१ जेठ, काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौँ आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे । सगरमाथा संवाद भोलि जेठ २ देखि… Continue reading सगरमाथा संवादमा भाग लिन नेपाल आए चिनियाँ राष्ट्रिय जन कांग्रेस उपाध्यक्ष
Author: Vishwanews.com
आइसिसी विश्वकप लिग २ खेल्न स्कटल्याण्ड उड्यो नेपाली क्रिकेट टोली
३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट सङ्घ९क्यान०ले आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।… Continue reading आइसिसी विश्वकप लिग २ खेल्न स्कटल्याण्ड उड्यो नेपाली क्रिकेट टोली
‘सबैभन्दा गरिब’ राष्ट्रपतिका रुपमा चिनिएका उरुग्वेका पूर्वशासक मुजिकाको निधन
१ जेठ, काठमाडौं । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ । देशका वर्तमान राष्ट्रपति यामान्दु ओर्सीले एक्समा भनेका छन्, “गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुजिकाको निधनको घोषणा गर्दछौँ । हामी तपाईँलाई एक पुरानो साथी, राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक… Continue reading ‘सबैभन्दा गरिब’ राष्ट्रपतिका रुपमा चिनिएका उरुग्वेका पूर्वशासक मुजिकाको निधन
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता : ट्रम्प
३१ वैशाख, काठमाडौं । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताएका छन् । उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो वचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताए ।… Continue reading कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता : ट्रम्प
पाथिभरामा केवलकार बनाउने बाटो खुल्यो
काठमाडौं । पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ । पाथीभरामा बनाउन लागिएको केबलकारले वातावरण विनास गर्ने र लिम्बु जातिहरुको मुन्धुमी सभ्यता संकटमा पर्ने भन्दै त्यसलाई रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्माणको बाटो खुलेको हो । याम बहादुर लिम्बु समेत ८ जनाले पाथीभरा देवी दर्शन केवलकार प्रा.लि… Continue reading पाथिभरामा केवलकार बनाउने बाटो खुल्यो
सत्यनिरूपण र बेपत्ता आयोग गठन, अध्यक्ष र सदस्य नियुक्त
३१ वैशाख, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं… Continue reading सत्यनिरूपण र बेपत्ता आयोग गठन, अध्यक्ष र सदस्य नियुक्त
निरन्तर बढ्दै बेरुजु, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गर्न सुझाव
३१ वैशाख, काठमाडौं । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । तीनवटै तहका सरकार र तिनको मातहतमा रहेका सार्वजनिक निकाय तथा सङ्गठित संस्थाको आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षणबाट देखिएको बेरूजुको स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति तथा भविष्यमा गर्नुपर्ने सुधारलगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरिएको हो । महालेखापरीक्षक तोयम रायाले आजै उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष… Continue reading निरन्तर बढ्दै बेरुजु, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गर्न सुझाव
विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु
३१ वैशाख, मलेखु । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको… Continue reading विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु
गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
३१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका ठूला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । गैर–आवासीय नेपाली सङ्घ (एनआरएनए)द्वारा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले विश्वभर फैलिएको नेपाली डायस्पोरामा नवीनता र वित्तीय पुँजी रहेको र त्यसलाई सदुपयोग गरेर देश विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, “एनआरएनए अलगअलग होइन, एकजुट… Continue reading गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
३१ वैशाख, किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । घरमै बसिरहेका अवस्थामा अचानक चट्याङ लागेर तामाङको मृत्यु भएको हो । हावाहुरीसँगै बर्षेको चट्याङ लागेर… Continue reading सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
कोरियामा नेपालले रोक्यो ‘एनओसी’
३१ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ । शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर दक्षिण कोरियाका लागि एनओसी जारी गर्ने काम तत्कालका लागि स्थगन गरिएको बताएको छ । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको… Continue reading कोरियामा नेपालले रोक्यो ‘एनओसी’
सुशासनमा प्रश्न : ३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
३१ वैशाख, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् । साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् ।… Continue reading सुशासनमा प्रश्न : ३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
खाडी क्षेत्रको भ्रमणमा ट्रम्प, के गर्दैछन् ?
एजेन्सी३१ वैशाख, काठमाडौं । मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना भए पनि व्यापारिक सम्झौताहरूको आशा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साउदी अरेबिया पुगेका छन् । यो उनको खाडी क्षेत्रको भ्रमणको पहिलो चरण हो र त्यसपछि कतार र संयुक्त अरब इमिरेट्स जाने कार्यक्रम छ । यो भ्रमण अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको पहिलो प्रमुख… Continue reading खाडी क्षेत्रको भ्रमणमा ट्रम्प, के गर्दैछन् ?
बेलायतमा नेपाली भजन महोत्सव
३१ वैशाख, बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीहरुको सांस्कृतिक झाँकीसहितका टोली वेष्टमिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए । ‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाउँ, सभ्य र उन्नत जीवनलाई… Continue reading बेलायतमा नेपाली भजन महोत्सव
चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो
एजेन्सी३१ वैशाख, काठमाडौं । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख तनाव कम गर्दै अस्थायी रूपमा भन्सार शुल्कहरू घटाउन सहमति जनाएपछि चीनले घरेलु एयरलाइन्सलाई नयाँ बोइङ विमान स्वीकार गर्नमाथिको प्रतिबन्ध हटाएको एक रिपोर्टमा उल्लेख छ । गत महिना अमेरिकी विमान निर्माताले चिनियाँ एयरलाइन्सले दुवै पक्षले लगाएको भारी भन्सार शुल्कका कारण नयाँ विमानको डेलिभरी स्वीकार… Continue reading चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो
अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ
एजेन्सी३१ वैशाख, डच वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै छिटो अन्त्य हुने अवस्थामा छ । तर आत्तिनुपर्ने ठूलो आवश्यकता छैन । यो घटना हुन अझै १० को पावर ७८ वर्ष बाँकी छ – अर्थात् एक अङ्कको पछाडि ७८ वटा शून्य । यद्यपि यो अघिको अनुमान १० को पावर एक हजार एक सय वर्षबाट… Continue reading अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
एजेन्सी३१ वैशाख, पञ्जाव । भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् । यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल… Continue reading भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
बेलायतको श्रम बजारमा मन्दी, तलब वृद्धिमा गिरावट, बेरोजगारी दर वृद्धि
एजेन्सी३० वैशाख, लण्डन । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत… Continue reading बेलायतको श्रम बजारमा मन्दी, तलब वृद्धिमा गिरावट, बेरोजगारी दर वृद्धि
नयाँ बजेटबारे अर्थमन्त्री र विकास साझेदारबीच छलफल
३० वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्वका साथ अघि बढाइरहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा उहाँले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताए । “केही समयदेखि आर्थिक सुधार थालेका छौँ ।… Continue reading नयाँ बजेटबारे अर्थमन्त्री र विकास साझेदारबीच छलफल
अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा
३० वैशाख, धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो । सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी चल्न थालेका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । रोशी खोलामा बाढी आएपछि सोमबार रातीदेखि… Continue reading अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा
बनेपामा बन्ने भयो ‘इन्डोर’ छायाङ्कन स्टुडियो, प्रधानमन्त्रीले गरे शिलान्यास
रासस३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको मागबमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताए । उनले चलचित्रकर्मीले करिब छ दशकदेखि उठाउँदै… Continue reading बनेपामा बन्ने भयो ‘इन्डोर’ छायाङ्कन स्टुडियो, प्रधानमन्त्रीले गरे शिलान्यास
राप्रपाका नेता मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
३० वैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार तीर्थराज भट्टराईका अनुसार मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक… Continue reading राप्रपाका नेता मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै
३० वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने जानकारी दिइन् ।… Continue reading सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै
५१ लाख ९० हजार ठगीको अभियोगमा दुई पक्राउ
३० वैशाख, काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं… Continue reading ५१ लाख ९० हजार ठगीको अभियोगमा दुई पक्राउ
मौसम बदली, ठाउँठाउँमा भारी वर्षा
३० वैशाख, काठमाडौं । सोमबार देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभे्रपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो । गुल्मीमा ५६.४ मिलीमिटर वर्षा भएको छ । यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काभ्रेमा पछिल्लो छ… Continue reading मौसम बदली, ठाउँठाउँमा भारी वर्षा
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
३० वैशाख, ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो । सिरीजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजङ्घा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते… Continue reading कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
म्यान्मामा सेनाको हवाई आक्रमणमा २० बालबालिका सहित २२ जनाको मृत्यु
रासस२९ वैशाख, काठमाडौं । म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो । म्यान्माको ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो । त्यो… Continue reading म्यान्मामा सेनाको हवाई आक्रमणमा २० बालबालिका सहित २२ जनाको मृत्यु
पर्यटकीय गन्तव्य मौलाकालीमा सञ्चालनमा आयो इला होटल
२९ वैशाख, चितवन । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा… Continue reading पर्यटकीय गन्तव्य मौलाकालीमा सञ्चालनमा आयो इला होटल
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
२९ वैशाख, त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व० नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गए राति पुल भाँचिएको हो । पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए । सामान बोकेको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको हो । ट्रक पार… Continue reading गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
रासस२९ वैशाख, काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको… Continue reading प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित