Author: Vishwanews.com

  • काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५९२ मत प्राप्त गरेर विजय भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत र कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५ मत प्राप्त गरे । श्रेष्ठ पूर्वयुवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिसकेका रास्वपा केन्द्रीय सचिवालय सदस्य हुन् ।

    उनले २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजय प्राप्त गरेका थिए । उनले वाणिज्य प्रशासनमा स्नातक गरेका छन् । श्रेष्ठलाई संस्कृति सम्पदा भाषा र गुठीको संरक्षण अभियन्ताका रुपमा पनि चिनिन्छ । जलवायु परिवर्तन, (कार्बन टे«ेडिङ) र ‘एक वृक्ष मेरो जिम्मेवारी’ जस्ता दिगो विकासका एजेन्डाहरुलाई नीतिगत तहमा पु¥याउने वातावरण संरक्षणका प्रखर अभियन्ताका रुपमा पनि परिचित छन् ।

  • रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्व, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ६ हजार ७७८ मतले पछि पारे ।

    निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो ।

  • मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन् । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका हाँनिकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेको पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाए ।


    सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो । मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो । यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । मनाङमा कुल मतदाता सात हजार छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए ।

  • रन्जुले भनिन्, : जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छ

    रन्जुले भनिन्, : जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छ

    काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपानेले जनताको भावनाअनुसार आफूले काम गरेरै देखाउनुपर्ने बताएकी छिन् । उनले यो जित आफूहरूका लागि खुसीसँगै चुनौती पनि रहेको बताइन् । आज निर्वाचित भएपछि पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दर्शनाले भनिन्, “३०र३५ वर्षदेखि बारम्बार धोका दिएकाहरूको ढोकै बन्द गरिदिन्छौँ भन्ने नेपाली जनताले भोट दिनुभएको छ । हाम्रो लागि सुखद र चुनौती छ । हामीले गरेर देखाउनैपर्छ ।”

    उनले काठमाडौँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद दिँदै अहिले देखिएको जनमत वैकल्पिक र विवेकशील राजनीतिको जित भएको प्रतिक्रिया पनि दिइन् । यसलाई पार्टीले विशेष रुपमा लिएको पनि उनको भनाई छ । उनले हाँ१५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी हुन् । आजै उनलाई मुख्य निर्वाचन अधिकृतले विजयीको प्रमाणपत्र प्रदान गरिसकेको छ । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित भएकी हुन् ।

  • रास्वपाका शिशिर खनाल विजयी

    रास्वपाका शिशिर खनाल विजयी

    २२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो जित निकालेको छ । काठमाडौं ६ बाट शिशिर खनाल विजयी भएका हुन् । उनले २७ हजार ७११ मत पाए । उनको निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका कृष्ण बानियाँले ६ हजार ६४७ मत पाए । उता, रास्वपाले १ सय भन्दा धेरै स्थानमा अग्रता कायम गरेको छ ।

  • मुस्ताङबाट काङ्ग्रेसले खोल्यो जितको खाता

    मुस्ताङबाट काङ्ग्रेसले खोल्यो जितको खाता

    २२ फागुन, काठमाडौं । मुस्ताङमा नेपाली काङ्ग्रेसका योगेश थकाली विजयी भएका छन् । उनले ३३०७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी एमालेका इन्द्रधारा विष्टले १८०६ मत पाए । देश भर राश्वपाले लहर ल्याउदा मुस्ताङमा भने काङ्ग्रेस विजयी भएको हो ।

  • रन्जु दर्शना भारी मतान्तरले विजयी

    रन्जु दर्शना भारी मतान्तरले विजयी

    २२ फागुन, काठमाडौं । काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले खाता खोलेको छ । यहाँ रन्जु दर्शनाले भारी अन्तरको जित निकालिन । रन्जुले कुल १५ हजार ४५५ भोट पाउँद उनको निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवारले ६ हजार ३६४ मात्र मत पाए । यहाँ हलो चिन्हबाट चुनाब लडेका रविन्द्र मिश्रले ३ हजार ९६२ मात्र मत पाए । एमालेले १ हजार ६१८ मत पायो ।

  • रुकुममा प्रचण्डलाई भारी अग्रता

    रुकुममा प्रचण्डलाई भारी अग्रता

    २२ फागुन, काठमाडौं । रुकुम पुर्वबाट प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जहाँ नेकपा अध्यक्ष प्रचण्ड उम्मेदवार छन् । प्रारम्भिक नतिजामा प्रचण्ड भारी मतले अगाडि छन । उनले १४१५ मत पाउँद एमाले उम्मेदवार लीलामणि गौतमको ४३१ मत आएको छ । रास्वपाले यहाँ १७६ मत मात्र पाएको छ ।

  • उपत्यकाका १५ मध्ये १४ मा रास्वपा अगाडि

    उपत्यकाका १५ मध्ये १४ मा रास्वपा अगाडि

    २२ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर देखिएको छ । कुल तीन जिल्लाका १५ निर्वाचन क्षेत्र मध्ये १४ मा रास्वपा उम्मेदवार अगाडि छन् । रास्वपाका उम्मेदवारको अग्रता अत्यधिक रहेका कारण नतिजा उल्टिने सम्भावना समेत कम देखिन्छ । ललितपुर १ मा काङ्ग्रेसका उदय शमसेर बाहेक अन्य स्थानमा घन्टीमा लहर देखिएको छ ।

  • विराजभक्त र रन्जु दर्शना भारी अन्तरले अगाडी, यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

    विराजभक्त र रन्जु दर्शना भारी अन्तरले अगाडी, यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

    काठमाडौँ, २२ फागुन । काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद श्रेष्ठले २८६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट पार्टीका रुपा महर्जनले ५४ मत प्राप्त गरेका छन् ।


    यसैगरी काठमाडौँ क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले तीन हजार २९०, नेपाली कांग्रेसका सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३४८ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा (एमाले)का राजेश शाक्यले २३१ मत प्राप्त गरेका छन् ।
    त्यसैगरी, काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले एक हजार ४८१, नेकपा (एमाले) का प्रकाश श्रेष्ठले ३०८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले २८२, नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले २०८ मत प्राप्त गरेका छन् ।

    काठमाडौँ क्षेत्र नं १ को पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रन्जु न्यौपानेले तीन हजार १२९, नेपाली कांग्रेसका प्रबल थापा श्रेत्रीले एक हजार ६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा (एमाले)का मोहनराज रेग्मीले २७२ मत प्राप्त गरेका छन् ।


    काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले ४२४, नेकपा (एमाले) का मणिराम फुँयाल २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले एक हजार ८४६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले एक हजार ५६०, नेपाली कांग्रेसका रमेश अर्याल ५८३ र नेकपा (एमाले)का रामेश्वर फुँयालले ४५६ मत प्राप्त गरेका छन् ।

    निर्वाचन आयोगले बिहान ४ः३० बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुुकार बमले ८६५, नेकपा (एमाले)का राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेका छन् । त्यसैगरी, काठमाडौँ क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले एक हजार ४२४, नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, नेकपा (एमाले)का ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गरेका छन् । अन्य क्षेत्रको विवरण भने प्राप्त भइसकेको छैन ।

  • गणनाको प्रारम्भिक रुझान : रास्वपालाई अभूतपूर्व मत

    गणनाको प्रारम्भिक रुझान : रास्वपालाई अभूतपूर्व मत

    २२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुने क्रम सुरु भएको छ । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा अभूतपूर्व मत आएको देखिएको छ । काठमाडौंका अधिकांश क्षेत्रको नतिजामा रास्वपा भारी मतले अगाडी छ । अहिलेसम्म कुल २२ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमध्ये १६ स्थानमा रास्वपाका उम्मेदवार भारी अन्तरले अगाडी छन् । काठमाडौं ३ मा कुलमानलाई राजु पाण्डेले उछिनेका छन् । रुपन्देहीमा विष्णु पौडेल पछाडी परेका छन् । भक्तपुरमा महेश बस्नेत पछाडी परेका छन् । चितवनमा रेनु दाहाल पछाडी परेकी छिन् । यी सबै स्थानमा रास्वपाका उम्मेदवार अगाडी छन् ।

  • काठमाडौं १ र १० मा पनि सुरु भयो मतगणना

    काठमाडौं १ र १० मा पनि सुरु भयो मतगणना

    २२ फागुन, काठमाडौं । काठमाडौं १ र १० नम्बर क्षेत्रमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भइ यी क्षेत्रमा मतगणना सुरु भएको हो ।

  • झापा ५ र चितवन २ मा पनि आजै रातिदेखि मतगणना

    झापा ५ र चितवन २ मा पनि आजै रातिदेखि मतगणना

    २२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको निर्वाचन क्षेत्रमा आज राती बाटै मतगणना सुरु हुने भएको छ । अहिले झापा ५ मा सर्वदलीय बैठक बसिरहेको छ । चितवन २ को भने १२:३० बाट मतगणना थाल्ने तयारी छ ।

  • काठमाडौं ३ मा मतगणना सुरु

    काठमाडौं ३ मा मतगणना सुरु

    २१ फागुन, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका–१ बाट मतगणना सुरु भएको छ । मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार पहिलो मतपेटिका कागेश्वरी वडा नम्बर १ बाट गणना सुरु गरिएको छ । यो क्षेत्रमा कुलमान घिसिङ प्रतिस्पर्धामा छन् ।

  • इलाममा ५७ प्रतिशत मत खस्यो, गणना भोलिदेखि

    इलाममा ५७ प्रतिशत मत खस्यो, गणना भोलिदेखि

    फिक्कल (इलाम), २१ फागुनः इलाममा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५६ दशमलव ५३ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रको विवरण आइसक्दा दुई लाख ३१ हजार ८०९ मध्ये एक लाख ३१ हजार ३९ अर्थात् ५६ दशमलव ५३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

    प्रजिअ ढकालका अनुसार जिल्लामा ६२ हजार ७७७ महिला, ६८ हजार २६१ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नं १ मा २९ हजार ७२८ महिला र ३४ हजार ३७६ पुरुष मतदाताले मतदान गरेका छन् । सो क्षेत्रमा ५३ हजार ६४६ महिला, ५८ हजार ६७३ पुरुष र एकजना अन्यसहित एक लाख १२ हजार ३२० मतदाता थिए ।

    त्यस्तै, क्षेत्र नं २ मा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । सो क्षेत्रमा ५८ हजार ५१२ महिला, ६० हजार ९७५ पुरुष र दुई तेस्रो अन्यसहित एक लाख १९ हजार ४८९ मतदाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५७ दशमलव ४४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ ।

    इलाममा १५० मतदानस्थलमा २९० मतदान केन्द्रमा विहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदान भएको थियो । निर्वाचन जिल्लाभर शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न प्रजिअ ढकालले बताउनुभयो । यो समाचार तयार पार्दासम्म मतपेटिका सङ्कलनको क्रम जारी रहेको छ ।

    मतगणना शुक्रबार बिहानदेखि मात्र सुरु गर्ने तयारी छ । सबैतिरबाट मतपेटिका ल्याइसक्न समय लाग्ने भएकाले मतगणना सुरु गर्न केही ढिला हुने प्रजिअ ढकालले बताए । सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ । “दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याइपु¥याउन बिहान १ः०० देखि २ः०० बजेसम्म लाग्नसक्छ”, प्रजिअ ढकालले रासससँग भने, “बिहान ८ः०० देखि ९ः०० बजेभित्र सर्वदलीय बैठक राख्ने तयारी छ । सो बैठकले निर्णय गरेबमोजिम मतगणना सुरु हुनेछ ।”

    मतगणनाका लागि क्षेत्र नं १ का लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल्) मा र क्षेत्र नं २ का लागि सूर्योदय नगरपालिकाको सभाहल तयार गरिएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । दुवै हलमा तार जाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको गजुरेलले जनकारी दिए । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ । यहाँको क्षेत्र नं १ मा १३ दल र २ मा एक स्वतन्त्रसहित १४ गरी २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

  • चितवनमा ६४ प्रतिशत मत खस्यो

    चितवनमा ६४ प्रतिशत मत खस्यो

    चितवन, २१ फागुनः आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा आज बिहानदेखि भएको मत दानका क्रममा दुई लाख ८३ हजार ४२८ मत खसेको हो । जसमध्ये ६७ दशमलव २५ प्रतिशत महिला र ६० दशमलव ८९ प्रतिशत पुरुष रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । आज राति १०ः०० बजे सम्ममा तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका गणना स्थलमा आइपुग्ने छ ।

    निर्वाचन आयोगका तर्फबाट गणनाका लागि सम्पूर्ण तयारी भएको भन्दै उहाँले उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेर गणना थाल्ने बताए । चितवन क्षेत्र नम्बर १ को भुवानी शङ्कर कलेज खैरहनी, क्षेत्र नम्बर २ को उद्योग सङ्घको प्रदर्शनी केन्द्र भरतपुर र क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा गणना हुने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए । जसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रोलिङ्गी थिए ।

    जिल्लाका १६२ स्थल र ४९४ केन्द्रबाट मतदाताले मतदान गरेका हुन् । जिल्लामा आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ उम्मेदवार रहेका छन् । मतदान सकिएसँगै मग गणना स्थलमा मतपेटिका ल्याउने क्रम सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए । सो समयमा ६७ दशमलव १४ प्रतिशत मत खसेको थियो ।

  • शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

    शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

    काठमाडौँ, २१ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

  • काठमाडौँको मतगणना कहाँ कहाँ हुँदैछ ?

    काठमाडौँको मतगणना कहाँ कहाँ हुँदैछ ?

    काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ । त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र क्षेत्र नं को २ को ज्येष्ठ नागरिक कार्यालयमा गणना हुँदैछ ।

    क्षेत्र नं ५ को श्री समाज भवन टोखा नगरपालिका–५ को भवनमा र क्षेत्र नं ६ को तार्केश्वर नगरपालिका, धर्मस्थलीमा मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । क्षेत्र नं ७ को जुडो हल नयाँबजार, क्षेत्र नं ८ को जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ, क्षेत्र नं ९ को चन्द्रगिरि नगरपालिका, बलम्बु र क्षेत्र नं १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुँदैछ ।

  • दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिँदै

    दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिँदै

    काठमाडौँ, २१ फागुनः नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रुपमा सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न भएपछि रासससँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसारका तयारीले निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सहयोग पुगेको बताए ।

    “निर्वाचन सुरक्षाका लागि धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, हेटौँडा, बर्दिवास, इटहरी र विराटनगरमा १६ वटा जहाज तयारी अवस्थामा राखिएको थियो”, सैनिक प्रवक्ता बस्नेतले भने । आमनागरिकको सूचना र अन्य सुरक्षा निकायको सहयोगमा निर्वाचनलाई लक्षित गरी भएका शङ्कास्पद गतिविधिलाई समयमै सुरक्षित तवरमा निस्तेज तुल्याइएको उनको भनाइ छ ।

    निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले गत माघ २१ गतेदेखि निर्वाचनका लागि सेना परिचालित भएको थियो । निर्वाचन अवधिमा शङ्कास्पद वस्तु तथा विस्फोटक पदार्थलगायत ७१ वटा फेला परेका थिए । ती विस्फोटक पदार्थ प्रतिकार्यका लागि ८१६ वटा टोली परिचालित भएको थियो । निर्वाचनपूर्व र मतदानका दिन सुरक्षाका लागि तैनाथ गरिएको हेलिकोप्टर अब मतपेटिका ओर्सान प्रयोग गरिनेछ । निर्वाचन आयोगको योजनाका आधारमा दुर्गम क्षेत्रका मतदान केन्द्रबाट ती मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हेलिकोप्टरमार्फत ल्याउने तयारी गरिएको छ ।

  • प्रचण्डको क्षेत्रमा मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिँदै, मतगणना शुक्रबार

    प्रचण्डको क्षेत्रमा मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिँदै, मतगणना शुक्रबार

    रुकुमपूर्व, २१ फागुन : रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । सडक सञ्जालको पहुँचमा नरहेका र हिँडेर एक दिन लाग्ने यी तीन ठाउँका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको हो । सिस्ने गाउँपालिका–१ पाखापानी मतदान केन्द्र, पुथा उत्तरगङ्गा गाउँपालिका¬–२ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्र र सोही वडाको हार्दिबाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको हो ।

    अन्य मतदान केन्द्रका मतपेटिकाहरु ल्याउने क्रम जारी छ । मध्यरातिसम्म सबै ठाउँको मतपेटिका सङ्कलन भइसक्ने सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदिले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिनेछ ।

    ५६ मतदान केन्द्र रहेको रुकुमपूर्वमा ३४ हजार ७७२ मतदाता थिए । सबै ठाउँमा टेलिफोन सम्पर्क नभएकाले जिल्लामा खसेको कुल खसेको मतको परिणाम भने आइनसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

  • देशभर ६० प्रतिशत खस्यो मत : आयोग

    देशभर ६० प्रतिशत खस्यो मत : आयोग

    २१ फागुन, काठमाडौं । निर्वाचन आयोगका अनुसार देशभर करिव ६० प्रतिशत मत खसेको छ । यसको विस्तृत विवरण अझै सङ्कलनको क्रममा रहेको आयोगले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । आयोगका अनुसार देशभर शान्तीपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । दिउँसो विवाद भएका केही स्थानमा अझै मतदान जारी रहेको समेत आयोगले जनाएको छ ।

  • काठमाडौंमा आज रातिबाटै मतगणना

    काठमाडौंमा आज रातिबाटै मतगणना

    २१ फागुन, काठमाडौं । काठमाडौंमा आज राती बाटै मतगणना सुरु हुने भएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार काठमाडौंको १० वटै क्षेत्रमा अहिले मतपेटिका सङ्कलनको काम सुरु भएको छ । सो काम सकिए सङ्गै मतगणनाको प्रक्रिया थालिने छ । निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लामा ६० प्रतिशत माथी भोट खसेको अनुमान छ ।

  • कांग्रेस सभापति थापाले दिए : आभार, सम्मान र बधाई

    कांग्रेस सभापति थापाले दिए : आभार, सम्मान र बधाई


    २१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताका लागि आभार, सम्मान र बधाई दिएका छन् । उनले यसबाट लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् ।

    निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।’

    उनले केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गरेका छन् । साथै, निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

  • बालेनले प्रधानमन्त्रीलाई “आमा” सम्बोधन गर्दै लेखे यस्तो स्टाटस

    बालेनले प्रधानमन्त्रीलाई “आमा” सम्बोधन गर्दै लेखे यस्तो स्टाटस

    २१ फागुन, काठमाडौं । भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा हेरिएका बालेन शाहले निर्वाचन सफल बनाएकोमा प्रधानमन्त्री सुशीला कार्कीप्रति सम्मान व्यक्त गरेका छन् । उनले आमा सम्बोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’ अनेक चूनौतिका बीच प्रधानमन्त्री पद सम्हालेकी कार्कीले अन्ततः आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकी छिन् । उनको अहिले प्रशंशा गरिएको छ ।

  • सकियो मतदान, शान्तिपुर्ण वातावरण

    सकियो मतदान, शान्तिपुर्ण वातावरण

    २१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदानको समय सम्पन्न भएको छ । प्रहरीका अनुसार देशभर सामान्य घटनाबाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । निर्वाचन आयोगले साझ ६:१५ बजे अध्यावधिक विवरण सार्वजनिक गर्ने भनेको छ । प्रारम्भिक तथ्यांक अनुसार देशभर ५५ प्रतिशत भन्दा माथी मत खसेको अनुमान छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएकोमा ५ बजे मतदानको समय सकिएको हो ।

  • प्रथम महिला पौडेलद्वारा मतदान

    प्रथम महिला पौडेलद्वारा मतदान

    दमौली (तनहुँ), २१ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको निर्वाचन अधिकारी विकास लम्सालले राससलाई जानकारी दिए ।

  • पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

    पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

    चन्द्रपुर (रौतहट), २१ फागुनः नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले राससलाई जानकारी दिए ।

  • देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

    देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

    चितवन, २१ फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।

    भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको बताए । संयोजक दाहालले भने, “समृद्धितर्फको यात्रा निर्धारण गर्न यो निर्वाचन महत्वपूर्ण छ । उत्साहका साथ निर्वाचनमा सहभागी हुन आम मतदातालाई मेरो आग्रह छ ।”

  • कांग्रेस उपसभापति शर्माद्वारा मतदान

    कांग्रेस उपसभापति शर्माद्वारा मतदान

    झापा, २१ फागुनः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयको मतदानस्थलको ‘च’ केन्द्रमा मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा एक लाख ३१ हजार ६७ जना मतदाता कायम छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ वटा मतदानस्थल र १४५ वटा मतदान केन्द्र कायम छन् । झापाका पाँच निर्वाचन क्षेत्रमा सात लाख १३ हजार ५३७ जना मतदाता छन् । यहाँ ९० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

  • पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

    पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

    काठमाडौँ, २१ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् ।