क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ। बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो । सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले… Continue reading क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

अमेरिकाको चन्द्र मिसन असफल

File| EPA\BBC

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चन्द्रमातिर प्रक्षेपण गरेको एउटा मानवरहित निजी रकेट आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको उक्त अभियानमा संलग्न प्राविधिकहरूले बताएका छन्। यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ। उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरग्रीन ल्यान्डर बोकेको छ। इन्धन चुहावटको समस्याका कारण पेरग्रीन… Continue reading अमेरिकाको चन्द्र मिसन असफल

प्रधानमन्त्री प्रचण्ड माघमा युगाण्डा भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले युगान्डा भ्रमण गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयले उनको भ्रमण स्वीकृत गरेको हो । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगान्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिने छन्… Continue reading प्रधानमन्त्री प्रचण्ड माघमा युगाण्डा भ्रमणमा जाने

मड्रिड डर्बी भिडन्त : ८ गोल भएको खेलमा रियलले मार्यो बाजी

काठमाडौं । मड्रिड डर्बी भिडन्तमा रियल मड्रिडले बाजी मारेको छ । कुल ८ गोल भएको खेलमा एथ्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनल पुगेको हो । गतराति साउदी अरबको अल अवाल स्टेडियममा एथ्लेटिकोलाई ५–३ गोलले हराउँदै रियल सुपरकपको फाइनलमा पुगेको हो। एथ्लेटिको मड्रिडका मारियो हर्मोशोले खेलको छैटौं मिनेटमै गोल गरेर रियलमाथि दबाव सिर्जना… Continue reading मड्रिड डर्बी भिडन्त : ८ गोल भएको खेलमा रियलले मार्यो बाजी

अमेरिका पठाइदिन्छु भनेर साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु… Continue reading अमेरिका पठाइदिन्छु भनेर साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

अनलाइनबाट जुवा खेलाउने तीन जना पक्राउ

काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरे्को छ । क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्ने–गराउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ घर भई काठमाडौंको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती… Continue reading अनलाइनबाट जुवा खेलाउने तीन जना पक्राउ

कैलालीमा मोटरसाइकल दुर्घटनामा दम्पत्तिको मृत्यु

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने(चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर… Continue reading कैलालीमा मोटरसाइकल दुर्घटनामा दम्पत्तिको मृत्यु

भारतीय क्रिकेट मैदानलाई नेपालले घरेलु मैदानका रुपमा प्रयोग गर्न प्रस्ताव राख्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मैदानलाई आफ्नो घरेलु मैदानमा रुपमा प्रयोग गर्न प्रस्ताव गरेको विवरण सार्वजनिक भएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा बलिया तथा टेष्ट राष्ट्रलाई बोलाएर खेल खेल्ने पूर्वाधार नभएका कारण भारतीय मैदानलाई घरेलु मैदानका रुपमा प्रयोग गर्न भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुरा राखिएको जानकारी दिएका छन् ।… Continue reading भारतीय क्रिकेट मैदानलाई नेपालले घरेलु मैदानका रुपमा प्रयोग गर्न प्रस्ताव राख्ने

लगानी सम्मेलनका लागि अर्थमन्त्रीले दिए विश्व समुदायलाई निम्तो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन् । सम्बोधनका क्रममा मन्त्री डा.… Continue reading लगानी सम्मेलनका लागि अर्थमन्त्रीले दिए विश्व समुदायलाई निम्तो

नेपाल टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा बिस्तार

काठमाडौं । नेपाल टेलिकमको फाइबर टू द होम (एफटीटीएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटीटीएच ७४ जिल्लामा पुगेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुम पूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको… Continue reading नेपाल टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा बिस्तार

विश्व अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रको बिस्तार संतोषजनक : विश्व बैंक

काठमाडौं । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने देखिएको छ । यस्तो प्रक्षेपण विश्व बैंकले गरेको हो । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने… Continue reading विश्व अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रको बिस्तार संतोषजनक : विश्व बैंक

नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने, यी ठाउँमा रोकिन्छ गाडी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो ४ घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो… Continue reading नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने, यी ठाउँमा रोकिन्छ गाडी

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ‍‍८ वर्ष कैद र ३ लाख जरिवाना सजाय सुनाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज… Continue reading क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना

झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९. ६२ विन्दुमा पुगेको हो । यसदिन ३०१ कम्पनीको ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँ बराबरको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा… Continue reading झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा

g]kfnL tyf ljb]zL ;fj{hlgs sf7df8fF}, @% k'; M fdaxfb' aDhgnfO dËnaf lgoGq0fdf lnPkl5 pgsf] 3af6 kxLn] afdb u]sf] g]kfnL tyf ljb]zL d'›f cfh a'waf kqsf ;Dd]ngsf] cfof]hgf uL ;fj{hlgs ub}{ l;cfOaL 6f]nL . tla M ljdnaxfb' lai6÷f;;

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो। मंगलबार साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ। प्रहरीले बमजनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको जनाएको छ । उनको साथबाट नेपाली रुपैयाँसहित विभिन्न १७… Continue reading ‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा

सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन, घरमा भेटियो पैसाको चाङ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो। मंगलबार साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ। प्रहरीले बमजनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको जनाएको छ । उनको साथबाट नेपाली रुपैयाँसहित विभिन्न १७… Continue reading सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन, घरमा भेटियो पैसाको चाङ

कोरियामा अब कुकुरको मासुको कारोबारमा प्रतिवन्ध

काठमाडौं । दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, बध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, बध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् । कार्यकर्ताहरूका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष… Continue reading कोरियामा अब कुकुरको मासुको कारोबारमा प्रतिवन्ध

रास्वपामा सदस्य बन्न स्वेच्छिक शूल्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यता शूल्क स्वेच्छिक बनाएको छ । पार्टीमा अब स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले सदस्यताबारे यस्तो प्रबन्ध गरेको हो। रास्वपाले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम राखेको थियो । अब त्यसमा बढाएर, घटाएर वा स्वेच्छिक शुल्क तिर्न… Continue reading रास्वपामा सदस्य बन्न स्वेच्छिक शूल्क

काठमाडौंमा सार्वजनिक स्थलमा कुकुर- बिरालोलाई शौच गराए कारवाही हुने

काठमाडौं । काठमाडौं महानगरपालिकामा घरपालुवा जनावरलाई सार्वजनिक स्थलमा शौच गराएमा जरिवाना तिर्नु पर्ने भएको छ । महानगरक्षेत्रभित्र कुनै पनि घरपालुवा जनावर धनी कुकुर बिरालोलाई शौच गराउन घर बाहिरका कुनै पनि सार्वजनिक स्थानमा निकाले कारबाही गरिने कृषि तथा पशुपन्छी विभागले जनाएको छ । सार्वजनिक स्थानमा शौच गराएको फेला परे महानगरले पाँच हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने… Continue reading काठमाडौंमा सार्वजनिक स्थलमा कुकुर- बिरालोलाई शौच गराए कारवाही हुने

विदेश जाने श्रमिकमाथि थप भार नथप्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकमाथि आर्थिक भार थप्ने गरी कुनै निर्णय नगर्न र भएका निर्णयको कार्यान्वयन समेत नर्गन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा श्रममन्त्री शरतसिंह भण्डारी, सचिव केबलप्रसाद भण्डारी लगायतलाई निर्देशन दिंदै प्रधानमन्त्रीले प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरु निःशुल्क रूपमै… Continue reading विदेश जाने श्रमिकमाथि थप भार नथप्न प्रधानमन्त्रीले दिए निर्देशन

फ्रान्समा ३४ वर्षिय युवा बने प्रधानमन्त्री

France24.com

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिन युवा प्रधानमन्त्री नियुक्त गरेका छन् । मङ्गलबार उनले ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका हुन् । धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया… Continue reading फ्रान्समा ३४ वर्षिय युवा बने प्रधानमन्त्री

तपस्वीको भेषमा बस्ने राम बहादुर बमजन पक्राउ

काठमाडौं । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजन पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई पक्राउ गर्न खटिएको थियो। उनी दुई महिनादेखि काठमाडौंमा बसेको खुलेको छ । उक्त टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा… Continue reading तपस्वीको भेषमा बस्ने राम बहादुर बमजन पक्राउ

डेडिकेटेड र ट्रंक लाइन विवादमा छानविन समिति गठन

file

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनाएको हो । आयोगमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल सदस्य रहेनछन् । लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट… Continue reading डेडिकेटेड र ट्रंक लाइन विवादमा छानविन समिति गठन

मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास, एक जना पक्राउ

काठमाडौं । सिराहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो। सोमबार खुकुरी प्रहारको प्रयास गरेको भीडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–८ अरङका घर भएका रामबाबु साह… Continue reading मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास, एक जना पक्राउ

दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ११ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ विन्दुमा पुगेको हो । यसदिन ३०९ कम्पनीको ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँ बराबरको १ करोड ९७ लाख ४९ हजार ५६२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ११ करोडको कारोबार

माइतीघरमा प्रदर्शनमा उत्रिएका अभियन्ता डा. गोविन्द केसी पक्राउ

काठमाडौं । स्वास्थ्य अभियन्ता एवं सत्याग्रही प्रा. डा. गोविन्द केसी पक्राउ परेका छन् । विभिन्न माग राखेर माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको जानकारी प्रहरीले गराएको छ। प्रा. डा. केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित… Continue reading माइतीघरमा प्रदर्शनमा उत्रिएका अभियन्ता डा. गोविन्द केसी पक्राउ

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । अध्यक्ष खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमार्फत मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । ५ वर्ष कार्यकालको सकिन ७ महिना बाँकी हुँदै उनले राजीनामा बुझाएका… Continue reading दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

ठगिएका रियल गोर्खा सहकारीका पीडितलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए । उनले… Continue reading ठगिएका रियल गोर्खा सहकारीका पीडितलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

माल्दिभ्स र भारतबीच किन चर्कियो द्धन्द्ध, पर्यटनमा कस्तो असर ?

काठमाडौं । भारत र माल्दिभ्सबीच चर्किएको वाकयुद्धले माल्दिभ्सको पर्यटनमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ । माल्दिभ्सले भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्रीलाई निलम्बन गरिसकेको छ । तर, भारतमा ब्वाइकट माल्दिभ्स अभियान चलाइएको छ । यस अभियानलाई क्रिकेट र बलिउड सलिब्रेटीले समेत साथ दिएका छन् । माल्दिभ्स भारतीय भीआइपी… Continue reading माल्दिभ्स र भारतबीच किन चर्कियो द्धन्द्ध, पर्यटनमा कस्तो असर ?

लेवनानमा इजरायलको आक्रमणबाट हिज्बुल्लाहका नेता मारिए

REUTERS

काठमाडौं । इजरायली आक्रमणमा लेबनानस्थित हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएका छन् । ड्रोन हमलामा हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएको विवरण सार्वजनिक भएको बीबीसीले लेखेको छ । हिज्बुल्लाह कमान्डर विसाम तावीलको दक्षिणी लेबननमा निधन भएको बताइएको छ। लेबनानका सरकारी सञ्चारमाध्यमले बिन्त जबेल जिल्लामा एउटा कारलाई निशाना बनाइएको र उक्त कार सडकबाट हटेको अनि त्यसपछि… Continue reading लेवनानमा इजरायलको आक्रमणबाट हिज्बुल्लाहका नेता मारिए