काठमाडौं । विश्वको अग्रणी अर्थतन्त्र भएका शक्तिशाली मुलुकका नेताहरू भारतमा आइपुगेका छन् । जसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसमेत सहभागी छन् । उनीहरु जी–२० शिखर सम्मेलनमा भाग लिन भारतको राजधानी दिल्लीमा आइपुगेका हुन् । नयाँ दिल्लीमा सेप्टेम्बर ९–१० मा यो सम्मेलन आयोजना भएको छ । यो वर्षको शिखर सम्मेलनको मुख्य विषय दिगो विकास र युक्रेनमा जारी… Continue reading जो बाइडेनसहित २० शक्तिशाली मुलुकका राष्ट्रप्रमुख भारतमा
Author: Vishwanews.com
बाँकेमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु
काठमाडौं । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताएका छन् । उनका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख… Continue reading बाँकेमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु
भारतको सूर्ययानले यस्तो पठायो पहिलो तस्वीर
काठमाडौं । भारतको अन्तरिक्ष निकाय इसरोले सूर्यको अवलोकनका लागि त्यसतर्फ जाँदै गरेको आफ्नो अन्तरिक्षयानले पठाएको पहिलो तस्बिर सार्वजनिक गरेको छ। भारतको अन्तरिक्ष अभियान आदित्य एल १ ले पृथ्वीबाट सूर्यतर्फको १५ लाख किलोमिटर टाढाको यात्रामा अघि बढिरहेको छ। यो भाग पृथ्वी र सूर्यबीचको पूरा दूरीको १ प्रतिशत मात्रै हो। यो अन्तरिक्ष यानलाई आफ्नो गन्तव्यमा पुग्न चार… Continue reading भारतको सूर्ययानले यस्तो पठायो पहिलो तस्वीर
अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन्। भक्तपुर मध्यपुर थिमि नगरपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन्। उनलाई शुक्रबार बिहान ७ बजे काठमाडौं महानगरपालिका २६ सामाखुसीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। ९ लाख रूपैयाँ… Continue reading अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ
सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने
काठमाडौं । कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरिने भएको छ । आगामी सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसलाई लक्षित गरी यहाँ सम्पदा यात्रा गर्न लागिएको हो । यो दिवसको मूल सन्देश पर्यटन र हरित लगानी रहेको छ । यही परिप्रेक्षमा कीर्तिपुरले उक्त सन्देशमा पर्यटन अगाडि बढाउन सक्षम भएको सन्देश दिन कीर्तिपुर नगरपालिका र… Continue reading सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने
राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गरेको आरोप लाग्ने गरेको गुनासो गरेका छन् ।पर्यटन यातायात व्यवसायी संघको २० औं साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् । यो देशमा राम्रो काम गर्नेलाई स्टन्ट भनेर खिसी गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । बिहान आफू… Continue reading राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो
सरकारले भन्यो- ‘विचारकै आधारमा सांघातिक आक्रमण गर्न पाइँदैन’
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका विषयमा सरकारले बोलेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको घटनाको प्रसंगमा विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएकी हुन् । ‘आक्रमण गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं । लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार… Continue reading सरकारले भन्यो- ‘विचारकै आधारमा सांघातिक आक्रमण गर्न पाइँदैन’
‘दाईले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौं’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भने चाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ ।… Continue reading ‘दाईले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौं’
गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेकको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ। गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विरोधमा तरुण दलले शुक्रबार विरोध प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो।
युवाजति विदेशमा : स्वदेशमा कृषि गर्ने महिला र वृद्धवृद्धा
काठमाडौं । रोजगारी र अध्ययनमा युवा विदेशिएसँगै नेपालको कृषि महिला र पौढले धानिरहेको पाइएको छ । स्वदेशमा कृषि कर्म गर्ने युवा घट्दै गएको राष्ट्रिय कृषि गणनाको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’को नतिजा अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ । पुरुषको संख्या… Continue reading युवाजति विदेशमा : स्वदेशमा कृषि गर्ने महिला र वृद्धवृद्धा
काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबारदेखि साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने प्रवक्ता पौडेलले बताए । उनका अनुसार रातिको १०ः४० मा उडान भरेको पहिलो उडानमा… Continue reading काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु
नेपाल र भारतबीच क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्ने बाटो खुल्यो
काठमाडौं । नेपाल र भारतका जनताले एक अर्काको देशमा क्युआर प्रयोग गरी भुक्तानी गर्ने बाटो खुला भएको छ । यसका लागि नेपालको भुक्तानी सेवाप्रदायक फोन पे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई)को अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएलएम) ले ‘क्रसबोर्डर’ क्युआर भुक्तानी सेवा गर्ने विषयमा साझेदारी गरेका छन् । दुई संस्थाबिचको साझेदारीसँगै दुवै… Continue reading नेपाल र भारतबीच क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्ने बाटो खुल्यो
अमेरिकाको क्यालिफोर्नियामा अब जातका आधारमा हुने भेदभाव अपराध मानिने
काठमाडौं । अमेरिकामा विधानसभाबाट जातको आधारमा हुने भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने विधेयक पारित गर्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ । क्यालिफोर्निया राज्यको पछिल्लो कदमले आफूमाथि जातको आधारमा भेदभाव हुने गरेको गुनासो गर्दै आएका दक्षिण एसियाली मूलका मानिसलाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ । राज्यको विधानसभाले पारित गरेको यो विधेयकमा हस्ताक्षर गरेर अब त्यसलाई… Continue reading अमेरिकाको क्यालिफोर्नियामा अब जातका आधारमा हुने भेदभाव अपराध मानिने
भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति
काठमाडौं । नेपालको चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्ट व्यवसाय अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ। नेपाल र भारतको सम्बन्ध अझै सुदृढ गर्दै लैजाने उद्देश्यले दुई देशका व्यावसायिक घरानाले सिमेन्ट व्यवसायमा नयाँ अध्याय सुरू गरेका हुन्। नेपालसँग जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले यो साझेदारी गरिएको चौधरी ग्रुपले जनाएको छ।… Continue reading भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति
आज निजामती दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस… Continue reading आज निजामती दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
जर्मनीमा रोजगारी पठाउने प्रलोभन सहितका विज्ञापनमा भर नपर्न विभागले गरायो सचेत
काठमाडौं । जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरु गलत भएको वैदेशिक रोजगार विभागले बताएको छ । अनधिकृत व्यक्तिले नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन र सूचना सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले यस्तो बताएको हो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार सामाजिक सञ्जालमा जर्मनीको रोजगारी सम्बन्धी आएका… Continue reading जर्मनीमा रोजगारी पठाउने प्रलोभन सहितका विज्ञापनमा भर नपर्न विभागले गरायो सचेत
सर्वोच्चको आदेशपछि कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्की मूख्यमन्त्री बन्ने
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको फैसला सुनाएको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । आदेशको संक्षिप्त विवरण तयार पारेपछि न्यायाधीश सपना प्रधान मल्ल इजलासमा पुगेर बुँदागत रूपमा संक्षिप्त विवरण सुनाएकी थिइन् ।… Continue reading सर्वोच्चको आदेशपछि कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्की मूख्यमन्त्री बन्ने
किनारा लागेन् सन्दीपविरुद्धको मुद्दा,पीडित किशोरीको जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आदेश दिएको छ । सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ । तर, बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले हेर्दाहेर्दैमा नराखी गौशाला-२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको… Continue reading किनारा लागेन् सन्दीपविरुद्धको मुद्दा,पीडित किशोरीको जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश
खुकुरी प्रहार गरेर कांग्रेस मर्दैन, सकिँदैन
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले खुकुरी प्रहार गरेर कांग्रेस नमर्ने बताएका छन्। कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित ढंगले पर्वत झैं उभिएको पार्टी भएको बताउँदै खुकुरी हानेर कांग्रेस सकाउँछु भन्नु र टाउकाले हिर्काएर पर्वत खसाउँछु भन्ने एकै रहेको बताए। ‘संसारको इतिहासमा पहाडसँग जुध्नेहरूको टाउको फुटेको छ। तर पहाड फुटेको… Continue reading खुकुरी प्रहार गरेर कांग्रेस मर्दैन, सकिँदैन
काठमाडौं महानगरमा भोलि शोक बिदा
काठमाडौं । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । रिजालको… Continue reading काठमाडौं महानगरमा भोलि शोक बिदा
पशुपति वनकाली पार्किङको ठेक्का रद्द, धरौटी रकम समेत जफत
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्ध गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालना नगरेको भन्दै उक्त कम्पनीसँगको पार्किङ ठेक्का रद्द गर्ने निर्णय गरेको हो। सम्झौता अनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा… Continue reading पशुपति वनकाली पार्किङको ठेक्का रद्द, धरौटी रकम समेत जफत
गगन थापाले सोधे -‘के हामीले काठमाडौं एक्लै हिँड्न नमिल्ने भएको हो’ ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस घटनालाई सामसुम पार्ने कोसिस भइरहेको भन्दै यस विषयको गहिरो अनुसन्धान गर्न माग गरेका हुन् । ‘एउटा सन्काहा सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण हुँदैछ, यसलाई थामथुम पर्ने, सामसुम… Continue reading गगन थापाले सोधे -‘के हामीले काठमाडौं एक्लै हिँड्न नमिल्ने भएको हो’ ?
‘महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन्’
काठमाडौं । राष्ट्रिय प्रजतान्त्र पार्टीले कांग्रेस सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध नभएको प्रस्ट पारेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा महामन्त्री धवलशमशेर राणाले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । कांग्रेस सहमहामन्त्रीमाथिको आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको उनको भनाइ छ । महामन्त्री राणाले भने, ‘आक्रमणपछि उहाँले… Continue reading ‘महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन्’
उत्तर कोरियाली नेता किम रुस भ्रमणमा जाने तयारीसँगै अमेरिका रुष्ट
काठमाडौं । उत्तर कोरियाली नेता किम जङ उन रुस भ्रमणमा जाने भएका छन् । यसका लागि तयारी तिव्र पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो तयारीसँगै अमेरिका भने रुष्ट बनेको छ । उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन् । उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई… Continue reading उत्तर कोरियाली नेता किम रुस भ्रमणमा जाने तयारीसँगै अमेरिका रुष्ट
हिमालको फेँदीमा गल्फ हुने
काठमाडौं । मुस्ताङ गल्फ कोर्सले लोमान्थाङमा दोस्रो गल्फ च्यालेन्ज आयोजना गर्ने भएको छ । भदौ ३० बाट आयोजना हुने दोस्रो गल्फ च्यालेन्ज उच्च हिमाली भेगमा आयोजना हुने कमै प्रतियोगितामध्ये एक हो । विश्वको सबैभन्दा उच्च ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको गल्फ कोर्समा अदभूत अनुभव यहाँ खेलाडीले लिन पाउने छन् । संसारकै सबैभन्दा… Continue reading हिमालको फेँदीमा गल्फ हुने
काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन
काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र ७ का क्षेत्रीय सभापति समेत रहेका रिजालको उपचारको क्रममा ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । केही दिन देखि उपचार गराइ रहेका उनको निधन पछि नेपाली काँग्रेसका महामन्त्री गगन थापा, काठमाडौँ क्षेत्र… Continue reading काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन
नयाँ आइफोनमा टाइप-सी चार्जर, इयूको नियमसामु झुक्यो एप्पल
काठमाडौं । आगामी सेप्टेम्बर १२ मा सार्वजनिक हुने एपलको नयाँ आईफोनमा यूएसबी टाइप सी चार्जर पोइन्ट हुने निश्चित भएको छ। एपल कम्पनीले निर्माण गरेका फोनमा छुट्टै लाइट्निङ अड्याप्टर प्रयोग हुँदै आएको छ। अरू साम्सङजस्ता अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उक्त अड्याप्टरले काम गर्दैन। युरोपेली सङ्घ ईयूको कानुनले उपभोक्ताहरूको पैसा बचत र त्यसबाट निस्किने फोहोर कम गर्न मोबाइल… Continue reading नयाँ आइफोनमा टाइप-सी चार्जर, इयूको नियमसामु झुक्यो एप्पल
अमेरिकी संसदमा हंगामा गर्ने समूहका नेतालाई २२ वर्ष जेल सजाय
काठमाडौं । सन् २०२१ को जनवरीमा अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद् भवनमा भएको दङ्गाको योजना बनाएको आरोपमा प्राउड बोइज समूहका एक पूर्वनेता लाई २२ वर्षको जेल सजाय सुनाइएको छ। क्यापिटल भनिने अमेरिकी संसद् भवनभित्र त्यसबेला भएको घटनामा संलग्नहरूलाई दिइएको यो नै सबैभन्दा लामो सजाय हो। उनलाई गत मे महिनामा सरकारविरुद्धको षड्यन्त्र र अन्य… Continue reading अमेरिकी संसदमा हंगामा गर्ने समूहका नेतालाई २२ वर्ष जेल सजाय
नेपाली विमानस्थल हुँदै कसरी हङकङ पुग्यो चरेश ?
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास परेर नेपाल एयरलाइन्सको विमानमार्फत हङकङमा चरेश पुगेको पाइएको छ । कार्गो कम्पनीमार्फत पठाइएको किताबको पार्सलमा चरेश भेटिएको सूचना प्राप्त भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पनि छानबिन थालेको छ । हङकङमा चरेश बरामद भएपछि त्यहाँको सुरक्षा संयन्त्रले नेपालस्थित कार्गो कम्पनीलाई खबर गरेको थियो । कार्गोमार्फत त्यसबारे सूचना… Continue reading नेपाली विमानस्थल हुँदै कसरी हङकङ पुग्यो चरेश ?
संयुक्त राष्ट्रसंघको ७८ औं महासभा सुरु
काठमाडौं । संयुक्त राष्ट्र संघको ७८ औं महासभा सुरु भएको छ । मंगलबार ७८ औं महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले महासभाको अधिवेशन उद्घाटन गरे । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तर्फबाट उपप्रमुख अमिना मोहम्मदले उनको मन्तव्य अधिवेशनमा पढेर सुनाएका थिए । उनले यो निराशाको नभइ काम गर्नुपर्ने क्षण भएको बताए । शान्ति र मानव अधिकारको लागि… Continue reading संयुक्त राष्ट्रसंघको ७८ औं महासभा सुरु