१६ वैशाख, काभ्रेपलाञ्चोक । जिल्लाको कोशीपूर्व क्षेत्रको एक सडकखण्ड १५ वर्षपछि पक्की बनाइएको छ । विसं २०६६ मा बाटो खोलिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–बाफल करिब चार किलोमिटर सडक स्तरोन्नति गरी पक्की बनाइएको हो । ठेकेदार कम्पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि कालोपत्र सम्पन्न गरेको छ । गत साल मङ्सिर ३ गते जिल्लास्थित पूर्वाधार विकास कार्यालय धुलिखेल र… Continue reading काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि कालोपत्रे
Author: Vishwanews.com
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
१६ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोड्ने अभियानमा तिब्रता दिएको छ । यसै उद्देश्यसहित बोर्डले आज यहाँ ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम आयोजना गरेको छ । पर्यटकीयउपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रवर्द्धनका लागि प्रोत्साहित गर्न र मुलुकको पर्यटन प्रवर्द्धनका… Continue reading नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
यमनमा रोकिएन अमेरिकी आक्रमण, थप ६८ जनाको मृत्यु
१६ वैशाख, काठमाडौं । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकी सेनाले एक महिना लामो सैन्य अभियान चलाइरहेको छ । जसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण गरिएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डले दिएको जानकारी अनुसार, यी आक्रमणहरूमा सयौं हुथी लडाकू र नेताहरू मारिएका छन्, यद्यपि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । हुथी विद्रोहीहरू, जसलाई… Continue reading यमनमा रोकिएन अमेरिकी आक्रमण, थप ६८ जनाको मृत्यु
विद्युत अवरोधको घटनामा साइबर आक्रमण पुष्टी नभएको इयूको स्पष्टीकरण
१६ वैशाख, काठमाडौं । स्पेनको विद्युत अवरोध साइबर आक्रमणबाट भएको भन्ने कुनै सङ्केत नभेटिएको इयूले जनाएको छ । स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमानहरूलाई खारेज गर्दै युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले भने, “अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत भेटिएको’ छैन ।” “दुवै देशका ग्रिड अपरेटरहरूले कारण पत्ता लगाउन र बिजुली… Continue reading विद्युत अवरोधको घटनामा साइबर आक्रमण पुष्टी नभएको इयूको स्पष्टीकरण
जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन
१६ वैशाख, टोकियो । जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको हृदयघातका कारण निधन भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हयाशीको हृदयघातका कारण मृत्यु भएको सोमबार पुष्टि गरेको हो । सेप्टेम्बर १९०९ मा जन्मिएकी हयाशीको २६ अप्रिलका दिन गिफु प्रान्तको आफ्नो गृहनगर टोकीको एक अस्पतालमा निधन भएको हो… Continue reading जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन
तनहुँमा मोनोरेलको सम्भाव्यता अध्ययन गरिँदै
१६ वैशाख, दमौली । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका ५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । काठमाडौँस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । समुन्द्री सतहबाट दुई… Continue reading तनहुँमा मोनोरेलको सम्भाव्यता अध्ययन गरिँदै
सरकार र शिक्षकबीचको वार्ता सकारात्मक, आज होला सहमति ?
१६ वैशाख, काठमाडौं । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति हुन नसकेको सहभागीले बताएका छन् । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए । महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो… Continue reading सरकार र शिक्षकबीचको वार्ता सकारात्मक, आज होला सहमति ?
लुम्बिनीमा पर्यटक चढाउन किनिएका विद्युतीय सवारी प्रयोगविहित
१६ वैशाख, लुम्बिनी । लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ । यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा… Continue reading लुम्बिनीमा पर्यटक चढाउन किनिएका विद्युतीय सवारी प्रयोगविहित
जनकपुरमा जानकी जन्मोत्सव सुरु
१६ वैशाख, धनुषा । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो । साथै, अखण्ड… Continue reading जनकपुरमा जानकी जन्मोत्सव सुरु
दाउन्नेमा रातमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
१६ वैशाख, मध्यविन्दु । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी (बर्दघाट… Continue reading दाउन्नेमा रातमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
ट्युनिसियामा डुङ्गा डुब्दा आठ आप्रवासीको मृत्यु, २९ को उद्धार
१५ वैशाख, काठमाडौं । मध्य ट्युनिसियाको स्फ्याक्सको तटमा डुङ्गा पल्टिँदा विभिन्न देशका आठ आप्रवासीको मृत्यु हुनुका साथै अन्य २९ जनाको उद्धार गरिएको ट्युनिसियाली नेसनल गार्डले सोमबार एएफपीलाई जानकारी दिएको छ । नेसनल गार्डका प्रवक्ता होउसेम एडिन जेबाब्लीका अनुसार ती सबै आप्रवासी ‘विदेशी’ थिए । उनीहरूमध्ये अधिकांश उप–सहारा अफ्रिकाका र अन्य विभिन्न मुलुकका नागरिक राष्ट्रियताका थिए… Continue reading ट्युनिसियामा डुङ्गा डुब्दा आठ आप्रवासीको मृत्यु, २९ को उद्धार
स्पेन र पोर्चुगलमा व्यापक विद्युत सेवा अवरूद्ध, के भएको हो ?
१५ वैशाख, काठमाडौं । स्पेन र पोर्चुगलमा सोमबार विद्युत आपूर्ति व्यापकरूपमा बन्द भएको छ । विद्युत् आवूर्तिमा समस्या हुँदा मोबाइल फोन र इन्टरनेट नेटवर्कमा समेत प्रभाव परेको, रेल सेवा अवरूद्ध भएका र मानिसहर्रु लिफ्टमा फसेका अधिकारीहरुले बताएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले राज्यको विद्युत् सञ्जाल सञ्चालकको मुख्यालयमा गएर समस्याको जानकारी लिएका छन् । स्पेन… Continue reading स्पेन र पोर्चुगलमा व्यापक विद्युत सेवा अवरूद्ध, के भएको हो ?
शिक्षक आन्दोलनबारे मन्त्रिपरिषद्मा छलफल, के भयो कुराकानी ?
१५ वैशाख, काठमाडौं । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकमा शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी गराएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आजै भएको वार्तामा आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा… Continue reading शिक्षक आन्दोलनबारे मन्त्रिपरिषद्मा छलफल, के भयो कुराकानी ?
सङ्खुवासभामा चट्याङ लागेर सत्रवटा भैँसी मरे
१५ वैशाख, किमााथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले… Continue reading सङ्खुवासभामा चट्याङ लागेर सत्रवटा भैँसी मरे
पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको उपसमितिको ठहर, बुझायो प्रतिवेदन
१५ वैशाख, काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठिन उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ । आज नयाँ बानेश्वरस्थिति संसद् भवनको शङ्कर हालमा उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन बुझाएको समितिका सचिव एवं संसद् सचिवालयका प्रवक्ता (सहसचिव) एकराम गिरीले राससलाई जानकारी दिए । प्रतिवेदन ग्रहण… Continue reading पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको उपसमितिको ठहर, बुझायो प्रतिवेदन
वडाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर
१५ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जना विरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । धनकौल गाउँपालिकास्थित कृषि बाटो निर्माणमा रु सात लाख ७९ हजार दुई सय पाँच हिनामिनाको अभियोगमा वडा नं ६ का वडाध्यक्ष श्यामबाबु साहसहित नौ जना विरुद्ध आज आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता… Continue reading वडाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
१५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटका क्रममा उहाँहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ… Continue reading पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
झण्डै १८ अर्ब अवैध कारोबार, २१ जना पक्राउ
१५ वैशाख, काठमाडौं । अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ । उनीहरुले रु १७ अर्ब ८६ करोड ७० लाखबढी रकम अवैध कारोबार गरेको सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । उनीहरुले आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणवापत… Continue reading झण्डै १८ अर्ब अवैध कारोबार, २१ जना पक्राउ
अरुण नदीमा जीप खस्यो, तीन जना घाइते
१५ वैशाख, खाँदबारी । सङ्खुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा तीन जना घाइते भएका छन् । प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको बलेरो जीप दुर्घटना हुँदा खाँदवारी नगरपालिका–९ का रमेश राई, मकालु गाउँपालिका–५ का चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ढोकरबहादुर पाण्डे घाइते भएका हुन् ।… Continue reading अरुण नदीमा जीप खस्यो, तीन जना घाइते
खुम्बु क्षेत्रमा भारी हिमपात, पर्वतारोही र स्थानीय प्रभावित
१५ वैशाख, सोलुखुम्बु । उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् । खुम्बु क्षेत्रमा रहनुभएका ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका छन् । उनले भने, “हिउँले बाटो… Continue reading खुम्बु क्षेत्रमा भारी हिमपात, पर्वतारोही र स्थानीय प्रभावित
तरबूजा खेती गरेरै जीविका चलाउँँदै कन्चनपुरका दुई सय परिवार
१५ वैशाख, कञ्चनपुर । कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आएका छन् । माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ । “पहिला साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्दै तरबूजा बिक्री… Continue reading तरबूजा खेती गरेरै जीविका चलाउँँदै कन्चनपुरका दुई सय परिवार
चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा
१५ वैशाख, हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय… Continue reading चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा
कास्कीमा चट्याङ लागेर दुई मजदुरको मृत्यु
१५ वैशाख, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी… Continue reading कास्कीमा चट्याङ लागेर दुई मजदुरको मृत्यु
इरानको विशाल बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो
१५ वैशाख, काठमाडौं । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा २८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी सञ्चार माध्यमले जनाएको छ । विश्वको तेल उत्पादनको पाँचौँ भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो । बन्दरगाहको… Continue reading इरानको विशाल बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो
सिंहदरबारमा अब मेलम्चीको खानेपानी
१५ वैशाख, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका… Continue reading सिंहदरबारमा अब मेलम्चीको खानेपानी
आरोहीको भीडले गुलजार सगरमाथा आधारशिविर
सिबी अधिकारी/रासस १५ वैशाख, काठमाडौं । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट) उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा… Continue reading आरोहीको भीडले गुलजार सगरमाथा आधारशिविर
उपत्यकामा आइतबारबाटै वर्षा, अन्य स्थानको मौसम कस्तो ?
१५ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली… Continue reading उपत्यकामा आइतबारबाटै वर्षा, अन्य स्थानको मौसम कस्तो ?
पाल्पामा जिप दुर्घटना, तीनको मृत्यु, दुई घाइते
१५ वैशाख, तानसेन । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुर्घटनामा घाइते भएका पाँच… Continue reading पाल्पामा जिप दुर्घटना, तीनको मृत्यु, दुई घाइते
प्रमुख प्रतिपक्षी दल माओवादीले भन्यो : शिक्षकका समस्या समाधान गर
१५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ । उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विगत २५ दिनदेखि भइरहेको सडक आन्दोलनका विषयमा शिक्षकसँग छलफल गरी समस्या… Continue reading प्रमुख प्रतिपक्षी दल माओवादीले भन्यो : शिक्षकका समस्या समाधान गर
तीनकुने घटनामा सह–महामन्त्रीका छोरा पक्राउ भन्ने समाचारमा कुनै सत्यता छैनः प्रहरी
१४ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित… Continue reading तीनकुने घटनामा सह–महामन्त्रीका छोरा पक्राउ भन्ने समाचारमा कुनै सत्यता छैनः प्रहरी