काठमाडौं । बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानका नट बोल्ट कसिलो गरी नकस्दा सिकायत आएको पाइएको छ । प्राविधिक टोलीको जाँचपछि यस्तो निष्कर्ष निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अलास्का एयरलाइन्सको उडिरहेको एक विमानको एक ढोका भुइँमा खसेपछि बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानहरु निरीक्षणको क्रममा बोल्टहरु अझै कस्नुपर्ने जरुरी देखिएको शिकागोस्थित युनाइटेड एयरलाइन्सले… Continue reading बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष
Author: Vishwanews.com
बक्यौता बुझाउन प्राधिकरणले ३० दिन भित्र निवेदन दिन गर्यो अनुरोध
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिन चाहनेका लागि ३० दिनको समय उपलब्ध गराएको हो । पुस १६ गते प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा… Continue reading बक्यौता बुझाउन प्राधिकरणले ३० दिन भित्र निवेदन दिन गर्यो अनुरोध
महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
काठमाडौं । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा दुवै… Continue reading महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध उजुरी हाल्न सकिने दिन तोकिएको छ । सोमबार मनोनयन दर्ता गरिएको थियो ।निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका ताकिएको हो । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको… Continue reading राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने
सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने सहमति
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो । नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल… Continue reading सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने सहमति
लगानीका लागि नेपाल उत्कृष्ट गन्तब्य हो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न भारतीय लगानीसमक्ष आग्रह गरेका छन् । सोमबार काठमाडौंमा नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताए । जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका लागि उत्कृष्ट गन्तव्य हुन… Continue reading लगानीका लागि नेपाल उत्कृष्ट गन्तब्य हो : अर्थमन्त्री
काठमाडौंबाट बरामद भयो ४७ किलो चाँदी, ३ जना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले ४७ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फ रहेको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनका अनुसार, उपत्यकाको भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न ठाउँमा छापा हानेको… Continue reading काठमाडौंबाट बरामद भयो ४७ किलो चाँदी, ३ जना पक्राउ
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’
काठमाडौं । कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ। आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.१ पुष्टि भएको हो। यद्यपि नयाँ भेरियन्ट भनिएको… Continue reading नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’
राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको उम्मेदवारी, कुन प्रदेशमा कति ?
काठमाडौं । आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। निर्वाचन कार्यतालिका अनुसार कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २१… Continue reading राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको उम्मेदवारी, कुन प्रदेशमा कति ?
राष्ट्रियसभा निर्वाचन : बागमतीमा १६ जनाको उम्मेदवारी
बागमती प्रदेशमा ४ सिटका लागि १६ जनाको उम्मेदवारीकाठमाडौं । राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेश क्लस्टरतर्फ १६ जनाले उम्मेदवारी दिएका छन्। सोमबार राजधानी हेटौंडा उपमहानगरपालिका–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा ४ सिटका लागि १६ जनाले उम्मेदवारी दिएका हुन् । हेटौंडा प्रदेश निर्वाचन कार्यालयमा गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट… Continue reading राष्ट्रियसभा निर्वाचन : बागमतीमा १६ जनाको उम्मेदवारी
बंगलादेशको विवादास्पद चुनावमा शेख हसिना विजयी, पाँचौँ पटक प्रधानमन्त्री बन्ने निश्चित
काठमाडौं । विवादास्पद निर्वाचनमा विजयी भएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले निरन्तर चौथो पटक सरकारको नेतृत्व गर्ने सुनिश्चित भएको छ। उनको दल अवामी लीग र साझेदार दलहरूले ३०० सदस्यीय संसद्मा कम्तीमा २२३ सीट जितेका छन्। यो विजयपछि हसिना पुनः देशको कार्यकारी बन्न पाउने छिन्। बंगलादेशको मुख्य विपक्षी दल बंगलादेश न्याश्नलिस्ट पार्टी बीएनपीले निर्वाचन बहिष्कार गरेको थियो।… Continue reading बंगलादेशको विवादास्पद चुनावमा शेख हसिना विजयी, पाँचौँ पटक प्रधानमन्त्री बन्ने निश्चित
उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दास्रो दिन नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको हो । यसदिन ३०९ कम्पनीको ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
चितवनमा बोराभित्र भेटिएका शवको पहिचान खुल्यो,‘विवाहेतर सम्बन्धका कारण’ हत्या
काठमाडौं । चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटै शवको पहिचान खुलेको प्रहरीले जनाएको हो । उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। यसमा संलग्न व्यक्ति पनि भारतीय नागरिक रहेको प्रहरीले जनाएको… Continue reading चितवनमा बोराभित्र भेटिएका शवको पहिचान खुल्यो,‘विवाहेतर सम्बन्धका कारण’ हत्या
धानको उत्पादन बढ्यो, जमिन भने घट्दै
काठमाडौं । नेपालमा धानको उत्पादन बढेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०\८१ मा धान ४.३३ प्रतिशतले बढी उत्पादन भएको छ । यो चालु आवमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२… Continue reading धानको उत्पादन बढ्यो, जमिन भने घट्दै
आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाको तयारीमा सरकार
काठमाडौं । सरकारले आगामी अर्थिक वर्षएबाट आन्तरिक रोजगार प्रवर्द्धन वर्ष मनाउने तयारी गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन गर्दै आगामी वर्षदेखि सरकारले आन्तरिक रोजगारीमा जोड दिने बताएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले संरचना परिवर्तन गर्दै पालिकाहरुमा आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय… Continue reading आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाको तयारीमा सरकार
राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै
काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । निर्वाचन भने ११ माघमा हुने छ । सात प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता हुने छ । राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य तथा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता… Continue reading राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै
बंगलादेशमा सत्तारुढ दललाई बहुमत
काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् । ३०० सिटका लागि भएको आम निर्वाचनमा बंगलादेश अवामी लिगले करिब २००… Continue reading बंगलादेशमा सत्तारुढ दललाई बहुमत
राष्ट्रिय सभाका उम्मेदवार छान्दा गगन थापा असन्तुष्ट
काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र संस्थापनइतर (शेखर–गगन पक्ष)का ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय… Continue reading राष्ट्रिय सभाका उम्मेदवार छान्दा गगन थापा असन्तुष्ट
राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवारको टुंगो, कहाँबाट को परे ?
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो । राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो । कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले… Continue reading राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवारको टुंगो, कहाँबाट को परे ?
अमेरिकामा उडिरहेका बेला जहाजको एक हिस्सा खसेपछि ७३७ म्याक्स जहाज ग्राउण्डेड
काठमाडौं । उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्। सङ्घीय उड्डयन निकाय एफएएले पछिल्लो सुपरिवेक्षणले उक्त मोडेलका १७१ वटा विमानहरूलाई असर पर्ने बताएको छ। शुक्रवार ओरेगन राज्यबाट उडेको अलास्का एअरलाइन्सको विमानलाई आपत्कालीन अवतरण… Continue reading अमेरिकामा उडिरहेका बेला जहाजको एक हिस्सा खसेपछि ७३७ म्याक्स जहाज ग्राउण्डेड
नेपालबाट बंगलादेश विजुली निर्यात गर्न त्रिपक्षीय सम्झौता हुने
काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्त्वपूर्ण सहमति भएका हुन् । विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । आगामी १० वर्षमा १० हजार… Continue reading नेपालबाट बंगलादेश विजुली निर्यात गर्न त्रिपक्षीय सम्झौता हुने
नेपाल एयरलाइन्सका ‘क्याबिन क्रु’लाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चकाे आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज निगमका नाममा परिचारिक र परिचारिकालाई सेवा सुविधामा फरक पर्ने गरी कुनै पनि कदम नचाल्न अन्तरिम आदेश गरेको हो । निवेदकका तर्फबाट… Continue reading नेपाल एयरलाइन्सका ‘क्याबिन क्रु’लाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चकाे आदेश
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने उत्साहजनक
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २०.३६ अंकले घटेर २०२२.९२ विन्दुमा झरेको हो । यसदिन ३०५ कम्पनीको ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने उत्साहजनक
राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार
काठमाडौं । राष्ट्रिय सभामा माओवादी केन्द्रले ६ उम्मेद्वारको नाम टुंगो लगाएको छ । आइतबारको गठबन्धन बैठकबाट पार्टीले ६ सिट पाउने टुंगो लागेसँगै पार्टीले नाम टुंगो लगाएको हो। बैठकले कोशी प्रदेशमा चम्पा कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विक र सुदूरपश्चिम प्रदेशमा रेनु चन्दको नाम टुंगो लगाएको हो ।… Continue reading राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार
केकभित्र गाँजा राखेर अनलाइनमार्फत् बेच्ने एकजना पक्राउ
काठमाडौं । प्रहरीले केकभित्र गाँजा लुकाएर बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । अनलाईनमार्फत केकको व्यापार गर्दै आएका विसन मानन्धरले गाँजा लुकाएर बेच्ने गरेको तथ्य फेला पारेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट मानन्धरलाई पक्राउ गरेको हो । मानन्धरको कोठाबाट १ सय २१ ग्राम धुलो गाँजा समेत… Continue reading केकभित्र गाँजा राखेर अनलाइनमार्फत् बेच्ने एकजना पक्राउ
बरहथवा क्षेत्रमा पुन: कर्फ्यु, जयशंकरको शव तीन दिनदेखि सडकमै
काठमाडौं । स्थानीय प्रशासनले सर्लाहीको बरहथवामा पुन: कर्फ्यु आदेश जारी गरेको छ । अस्पतालको विषय तथा मृतकका आफन्तलाई क्षतिपूर्तिको मागलाई लिएर प्रदर्शन पुनः चर्किएपछि कर्फ्यु आदेश जारी गरेको हो । आइतबार १२ बजेर ४५ मिनेटदेखि भोलि (सोमबार) बिहान ८ बजेसम्मका लागि नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर… Continue reading बरहथवा क्षेत्रमा पुन: कर्फ्यु, जयशंकरको शव तीन दिनदेखि सडकमै
विमानस्थलबाट फेरि अवैध सुन बरामद, विदेशी महिला पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ । शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना विदेशी महिलाको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा श्रीलंकन नागरिक कान्थामात्रे काभास्कर रहेकी छिन् । उनले ब्रा र अन्डरवेयरमा लुकाएर उक्त सुन ल्याएको पाइएको प्रहरीले जनाएको… Continue reading विमानस्थलबाट फेरि अवैध सुन बरामद, विदेशी महिला पक्राउ
सत्ता गठबन्धनका चार दलबीच भागबण्डा मिल्यो, समाजवादीलाई दुई सिट
काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो । सहमति अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले पाउनेछ । गठबन्धनका अन्य तीन दललाई भने भाग छुट्याइएकाे छैन्। सत्ता… Continue reading सत्ता गठबन्धनका चार दलबीच भागबण्डा मिल्यो, समाजवादीलाई दुई सिट
बंगलादेश निर्वाचन : भोट नहाल्दै सत्तारुढ दलको जित पक्का
काठमाडौं । बङ्लादेशमा भोट नहाल्दै संत्तारुढ दलको जित पक्का भएको छ । त्यहाँ आज आज निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि शुरु हुने मतदान दिउँसो ४ बजेसम्म चल्नेछ । आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार ५ सयभन्दा धेरै उम्मेदवार तीन सय संसदीय सिटका लागि प्रतिस्पर्धा भइरहेको छ । ४२ हजारभन्दा… Continue reading बंगलादेश निर्वाचन : भोट नहाल्दै सत्तारुढ दलको जित पक्का
यूरोपेली मुलुकमा अब संस्थागत रुपमै कामदार पठाउन पाइने
काठमाडौं । यसअघि व्यक्तिगत श्रम स्वीकृति लिएर आफुखुसी युरोप गइरहेका नेपालीका लागि सरकारले सहजीकरण गरिदिएको छ । सरकारले संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत कामदार पठाउन कानुनी बाटो खोलिदिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८०’ सार्वजनिक गर्दै संस्थागत माग पत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको छ ।… Continue reading यूरोपेली मुलुकमा अब संस्थागत रुपमै कामदार पठाउन पाइने