राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी

१९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले थप तीन वटा अध्यादेश जारी… Continue reading राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी

मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा

१९ वैशाख, गोरखा । यही बैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ । उर्केन छिरिङ शेर्पा र जापानी नागरिक तोशियो इमानिशीले सन् १९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेका थिए । विश्वकै आठौ अग्लो मानिने ८ हजार १६३ मिटर उचाईको उक्त हिमाल सफल आरोहण… Continue reading मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा

यस्तो छ आजको मौसम पूर्वानुमान

rss

१९ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालकको मृत्यु

१९ वैशाख, विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको हो । एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार इटहरी उप–महानगरपालिका १७, पकलीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं। १–०२–००२ स ६६९५… Continue reading सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालकको मृत्यु

बेइजिङमा मनाइयो बुद्धजयन्ती

काठमाडौँ, वैशाख १८ गते । २५७० औँ बुद्ध जयन्तीको अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले विशेष कार्यव्रmमको आयोजना गरेको छ । सो अवसरमा नेपाली राजदुतावासकी कार्यवाहक राजदूत श्रीमती रोशन खनालले शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्वाणको पवित्र दिनको रूपमा बुद्ध जयन्ती मनाइदैआएको चर्चा गर्दै युनेस्कोको विश्व सम्पदा स्थल र भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको महत्वबारे जानकारी… Continue reading बेइजिङमा मनाइयो बुद्धजयन्ती

​शुक्रबार मात्र करीव ८ सय घर टहरामा डोजर चल्यो

RSS

१८ वैशाख, काठमाडौं । सरकारले शुक्रबार काठमाडौंमा करीव ८ सय घर टहरामा डोजर चलाएको छ । बल्खुमा मात्र ४०१ घर, टहरा र छाप्रो भत्काइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उता, ​बंशीघाटमा १९३ घर टहरा भत्काइएको छ । उता शंखमुलमा मात्र १५० भन्दा बढी घर भत्किएका छन् । ती अधिकांश पक्की घर हुन् । आज भत्काइएका… Continue reading ​शुक्रबार मात्र करीव ८ सय घर टहरामा डोजर चल्यो

रोल्पामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो

रुकुम पश्चिम, वैशाख १८ गते । तिर्थयात्राको लागि बिहीबार रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा घाइते भएका १ जना भने उपचारपछि घर फर्किएका छन् । हिजो दिउँसो रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा लु। १ ज। ४१६७ नम्बरको जीप भीरबाट ८ सय मिटर… Continue reading रोल्पामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो

उपत्यका विस्थापित नागरिकलाई कहाँ व्यवस्थापन गरिन्छ ?

१८ वैशाख, काठमाडौं । काठमाडौंको बागमती र त्यसका सहायक नदी किनारको अत्यन्तै जोखिमपूर्ण जीवनबाट मुक्त भई एउटा सुरक्षित र व्यवस्थित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन् । काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै उनीहरु यतिबेला दशरथ रंगशाला… Continue reading उपत्यका विस्थापित नागरिकलाई कहाँ व्यवस्थापन गरिन्छ ?

बागमती किनारबाट विस्थापितलाई रंगशालामा स्वास्थ्य शिविर

१८ वैशाख, काठमाडौं । बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूका लागि सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार, र मनोसामाजिक परामर्श दिइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो कार्यमा ​संलग्न अस्पताल शुक्रराज ट्रपिकल (नेतृत्वदायी भूमिका), कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह, र पाटन मानसिक… Continue reading बागमती किनारबाट विस्थापितलाई रंगशालामा स्वास्थ्य शिविर

अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

१८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको… Continue reading अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ सुरु

१८ वैशाख, काठमाडौं । पहाडकी रानी भनेर परिचित बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ शुक्रबारदेखि सुरु भएको छ । ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चार दिने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गरेकी छन् । औपचारिक उद्घान अघि बन्दीपुर बजार क्षेत्रमा गण्डकी… Continue reading ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ सुरु

यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

१८ वैशाख, काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा दोस्रो जित निकालेको छ । आज नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको हो । यूएईमाथि नेपालले आज ६ रनको जित निकालेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो । यूएईका लागि… Continue reading यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : न्यूनतम पारिश्रमिक समेत नपाएको उजुरी बढ्दो

काठमाडौँ, वैशाख १८ गते । धादिङकी मीनाले काठमाडौँमा आएर घरेलु श्रमिकका रूपमा काम गर्न थालेको सात वर्ष भयो । एउटै घरमा घरभित्रको सरसफाइदेखि बुढाबुढीको स्याहारसुसार गर्दै आएकी मीनालाई गत वर्ष सुन चोरीको दोष लगाएर तीन महिनाको पारिश्रमिकबिना नै निकालियो । त्यो घरका परिवारले खाएका जुठा भाँडा माझ्ने, ट्वाइलेट सफा, जुत्तामोजा धुनेदेखि घर सरसफाइ गर्दै आएकी… Continue reading आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : न्यूनतम पारिश्रमिक समेत नपाएको उजुरी बढ्दो

आज पनि देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना

rss

काठमाडौँ, वैशाख १८ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी,… Continue reading आज पनि देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना

विदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता रद्द, सूचिसहित

१८ वैशाख, काठमाडौं । नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १९ जना डाक्टरको दर्ता खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले आज सूचना जारी उनीहरुको दर्ता खारेज भएको जानकारी दिएको हो । सूचना अनुुसार उनीहरुले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय पासपोर्ट लिएकाले दर्ता खारेज गरिएको हो । दर्ता खारेज… Continue reading विदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता रद्द, सूचिसहित

रोल्पा जिप दुर्घटना : आज पनि उद्धारको काम जारी

१८ वैशाख, रोल्पा । थवाङ गाउँपालिका–१, रोल्पामा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनास्थलमा थप खोज तथा उद्धार कार्य पुनः सुरु गरिएको छ । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आज बिहानैबाट सुरक्षाकर्मीहरु घटनास्थलमा परिचालित भइसकेका छन् । उनका अनुसार आज… Continue reading रोल्पा जिप दुर्घटना : आज पनि उद्धारको काम जारी

आज २५७०औं बुद्ध जयन्ती, विश्वभर मनाइदैं

१८ वैशाख, काठमाडौं । आज २५७०औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र… Continue reading आज २५७०औं बुद्ध जयन्ती, विश्वभर मनाइदैं

सरकारले बढायो खाना पकाउने ग्यासको मूल्य

file

१८ वैशाख, काठमाडौं । खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ… Continue reading सरकारले बढायो खाना पकाउने ग्यासको मूल्य

डिजेल र पेट्रोलको मूल्य घट्यो

१८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको… Continue reading डिजेल र पेट्रोलको मूल्य घट्यो

आजबाट काठमाडौंका सुकुमबासी बस्तीमा पुनः डोजर चल्दै

१८ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा सरकारले आज डोजर चलाउँदैछ । आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्रमा डोजर चलाउने तयारी छ ।… Continue reading आजबाट काठमाडौंका सुकुमबासी बस्तीमा पुनः डोजर चल्दै

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, मन्त्रालयले थाल्यो हस्तान्तरणको प्रक्रिया 

१८ वैशाख, काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो । सोही अनुसार बिहीबार सम्म धरान उपमहानगरपालिका सहित २०७ वटा पालिकाले स्थानीय तहबाट सेवा… Continue reading स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, मन्त्रालयले थाल्यो हस्तान्तरणको प्रक्रिया 

अब लाइन होइन, अनलाइन : देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने

१८ वैशाख, काठमाडौं। सरकारले मालपोत कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय प्रवन्ध लागू गर्ने क्रममा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। भूमि… Continue reading अब लाइन होइन, अनलाइन : देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ, वैशाख १७ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको प्रवक्ता शाक्यले बताए ।

राष्ट्रपतिबाट सार्वजनिक खरिद अध्यादेश जारी

काठमाडौँ, वैशाख १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३… Continue reading राष्ट्रपतिबाट सार्वजनिक खरिद अध्यादेश जारी

देशभरका सुकुमबासी बस्तीमा त्रास फैलिएपछि सरकारले दियो यस्तो स्पष्टीकरण

१८ वैशाख, काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाउने आफ्नो योजना रहेको र यसमा सरकार दृढ रहेको स्पष्ट पारेको छ। वास्तविक सुकुम्बासीहरूमा पर्न गएको त्रासप्रति सचेत रहँदै, सरकारले उनीहरूलाई ढुक्क हुन आग्रह गरेको छ। सरकारले वर्षायाम सुरु हुन लागेको… Continue reading देशभरका सुकुमबासी बस्तीमा त्रास फैलिएपछि सरकारले दियो यस्तो स्पष्टीकरण

२० जनाको ज्यान जाने गरी भएको दुर्घटनाबारे छानविन गर्न समिति गठन

१७ वैशाख, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो भएको भीषण जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार आजै भएको सचिवस्तरीय निर्णयबाट उक्त समिति गठन गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा गठित… Continue reading २० जनाको ज्यान जाने गरी भएको दुर्घटनाबारे छानविन गर्न समिति गठन

संघीय मामिला मन्त्रालयले सबै पालिकालाई भन्यो: वास्तविक सुकुमवासी पहिचान गर्नु

१७ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकाहरूलाई पत्र लेखेर वास्तविक सुकुमवासी पहिचान गर्न आग्रह गरेको छ । मन्त्रालयले सुकुमवासी पहिचान, तत्काल अन्यत्र व्यवस्था गर्ने योजना र अतिक्रमण हटाउन आवश्यक परे जिल्ला प्रशासन कार्यालयसँग सहयोग माग गर्नु भन्दै बिहिबार परिपत्र गरेको हो । राष्ट्रिय गाउँपालिका महासंघ र नेपाल नगरपालिका… Continue reading संघीय मामिला मन्त्रालयले सबै पालिकालाई भन्यो: वास्तविक सुकुमवासी पहिचान गर्नु

एक महिनामा देशभर ४१७ जना बिचौलिया पक्राउ

file

१७ वैशाख, काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक महिनाको अवधिमा देशभर ४१७ जना बिचौलिया पक्राउ गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको बिहीबारको बुलेटिनमा सो कुरा उल्लेख छ । पक्राउ परेकामध्ये उपत्यकाबाट १२३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशका उपत्यकाबाहेकका जिल्लाबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४… Continue reading एक महिनामा देशभर ४१७ जना बिचौलिया पक्राउ

शुक्रबार सबै सरकारी अस्पतालको ओपिडी खोल्न मन्त्रालयको निर्देशन

१७ वैशाख, काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते देशभरका सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । भोलि सार्वजनिक बिदा भए पनि बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लगातार तीन दिन सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा ओपीडी… Continue reading शुक्रबार सबै सरकारी अस्पतालको ओपिडी खोल्न मन्त्रालयको निर्देशन

रोल्पामा जिप दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

१७ वैशाख, काठमाडौं । रोल्पामा जिप दुर्घटनामा परि कम्तिमा २० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रुकुम पुर्वबाट जलजलातर्फ गइरहेको जिप भिरबाट ८ सय मिटर तल खसेको थियोे । घटनास्थलबाट २० जनाको मृत्यु भइसकेको प्रहरीले बताएको छ । थप विवरण आउन बाकी छ ।