पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीका तालतलैया

धरान (सुनसरी), १६ मङ्सिर । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो । मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया… Continue reading पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीका तालतलैया

विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

काठमाडौँ, १६ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई रु चार… Continue reading विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइदैं

काठमाडौँ, १६ मङ्सिर । विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसङ्घले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा… Continue reading आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइदैं

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ, १६ मङ्सिर । कोशी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ उपत्यकाको… Continue reading बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

एनपिएलमा आज दुई खेल हुँदै

rss

काठमाडौँ, १६ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल… Continue reading एनपिएलमा आज दुई खेल हुँदै

स्वअध्ययनबाटै दक्ष देवेन्द्र : लेबरबाट इन्जिनियर हुँदै विभागीय प्रमुखसम्म

विदेशमा श्रम गरेर सफलताको शिखर छोएका नेपालीहरुका थुप्रै उदाहरण छन् । तर, लमजुङको सुन्दरबजारका देवेन्द्र राउतको यात्रा विशेष छ– किनकि उनी सामान्य श्रमिकबाट सुरु भएर आज प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनीमा डिभिजन प्रमुख (हेड अफ डिपार्टमेन्ट) बनेका छन् । सन् १९९६ मा स्काफोल्डिङ हेल्परको रुपमा कतार उत्रिएका राउत अहिले सयौं जनाको नेतृत्व गर्दै इन्जिनियरिङ क्षेत्रका अनुभवी व्यक्तिका… Continue reading स्वअध्ययनबाटै दक्ष देवेन्द्र : लेबरबाट इन्जिनियर हुँदै विभागीय प्रमुखसम्म

स्टक मार्केट र एआईको प्रयोग

कुमार न्यौपानेविश्व अर्थतन्त्र आज अत्यन्तै जटिल, तीव्र गतिमा चलायमान र डाटा–निर्भर बनेको छ । यस परिवर्तनको केन्द्रमा छ, स्टक मार्केट । तर, अहिले स्टक बजारलाई बदलिरहेको प्रमुख सञ्चालक शक्ति भनेको एआई नै हो । एआई केवल एउटा प्रविधि मात्र होइन; यो वित्तीय प्रणालीको संरचना, निर्णय–प्रक्रिया, व्यापार–मोडेल, गति, सुरक्षा र पारदर्शितालाई पुनः परिभाषित गरिरहेको समय पनि… Continue reading स्टक मार्केट र एआईको प्रयोग

कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

rss

पाटन, १५ मंसिर । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । गत असोज २८ गतेदेखि जारी केन्द्रीय समितिको आज सम्पन्न… Continue reading कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

एनपिएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस

काठमाडौँ, १५ मङ्सिर । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज यहाँ आइपुगेका छन् । प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपिएल खेल्न काठमाडौँ आइपुगेका हुन् । कतार एयरवेजमार्फत अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन् । पाँच खेलमा चार… Continue reading एनपिएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस

काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई पितृशोक

Photo Source : Onlinekhabar

काठमाडौँ, १५ मङ्सिर । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ । उनका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए । उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो ।… Continue reading काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई पितृशोक

जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस

काठमाडौँ, १५ मङ्सिरः सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भई सहिद घोषणा गरेका परिवारलाई गृह मन्त्रालयले… Continue reading जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस

क्यालिफोर्नियाको स्टकटनमा बैंक्वेट हलमा गोलीकाण्ड

First responders at scene of a mass shooting Saturday, Nov. 29, 2025, in Stockton, Calif. (AP Photo/Ethan Swope)

स्टकटन (क्यालिफोर्निया), १५ मङ्सिर (रासस–एपी) । क्यालिफोर्नियाको स्टकटनस्थित एक बैंक्वेट हलमा पारिवारिक जमघट चलिरहेका बेला भएको भीषण गोलीकाण्डमा चारजनाको मृत्यु भएको र १० जना घाइते भएको सान जोआक्विन काउन्टी शेरिफ अफिसले जनाएको छ । मृतक र घाइतेमध्ये बालबालिकादेखि वयस्कसम्म समावेश रहेको शेरिफ अफिसका प्रवक्ता हिथर ब्रेन्टले जानकारी दिए । प्रारम्भिक तथ्याङ्कका आधारमा घटनालाई लक्षित हमलाका… Continue reading क्यालिफोर्नियाको स्टकटनमा बैंक्वेट हलमा गोलीकाण्ड

हङकङमा भीषण आगलागीबाट मृत्यु सङ्ख्या १४६ पुग्यो

(251126) -- HONG KONG, Nov. 26, 2025 (Xinhua) -- This photo taken on Nov. 26, 2025 shows rescuers working on a residential building fire site in Hong Kong, south China. Thirteen people were killed after a huge fire engulfed a residential area in the Tai Po area of Hong Kong on Wednesday afternoon, according to a press release issued by the Hong Kong Special Administrative Region (HKSAR) government. (Xinhua/Chen Duo)

हङकङ, १५ मङ्सिर (रासस–एएफपी) । हङकङको एक ठूलो आवास क्षेत्रमा यस साताभित्र लागेको आगलागीबाट मृत्यु हुनेहरूको सङ्ख्या १४६ पुगेको प्रहरीले आइतबार पुष्टि गरेको छ । वाङ फुक कोर्टमा भएको यो आगलागीलाई सन् १९८० यताकै विश्वकै सबैभन्दा गम्भीर आवासीय आगलागी मानिएको छ । प्रहरीको विपद् पहिचान युनिटले खोजी क्षेत्र विस्तार गरेपछि थप शवहरू भेटिएका छन् ।… Continue reading हङकङमा भीषण आगलागीबाट मृत्यु सङ्ख्या १४६ पुग्यो

इन्डोनेसिया र थाइल्यान्डमा बाढी–पहिरोमा मृत्यु सङ्ख्या ६०० भन्दा बढी, उद्धार कार्य तीव्र

(251128) -- JAKARTA, Nov. 28, 2025 (Xinhua) -- Rescue team and villagers work together to clean mud after floods and landslides in North Tapanuli regency, North Sumatra, Indonesia, Nov. 28, 2025. The number of fatalities from floods and landslides that struck Indonesia's Aceh, North Sumatra and West Sumatra has risen to 164, with 79 people still missing and 12 others injured, the National Disaster Management Agency (BNPB) said on Friday. (Photo by Gatha Ginting/Xinhua)

पाडाङ, इन्डोनेसिया, १५ मङ्सिर (रासस–एएफपी) । दक्षिणपूर्व एशियामा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु सङ्ख्या ६०० नाघेपछि, इन्डोनेसिया र थाइल्यान्डका अधिकारीहरूले आइतबार बेपत्ता मानिसहरूको खोजी र उद्धार कार्यलाई थप तीव्र बनाएका छन् । सप्ताहभर परेका अत्यधिक मनसुन वर्षाले इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाका धेरै क्षेत्र डुबानमा परे, जसले हजारौँ मानिसलाई सुरक्षित आश्रय र आवश्यक सामग्रीबिना… Continue reading इन्डोनेसिया र थाइल्यान्डमा बाढी–पहिरोमा मृत्यु सङ्ख्या ६०० भन्दा बढी, उद्धार कार्य तीव्र

प्यालेस्टाइनी मृतकको सङ्ख्या बढ्दै,घाइते एक लाख भन्दा बढी

File : This frame grab from a drone video shot on Saturday, Oct. 11, 2025, shows Palestinians walking past destroyed buildings in Gaza City, in the northern Gaza Strip. (AP Photo)

गाजा, १५ मङ्सिर (रासस–सिन्ह्वा) । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिअनुसार, अक्टोबर सन् २०२३ देखि सुरु भएको सङ्घर्षपछि गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७० हजार १०० पुगेको छ । युद्ध सुरु भएयता कुल घाइतेको सङ्ख्या एक लाख ७० हजार ९८३ पुगेको जनाइएको छ । अक्टोबरमा लागू गरिएको युद्धविरामका बाबजूद पनि आवधिक इजरायली आक्रमण… Continue reading प्यालेस्टाइनी मृतकको सङ्ख्या बढ्दै,घाइते एक लाख भन्दा बढी

पाउलान् त विदेशमा रहेका नेपाली नागरिकले मताधिकार ? यस्तो छ– विश्वव्यापी अभ्यास र इतिहास

सञ्जु पौडेल१५ मंसिर, काठमाडौं । विश्वव्यापीकरण तीव्र गतिमा बढिरहेको समयमा मानिसको एक देशबाट अर्को देशमा हुने आवतजावत, रोजगारीका लागि विदेश जाने, उच्च शिक्षा र बसोवासका लागि देशसँगको दूरी बढ्दै गएको छ । नेपालमा मात्र होइन संसारका विभिन्न देशका नागरिक पनि लाखौं संख्यामा आफ्नो मातृभूमिबाट टाढा बसेर पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा जन्मभूमिसँग जोडिएका छन्… Continue reading पाउलान् त विदेशमा रहेका नेपाली नागरिकले मताधिकार ? यस्तो छ– विश्वव्यापी अभ्यास र इतिहास

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै

सिरहा, १५ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ । धनगढीमाई–१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो… Continue reading सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै

नेपालले श्रीलङ्कालाई २ लाख डलर सहयोग गर्दै बाढीको क्षतिप्रति दुःख व्यक्त

(251127) -- COLOMBO, Nov. 27, 2025 (Xinhua) -- This photo taken with a mobile phone shows the site of a landslide in Kandy District, Sri Lanka's Central Province, Nov. 27, 2025. Sri Lanka is confronting one of its most severe weather disasters in recent years, as days of heavy rainfall and multiple landslides have killed 31 people, left 14 missing, and displaced thousands across the island, the Disaster Management Center (DMC) said on Thursday. According to the latest situation report, extreme weather has affected 17 districts, impacting 1,158 families and 4,008 individuals. The DMC said 10 people have been injured, three homes have been completely destroyed, and 381 houses partially damaged. At least 131 people have been relocated to temporary safe centers. (Photo by Gayan Sameera/Xinhua)

काठमाडौँ, १५ मङ्सिरः नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो । द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ ।… Continue reading नेपालले श्रीलङ्कालाई २ लाख डलर सहयोग गर्दै बाढीको क्षतिप्रति दुःख व्यक्त

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौँ, १५ मङ्सिर । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान… Continue reading घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

काठमाडौँ, १५ मङ्सिर । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको… Continue reading एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

RSS

काठमाडौँ, १५ मङ्सिरः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन् । पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन… Continue reading एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

राससकाठमाडौँ, १५ मङ्सिरः प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिए । रु ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको छ ।… Continue reading प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छः संयोजक दाहाल

RSS

गण्डकी, १४ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समय आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै संयोजक दाहालले सरकारले निर्वाचनको वातावरण बनाउन जनाधार भएका पार्टीसँग छलफल गरेर चुनावी वातावरण थप सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले भने,… Continue reading सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छः संयोजक दाहाल

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौँको जित

RSS

काठमाडौँ, १५ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौँको जितका लागि गेरहार्ड इरास्मसले अविजित ४३, जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ रनको योगदान गरे । कर्णालीका नन्दन… Continue reading एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौँको जित

अख्तियारद्वारा सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, १५ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । आयोगले पुरानो पेस्की फछ्र्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेस्की दिने… Continue reading अख्तियारद्वारा सात जनाविरुद्ध मुद्दा दायर

डिजेल-मट्टितेलको मूल्य घट्यो

काठमाडौँ, १४ मङ्सिरः नेपाल आयल निगमले डिजेल\मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल-मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल-मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।… Continue reading डिजेल-मट्टितेलको मूल्य घट्यो

ह्यात होटलमा चोरी र आगजनी गर्ने दुई जना पक्राउ

काठमाडौँ, १४ मङ्सिरः काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर रकम चोरी गर्ने, आगजनी गर्ने तथा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड गर्ने दुई जनालाई जिल्ला… Continue reading ह्यात होटलमा चोरी र आगजनी गर्ने दुई जना पक्राउ

कुलमान र बालेनबीच भेट

१४ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । मन्त्री घिसिङले आज भेटवार्ताको पुष्टी गर्दै भनेका छन्, देश बनाउने अभियानमा हामीसँगै छौँ।’ पछिल्लो समय नयाँ दलहरुबीच आगामी चुनावका लागि सहकार्यको चर्चा चलिरहेको समयमा कुलमान र बालेनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिअले पार्टीहरुबीच तीव्र ध्रुविकरण जारी… Continue reading कुलमान र बालेनबीच भेट

राष्ट्रपति पौडेलद्वारा श्रीलङ्कामा बाढीबाट भएको धनजनका क्षतिप्रति दुःख व्यक्त

(251127) -- COLOMBO, Nov. 27, 2025 (Xinhua) -- This photo taken with a mobile phone shows the site of a landslide in Kandy District, Sri Lanka's Central Province, Nov. 27, 2025. Sri Lanka is confronting one of its most severe weather disasters in recent years, as days of heavy rainfall and multiple landslides have killed 31 people, left 14 missing, and displaced thousands across the island, the Disaster Management Center (DMC) said on Thursday. According to the latest situation report, extreme weather has affected 17 districts, impacting 1,158 families and 4,008 individuals. The DMC said 10 people have been injured, three homes have been completely destroyed, and 381 houses partially damaged. At least 131 people have been relocated to temporary safe centers. (Photo by Gayan Sameera/Xinhua)

काठमाडौँ, १४ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलङ्कामा हालै आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जाल एक्समार्फत त्यहाँ भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । “दुःख र कष्टको यो क्षणमा श्रीलङ्काको सरकार तथा जनताप्रति सहानुभूति प्रकट गर्दछु । सङ्कटको यो समयमा नेपाल सधैँ श्रीलङ्काका साथमा छ”,… Continue reading राष्ट्रपति पौडेलद्वारा श्रीलङ्कामा बाढीबाट भएको धनजनका क्षतिप्रति दुःख व्यक्त

गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछ : प्रधानमन्त्री

RSS

काठमाडौँ, १४ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताएकी छिन् । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न… Continue reading गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछ : प्रधानमन्त्री