कतार–इजरायलबीच कूटनीतिक दूरी बढ्दै, गाजा युद्ध अझै जटिल बन्दै

Smoke and flames rise after an Israeli military strike on a building in Gaza City, Saturday, Sept. 13, 2025. (AP Photo/Yousef Al Zanoun)

एजेन्सी२९ भदौ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्वपूर्ण भेटवार्ता गरेका छन् । यो भेटले अमेरिका, कतार र इजरायलबीचको संवेदनशील कूटनीतिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। उक्त भेटपछि रुबियो आइतबारदेखि दुई दिने इजरायल भ्रमणमा जानेछन् । जहाँ उनले इजरायली नेतृत्वसँग क्षेत्रीय सुरक्षा, गाजा युद्धसम्बन्धी वर्तमान… Continue reading कतार–इजरायलबीच कूटनीतिक दूरी बढ्दै, गाजा युद्ध अझै जटिल बन्दै

जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्ध

एजेन्सी२९ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकी भिसा लिएका चिनियाँ नागरिकले आफ्नो सुविधा, अनुसन्धान कार्यक्रम र आन्तरिक सञ्जालमा प्रवेश गर्न नपाउने गरी नयाँ प्रतिबन्ध लगाएको छ । यो कदमले बेइजिङसँगको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा अमेरिकाको अन्तरिक्ष नेतृत्वको सुरक्षामा वाशिङ्गटनको बढ्दो चिन्तालाई उजागर गरेको छ। ‘द इपोक टाइम्स’का अनुसार नासाको परियोजनाहरूमा ठेकेदार वा शोधकर्ताको… Continue reading जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्ध

ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउँदै तेल खरिद बन्द गर्न आग्रह

President Donald Trump, right, stands with Russia's President Vladimir Putin at the conclusion of a joint press conference at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)

एजेन्सी२९ भदौ, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीहरूलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले भनेका छन्, “सबै नेटो राष्ट्रहरूले यही काम गर्न सुरु गरिसकेको अवस्थामा म… Continue reading ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउँदै तेल खरिद बन्द गर्न आग्रह

अफगानिस्तानी भूकम्प पीडितको सहयोगमा युएईले दुई हजार ५०० टन सहयोग पठायो

Taliban security personnel carry an earthquake victim evacuated by a military helicopter from the Nurgal district of Kunar province, after her arrival for medical assistance in Jalalabad on September 1, 2025. A massive rescue operation was underway in Afghanistan on September 1, after a strong earthquake and multiple aftershocks flattened homes in a remote, mountainous region, killing more than 800 people, the Taliban authorities said. (Photo by Wakil KOHSAR / AFP)

एजेन्सी२९ भदौ, काबुल । युएईको सहायता जहाज अफगानिस्तानमा हालै गएको भूकम्पपछि अफगानिस्तानका जनतालाई सहयोग गर्न पाकिस्तानको ग्वादर बन्दरगाहतर्फ प्रस्थान गरेको छ। राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा जहाजले दुई हजार ५०० टन खाना, आश्रय र चिकित्सा सामग्रीहरू बोकेर अफगानिस्तानतर्फ गएको हो। यो देशको पूर्वी क्षेत्रमा गएको भूकम्पपछि अफगानी जनतालाई सहयोग गर्न युएईको राहत सहयोगको… Continue reading अफगानिस्तानी भूकम्प पीडितको सहयोगमा युएईले दुई हजार ५०० टन सहयोग पठायो

पोखरामा चल्न थाले सार्वजनिक यातायात

२९ भदौ, गण्डकी । जेन–जी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ । सार्वजनिक सेवा प्रवाहलाई सुरु गराउनका लागि कार्यालयले आआफ्ना तयारी थालिसकेको कास्कीका प्रमुख जिल्ला… Continue reading पोखरामा चल्न थाले सार्वजनिक यातायात

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

(250908) -- GAZA, Sept. 8, 2025 (Xinhua) -- Smoke raises from the "Vision" tower following an Israeli airstrike in Gaza City, on Sept. 8, 2025. Israeli forces intensified airstrikes on Gaza City on Monday, including the demolition of the "Vision" tower, a 14-story office building, in the western part of the city. (Photo by Rizek Abdeljawad/Xinhua)

एजेन्सी२९ भदौ, काठमाडौं । गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ । प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका छन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् । पछिल्ला केही दिन यता इजरायली सेनाले… Continue reading इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज भारी वर्षा

२९ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा… Continue reading कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज भारी वर्षा

चितवनमा जनजीवन सामान्य बन्दै

२९ भदौ, चितवन । जेन-जी आन्दोलनका कारण बन्द भएका यहाँका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा जिल्लाको… Continue reading चितवनमा जनजीवन सामान्य बन्दै

‘जेनजी’ आन्दोलन : काभ्रेमा क्षति विवरण सङ्कलन गरिँदै

२९ भदौ, काभ्रे । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिका सहभागितामा क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने जनाएको हो ।कार्यालयले आजदेखि क्षतिग्रस्त सरकारी तथा निजी संरचनाको विस्तृत विवरण सङ्कलन हुने जनाएको छ । सहायक प्रमुख… Continue reading ‘जेनजी’ आन्दोलन : काभ्रेमा क्षति विवरण सङ्कलन गरिँदै

जितियाको निराहार व्रत आज

२९ भदौ, महोत्तरी । सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् ।शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ ९दर० खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ… Continue reading जितियाको निराहार व्रत आज

आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना

२९ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति… Continue reading आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

२८ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई कारागार फिर्ता हुन र अन्य व्यक्तिलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म पनि कारागारबाट भागेका कैदीबन्दीहरूर बाल सुधारगृहबाट भागेका व्यक्तिहरू सम्बन्धित कारागार र सुधारगृहमा फर्कन आग्रह गरिएको छ… Continue reading कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

रवि लामिछाने जेल फर्किए

२८ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार रवि लामिछने कारागार पुगेका छन् । उनले आज एक भिडियो राख्दै आज कारागार फर्कन लागेको बताए थिए । आज उनको जन्मदिन समेत हो । जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि उनी कारागारबाट… Continue reading रवि लामिछाने जेल फर्किए

नयाँबसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

तस्बिर : हरिराम भेटुवाल/ रासस

२८ भदौ, काठमाडौं । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आज नयाँबसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका हुन् । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले आज बिहानदेखि ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर नयाँबसपार्कबाट बाहिरिएका… Continue reading नयाँबसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

२८ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै सरसामानको सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् । आज बिहानदेखि… Continue reading आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

संसदका ८ दलले भने : समस्याको समाधान संविधानभित्रैबाट खोजिनुपर्छ

तस्बिरः प्रदीपराज वन्त-रासस

२८ भदौ, काठमाडौं । विघटित प्रतिनिधिसिभामा प्रतिनिधित्व गरेका आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानुन बमोजिम हुनुपर्नेमा जोड दिएका छन् । आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती दलले सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताएका हुन् । संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका… Continue reading संसदका ८ दलले भने : समस्याको समाधान संविधानभित्रैबाट खोजिनुपर्छ

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले राससलाई जानकारी दिए ।“प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे… Continue reading प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ तथा शुभकामना काठमाडौँ, २७ भदौः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

२८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार एक वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक अपिल… Continue reading प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल

एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने

२८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्ने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले आज एक विज्ञप्ति निकालेर मुलुकमा उत्पन्न असमान्य परिस्थितिमाझ देशको संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका अन्य उपलब्धिको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूबीच निरन्तर संवाद, समझदारी निर्माण र सहकार्य आवश्यक भएकामा… Continue reading एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी… Continue reading प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना

२८ भदौ, काठमाडौं । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले श्री सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा आज एक शुभकामना सन्देश पठाएर उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम… Continue reading प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना

पर्यटनमा २५ अर्बको क्षति, छिट्टै पुनःरुत्थान हुने विश्वास

file

सिबी अधिकारी/रासस २८ भदौ, काठमाडौं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । मानवीय क्षति भयो ।राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो… Continue reading पर्यटनमा २५ अर्बको क्षति, छिट्टै पुनःरुत्थान हुने विश्वास

काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक सवारीसाधन

RSS

२८ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ । काठमाडौँ उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन् । जेनजीको प्रदर्शनका कारण गत मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक… Continue reading काठमाडौँ उपत्यकामा चल्न थाले सार्वजनिक सवारीसाधन

जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

२८ भदौ, काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन… Continue reading जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

२८ भदौ, वीरगञ्ज । दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिएका थिए । आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले गत मङ्गलबार काठमाडौँमा भएको जेनजी समूहको प्रदर्शनीमा प्रहरीको गोली लागेर ज्यान गुमाए । बाइस वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सिता खातुनसँग दुई महिनाअघि मात्रै… Continue reading जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित विशेष समारोहमा अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएपछि नवनियुक्त प्रधानमन्त्रीसँग जेनजीका प्रतिनिधिहरु । तस्बिरः रत्न श्रेष्ठ/रासस

२८ भदौ, काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र… Continue reading नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ तथा शुभकामना काठमाडौँ, २७, भदौः राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिनुहुँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिरः रत्न सेष्ठ\रासस

२८ भदौ, काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई… Continue reading नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

‘….तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

शपथ ग्रहण समारोहमा सहभागीहरु काठमाडौँ, २७ भदौः राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत शुक्रबार अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

२८ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गराउनु रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । साथै नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक… Continue reading ‘….तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ तथा शुभकामना काठमाडौँ, २७ भदौः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

२८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते… Continue reading प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

नयाँ प्रधानमन्त्रीको जिम्मेवारी : ६ महिना भित्र निर्वाचन

२७ भदौ, काठमाडौं । अबको ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका… Continue reading नयाँ प्रधानमन्त्रीको जिम्मेवारी : ६ महिना भित्र निर्वाचन