आइपीएलको अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को अक्सनमा नेपाली खेलाडी परेका छैनन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ‘बिसीसीआई’ ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडी समावेश गरिएको छैन । यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् । युएईको दुबईमा डिसेम्बर १९… Continue reading आइपीएलको अक्सनमा परेनन् नेपाली खेलाडी

रोनाल्डोले पुरा गरे यो वर्षको ५० औं गोल

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५० गोल पुरा गरेका छन्। अल नासरका लागि उनले अल सहवाब विरुद्ध गोल गर्दै यो वर्ष आफ्नो ५० औं गोल पुरा गरेका हुन्। राेनाल्डाेकाे गोलसँगै अल नासरले चिरप्रतिद्वन्द्वी अल सहबाबलाई ५-२ ले पराजित गर्दै साउदी किंग्स कपको सेमिफाइनलमा स्थान बनायो। उनले अल नासरको लागि ७४ औं मिनेटमा चौंथो… Continue reading रोनाल्डोले पुरा गरे यो वर्षको ५० औं गोल

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन… Continue reading बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने गरिन्छ । यो वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको… Continue reading पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै

लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनअघि नै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) गरिसक्ने बताएका छन् । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलमा मन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन् । सम्मेलनअघि नै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित… Continue reading लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै

‘एचआइभी संक्रमितले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग’

काठमाडौं । एचआइभी संक्रमितहरुको छाता संगठन राष्ट्रिय एचआइभी तथा एड्स महासघंले संक्रमितमाथिको विभेद अन्त्य गर्न माग गरेको छ । ७५ औ विश्व मानवअधिकार दिवसको अवसरमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संक्रमित माथि अहिले पनि विभिन्न विभिन्न खालको भेदभाव र अपमान हुने गरेको पाइएकाले उक्त माग गरेको हो । राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनले कुनै पनि नागरिकको सम्मानपूर्वक बाँच्न पाउने… Continue reading ‘एचआइभी संक्रमितले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग’

संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

काठमाडौं । संघीय संसद्को नयाँ महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् । वर्तमान महासचिव डा. भरत गौतमले सोमबार राष्ट्रपति पौडेलसमक्ष राजीनामा दिएका छन्। उनले ८ महिना कार्यावधि बाँकी… Continue reading संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

मेनुका पौडेललाई भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । इन्डियन आइडलको पछिल्लो श्रृंखलामा मेनुकाले ‘सलार’का लागि गीत गाउने मौका पाएको जानकारी दिइएको हो । ‘सालार’ सिनेमाका लागि गीत गाउने मौका पाउनु आफ्ना लागि जिन्दगीकै टर्निङ पोइन्ट भएको उनले बताएकी छन् । उनको यो पहिलो प्लेब्याक… Continue reading मेनुका पौडेललाई भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

एक दर्जन निर्माण कम्पनी एक वर्षदेखि तीन वर्ष सम्मलाई कालोसूचीमा

काठमाडौं । सरकारले एक दर्जन निर्माण कम्पनीलाई एक देखि तीन वर्ष सम्मका लागि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो। सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ। त्यस्तै पोखरा महानगरपालिका–८ कास्कीको… Continue reading एक दर्जन निर्माण कम्पनी एक वर्षदेखि तीन वर्ष सम्मलाई कालोसूचीमा

सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारद्वारा सम्मान

काठमाडौ । भारतीय मानव अधिकार परिषदले लामो समयदेखि अटिजम भएका बालबालिकाहरुको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेकी सामाजिक अभियान्ता सविता उप्रेती लाई ‘अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’ बाट सम्मान गरेको छ । संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १३ औँ अन्तराष्ट्रिय मानवअधिकार शिखर सम्मेलन र पुरस्कार–२०२३, डिसेम्बर १० को दिन भारतको नयाँ दिल्लिमा आयोजित एक… Continue reading सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारद्वारा सम्मान

जाजरकोट भूकम्पबाट ९ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धनमा क्षति

काठमाडौं । जाजरकोट भूकम्पबा नौ करोड रुपैयाँ भन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। भूकम्पको कारण २४ हजार पाँच सय एक घरमा क्षति पुग्दा भण्डारण गरेर राखिएका रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ। गत कात्तिक १७ गते जाजरकोटका रामीडाँडालाई केन्द्रविन्दु बनाएर… Continue reading जाजरकोट भूकम्पबाट ९ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धनमा क्षति

बालाचतुर्दशी: पितृ मोक्षका लागि शतबीज छर्ने दिन,किन छरिन्छ शिवालयमै शतबीज ?

काठमाडौं । आज मुलुकभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिएको छ । गएराति दीप दान गरेर विहान सबेरै शिवालयमा शतबीज छरिएको हो । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्। मंसिर कृष्ण… Continue reading बालाचतुर्दशी: पितृ मोक्षका लागि शतबीज छर्ने दिन,किन छरिन्छ शिवालयमै शतबीज ?

बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु

AP Photo/Mahmud Hossain Opu

काठमाडौं । प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् ।  बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आगामी जनवरी ७ मा हुन गइरहेको आम निर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ ।  बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी… Continue reading बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु

गुप्चरकै शैक्षिक प्रमाणपत्र नक्कली, माधव बस्नेतविरुद्ध अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत(गुप्चर) माधव बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । उनले शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र… Continue reading गुप्चरकै शैक्षिक प्रमाणपत्र नक्कली, माधव बस्नेतविरुद्ध अख्तियारले हाल्यो मुद्दा

वीर अस्पतालमा ‘ब्रेन ट्युमर र न्यूरो स्पाइन क्लिनिक’ सेवा

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ । अस्पतालको न्यूरो सर्जरी विभागअन्तर्गतको ब्रेन ट्युमर केन्द्रमार्फत सेवा सञ्चालनमा ल्याइएको हो । क्लिनिक सेवा साताको दुईदिन आइतबार र बुधबार बिहान १० देखि १ बजेसम्म सञ्चालन हुने छ । न्युरो सर्जरी ओपीडीको कोठा नम्बर ४३१… Continue reading वीर अस्पतालमा ‘ब्रेन ट्युमर र न्यूरो स्पाइन क्लिनिक’ सेवा

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

file

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको ६ किलो ५९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर… Continue reading त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्दा चाँदीमा ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार… Continue reading तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

शेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, आजलाई कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको हो । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो… Continue reading शेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, आजलाई कारोबार बन्द

परराष्ट्रमन्त्री कतार प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद शनिबार कतार प्रस्थान गरेका छन् । दोहा सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवालयले जनाएको छ । कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै… Continue reading परराष्ट्रमन्त्री कतार प्रस्थान

पुटिन पुनः राष्ट्रपतिको उम्मेदवार बन्दै

KREMLIN.RU/AFP

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रस्तुत गरेका छन् । पुटिन र रूसको विशेष सैन्य अप्रेसनका सहभागीहरूबीचको अनौपचारिक वार्तालापको क्रममा उनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरेका हुन् । उनले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक पनि प्रदान गरेका छन् । बिहीबार, रूसको सङ्घ परिषद् वा… Continue reading पुटिन पुनः राष्ट्रपतिको उम्मेदवार बन्दै

चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी

Photo : THT

काठमाडौं । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका… Continue reading चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी

विजुलीको चार खस्दा खेत जोतिरहेका किसानको निधन

file

काठमाडौं । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका( ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११ः४५ बजेको समयमा… Continue reading विजुलीको चार खस्दा खेत जोतिरहेका किसानको निधन

कोपा अमेरिका–२०२४ समूह विभाजन : अर्जेन्टिना समूह ‘ए’ मा, ब्राजिल ‘डी’

काठमाडौं । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ संस्करण उत्तर अमेरिकामा हुँदैछ। यसपटक दक्षिण अमेरिकाका १० टिम र उत्तर अमेरिकाका ६ टिम गरी कुल १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा चार समूहमा प्रतिस्पर्धा हुनेछ। साविक विजेता अर्जेन्टिनाले आगामी जुन २० मा प्लेअफ विजेता (क्यानडा र ट्रिनिडाड एन्ड टोबागो) विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ… Continue reading कोपा अमेरिका–२०२४ समूह विभाजन : अर्जेन्टिना समूह ‘ए’ मा, ब्राजिल ‘डी’

एमालेबाहेक अरुले देश बनाउन सक्दैन-ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने बताएका छन्। शुक्रबार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए। उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेकाले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले… Continue reading एमालेबाहेक अरुले देश बनाउन सक्दैन-ओली

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन्। नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ। दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरू बारे छलफल केन्द्रित गरेको बताइएको छ। राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहको महत्त्वमा विशेष… Continue reading अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

यू-१९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौं । यूएईमा सुरु भएको यू- १९ एसिया कप अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य दिएको छ । पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो। नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१… Continue reading यू-१९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब… Continue reading वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

जथाभाबी शतबीज नछर्न पशुपति विकास कोषको आग्रह, उपस्थित हुन नसक्नेका लागि विशेष व्यवस्था

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी (शतबीजारोपण) मा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न आग्रह गरेको छ । शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न र बालबालिकाको साथमा… Continue reading जथाभाबी शतबीज नछर्न पशुपति विकास कोषको आग्रह, उपस्थित हुन नसक्नेका लागि विशेष व्यवस्था

जुम्लाको तापक्रम माइनसमा, उपत्यकाको न्यूनतम ७.५ डिग्री सेल्सियस

काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम –२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार बिहान पौने ९ बजे जुम्लामा सो न्यूनतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज डडेलधुराको न्यूनतम तापक्रम ५.२, ओखलढुंगाको ७.३, वीरेन्द्रनगरको ७.७, दिपायलको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम… Continue reading जुम्लाको तापक्रम माइनसमा, उपत्यकाको न्यूनतम ७.५ डिग्री सेल्सियस

भूकम्प पीडितलाई सस्तो ब्याजदरमै आवास कर्जा, आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम

काठमाडौं । भूकम्पमा परी क्षतिग्रस्त भएका घर परिवारले पुनर्निर्माणमा बैंकबाट सहुलियत ऋण पाउने भएका छन् । भूकम्प प्रभावितहरुको घरहरुको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुले सस्तोमै आवासीय कर्जा उपलब्ध गराउनसक्ने व्यवस्था राष्टबैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको हो । भूकम्पका कारण क्षतिग्रस्त आवासीय घरहरुको पुनरनिर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा… Continue reading भूकम्प पीडितलाई सस्तो ब्याजदरमै आवास कर्जा, आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम