टेक्सस (अमेरिका), वैशाख १६ गते । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन् । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा ग्रेटर अस्टिन नेपाली समाजले यही वैशाख १४ र १५ गते आयोजना गरिएको राहदानी तथा कन्सुलर घुम्ती शिविरमा नयाँ राहदानी तथा नवीकरण २६७, वारेस नामा… Continue reading टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा
Author: Vishwanews.com
रास्वपा सांसद कार्की भन्छन् : अध्यादेश ल्याउनु बहादूरी होइन
१६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन् । संसद छलेर अध्यादेश ल्याएपछि कार्कीले आफ्नै दलकै सरकारको आलोचना गरेका हुन् । झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुर नभएको उनको टिप्पणी छ । ‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’… Continue reading रास्वपा सांसद कार्की भन्छन् : अध्यादेश ल्याउनु बहादूरी होइन
बैङ्कको नाफा उनन्चास अर्बमाथि
काठमाडौँ, वैशाख १६ गते । चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैङ्कको खुद नाफा ४९ अर्ब २१ करोड रुपियाँ नाघेको छ । अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतको वृद्धि देखिँदा बैङ्किङ क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढेको सङ्केत देखिएको छ । चालु आवको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैङ्कले ४९ अर्ब… Continue reading बैङ्कको नाफा उनन्चास अर्बमाथि
उच्च क्षमताका प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा
रमेश लम्साल-रासस१६ वैशाख, काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा देखिएको बेथिती अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो । प्रसारण… Continue reading उच्च क्षमताका प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा
नारायणगढ–बुटवल सडकमा सुरक्षा चिन्ह राख्न सुरु
१६ वैशाख, त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक… Continue reading नारायणगढ–बुटवल सडकमा सुरक्षा चिन्ह राख्न सुरु
ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ
१६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकालाई आफू ‘ध्वस्त हुने अवस्था’ (स्टेट अफ कोल्याप्स) मा पुगेको जानकारी दिएको बताएका हुन् । उनले भनेका छन्– समुद्री आवागमन सामान्य बनाउन इरान छिट्टै… Continue reading ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र ओमान खेल्दै
१६ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ ।नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र ओमान खेल्दै
आज देशका धेरैजसो स्थानमा हावाहुरीसहित वर्षा, सतर्क रहन आह्वान
१६ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५ः४५ हुरी चल्न सुरु हुने र १७ वैशाख… Continue reading आज देशका धेरैजसो स्थानमा हावाहुरीसहित वर्षा, सतर्क रहन आह्वान
बुटवलमा स्कुटर दुर्घटना, २ को मृत्यु, एक घाइते
१६ वैशाख, बुटवल । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो । मंगलबार साँझ… Continue reading बुटवलमा स्कुटर दुर्घटना, २ को मृत्यु, एक घाइते
इन्डोनेसियामा रेल दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु
जकार्ता, वैशाख १६ । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गरे । रेल अपरेटर तथा… Continue reading इन्डोनेसियामा रेल दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु
नेपालद्वारा एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता
काठमाडौँ, वैशाख १६ । जीवाश्म इन्धन ९पेट्रोल(डिजेल०को अनियन्त्रीत खनन् र खपतले जलवायु परिवर्तनका घटनामा तीव्र वृद्धि गराउने भएकोले जीवाश्म इन्धनको विकल्पको उपयोगमा जोड दिँदै नेपालका नागरिक समाजले एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ । कोलम्बिया र नेदरल्यान्ड्स सरकारद्वारा संयुक्तरूपमा आयोजित “जीवाश्म इन्धन मुक्त रूपान्तरण” (ट्रान्जिसिनिङ वे फ्रम फोसिल फ्युल)सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलनको अवसरमा एसियासहित… Continue reading नेपालद्वारा एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता
चीनको ल्हासास्थित महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण
ल्हासा, वैशाख १६ । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । प्रतिमाको अनावरण हालै गरिएको हो । उक्त प्रतिमा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको विशेष पहल र सक्रियतामा जेभी फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त भएको हो । प्रतिमाको हस्तान्तरण यसअघि नै काठमाडौंमा जेभी फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष जगदीश बैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर… Continue reading चीनको ल्हासास्थित महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण
बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु
ओडिशा, वैशाख १६ । भारतको ओडिशा राज्यस्थित केन्दुझार जिल्लामा मानवीय संवेदनालाई नै स्तब्ध बनाउने एउटा घटना सार्वजनिक भएको छ । स्थानीय एक ग्रामीण बैँकले आफ्नी मृत बहिनीको खातामा रहेको रकम भुक्तानी दिन अस्वीकार गरेपछि एक व्यक्तिले चिहान खनेर बहिनीको अस्थिपञ्जर नै बैँक पुर्याएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार, केन्दुझार जिल्लाको डियानाली गाउँका ५० वर्षीय… Continue reading बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु
अमेरिकी डलरको मूल्य बढ्दा यस वर्ष प्रतिव्यक्ति आयमा भएन सुधार
१५ वैशाख, काठमाडौँ । यस वर्ष अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार जारी गरेको आर्थिक वर्ष २०८२–८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ खर्बले विस्तार हुने अनुमान गरेको हो । आर्थिक वर्ष २०८१–८२ मा जीडीपीको आकार ६१… Continue reading अमेरिकी डलरको मूल्य बढ्दा यस वर्ष प्रतिव्यक्ति आयमा भएन सुधार
यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
१५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार उपभोक्ता मूल्यमा सो बराबरको आर्थिक वृद्धिदर प्राप्त हुनेछ । आधारभूत मूल्यमा भने ३.६५ प्रतिशत बराबरको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ । यो यस वर्ष… Continue reading यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
सरकारले अध्यादेश ल्याउन सिफारिस गरेपछि कांग्रेसको आपत्ति
१५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आज वक्तव्य जारी गर्दै सरकार शक्ति केन्द्रीकरणतर्फ लागेको आरोप लगाएका हुन्। ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ,’… Continue reading सरकारले अध्यादेश ल्याउन सिफारिस गरेपछि कांग्रेसको आपत्ति
नेकपाद्वारा वाम एकताको आह्वान
१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकतामार्फत् कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आह्वान गरेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकजुट हुन र वाम एकतामार्फत कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न आह्वान गरेको हो । कम्यनिस्ट पार्टीहरू निकै साँघुरो गरी खुम्चिएको अवस्थामा… Continue reading नेकपाद्वारा वाम एकताको आह्वान
संसद बन्द गरी अध्यादेश ल्याउन सिफारिस, चौतर्फी आलोचना
१५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस भएर आएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । यसअघि वैशाख ८ गतेको… Continue reading संसद बन्द गरी अध्यादेश ल्याउन सिफारिस, चौतर्फी आलोचना
ज्यूँदो मान्छेको मृत्यु दर्ता गरेको अभियोगमा चार पक्राउ
पश्चिम नवलपरासी, वैशाख १५ गते । जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउपुर्जी जारी गरेपछि प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी… Continue reading ज्यूँदो मान्छेको मृत्यु दर्ता गरेको अभियोगमा चार पक्राउ
पहुँचका भरमा प्रयोग भएका ६२२ सवारी साधन फिर्ता
काठमाडौँ, वैशाख १५ गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र साधनमाथि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ। प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधन प्रयोग गरिरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सरकारले हालसम्म ६२२ वटा सवारी साधन फिर्ता लिइसकेको छ। कानुन विपरीतको सुविधामा रोक प्रधानमन्त्रीको… Continue reading पहुँचका भरमा प्रयोग भएका ६२२ सवारी साधन फिर्ता
संविधान संशोधनका लागि वरिष्ठ अधिवक्तासँग छलफल
काठमाडौँ, वैशाख १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले आज वरिष्ठ अधिवक्ता र अधिवक्तासँग विशेष छलफल गरेको छ । संविधान कार्यान्वयनको एक दशकका अनुभव, चुनौती र जनचाहना समेटेर ठोस बहसपत्र तयार गर्ने उद्देश्यले कार्यदलले विज्ञहरूको राय सङ्कलनलाई तीव्रता दिएको हो । छलफलका क्रममा… Continue reading संविधान संशोधनका लागि वरिष्ठ अधिवक्तासँग छलफल
बीमासम्बन्धी कसुरमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ
काठमाडौं, वैशाख १५ गते । बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४६ वर्षीय श्रेष्ठलाई मङ्गलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो । नेपाल बीमा प्राधिकरण, कुपण्डोलको गत वैशाख ८ गतेको पत्राचार… Continue reading बीमासम्बन्धी कसुरमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
१५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो । सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी… Continue reading स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
काठमाडौँ, वैशाख १५ गते । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने… Continue reading आजदेखि नयाँ शैक्षिकसत्र सुरु
पर्यटन विभागले सगरमाथा आधार शिविरमा खोल्यो फिल्ड कार्यालय
१५ वैशाख, काठमाडौं । पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । जारी ऋतुको आरोहण नियमन, सहजीकरण र समन्वयका लागि विभागले यस्तो कार्यालय हरेक वर्ष खोल्ने गर्छ । अहिले सगरमाथा आधार शिविरमा ६ सय हाराहारी आरोही पुगेका छन् । साथै उनीहरुका शेर्पा गाइड, सहयोगी कर्मचारी र नियमनकारी निकायका कर्मचारीसहित ठूलो संख्यामा आधार… Continue reading पर्यटन विभागले सगरमाथा आधार शिविरमा खोल्यो फिल्ड कार्यालय
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
काठमाडौँ, वैशाख १५ गते । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका… Continue reading काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
संविधान संशोधनबारे विज्ञहरुसँग छलफल
काठमाडौँ, वैशाख १५ गते । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल, २०८२ ले सोमबार संविधान र कानुनविद्सँग छलफल गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा संविधान र कानुनविद्हरूसँग छलफल गरेको हो । छलफलमा कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले संविधान संशोधनका आवश्यक विषयमा प्रस्तुति दिनुभएको थियो… Continue reading संविधान संशोधनबारे विज्ञहरुसँग छलफल
डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो
१५ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो । प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ सुविधा पुगेपछि निकै उत्साहित देखिन्छन् । ‘पहिले सिँचाइको अभाव हुँदा खेतमा जति मेहनत गरे पनि उब्जनी सन्तोषजनक… Continue reading डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो
लगानी बोर्डले सुरु गर्यो एकल बिन्दु सेवा केन्द्र, लगानीकर्ताले सिधै प्रस्ताव पेस गर्न सक्ने
१५ वैशाख, काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई प्रक्रियामा थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले एकल बिन्दु सेवा केन्द्र सुरु गरेको हो । एकल बिन्दु सेवा केन्द्रका लागि बोर्डले ossc.ibn.gov.np पोर्टल सञ्चालनमा ल्याएको छ । यस पोर्टलमा लगइन गरेपछि लगानीकर्ताले लगानीसम्बन्धी प्रस्ताव पेस गर्न सक्ने भएका… Continue reading लगानी बोर्डले सुरु गर्यो एकल बिन्दु सेवा केन्द्र, लगानीकर्ताले सिधै प्रस्ताव पेस गर्न सक्ने
आज अमेरिकी डलरको भाउ घट्दा अन्य विनिमय दर कति ?
१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ । सोमबार अमेरिकी डलर… Continue reading आज अमेरिकी डलरको भाउ घट्दा अन्य विनिमय दर कति ?