गुल्मी, ६ भदौः राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार बाटो खोल्न डोजरलगायत उपकरण प्रयोग गरिएको छ । सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र… Continue reading कालीगण्डकी ‘करिडोर’ अवरुद्ध
Author: Vishwanews.com
शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
कञ्चनपुर, ६ भदौ । हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन । यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ । निकुञ्जमा चार सय ६५ प्रजातिका चरा पाइने भए पनि तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छन् । जसमा… Continue reading शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
यस्तो छ आजको मौसम, गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा
काठमाडौँ, ६ भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका… Continue reading यस्तो छ आजको मौसम, गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा
टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै
६ भदौ, काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि… Continue reading टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान भिड्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् एजेण्डा ?
६ भदौ, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले… Continue reading सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् एजेण्डा ?
बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
६ भदौ, म्याग्दी । जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ… Continue reading बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह
६ भदौ, काठमाडौं । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा
एजेन्सी६ भदौ, काठमाडौं । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले यस कदमको कडा विरोध गरेका छन् । उनीहरूले यस्तो कार्यले विनाशकारी मानवीय परिणाम ल्याउने चेतावनी दिएका छन् ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायतका विदेशमन्त्री डेभिड लामी… Continue reading गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा
गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस
एजेन्सी६ भदौ, काठमाडौं । गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र प्यालेस्टाइनको घेराबन्दीमा रहेको हमासका बाँकी गढलाई लक्षित गरी गरेको विस्तारित आक्रमण ‘असहनीय’ भएको रेडक्रसले बिहीबार जनाएको छ । इजरायली सेनाको योजनामा सेनाको लागि लगभग ६० हजार ‘रिजर्भिस्ट’हरूको लागि आवेदन माग गरिएको छ । यस अभियानले अवरुद्ध तटीय क्षेत्रमा पहिले देखि नै रहेको विनाशकारी… Continue reading गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस
बोइङले चीनलाई बेच्दैछ ५०० विमान
एजेन्सी५ भदौ, काठमाडौं । अमेरिकी उड्डयन कम्पनी बोइङले चिनियाँ कम्पनीलाई ५०० भन्दा बढी विमान बिक्री गर्न वार्ता गरिरहेको ब्लुमबर्ग न्यूजले बिहीबार जनाएको छ । यो सम्झौता विश्वव्यापी आर्थिक सङ्कटबीच सङ्घर्षरत अमेरिकी निर्माताको लागि एक ठूलो जीत हुनेछ । सम्झौतासँगै कम्पनीको शेयर प्रि–मार्केट ट्रेडमा ३.७ प्रतिशतसम्म बढेको छ, तर मङ्गलबारको सत्रको लगभग १५ मिनेटभित्र एक प्रतिशतभन्दा… Continue reading बोइङले चीनलाई बेच्दैछ ५०० विमान
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । समिति बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फरकमतकाबीच उक्त विधेयक पारित भएको हो ।लामो समयदेखि संसदीय समितिमा छलफलमा रहेको सो विधेयक अब बस्ने संसद् बैठकमा पेस हुनेछ… Continue reading विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
अरनिको राजमार्ग सञ्चालनमा
५ भदौ, काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम भई रहेको सडक विभागका… Continue reading अरनिको राजमार्ग सञ्चालनमा
एनपीएल दोस्रो संस्करण मङ्सिरमा
५ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्ति जनाएको छ । उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । गत वर्ष मङ्सिर १५ गतेदेखि… Continue reading एनपीएल दोस्रो संस्करण मङ्सिरमा
उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु
५ भदौ, गोरखा । उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो । चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर उनीहरुको… Continue reading उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु
निजी विद्यालय सञ्चालक सडकमा : शिक्षा विधेयक सच्याउन माग
५ भदौ, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा केही प्रावधान सच्चाउन माग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) को आयोजनामा माइतीघर मण्डलामा आज गरिएको प्रदर्शनमा सहभागीहरुले ‘अभिभावकको पहिलो रोजाइ निजी विद्यालयको पढाइ’, ‘निजी विद्यालयको योगदान मजबुद अर्थतन्त्रको निर्माण’ र ‘सधैँ… Continue reading निजी विद्यालय सञ्चालक सडकमा : शिक्षा विधेयक सच्याउन माग
एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’
५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका छन् । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो । निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार… Continue reading एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’
संसदमा उठ्यो लिपुलेक विवाद : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य
५ काठमाडौँ, ५ भदौस् मुलुकका सबै राजनीतिक दलका नेताहरुले त्रिदेशीय समझदारीबिना भारत र चीनबीच भएको सीमा व्यापार सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । नेताहरुले परिपक्व कूटनीतिक प्रयास र सर्वपक्षीय सहमतिका साथ सोसम्बन्धी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । भारत र चीनबीच भएको सो सहमतिले नेपालको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको उल्लेख गर्दै… Continue reading संसदमा उठ्यो लिपुलेक विवाद : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य
सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री
५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट गरे… Continue reading सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री
अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार
५ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न पुनः आग्रह गर्दै गम्भीर सुरक्षा खतरा र अनुचित रूपमा पक्राउ पर्ने सम्भावना रहेको स्पष्ट पारेको छ । गलबार जारी विज्ञप्तिमा अमेरिकी परराष्ट्र मन्त्रालयले अफगानिस्तानलाई उच्च जोखिमयुक्त देशहरूको सूचीको शीर्ष स्थानमा राखेको छ । मन्त्रालयले अफगान नागरिकमा अमेरिकीहरूलाई मनपरीरूपमा नियन्त्रणमा लिइने सम्भावना उच्च रहेको भन्दै विशेष… Continue reading अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार
‘अरेन्ज बेल्जियम’का आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी
एजेन्सी५ भदौ, काठमाडौं । बेल्जियमको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘ओरेन्ज बेल्जियम’ को आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरले चोरी गरेको कम्पनीले बुधबार जानकारी गराएको छ । जुलाईको अन्त्यमा भएको साइबर आक्रमणमा आफ्ना ग्राहकहरूको पासवर्ड, इमेल ठेगाना, बैंक र वित्तीय विवरणहरूजस्ता कुनै पनि महत्वपूर्ण तथ्याङ्क प्रभावित नभएको जनाइएको छ । अरेन्ज बेल्जियमले बुधबार एक विज्ञप्ति… Continue reading ‘अरेन्ज बेल्जियम’का आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी
कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप
५ भदौ, सुदूरपश्चिम । कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए । उनले भने, “घटनास्थलको अध्ययन… Continue reading कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप
लागुऔषधसहित सात जना पक्राउ
५ भदौ, चितवन । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो । उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । भारतको विहार राज्यको पश्चिम… Continue reading लागुऔषधसहित सात जना पक्राउ
विवादित लिपुलेकमा भारत–चीन सहमति, नेपाली प्रतिक्रियामा दिल्लीको प्रतिवाद
५ भदौ, काठमाडौं । लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्न भारत–चीनले एक सहमति गरेका छन् । यससँगै त्रिदेशीय विवाद पुनः सतहमा आएको छ । सो भूमि आफ्नो अभिन्न भूभाग रहेको नेपाल सरकारले प्रतिक्रिया दिएको छ । त्यसको केही घण्टा भित्रै भारतीय पक्षले नेपाली टिप्पणीको प्रतिवाद गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारकर्मीहरूले सोधेको… Continue reading विवादित लिपुलेकमा भारत–चीन सहमति, नेपाली प्रतिक्रियामा दिल्लीको प्रतिवाद
एउटै खोलामा छ, जलविद्युत् आयोजना
५ भदौ, गलकोट । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना… Continue reading एउटै खोलामा छ, जलविद्युत् आयोजना
पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि
५ भदौ, बैतडी । जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । वर्षायाममा लामखुट्टे बढी सक्रिय… Continue reading पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि
यस्तो छ आजको मौसम
५ भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी… Continue reading यस्तो छ आजको मौसम
गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’
५ भदौं, काठमाडौं । नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गरे । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र… Continue reading गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’
ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित
५ भदौ, ढोरपाटन । यसवर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका हुन् । निसेलढोरसँगै ढोरपाटन नगरपालिका–९ को नवी, भूजी, स्यालपाखेलगायत क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ । जिल्लामा सबैभन्दा बढी स्याउ फल्ने क्षेत्रमै उत्पादनमा कमी आएको छ… Continue reading ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित
ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह, फेडमाथि दबाब बढ्यो
एजेन्सी५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन् । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर नघटाएको भन्दै आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उक्त निर्देशन दिएका हुन् । निर्देशनसँगै केन्द्रीय बैङ्कमाथि दबाब बढेको छ। “अब, कुकले गभर्नर पदबाट राजिनामा दिनुपर्छ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको… Continue reading ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह, फेडमाथि दबाब बढ्यो
नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा चार जना पक्राउ
४ भदौ, बागमती । नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली सुनसहित हेटौँडा उपमहानगरपालिका– ११ सुकुम्वासी टोलमा कोठा भाडामा लिई बस्दै आएका मकवानपुरगढी गाउँपालिका– २ निवासी ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका– ८ निवासी ४५वर्षीय सूर्यबहादुर नेगी, सोही… Continue reading नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा चार जना पक्राउ