त्रसित सुकुमवासीलाई आश्वासन दिँदै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे स्पष्टीकरण

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर लाखौं सुकुमवासी भएको भन्दै अतिक्रमणकारी र सुकुमवासी छुट्याइने बताएका छन् । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउँदैछ । भोलिबाट खाली गराउन तयारी अघि बढिरहँदा यसबारे विभिन्न प्रश्न पनि उठेका छन् । उता, सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका छन् । यसैबीच प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भनेका छन्,… Continue reading त्रसित सुकुमवासीलाई आश्वासन दिँदै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे स्पष्टीकरण

सुकुमवासी बस्ती खाली गर्ने र त्यसपछिको सरकारको योजना यस्तो

११ वैशाख, काठमाडौं । सरकारले उपत्यका भित्रका अव्यवस्थित बस्ती हटाउनका लागि सबै सरोकारवाला निकायहरूलाई जोडेर विस्तृत कार्ययोजना तयार गरेको छ । बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षमा शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले ११ बुँदे निर्णय गरेको छ । उक्त निर्णय अनुसार बस्तीबाट हटाएर सुरक्षित स्थलमा लैजाने, खानपानको व्यवस्था… Continue reading सुकुमवासी बस्ती खाली गर्ने र त्यसपछिको सरकारको योजना यस्तो

सुकुमबासी बस्ती हटाउँदा बल प्रयोग नहुने सरकारको स्पष्टोक्ति

११ वैशाख, काठमाडौं । सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई हटाउन बल प्रयोग नगर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा एवं युवा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरीको बल प्रयोग गरेर सुकुमवासी बस्ती खाली नगर्ने बताएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।… Continue reading सुकुमबासी बस्ती हटाउँदा बल प्रयोग नहुने सरकारको स्पष्टोक्ति

सुकुमबासी बस्ती जबर्जस्ती नहटाउ : कांग्रेस

११ वैशाख, काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुमवासी समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताएको छ । प्रवक्ता देवराज चालिसेले संवाद बिनै बल जफत गर्नु राम्रो नहुने बताए । बल प्रयोग गर्ने विषय अन्तिम विकल्प भएको बताउँदै बिना वार्ता र संवाद विकल्पमा प्रवेश गर्न नहुने आफूहरूको धारणा रहेको उनले बताए । ‘चाहे सुकुमवासीको कुरो होस चाहे… Continue reading सुकुमबासी बस्ती जबर्जस्ती नहटाउ : कांग्रेस

तनहुँमा बस दुर्घटना, २ जनाको मृत्यु

११ वैशाख, पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा भएको बस दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने घाइते २७ जनालाई पोखरा रिफर गरिएको छ । पोखरादेखि भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस शेरामा दुर्घटना भएको हो । दुर्घटनामा परेका ३१ जना उपचारका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार… Continue reading तनहुँमा बस दुर्घटना, २ जनाको मृत्यु

बेलायतमा डिसेम्बर ३१, २००८ पछि जन्मिएकाले जीवनभर चुरोट किन्न नपाउने

लन्डन, वैशाख ११ गते । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठुलो मोडका रूपमा हेरिएको छ । संसद्‌बाट पारित यस कानुनले अबको पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ । धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता हासिल… Continue reading बेलायतमा डिसेम्बर ३१, २००८ पछि जन्मिएकाले जीवनभर चुरोट किन्न नपाउने

छायाँनाथ अल्ट्रा रेस जेठमा

काठमाडौँ, वैशाख १० गते । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिता आयोजना हुने भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आगामी जेठ ३ गते पुलुमा छायँनाथ अल्ट्रारेस आयोजना गर्न लागिएको हो । किम्रिबाट सुरु हुने अल्ट्रारेस छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन हुनेछ । प्रतियोगिताको प्राविधिक… Continue reading छायाँनाथ अल्ट्रा रेस जेठमा

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली, वैशाख ११ गते । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ । सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रको माध्यमबाट नेपाली चलचित्रको प्रवर्द्धन र विकाससँगै कर्णालीमा चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तरराष्ट्रिय… Continue reading चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

अब त्रिभुवन विमानस्थलमा श्रम सहायता कक्ष चौबिसै घण्टा खुला

तस्वीर स्रोत : सामाजिक संजाल

काठमाडौँ, वैशाख ११ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘श्रम सहायता कक्ष’ लाई थप व्यवस्थित गरी चौबिसै घण्टा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा जाने र फर्किने श्रमिकलाई सहजीकरण गर्ने उद्देश्यसाथ यसअघि दुई सिफ्टमा सञ्चालन भएको सहायता कक्षलाई तीन सिफ्टमा विस्तार गरेर चौबिसै… Continue reading अब त्रिभुवन विमानस्थलमा श्रम सहायता कक्ष चौबिसै घण्टा खुला

आज बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

काठमाडौँ, वैशाख ११ गते । बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस सन् २०१९ देखि मनाउन प्रारम्भ भएको हो । बहुपक्षीयता कम्तीमा तीन वा सोभन्दा बढी राष्ट्रबीचको सहकार्यलाई जनाउने भए पनि यसको सार केवल सङख्यात्मक नभई साझा मूल्य, मान्यता र नियममा… Continue reading आज बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

नयाँ नियमावलीमा गरियो सांसदको विशेषाधिकार प्रस्ताव

नारायण न्यौपाने–अशोक घिमिरे\रासस११ वैशाख २०८३ । प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारका रूपमा अघि बढाउन प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा सभा, समिति र सदस्यको हकमा नियमावली सङ्घीय कानुनका रूपमा विशेष कानुनसरह लागू हुने उल्लेख छ ।नियमावली मस्यौदामा प्रस्तावना, परिभाषा, अधिवेशन र बैठक सञ्चालन, अध्यक्षता, सदस्यको उपस्थिति, संविधान संशोधन विधेयक,… Continue reading नयाँ नियमावलीमा गरियो सांसदको विशेषाधिकार प्रस्ताव

अरनिको राजमार्ग विस्तार : निर्माण सामग्रीमा मूल्यवृद्धिले प्रगति सुस्त

रासस अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि सुस्त छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा… Continue reading अरनिको राजमार्ग विस्तार : निर्माण सामग्रीमा मूल्यवृद्धिले प्रगति सुस्त

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम सहित मनाइदैं

११ वैशाख, काठमाडौं । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक दल र… Continue reading आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम सहित मनाइदैं

तराई क्षेत्रमा तातो हावाको कहर

११ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी बढेका कारण तातो लहर चल्ने पूर्वानुमान गरेको छ । आज मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने पूर्वानुमान छ । ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना… Continue reading तराई क्षेत्रमा तातो हावाको कहर

कांग्रेसले आज निर्वाचनमार्फत संसदीय दलको नेता छान्दै

तस्बिरः अजयकुमार साह/रासस

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ । सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयनको प्रक्रिया अघि बढाइएको छ । पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दिने कार्यक्रम छ । दाबी विरोध, जाँचबुझ, दोस्रो नामावली प्रकाशन, नाम फिर्ता लगायतका प्रक्रिया पूरा गरेपछि दिउँसो… Continue reading कांग्रेसले आज निर्वाचनमार्फत संसदीय दलको नेता छान्दै

मतदाता सूची विवादबिच पश्चिम बङ्गालमा मतदान सुरु

India State Elections

कोलकाता, वैशाख ११ गते । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबिच भारतको पश्चिम बङ्गालमा बिहीबार मतदान सुरु भएको छ, जसले चुनावी निष्पक्षता र मताधिकारबारे गम्भीर बहसलाई थप तीव्र बनाएको छ । राष्ट्रिय महत्त्व बोकेको यस निर्वाचनले राजनीतिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)ले लामो… Continue reading मतदाता सूची विवादबिच पश्चिम बङ्गालमा मतदान सुरु

करिब एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फिर्ता

काबुल, वैशाख ११ गते। लगभग एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फर्केको बख्तार समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेको छ । रिपोर्टका अनुसार छिमेकी इरान र पाकिस्तानबा सबैभन्दा धेरै ९४३ घर परिवार स्वदेश फर्केका छन् । स्वदेश फर्कने पश्चिमी हेरातप्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहारप्रान्तको तोरखाम र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डकसहितका प्रमुख सीमा नाकापार… Continue reading करिब एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फिर्ता

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

तेहरान, वैशाख ११ गते । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ । यसैबिच क्षेत्रीय तनाव चर्किंदै जाँदा… Continue reading होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

युक्रेनको तेल प्रशोधन केन्द्रमा हमलापछि रुसमा विषाक्त वायु वर्षा

मस्को, वैशाख ११ गते । किएभले सोमबार दक्षिणी सहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि भएको ठुलो आगलागीका कारण रूसको तटीय सहरको आकाशमा कालो धुवाँको बाक्लो मुस्लो जम्मा भएको रूसी अधिकारीले बताएका छन् । रुसले यसै हप्ताको सुरुमा युक्रेनले ‘ब्ल्याक सी’ क्षेत्रको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा गरेको आक्रमणपछि दन्किएको आगो निभाउन सङ्घर्ष गरिरहेको स्थानीय अधिकारीले… Continue reading युक्रेनको तेल प्रशोधन केन्द्रमा हमलापछि रुसमा विषाक्त वायु वर्षा

परराष्ट्र मन्त्री खनाल र जोर्डनका उपप्रधानमन्त्री सफादीबीच टेलिफोन वार्ता

काठमाडौँ, वैशाख १० गते । परराष्ट्र मन्त्री शिशिर खनाल र जोर्डनका उपप्रधानमन्त्री एवं परराष्ट्र तथा आप्रवासी मामिला मन्त्री आयमान सफादीबीच बिहीबार टेलिफोन वार्ता भएको छ । संवादका क्रममा उपप्रधानमन्त्री सफादीले परराष्ट्र मन्त्री खनाललाई कार्यभार सम्हाल्नुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । टेलिफोन वार्ताका क्रममा दुई देशका मन्त्रीबिच नेपाल र जोर्डनबीचको द्विपक्षीय सम्बन्धका… Continue reading परराष्ट्र मन्त्री खनाल र जोर्डनका उपप्रधानमन्त्री सफादीबीच टेलिफोन वार्ता

होर्मुजमा बारुदी सुरुङ सफाइमा छ महिना लाग्ने चेतावनी

वासिङ्टन, वैशाख ११ गते । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्णरूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ । यसले युद्ध अन्त्य भए पनि तत्काल ऊर्जा बजार स्थिर नहुने सङ्केत दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको आन्तरिक मूल्याङ्कनलाई उद्धृत… Continue reading होर्मुजमा बारुदी सुरुङ सफाइमा छ महिना लाग्ने चेतावनी

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सम्पन्न

काठमाडौं, वैशाख १० गते । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि झन्डै दुई घण्टासम्म चलेको उक्त बैठकमा कार्यदलका सदस्य सचिव एवं कानुन सचिव पुष्पकर सापकोटाले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। बैठकले कार्यदलका सबै… Continue reading संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सम्पन्न

प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय

काठमाडौँ, वैशाख १० गते । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ । यो निर्णयसँगै सो जग्गा अब प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रयोग गर्ने भएको छ । सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै २०७५ भदौ १ गतेको निर्णय… Continue reading प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय

खानेपानीका तत्कालीन कार्यालय प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, वैशाख १० गते । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरीप्रसाद यादवविरुद्ध एक करोड ४६ लाख ८१ हजार २२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी सो रकम भ्रष्टाचार… Continue reading खानेपानीका तत्कालीन कार्यालय प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार, के के समेटिए

१० वैशाख, काठमाडौं । आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसमक्ष पेश गरिएको छ । मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको रणनीति पेश गरिएको हो । गत चैत १३ गते मन्त्रिपरिषद्‍बाट स्वीकृत शासकीय सुधार सम्बन्धी… Continue reading ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार, के के समेटिए

२०२५ मा एसिया प्रशान्त क्षेत्रमा एडीबीको लगानी २९ अर्ब ३० करोड डलर

१० वैशाख, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा आफ्नो लगानी प्रतिबद्धता २९ अर्ब ३० करोड अमेरिकी डलर बराबर पुर्‍याएको छ ।एडीबीले आफ्नो वार्षिक प्रतिवेदन २०२५ सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । एडीबीका अनुसार यो प्रतिबद्धता आफ्नो स्रोतबाट हुने लगानी हो । एडीबीले सन् २०२५ लाई जटिल र अनिश्चितताले भरिएको वर्ष… Continue reading २०२५ मा एसिया प्रशान्त क्षेत्रमा एडीबीको लगानी २९ अर्ब ३० करोड डलर

वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने

१० वैशाख, काठमाडौं । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनी ‘पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंबाट लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो । साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको… Continue reading वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने

बजेट अधिवेशन बोलाएको बैठक नबस्दै स्थगत

रत्न श्रेष्ठ/रासस

१० वैशाख, काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको पत्र केहीबेर अघि शीतलनिवास पुगेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगनको निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार… Continue reading बजेट अधिवेशन बोलाएको बैठक नबस्दै स्थगत

उद्योगपति गोल्छा कुन कसुरमा पक्राउ परे ?

१० वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५,… Continue reading उद्योगपति गोल्छा कुन कसुरमा पक्राउ परे ?

काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न प्रहरीले थाल्यो माइकिङ

file

१० वैशाख, काठमाडौं । काठमाडौं सुकुमवासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ गरेको छ । आज बिहीबार साँझदेखि प्रहरीले बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको जिल्ला प्रशासन कार्यालय स्रोत काठमाडौंले जानकारी दिएको छ । यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन… Continue reading काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न प्रहरीले थाल्यो माइकिङ