उच्च अंकले बढ्यो नेप्से, १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१.६२ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको हो । ३१४ कम्पनीको ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रुपैयाँ बराबरको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल… Continue reading उच्च अंकले बढ्यो नेप्से, १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । आयोगले आगामी माघ ११ गते हुने निर्वाचनका लागि कानूनको व्यवस्थाबमोजिम खर्चको सीमा तोकेको हो । ‘२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन… Continue reading राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने

मेलम्चीको पानी भोलीबाट काठमाडौंमा वितरण गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा सोमवारबाटै मेलम्चीको पानी वितरणको तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा एक कार्यक्रममा मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने तयारी गरिएको छ । भोलीबाटै उपत्यकावासीको धारामा पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएइको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबाट पानी पुस २५ बाट हेडवर्क्समा पठाइएको छ । पानी सुन्दरीजल आइसकेको… Continue reading मेलम्चीको पानी भोलीबाट काठमाडौंमा वितरण गरिँदै

झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक(९ का… Continue reading झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

कैलालीमा मदिरा सेवनको विषयमा कुटपिट, एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएको छ । घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका १ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका ५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक… Continue reading कैलालीमा मदिरा सेवनको विषयमा कुटपिट, एक जनाको मृत्यु

माघे संक्रान्तीबाट हिउँदे वर्षाको सम्भावना

RSS

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको देखिएको छ । जसका कारण पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु्कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सोमबार र मंगलबार भने… Continue reading माघे संक्रान्तीबाट हिउँदे वर्षाको सम्भावना

चीनमा कोइला खानीमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

file

काठमाडौं । चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् । दुर्घटना कोइलाखानीमा ग्यास विस्फोटको कारण भएको र खोजी तथा उद्धार कार्य जारी रहेको सिसिटिभीले जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले विस्फोट हुँदा ४२५ जनाले भूमिगत काम गरिरहेको बताएको… Continue reading चीनमा कोइला खानीमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

दाङ बस दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत

काठमाडौं । दाङ बस दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ। दुर्घटनामा एक महिला र ११ पुरूष गरी १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये चितवन भरतपुर उपमहानगरपालिका – २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र… Continue reading दाङ बस दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत

काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार चन्द्रागिरी नगरपालिका ४ सेतो पहराबाट झरेको छ । सो दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।शनिबार दिउँसो १ः५५ बजे प्र.३–०१–२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार दुर्घटनामा परी ४ जनाको… Continue reading काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं विमानस्थलबाट अहिलेसम्मकै धेरै यात्रुले गरे यात्रा

file

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् । सन् २०२३ मा त्रिभुवन विमानस्थलको बाटो भएर ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । यो संख्या सन् २०२२ को तुलनामा ३०.१८ प्रतिशतले बढी हो । कोरोना महामारीको समयअघि सन् २०१८… Continue reading काठमाडौं विमानस्थलबाट अहिलेसम्मकै धेरै यात्रुले गरे यात्रा

चालु आवको पहिलो तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८०्–८१ को पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासिक कुल गार्हस्थ्य उत्पादनको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामा अर्थतन्त्र ३.२ प्रतिशतले विस्तार भएको हो । यस वर्ष सरकारले ७ प्रतिशत हाराहारीको विस्तार हुने अनुमान गरेको छ । बहुराष्ट्रिय निकायहरुले… Continue reading चालु आवको पहिलो तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धि

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएको लाइन जोडियो

file

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटेको उद्योगको बिजुली शुक्रबार मध्यराति जोडिएको छ । मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडेको हो । शुक्रबार राति १-२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको हो । विद्युत प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता… Continue reading डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएको लाइन जोडियो

दाङमा बस दुर्घटना, कम्तिमा १२ जना जनाको मृत्यु

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका(१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ… Continue reading दाङमा बस दुर्घटना, कम्तिमा १२ जना जनाको मृत्यु

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी… Continue reading नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित

पृथ्वी जयन्तीमा राप्रपाको जलपान, प्रधानमन्त्रीसहित शीर्ष नेताहरू उपस्थित

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चियापान कार्यक्रम आयोजना गरेको छ । भृकुटीमण्डपमा भएको चियापान कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । राप्रपाका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो । कार्यक्रममा सभामुख देवराज घिमिरे‚ उपसभामुख इन्दिरा राना, मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, विभिन्न राजनीति… Continue reading पृथ्वी जयन्तीमा राप्रपाको जलपान, प्रधानमन्त्रीसहित शीर्ष नेताहरू उपस्थित

मेलम्चीको पानी चार दिनपछि काठमाडौं आइपुग्ने, दैनिक १७ करोड लिटर वितरण गरिने

काठमाडौं। बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौंमा पथान्तरण गरिएको छ। यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएअनुसार बुधबार… Continue reading मेलम्चीको पानी चार दिनपछि काठमाडौं आइपुग्ने, दैनिक १७ करोड लिटर वितरण गरिने

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ। उक्त चामल बिक्री कार्यक्रम शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सन् २०३० सम्म दिगो विकास लक्ष्यअनुरूप पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामलमा सबै नेपालीको पहुँच पुग्ने बताए। उनले भने, “नेपालमा… Continue reading पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु

उद्योगहरूमा काटिएको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिदिने भएको छ । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न बाँकी उद्योगमा काटिएको बिजुली लाइन जोडिदिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले मंगलबार नै उद्योगहरूमा लाइन जोड्न निर्देशन दिए पनि प्राधिकरणले पत्र आइनपुगेको भन्दै आलटाल गरिरहेको थियो । बिहीबार ऊर्जा,… Continue reading उद्योगहरूमा काटिएको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

यमनमा विदेशी सेनाले किन गरे आक्रमण ?

File\cnn

काठमाडौं । यमनमा अमेरिकी र बेलायती सैनिकले आक्रमण थालेका छन् । उनीहरुले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण थालेको बीबीसीले लेखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको नोभेम्बरदेखि लाल सागरमा इरान समर्थित हुथीहरूले गरेको आक्रमणको जवाफमा आक्रमण थालिएको बताएका छन् । नेदरल्यान्ड्स, अष्ट्रेलिया, क्यानडा र बहराइनले पनि मिशनको एक भागको रूपमा सहयोग गरेको उनले… Continue reading यमनमा विदेशी सेनाले किन गरे आक्रमण ?

आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइँदैछ । यस अवसरमा मुलुकभर विभिन्न कार्यक्रम आयोजना हुनेछन् । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ । दिवसको अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण… Continue reading आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा

रेमिट्यान्समा उत्साह कायमै, एकै महिनामा भित्रियो १३५ अर्ब

काठमाडौं । नेपालबाट कामको खोजिमा विदेश पुगेका नेपालीले पठाउने रेमिट्यान्स उत्साह कायम छ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि भित्रिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक… Continue reading रेमिट्यान्समा उत्साह कायमै, एकै महिनामा भित्रियो १३५ अर्ब

नेपालमा मूल्यवृद्धि ५ प्रतिशत भन्दा पनि तल झर्यो, सस्तियो भान्सा

काठमाडौं । नेपालमा उपभोक्ता मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा पनि तल झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ४.९५ प्रतिशतमा खुम्चिएको छ । गत वर्षको यहीं अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । गत वर्षको तुलनामा यो वर्ष घ्यु, तेल, तरकारी, माछा मासु उपसमूहको वस्तुहरुको मूल्यमा कमी आएको, पेट्रोलियम पदार्थको मूल्यमा कमी… Continue reading नेपालमा मूल्यवृद्धि ५ प्रतिशत भन्दा पनि तल झर्यो, सस्तियो भान्सा

नेपालबाट पढ्न जाने विद्यार्थीसँगै ५ महिनामा विदेशियो ४७ अर्ब ३५ करोड

काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीले ५ महिनामा ४७ अर्ब ३५ करोड रुपैयाँ विदेश पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को मंसिर मसान्तसम्म भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै… Continue reading नेपालबाट पढ्न जाने विद्यार्थीसँगै ५ महिनामा विदेशियो ४७ अर्ब ३५ करोड

बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार तथा मान्छे वेपत्ता बनाएको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई थुनामा पठाउन आदेश दिएको छ। बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । बिहीबार प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन्। बमजनले… Continue reading बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

गौतम बुद्ध क्रिकेट रंगशाला तीन तहको संयुक्त लगानीमा बनाइने

चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो… Continue reading गौतम बुद्ध क्रिकेट रंगशाला तीन तहको संयुक्त लगानीमा बनाइने

काठमाडौंका ३ ठाउँमा ‘एएनपीआर’ क्यामेरा जडान, दुर्घटना गराएर भागे पनि तुरुन्तै फोटो पठाउने

काठमाडौं । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौं उपत्यकामा भित्रिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा… Continue reading काठमाडौंका ३ ठाउँमा ‘एएनपीआर’ क्यामेरा जडान, दुर्घटना गराएर भागे पनि तुरुन्तै फोटो पठाउने

रेलमार्गमा छलाङ मार्दै चीन, उच्च गतिको रेलवे ४५ हजार किलोमिटर पुग्यो

बेइजिङ । चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले जनाएको छ । चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज १लाख ५९ हजार किलोमिटर रहेको छ । चीनको रेल क्षेत्रमा लगानी १०७.७ बिलियन अमेरिकी डलर पुगेको देखिन्छ । जुन अघिल्लो वर्षको… Continue reading रेलमार्गमा छलाङ मार्दै चीन, उच्च गतिको रेलवे ४५ हजार किलोमिटर पुग्यो

झिनो अंकले घट्यो नेप्से, खुम्चिदै कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८. ९९ विन्दुमा पुगेको हो । यसदिन ३०७ कम्पनीको ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँ बराबरको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading झिनो अंकले घट्यो नेप्से, खुम्चिदै कारोबार

स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ व्यवस्था गर्दै

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीवार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था लागू गर्ने बताएको हो । उक्त व्यवस्था अनुसार अब स्वास्थ्य सेवा अपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य… Continue reading स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ व्यवस्था गर्दै

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो

काठमाडौं । बाल यौन दुराचारको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको छ। बम्जनको मुद्दा सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ। रेग्मीको इजलासमा बम्जनमाथि बयान सुरु गरिएको छ। हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको… Continue reading बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो