बाट स्थानीय समय अनुसार मंगलवार राती उपचारको क्रममा निधन भएको हो । ६७ वर्षिया स्वराजले भारतका विभिन्न मन्त्रालय सम्हाले सकेकी थिइन् । उनको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका नेता, विपक्षी कांग्रेसकी नेतृ सोनिया गान्धी लगायतले दुःख… Continue reading भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन
अमेरिकामा विभत्स सप्ताहन्त, नश्लबादी घृणा बन्दुकबाट पोखिंदा मारिए निर्दोस ३२ जना
प्रभात भट्टराई/न्यूह्यामसर अमेरिकामा सप्ताहन्त एक किसिमको उत्सवनै हो । पाँच दिन लगातार काम गरेपछि पाइने दुई दिने ‘विकेन्ड’ मा भरमार रमाइलो गर्ने मुड हुन्छ आम कामकाजी देखि उच्च पदस्थसम्मकै । राष्ट्रपति डोनाल्ड ट्रम्प पनि विकेन्ड पारेर आफ्ना बिभिन्न गल्फ क्लवहरुमा पुगि रहेका हुन्छन् । यस्तै गच्छे अनुसारको तालिका हुन्छ सबै अमेरिकीहरुको विकेन्डमा । तर, यो… Continue reading अमेरिकामा विभत्स सप्ताहन्त, नश्लबादी घृणा बन्दुकबाट पोखिंदा मारिए निर्दोस ३२ जना
वालमार्टमा बिक्रीमा राखेको आलुको थुप्रोमा पिसाब फेर्दा
गत जुलाई २४ तारिख पेन्सिल्भानिया स्थित चर्चित किराना स्टोर “वालमार्ट” भित्रको क्यामरामा एउटा बिचित्रको भिडियो कैद भयो । त्यति ठुलो सपिङ् मलको शौचालय छाडेर एक जवान महिला बिक्रीका लागि राखिएको आलुको थुप्रोमा पिसाब फेर्दै थिइन् । घुम्रिएको कपाल भएकी जवान महिलाले बिक्रीमा राखेको आलुको थुप्रो माथि पिसाब गरेको देखेपछि वालमार्ट प्रशासनले प्रहरीलाई खबर गर्यो ।… Continue reading वालमार्टमा बिक्रीमा राखेको आलुको थुप्रोमा पिसाब फेर्दा
एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल
फ्लोरिडाका एक युवाले एचअाईभि पोजेटिभ भएको कुरा गोप्य राखेर महिलासँग शारिरिक सम्पर्क राखेपछि एचअाईभि सारेको अभियोगमा १० बर्षको काराबास सजाय भोग्नु पर्ने भएको छ । २७ वर्षिय रशिम ईके बोडिफोर्डले आफ्नो रोग गोप्य राखि २ जना महिलासँग शारिरिक सम्पर्क गरेको र सो मध्ये १ महिलालाई एचअाईभि सारेको अभियोगमा न्यायपिठ (जुरी) ले समुदायको लागि खतरा हुने… Continue reading एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल
ओसिन भट्टराईको ‘लेडी डन’ बन्ने सपना
काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रमा नायिका ओसिन भट्टराई अहिले चल्तीको नाम हो । चलचित्र एकलव्यकी नायिका भट्टराईले आफ्नो दोस्रो चलचित्रमा राम्रो अभिनय गरेकी छन् । सानैदेखि अभिनय मोहका कारण आफू नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भएको उनको भनाइ छ । एकलव्यअघि उनले चलचित्र शब्दमा समेत अभिनय गरेकी थिइन् । अहिले ओसिन अभिनित चलचित्र एकलव्य प्रदर्शनमा छ… Continue reading ओसिन भट्टराईको ‘लेडी डन’ बन्ने सपना
६ वर्षिया बालिकाले आफै कमाएर ८० लाख डलरको घर किनिन्
पछिल्लो समय प्रबिधिका कारण बदलिएको विश्वमा प्रबिधिले मानिसको जिवनमा यति धेरै परिवर्तन ल्यायो कि मानिसको जिवनशैली नै अर्कै बनायो । यो त भयो प्रबिधि प्रयोग गरेर जीवनशैली जिउनेका कुरा । त्यही प्रबिधिलाई सही समयमा सही तरिकाले उपयोग गरी सर्वसाधारण माझ पुग्नेहरुले विश्वास नै नलाग्ने गरी थोरै समयमा धेरै पैसा पनि आर्जन गरेका छन् ।कतिपय मानिस… Continue reading ६ वर्षिया बालिकाले आफै कमाएर ८० लाख डलरको घर किनिन्
नेपाललाई थप बलियो र सम्पन्न बनाउन अमेरिका तयार छ : अमेरिकी दूतावास
विश्व न्युज संवाददाता काठमाडौं नेपालमा रहेको अमेरिकी दूतावासले नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेको छ । सामाजिक, आर्थिक, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रमा अमेरिकाले विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपालको शिक्षा क्षेत्रको विकासका लागि पनि अमेरिकाले आफ्ना विभिन्न निकायको समन्वयमा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । काठमाडौं उपत्यका र विभिन्न जिल्लाका विद्यालय भवन लगायत भौतिक… Continue reading नेपाललाई थप बलियो र सम्पन्न बनाउन अमेरिका तयार छ : अमेरिकी दूतावास
न्यूयोर्कमा लिम्बूले धान्दैछन् परम्परा, सिसेक्वा तङ्नाम भव्यरुपमा मनाइयो
न्यूयोर्क । नेपाली आप्रवासीको बाक्लो बस्ती न्यूयोर्क अर्को नेपाल पनि हो । हजारौं माइल्स टाढा नेपाली भाषा, साहित्य, कला–संस्कृति, रीतिरिवाज र परम्परालाई न्यूयोर्कका नेपालीले भुलेका छैनन् र छुटाउने गरेकै छैनन् । नेपालभित्रै कतिपय जातजातिका मौलिक परम्परा नष्ट तथा लोप हुँदै छन् तर न्यूयोर्कमा प्रत्येक नेपाली चाडपर्व मनाइन्छ । त्यस्तै पर्वमध्ये एक हो– लिम्बू जातिले मनाइँदै… Continue reading न्यूयोर्कमा लिम्बूले धान्दैछन् परम्परा, सिसेक्वा तङ्नाम भव्यरुपमा मनाइयो
भद्र नायिकाको छबि बनाएकी गरिमा अब ” सिपाहीकि स्वास्नी ” ।
काठमाडौ नेपाली चलचित्र क्षेत्रमा भद्र नायिकाको छवि बनाएकी नायिका गरिमा पन्तले सिपाहीकी स्वास्नी नामक चलचित्रमा अभिनय गरेकी छन् । नेपालगञ्जका कथाकार महेशविक्रम शाहको कथामा बनेको चलचित्रमा पन्तले अभिनय गरेकी हुन् । वास्तविक नाम कमला पन्त भए पनि उनलाई नेपाली चलचित्र क्षेत्रमा गरिमाको नामले चिन्ने गरिन्छ । उनी तनहुँको पन्त बस्तीमा सन् १९८४ मा जन्मिएकी थिइन्… Continue reading भद्र नायिकाको छबि बनाएकी गरिमा अब ” सिपाहीकि स्वास्नी ” ।
ब्रिटेनमा बोरिस जनसन प्रधानमन्त्री बन्ने पक्का
ब्रिटेनको कन्जर्भेटिभ पार्टीले प्रधानमन्त्री टरिसा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेको छ। कन्जर्भेटिभ पार्टिका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा सार्वजनिक भए पछी बोरिस जनसन ब्रिटेनको प्रधानमन्त्री बन्ने पक्का भएको हो ।दलका सदस्यहरूले साढे दुई साता लगाएर पत्रमार्फत् मतदान गरेका थिए।जनसनले निकटतम प्रतिद्वन्दी जेरेमी हन्टलाई पछाडि पार्दै ब्रिटिश सरकारको नेत्रित्व गर्ने… Continue reading ब्रिटेनमा बोरिस जनसन प्रधानमन्त्री बन्ने पक्का
अमेरिकामा आप्रवासीलाई तुरुन्तै देशनिकाला गर्न नयाँ नियम
अमेरिकी सरकारले अदालतलाई छलेर अप्रावासीहरूलाई देशनिकाला गर्न मिल्ने द्रुत प्रकृतिको नयाँ प्रक्रिया मङ्गलवार शुरू गर्दैछ। नयाँ नियम अन्तर्गत अमेरिकामा निरन्तर दुई वर्ष बसेको पुष्टि गर्न नसक्ने आप्रवासीहरूलाई तत्कालै उनीहरूको देशमा फर्काउन मिल्छ। अहिलेसम्म यस्तो नियम सीमामा गिरफ्तार गरिएका र अमेरिकामा दुई हप्ताभन्दा कम बसोबास गरेका व्यक्तिहरूमा मात्रै लागु थियो। अधिकारवादी संस्थाहरूले यो नियमले सयौँ मानिसहरू… Continue reading अमेरिकामा आप्रवासीलाई तुरुन्तै देशनिकाला गर्न नयाँ नियम
शिर्षक मात्र पढेर हिंसात्मक कमेण्ट गर्ने दुई प्रहरी अधिकृतको जागिर चट
न्यूयोर्क फेसबुकमा दिनहुँ सयौं झुठा हेडलाईन भएका समाचारहरु पोष्ट भएका हुन्छन् । पाठकलाई आकर्षित गरी लिंक थिच्न वाध्य पार्ने यस्ता झुठा शिर्षक भएका फेसबुकमा देखिने समाचारमा शिर्षक मात्र पढेर कमेन्ट गर्ने २ जना प्रहरी अधिकृतको अमेरिकामा जागिर नै गएको छ । लुजियाना राज्यका एक प्रहरी अधिकृतले न्यूयोर्क राज्यकी डेमोक्र्याटिक पार्टीकी प्रतिनिधिसभा सदस्य अलेक्जेन्ड्रा वोकासियो –… Continue reading शिर्षक मात्र पढेर हिंसात्मक कमेण्ट गर्ने दुई प्रहरी अधिकृतको जागिर चट
कोस्टारिकामा विषाक्त रक्सी पिउँदा १९ जनाको मृत्यू
कोस्टारिकामा विषाक्त रक्सी सेवन गर्दा १९ जनाको मृत्यु भएको छ भने निक्कैको संख्यामा मानिसहरु बिरामी भएका छन् । कोस्टारिकास्थित स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यू हुनेमा ३२ देखि ७२ वर्षसम्म उमेर समुहका १४ जना पुरुष र ५ जना महिला छन् । मन्त्रालयका अनुसार ती मानिसहरुले सेवन गरेको रक्सीमा मिथानोलको मात्रा अत्याधिक धेरै हालिएको थियो । कोस्टारिकामा बिक्री… Continue reading कोस्टारिकामा विषाक्त रक्सी पिउँदा १९ जनाको मृत्यू
अमेरिकामा राष्ट्रपतिको फोटो भएको ट्वाईलेट पेपर,कट्टु र जुत्ता प्रयोग गर्न पनि छुट छ
विश्वन्यूज / न्यूयोर्क उस्तै राजनीतिक ब्यवस्थाको प्रयोग गरी रहेको संघीय गणतन्त्र नेपालमा “राष्ट्रपतिले डेढ अरबको हेलिकप्टर चढेर हिड्छिन” भन्ने शब्द राखेर गीत बनाएको कारण लाखौं जनताको मुख मुखमा झुण्डिएको गायक पशुपति शर्माको गीत नै प्रतिबन्धित भयो । तर त्यस्तै प्रकारको राजनैतिक ब्यवस्था रहेको अमेरिकामा भने राष्ट्रपतिको तस्बिर भएको ट्वाइलेट पेपर नै खुल्ला रुपमा बिक्रि बितरण… Continue reading अमेरिकामा राष्ट्रपतिको फोटो भएको ट्वाईलेट पेपर,कट्टु र जुत्ता प्रयोग गर्न पनि छुट छ
जापानको एक एनिमेशन स्टुडियोमा आगजनी – कम्तीमा २३ को मृत्यु
जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगलागिमा कम्तीमा २३ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले प्रहरीलाई उद्धृत गर्दै भनेका छन् – एक जना ४१ बर्शिय मानिस ‘क्योटो एनिमेशन को’ स्टुडियोमा प्रवेश गरेको र ति सन्धिग्द ब्यक्तीले नै आगो लगाईदिएका हुंन् । नाम नखुलाईएका ति सन्धिग्द ब्यक्तीलाई… Continue reading जापानको एक एनिमेशन स्टुडियोमा आगजनी – कम्तीमा २३ को मृत्यु
हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु
चीनमा हजुरबुवाले आफ्नो एक महिनाको अबोध नातीलाई पारिवारिक भोजमा रक्सी (अलकोहल) सेवन गराउँदा ती शिशुको मृत्यु भएको छ । गत जुलाई १२ तारिख, नाम नखुलाईएका ती नवजात शिशुको एक महिना पुरा भएको खुसियालीमा उनलाई आशिर्बाद दिनको लागि बेइजिङ्स्थित घरैमा पारिवारिक भोज आयोजना गरिएको थियो । सिन चिऊ डेलीका अनुसार खानपिन मस्त चलिरहेको थियो, त्यतिकैमा ती… Continue reading हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु
अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित
न्युयोर्क अमेरिकी सदनले आधिकारिक रुपमा राष्ट्रपति ट्रम्पको नस्लबादी भाषा प्रयोग गरिएको ट्विट्लाई निन्दा गर्दै संकल्प प्रस्ताव पास गरेको छ । सदनमा मंगलबार राष्ट्रपति ट्रम्पको बिरुद्ध पास गरिएको संकल्प प्रस्तावको पक्षमा २४० मत परेको थियो भने बिपक्षमा १८७ मत परेको थियो । ४ रिपब्लिकन प्रतिनिधि सभा सदस्य र एक जना स्वतन्त्रत सदस्यले पनि ट्रम्पको बिवादास्पद ट्विट… Continue reading अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित
नेपाल अमेरिका पत्रकार संघका अध्यक्षद्धारा राजिनामा
न्युर्योक कार्यकाल सकिन १० महिना बाँकी हुँदा नेपाल अमेरिका पत्रका संघ (नेजा)का अध्यक्ष सुदिप पन्तले राजिनामा दिएका छन् । झण्डै एक बर्ष अघि अमेरिकाको सियाटलमा भएको अधिबेसनबाट सर्वसम्मत चुनिएका अध्यक्ष पन्तले नेजा सचिबालयमा ईमेल मार्फत राजिनामा बुझाएका छन् । अध्यक्षको जिम्मेवारी बहन गर्न समय र पारिवारीक कारणले कठिनाई उत्पन्न भएको उल्लेख गरेका छन् । उनको… Continue reading नेपाल अमेरिका पत्रकार संघका अध्यक्षद्धारा राजिनामा
ठगि आरोपमा नेपालीलाई जेल चलान
अमेरिकी आदालतले ठगी आरोपमा एक नेपालीलाई जेल चलान गर्ने फैसला गरेको छ । अमेरिकामा रहेका नेपालीलाई नै ठगी गरेको पुष्टी भएपछि अमेरिकी जिल्ला अदालत उत्तर क्यालिर्फोर्नियाले किशोर चौधरीलाई एक बर्ष एक दिन काराबास सजाय तोकेको हो ।उनले ९ जना नेपालीबाट २ लाख ६ हजार डलर ठगी गरेको पुष्टि भएपछि जेल जानु परेको हो ।जेल जादैंमा… Continue reading ठगि आरोपमा नेपालीलाई जेल चलान
४२ बर्ष पछि बिद्युत आपूर्ति बन्द हुँदा न्युयोर्कमा अन्धकार र हाहाकार
न्युयोर्क संसार कै ब्यस्त मध्येको एक न्यूयोर्क स्थित म्यानह्याटन शहरमा शनिबार साँझ बिद्युत अबरुद्ध हुँदा पर्यटकीय क्षेत्र टाईम्स स्क्वायर रेष्टुरेण्ट क्षेत्र र हेल्स किचेन लगायतको ठुलो हिस्सामा अन्धकार हुन पुगेको छ । झण्डै ९० डिग्री तापक्रमले तातिएको न्युयोर्कमा एकाएक बिद्युत अबरुद्ध हुँदा जमिन मुनीबाट चल्ने रेल सेवा अबरुद्ध हुन पुगेको छ भने अग्ला भवनका एलिभेटरहरु… Continue reading ४२ बर्ष पछि बिद्युत आपूर्ति बन्द हुँदा न्युयोर्कमा अन्धकार र हाहाकार
साउदी अरेबियामा अब महिलाले विदेश जान र राहदानी लिन पुरुषको सिफारिस लिनु नपर्ने
साउदी महिलाहरुले जिवनमा पहिलो पटक आफ्नो पतिको स्विकृती बिना विदेश भ्रमणमा जान पाउने कानून पास भएको छ । यसभन्दा अगाडी साउदी अरेबियन जुन सुकै उमेरका महिलाले विदेश भ्रमणमा जाँदा होस् वा राहदानी लिंदा नजिकका पुरुष नातेदारको स्विकृती लिनै पर्ने कानूनी ब्यवस्था रहदै आएको छ । अभिभावकत्व सम्बन्धि नयाँ ब्यबस्था भने यसै वर्षदेखि तत्काल लागू हुने… Continue reading साउदी अरेबियामा अब महिलाले विदेश जान र राहदानी लिन पुरुषको सिफारिस लिनु नपर्ने
३६ हजार फिटमा जहाज टर्बुलेन्समा पर्दा ३७ जना घाईते
क्यानाडादेखि अस्ट्रेलिया जाँदै गरेको एक जहाज अकल्पनीय टर्बुलेन्समा पर्दा दर्जनौ यात्रु घाईते भएका छन् । अस्ट्रेलिया जाँदै गरेको एयर क्यानाडा उडानले ३७ जना घाईतको उपचारार्थ हिजो बिहिबार हनलुलुमा आकस्मिक अवतरण गरेको थियो । घाईते मध्ये ९ जनालाई गम्भिर चोट लागेको बताईएको छ । ३० जनालाई उपचारको लागि अस्पताल लगिएको छ । धेरै उचाईमा उडेको जहाज… Continue reading ३६ हजार फिटमा जहाज टर्बुलेन्समा पर्दा ३७ जना घाईते