कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

१९ भदौ, काठमाडौं । कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ । कङ्गोको पूर्वमा वर्षौंदेखि जारी द्वन्द्व अन्त्यका लागि दोहाले मध्यस्थता गरिरहेको छ। समूहका संस्थापक तथा शाही परिवारका सदस्य शेख मन्सुर बिन जाबोर बिन जसिम अल थानीले अफ्रिकी भ्रमणका क्रममा मङ्गलबार डिआरसीको… Continue reading कतारले कङ्गोमा २१ अर्ब डलर लगानी गर्न तयार

प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

New Delhi, Sep 03 (ANI): Prime Minister Narendra Modi interacts with experts in the semiconductor field during the fourth edition of the 'Semicon India', at Yashobhoomi in New Delhi on Wednesday. Union Minister for Electronics & Information Technology, Ashwini Vaishnaw, is also seen (DPR PMO/ANI Photo)

१८ भदौ, काठमाडौं । भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उद्घाटन गरेका छन् । जापान र चीन भ्रमणबाट फर्किएपछि उनले भने, “त्यो दिन टाढा छैन जब विश्वले भन्नेछ—भारतमा डिजाइन, भारतमा निर्मित, विश्वद्वारा विश्वास गरिएको ।” उहाँले सेमिकन्डक्टरलाई ‘डिजिटल… Continue reading प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

भारी मनसुनी वर्षाका कारण भारतद्वारा पाकिस्तानलाई सीमापार थप बाढीको चेतावनी

Rescue workers evacuate villagers from a flooded area in Muza Islam Wala, in Jhang district, Pakistan, Tuesday, Sept. 2, 2025. (AP Photo/K.M. Chaudary)

एजेन्सी१८ भदौ, काठमाडौं । मनसुनी वर्षाबाट आएको बाढीले दुवै मुलुकमा मानवीय क्षति र व्यापक विनाश निम्त्याइरहेकाले भारतले पाकिस्तानलाई केही हप्तामै दोस्रो पटक सम्भावित सीमापार बाढीको चेतावनी दिएको छ । पूर्वी पाकिस्तानको विपद् व्यवस्थापन प्राधिकरणले मङ्गलबार यो चेतावनी जारी गरेको हो । नयाँदिल्लीले सिन्धु जल सन्धि प्रयोग नगरी, इस्लामाबादस्थित भारतीय उच्च आयोगमार्फत ‘मानवीय आधारमा’ यो जानकारी… Continue reading भारी मनसुनी वर्षाका कारण भारतद्वारा पाकिस्तानलाई सीमापार थप बाढीको चेतावनी

इजरायलको संदिग्ध आणविक साइटमा तीव्र निर्माण

This satellite photo provided by Planet Labs PBC shows the Shimon Peres Negev Nuclear Research Center near the city of Dimona, Israel, July 5, 2025. (Planet Labs PBC via AP)

एजेन्सी१८ भदौ, काठमाडौं । विज्ञहरूले विश्लेषण गरेका स्याटेलाइट तस्बिरहरूले इजरायलको लामो समयदेखि शङ्का गरिँदै आएको आणविक कार्यक्रमसँग जोडिएको प्रमुख स्थलमा निर्माण कार्य तीव्र भइरहेको देखाएका छन् । उनीहरूका अनुसार यो नयाँ रिएक्टर वा आणविक हतियार संयोजन गर्ने सुविधा हुनसक्छ, तर गोपनीयताका कारण निश्चित भन्न कठिन छ । डिमोना नजिकैको शिमोन पेरेस नेगेभ आणविक अनुसन्धान केन्द्रमा… Continue reading इजरायलको संदिग्ध आणविक साइटमा तीव्र निर्माण

दक्षिण-पश्चिमी पाकिस्तानमा राजनीतिक र्‍याली नजिक आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते

People identify the bodies of the victims of suicide bombing in a morgue of a hospital in Quetta, Pakistan, Tuesday, Sept. 2, 2025. (AP Photo/Arshad Butt)

एजेन्सी१८ भदौ, काठमाडौं । मङ्गलबार राति विद्रोह प्रभावित दक्षिणपश्चिम पाकिस्तानमा एक राष्ट्रवादी पार्टीका समर्थकहरू र्‍यालीबाट बाहिरिँदै गर्दा स्टेडियम बाहिर आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा १३ जनाको मृत्यु भएको र ३० जना घाइते भएको प्रहरी तथा अस्पताल अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । स्थानीय प्रहरी प्रमुख मजीद कैसरानीका अनुसार बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको बाहिरी क्षेत्रमा चिहान… Continue reading दक्षिण-पश्चिमी पाकिस्तानमा राजनीतिक र्‍याली नजिक आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते

बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

From left, Russian President Vladimir Putin, Chinese President Xi Jinping, North Korean leader Kim Jong Un and Pakistani Prime Minister Shehbaz Sharif arrive at a military parade to commemorate the 80th anniversary of Japan's World War II surrender held in front of Tiananmen Gate in Beijing, China, Wednesday, Sept. 3, 2025. (Alexander Kazakov, Sputnik, Kremlin Pool Photo via AP)

एजेन्सी१८ भदौ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन् । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राजधानीको मुटुमै आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाएपछि दुवै नेताले दियाओयुताई राज्य अतिथिगृहमा औपचारिक भेट गरेका थिए । क्रेमलिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुटिन र किम एउटै कारमा… Continue reading बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

१८ भदौ, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा… Continue reading एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

१८ भदौ, गोरखा । कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन् । वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । ४२ वर्षीय बराम केही वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । “त्यहाँ… Continue reading कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियाञ्जिन प्रस्थान गरेका थिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट… Continue reading प्रधानमन्त्री ओली स्वदेश फिर्ता

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

१८ भदौ, मुस्ताङ । जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास हुँदा विभिन्न खालका समस्या तथा चुनौती देखा पर्ने गरेका छन् । आधा शताब्दीभन्दा धेरै पुरानो यहाँको… Continue reading मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

१८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल (काभ्रेपलाञ्चोक)मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले… Continue reading दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

नेप्से परिसूचक १५ अङ्कले घट्यो

१८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६०… Continue reading नेप्से परिसूचक १५ अङ्कले घट्यो

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान

१८ भदौ, बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गरेका छन् । उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते त्यसतर्फ गएकोमा भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र… Continue reading प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान

विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

१८ भदौ, त्रिशूली । तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यालय छुट्टीपश्चात् आज अपराह्न ४ बजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङका चार वर्षीया छोरी… Continue reading विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

१८ भदौ, काठमाडौं । काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ की ५ वर्षीय आशिका राई घाइते भएकामा विवेक तामाङको अवस्था गम्भीर रहेको उपत्यका… Continue reading पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

१८ भदौ, धनगढी । हरेक सहरमा चुनौती बनेको फोहर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । फोहर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय तहबीच मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरणको अनुभव साटासाटका क्रममा सहभागी वक्ताले फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं… Continue reading फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

१८ भदौ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको… Continue reading दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’

१८ भदौ, बेनी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन्… Continue reading अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’

कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षाको पूर्वानुमान

१८ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली… Continue reading कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षाको पूर्वानुमान

प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्कदै

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन ९एससिओ० शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कने छन् । प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरे । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा… Continue reading प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्कदै

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

१८ भदौ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ । जसले वातावरणीय सन्तुलन र हिमाली… Continue reading सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

१८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभव गरिएको थियो । मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको… Continue reading सिन्धुपाल्चोकमा भूकम्पको धक्का

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

१८ भदौ, काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको । संविधानले… Continue reading नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक

१८ भदौ, गण्डकी । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रुपमा मात्र यसको महत्व धार्मिक र ऐतिहासिक रुपमा पनि उत्तिकै छ । महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक रात बिताएको विश्वास छ । गुप्तवासका क्रममा पाण्डवहरु यहाँस्थित पचभैया कोट देउराली क्षेत्रमा… Continue reading पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक

चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि

१८ भदौ, काठमाडौं । आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य… Continue reading चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि

हिले–जलजलेमा कृत्रिम ताल निर्माण

१८ भदौ, धुलिखेल । यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो । सोही स्थानमा अब उद्यान निर्माण गरिने र तालमा डुङ्गा सञ्चालन गर्ने योजना बनाइएको छ । घिमिरेगाउँका स्थानीय बासिन्दा केशवप्रसाद घिमिरेले ताल निर्माणसँगै सो… Continue reading हिले–जलजलेमा कृत्रिम ताल निर्माण

मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी

१८ भदौ, काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार भदौ १९ देखि… Continue reading मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी

अब विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

१८ भदौ, काठमाडौं । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको… Continue reading अब विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ

१८ भदौ, अर्घाखाँची । यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा मंगलबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४ वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए । छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान… Continue reading श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ

बाढीमा बगेर दुई युवकको मृत्यु

१८ भदौ, रसुवा । दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो । गत… Continue reading बाढीमा बगेर दुई युवकको मृत्यु