हमासले चाँडै बन्धक रिहाइको सङ्केत गरेपछि इजरायलद्वारा उनीहरूको सकुशल फिर्ताका लागि तयारी

Palestinians collect aid parcels from aid trucks which entered from the Karem Abu Salem crossing, in Khan Yunis in the southern Gaza Strip on October 12, 2025, as a ceasefire between Israel and Palestinian factions holds in the besieged territory. A Gaza ceasefire was holding for a third day on October 12, ahead of a US-proposed hostage-prisoner exchange and a summit aimed at charting a path to peace after two years of war. (Photo by Omar AL-QATTAA / AFP)

जेरूसेलम, २६ असोज (रासस÷सिन्ह्वा) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार इजरायलले बन्धकहरूलाई ‘तुरुन्त बुझ्ने र सकुशल’ रिहा गर्ने तयारी गरेको बताएका छन् । नेतन्याहूको कार्यालयले बन्धक तथा बेपत्ता व्यक्तिहरूका लागि इजरायलका संयोजक गल हिर्शसँग उनीहरूको फिर्तीको तयारीका बारेमा कुराकानी गरेको जनाएको छ । एक इजरायली अधिकारीले सार्वजनिक प्रसारक कानसँग भने, “सेनाले बन्धकहरू सोमबार बिहानभन्दा पहिले… Continue reading हमासले चाँडै बन्धक रिहाइको सङ्केत गरेपछि इजरायलद्वारा उनीहरूको सकुशल फिर्ताका लागि तयारी

प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान जारी

(251012) -- GAZA, Oct. 12, 2025 (Xinhua) -- Palestinians carrying their belongings return to the north along the Salah al-Din Road in central Gaza Strip, Oct. 11, 2025. Displaced Palestinians have begun returning from the southern part of the Gaza Strip to the north after the Israeli army announced that civilians are permitted to move through the coastal Rashid Road and Salah al-Din Road, local sources said on Friday. (Photo by Rizek Abdeljawad/Xinhua)

गाजा शहर, २७ असोज (रासस\एएफपी) । हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा गर्न लागेका कैदीहरूको सूचीमा सात वरिष्ठ प्यालेस्टिनी नेताहरू पनि समावेश हुनुपर्ने अडान जारी राखेको वार्तामा मध्यस्थ स्रोतले आइतबार एएफपीलाई बताएको छ। विवरणलाई दोस्रो स्रोतले पुष्टि गर्दै भन्यो, “हमासले अन्तिम सूचीमा सात वरिष्ठ नेताहरू खासगरी मारवान बरघोटी, अहमद सादत, इब्राहिम हामेद र अब्बास… Continue reading प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान जारी

विपीन जोशी जीवित रहेका बन्धकमध्ये एक रहेको विश्वास

FILE - This combo of images provided by the Hostages and Missing Families Forum, shows Israeli hostages, top row from left, Gali Berman, Ziv Berman, Elkana Bohbot, Rom Braslavski, Nimrod Cohen, Ariel Cunio; second row from from left, David Cunio, Evyatar David, Guy Gilboa-Dalal, Maksym Harkin, Eitan Horn, Bipin Joshi; third row from left, Segev Kalfon, Bar Kupershtein, Matan Angrest, Omri Miran, Eitan Mor, Tamir Nimrodi: bottom row from left, Yosef-Chaim Ohana, Alon Ohel, Avinatan Or, Matan Zangauker. (Hostages and Missing Families Forum via AP, File)

तेल अभिव, २७ असोज (रासस\एपी) । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु… Continue reading विपीन जोशी जीवित रहेका बन्धकमध्ये एक रहेको विश्वास

गाजाबाट मुक्त हुने सबै बन्धकहरू इजरायली सीमामा प्रवेश भएपछि मात्र प्यालेस्टिनी कैदीहरू रिहा गरिने

(251012) -- GAZA, Oct. 12, 2025 (Xinhua) -- Members of Palestinian police forces are seen on a street at the al-Nuseirat refugee camp in central Gaza Strip, Oct. 11, 2025. The ceasefire deal between Israel and Hamas entered into effect on Friday. (Photo by Rizek Abdeljawad/Xinhua)

जेरुसलेम, २६ असोज (रासस÷एएफपी) । इजरायलले गाजामा बन्धक बनाइएका सबै बन्धकहरू देश आइपुगेको पुष्टि भएपछि प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सुरु गर्ने प्रधानमन्त्रीका प्रवक्ताले आइतबार बताएका छन्। “भोलि रिहा हुन लागेका हाम्रा सबै बन्धकहरू सीमा पार गरेर इजरायलमा प्रवेश गरेको पुष्टि भएपछि मात्र इजरायलबाट प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ,” शोस बेड्रोसियनले पत्रकारहरूसँग भने । यसअघिका युद्धविरामका क्रममा… Continue reading गाजाबाट मुक्त हुने सबै बन्धकहरू इजरायली सीमामा प्रवेश भएपछि मात्र प्यालेस्टिनी कैदीहरू रिहा गरिने

राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध

काठमाडौँ, २६ असोजः भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो… Continue reading राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

काठमाडौँ, २६ असोजः सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले आज यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो । “यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा… Continue reading सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

काठमाडौँ, २६ असोजः नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अभ्यासमा बेलायतसहित… Continue reading नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौँ, २६ असोजः दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन् । दसैँको घटनस्थापनादेखि आजसम्म उपत्यकामा १७५ सवारीसाधन दुर्घटना भएका र उक्त दुर्घटनामा परी १८८ जना गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार अधिकांश घटना रातिको समयमा दुर्घटना… Continue reading घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

आईसीसी टी-२० विश्वकप छनोट : यूएईमाथि नेपालको रोमाञ्चक जित

२६ असोज, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेले । उनले ५८ रन बनाए । ध्रुव पराशरले… Continue reading आईसीसी टी-२० विश्वकप छनोट : यूएईमाथि नेपालको रोमाञ्चक जित

सुन काण्डमा पूर्वसभामुख महरा पक्राउ

काठमाडौँ, २६ असोजः पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उनलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रुपमा लाभ लिएको अभियोगमा उनलाई पक्राउ गरिएको उल्लेख छ । विज्ञप्तिमा विसं २०७९ पुष… Continue reading सुन काण्डमा पूर्वसभामुख महरा पक्राउ

हिल्सा हुँदै मानसरोवर कैलाश जाने तीर्थयात्री बढे

दाने बोहरा र रासस सिमकोट, २६ असोजः यहाँको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिनुभयोे । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने… Continue reading हिल्सा हुँदै मानसरोवर कैलाश जाने तीर्थयात्री बढे

अमेरिकी पूर्व राष्ट्रपति बाइडेनको प्रोस्टेट क्यान्सरको उपचारका लागि ‘रेडिएसन थेरापी’ दिँइँदै

वासिङ्टन, २५ असोज (रासस÷एएफपी) । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले प्रोस्टेट क्यान्सरसँग लड्न विकिरण र हार्मोन थेरापी लिइरहेको उनका प्रवक्ताले जानकारी गराएका छन् । “प्रोस्टेट क्यान्सरको उपचार योजनाको एक भागको रूपमा, राष्ट्रपति बाइडेन हाल ‘रेडिएसन थेरापी’ र हर्मोन उपचार गराइरहेको समेत उनले बताए । गत मे महिनामा ८२ वर्षीय पूर्व राष्ट्रपतिको कार्यालयले बाइडेनलाई हड्डीसम्म फैलिएको… Continue reading अमेरिकी पूर्व राष्ट्रपति बाइडेनको प्रोस्टेट क्यान्सरको उपचारका लागि ‘रेडिएसन थेरापी’ दिँइँदै

नेपालमा हिउँद लागेको संकेत गर्ने ७ तस्वीर

दाङको घोराही उपमहानगरपालिका–१४, झिंगौरास्थित स्वर्गद्वारी मन्दिर आश्रममा रहेका गाईलाई चराउन चरन क्षेत्रतर्फ लगिँदै। यहाँ ७५ भन्दाबढी गाई रहेको आश्रमले जनाएको छ । तस्बिरः सुशीला ओली/रासस चरन क्षेत्रतर्फ लगिँदै स्वर्गद्वारी मन्दिर आश्रममा पालिएका गाई घोराही(दाङ), २६ असोजः

काठमाडौँ, २६ असोजः हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र… Continue reading नेपालमा हिउँद लागेको संकेत गर्ने ७ तस्वीर

जेनजी आन्दोलन : तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

काठमाडौँ, २६ असोजः गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले रु एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् । बीमाबापतको रकम सहज र शीघ्र रूपमा… Continue reading जेनजी आन्दोलन : तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

अझै खुलेन मेची राजमार्ग

राष्ट्रिय समाचार समितिफिक्कल, २६ असोज । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि… Continue reading अझै खुलेन मेची राजमार्ग

एनआरएनएको स्थापना दिवसमा कवि गोष्ठी, नेपाली मौलिकता झल्काउने प्रयास

राष्ट्रिय समाचार समितिकाठमाडौँ, २६ असोज : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्किने बताउनुभएको छ ।गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ र भाषा साहित्य समितिको सहकार्यमा यहाँ आयोजित ‘साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रममा साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन… Continue reading एनआरएनएको स्थापना दिवसमा कवि गोष्ठी, नेपाली मौलिकता झल्काउने प्रयास

अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

सुबास ढुंगाना/रासस

राष्ट्रिय समाचार समितिकाठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण… Continue reading अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

राष्ट्रिय समाचार समिति काठमाडौँ, २६ असोजः तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन् ।… Continue reading तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

भोजपुर, सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

राष्ट्रिय समाचार समिति (रासस)भोजपुर, २६ असोजः पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो । वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ । “दुई बस्तीका ११ घरमा… Continue reading भोजपुर, सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

In this pool photograph distributed by the Russian state agency Sputnik, North Korean leader Kim Jong Un (2nd R), Vietnam's Communist Party General Secretary To Lam (R) and China's Premier Li Qiang (3rd R) attend an event marking the 80th anniversary of the founding of the Workers' Party of Korea in Pyongyang on October 9, 2025. North Korea's leader Kim Jong Un hailed "friendly and cooperative" ties with China as he hosted Premier Li Qiang and other foreign dignitaries for celebrations marking 80 years under the ruling Workers' Party, state media reported on October 10. (Photo by Yekaterina SHTUKINA / POOL / AFP)

सियोल, २५ असोज (रासस÷एएफपी) । उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको प्योङयाङको सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । उक्त परेडमा रुस र चीनका उच्च अधिकारीहरू पनि उपस्थित थिए ।परेडमा नेता किम जोङ उनले व्यक्तिगत रूपमा… Continue reading उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी

(251010) -- GAZA CITY, Oct. 10, 2025 (Xinhua) -- Palestinians walk on road returning to Gaza City, near the central Gaza Strip, on Oct. 10, 2025. Displaced Palestinians have begun returning from the southern part of the Gaza Strip to the north after the Israeli army announced that civilians are permitted to move through the coastal Rashid Road and Salah al-Din Road, local sources said on Friday. (Photo by Rizek Abdeljawad/Xinhua)

गाजा, २५ असोज (रासस–सिन्ह्वा) । सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि अहिलेसम्म नौ हजार ५०० व्यक्तिहरूको अवस्था अज्ञात रहेको गाजास्थित नागरिक सुरक्षा निकायले शनिबार जानकारी गराएको छ। नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एक विज्ञप्ति जारी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरेर उनीहरूको भाग्य निर्धारण गर्न आग्रह गर्नुभएको छ ।… Continue reading गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

२५ असोज, काभ्रे । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने… Continue reading बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

काठमाडौँ, २५ असोजः जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् । संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा… Continue reading जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ मा

राससपाटन । २५ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते हुने भएको छ । असोज २३ बाट सुरु भएको केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा दुई दिनपछि बैठक सारिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । “हालको बैठकमा महत्त्वपूर्ण विषयमा छलफल… Continue reading कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ मा

रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

राससरसुवा, २५ असोजः स्याफ्रु(रसुवागढी खण्डमा करेन्ट लागेर आज एक जना स्काभेटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजु शाहले रसुवाको कालिका गाउँपालिका-३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए । टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा… Continue reading रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

राष्ट्रपतिकाे कार्यालय शीतल निवासमा शुक्रबार बसेकाे सर्वदलीय बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत मन्त्रीगण, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू । तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौँ, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उहाँले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिनुभएको हो । राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक… Continue reading लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : प्रचण्ड

काठमाडौँ, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका पक्षमा आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताएका छन् । प्रेस सन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित सम्पादकरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जिम्मेवार राजनीतिक दल, नागरिक समाज, बौद्धिक जगत् तथा आमसञ्चारमाध्यमको ध्यान निर्वाचनको वातावरण तयार गर्नेतर्फ… Continue reading निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : प्रचण्ड

सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने

तस्बिरः नवीन पौडेल/रासस

काठमाडौँ, २४ असोज । चालु आर्थिक वर्षको बजेटमा समावेश आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुनेगरी गर्न आदेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण, मर्मतसम्भार, क्षतिबाट प्रभावितका लागि राहत तथा आर्थिक पुनरुत्थान… Continue reading सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

काठमाडौँ, २४ असोजः काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित… Continue reading तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

काठमाडौँ, २४ असोजः जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा… Continue reading जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु