अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौँ, वैशाख ८ गते । देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा… Continue reading अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

सियोल, वैशाख ९ । उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र दक्षिण कोरियाबिच गुप्तचर साझेदारीमा चिसोपन देखिएको छ । सियोलका एक मन्त्रीको टिप्पणीपछि वासिङ्टनले उत्तर कोरिया सम्बन्धी केही उपग्रह खुफिया जानकारी साझेदारीमा आंशिक सीमितता लगाएको विवरण सार्वजनिक भएको छ । दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ(युङले गत महिना संसद्‌मा उत्तर कोरियाको उत्तरपश्चिमी कुसोङ… Continue reading गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

सभामुख अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन प्रस्तुत

८ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली समिति मस्यौदा समितिको प्रतिवेदन २०८३ बुझाइएको छ । प्रतिवेदनको प्रस्तावनामा प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न र परिआएको खण्डमा बाधा अड्काउ फुकाउ नियमावली बनाइएको उल्लेख छ । प्रतिवेदनमा प्रतिनिसभाको अधिवेशन र बैठक सञ्चालन,… Continue reading सभामुख अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन प्रस्तुत

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको सिफारिस गर्न समिति गठन

८ वैशाख, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमल्सिनाले जानकारी दिए । भट्टको संयोजकत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र… Continue reading धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको सिफारिस गर्न समिति गठन

अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पउल कपुरबीच भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा अर्थमन्त्री डा। वाग्लेले… Continue reading अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

लगानी बोर्डको प्रगति देखेर अर्थमन्त्रीले भने : लाजमर्दो भयो

८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी बोर्डबाट ५५ आयोजनाको लगानी स्वीकृत भएकोमा २ वटा मात्रै निर्माणमा गएको विवरण सुन्दै प्रगति लाजमर्दो भएको टिप्पणी गरेका छन् । उनले भने, ‘लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानु त लाजैमर्दो भयो । लगानी बोर्ड अनुगमन तथा सहजीकरण समितिको १३औं बैठकमा उनले ‘विदेशी… Continue reading लगानी बोर्डको प्रगति देखेर अर्थमन्त्रीले भने : लाजमर्दो भयो

योजना आयोग र नीति प्रतिष्ठान अझ सुदृढ बनाउने प्रधानमन्त्रीको आश्वासन

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भए मात्र सरकारलाई सेवा प्रवाहमा सहजता… Continue reading योजना आयोग र नीति प्रतिष्ठान अझ सुदृढ बनाउने प्रधानमन्त्रीको आश्वासन

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम

८ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका ऋणहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो । ऋण चुक्ता नगरेमा ऋणी तथा… Continue reading समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम

यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

८ वैशाख, काठमाडौं । यूएईसँगको दोस्रो टी–२० आईमा नेपाल ८ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । दुई खेलको टी–२०आई सिरिज एकएकको बराबरीमा टुंगिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो… Continue reading यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

ट्रम्प भन्छन्– इरानमा प्रतिबन्ध यथावत

(AP Photo/Evan Vucci)

८ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् ।जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया दिएका हुन् । अमेरिकी नाकाबन्दीले इरानलाई पूर्णतया ध्वस्त गरिरहेको दाबी गर्दै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘उनीहरू… Continue reading ट्रम्प भन्छन्– इरानमा प्रतिबन्ध यथावत

सरकारी वेबसाइटहरू अब अपाङ्गतामैत्री : किबोर्डबाटै चलाउन सकिने

८ वैशाख, काठमाडौं । सूचना प्रविधि विभागले सरकारी वेबसाइटलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको छ । विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार अब… Continue reading सरकारी वेबसाइटहरू अब अपाङ्गतामैत्री : किबोर्डबाटै चलाउन सकिने

कन्चनपुरमा विवाहमा झगडा, एक किशोरको हत्या

file

८ वैशाख, काठमाडौं । कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्वल सायरको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा उज्वलमाथि धारिलो हतियार… Continue reading कन्चनपुरमा विवाहमा झगडा, एक किशोरको हत्या

नेपाल र यूएईबीच दोस्रो खेल आज

८ वैशाख, काडमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो… Continue reading नेपाल र यूएईबीच दोस्रो खेल आज

सरकारले खुलायो पुनः श्रम स्वीकृति

८ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो ।… Continue reading सरकारले खुलायो पुनः श्रम स्वीकृति

तराईमा तातो हावा चल्ने सम्भावना, सचेत रहन आह्वान

काठमाडौँ, वैशाख ८ गते । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा… Continue reading तराईमा तातो हावा चल्ने सम्भावना, सचेत रहन आह्वान

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

झापा, वैशाख ८ गते । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी… Continue reading भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

भारत–कोरिया रणनीतिक वार्ता

नयाँदिल्ली, वैशाख ७ गते । बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको अस्थिरताको पृष्ठभूमिमा भारतले सोमबार नयाँदिल्लीमा दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङलाई औपचारिक स्वागत गरेको छ । यस भेटमा जहाज निर्माण, कृत्रिम बौद्धिकता तथा उच्च प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा लिइएको छ । राष्ट्रपति ली जे-म्युङले आफ्नो पहिलो भारत भ्रमणका… Continue reading भारत–कोरिया रणनीतिक वार्ता

यस्तो छ आज निर्धारित विदेशी विनिमय दर

८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुुसार आज अमेरिकी डलर, युके पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढेको छ । अष्ट्रेलियन डलरको भाउ भने हिजोको तुलनामा केही घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । हिजो… Continue reading यस्तो छ आज निर्धारित विदेशी विनिमय दर

सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक कपिलवस्तुबाट पक्राउ

८ वैशाख, काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।वैशाख ५ गते पक्राउ परेका उनीहरुको साथबाट १७ हजार १३६ अमेरिकी… Continue reading सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक कपिलवस्तुबाट पक्राउ

उदयपुरमा आगलागी, २ जनाको मृत्यु

file

८ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको… Continue reading उदयपुरमा आगलागी, २ जनाको मृत्यु

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गरौं : प्रधानमन्त्री

७ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।… Continue reading विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गरौं : प्रधानमन्त्री

नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस

८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त चार गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यका अनुसार सोमबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि गैर आवासीय राजदूतहरू गाम्बियाका मुस्तफा जवारा, क्यानडाका क्रिस्टोफर कुटर, स्लोभेनियाका टोमाज मेन्सिन् र अल्जेरियाका एब्डेनर खेरिफीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका… Continue reading नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस

नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

काठमाडौँ, वैशाख ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षण मुद्रण केन्द्रमार्फत छापिँदै आएको नयाँ स्मार्ट लाइसेन्सको प्राविधिक संरचना, सुरक्षा तह… Continue reading नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

७ वैशाख, काठमाडौं । यूएईसँगको टी–२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३… Continue reading घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

चौतर्फी आलोचनाका बीच गृहमन्त्रीको चेतावनी : कारवाही रोकिन्न

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएको टिप्पणी गरेका छन् ।सञ्जालबाट आफूमाथि उठेका प्रश्नको लामो जवाफ दिएका गुरुङले सोमबार राति पुनः अर्को स्टाटस लेखेका छन् । जहाँ उनले आफूविरुद्धका हल्लालाई छटपटिको संज्ञा दिएका छन् । ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा… Continue reading चौतर्फी आलोचनाका बीच गृहमन्त्रीको चेतावनी : कारवाही रोकिन्न

कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिए… Continue reading कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर

७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताएको छ । ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ प्रवक्ता… Continue reading प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर

गृहमन्त्री गुरुङमाथि प्रश्नै–प्रश्न, सामाजिक संजालमा दिए स्पष्टीकरण

File तस्बिरः नवीन पौडेल\रासस

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको बता्रएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताए । ‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो… Continue reading गृहमन्त्री गुरुङमाथि प्रश्नै–प्रश्न, सामाजिक संजालमा दिए स्पष्टीकरण

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी

७ वैशाख, काठमाडौं । जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। सुरुवाती रिपोर्टमा ७.३ म्याग्निच्युड मापन गरिएको यस भूकम्पलाई पछि जापानले ७.५ म्याग्निच्युडमा संशोधन गरेको छ। भूकम्पको केन्द्रविन्दु देशको पूर्वी भागमा पर्ने सान्रिकु तटमा… Continue reading जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी

अर्थमन्त्रीले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबीच आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष तथा सदस्य र प्रधानमन्त्रीका प्रशासन तथा… Continue reading अर्थमन्त्रीले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल