काठमाडौं । ब्राजिलमा सामुद्रिक आँधीपछिको वर्षा र हावाहुरीका कारण कम्तीमा २७ जनाको ज्यान गएको छ । आँधीकार काण धेरै मानिस बेपत्ता भएका छन् । हजारौँ मानिस विस्थापित भएका र सयौँलाई घरको छतबाट हेलिकप्टरमार्फत उद्धार गरिएको उद्धार अधिकारीहरूलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले देशमा थप बाढी… Continue reading ब्राजिलमा सामुन्द्रिक आँधी, कम्तिमा २७ जनाको मृत्यु
Author: Vishwanews.com
अमेरिकी सेनाको टोली अभ्यासका लागि नेपाल आउँदै
काठमाडौं । अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि बन्दोबस्तका सामग्रीसहित वायुसेनाको विमान मार्फत नेपाल आउने भएको छ । नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्ने अमेरिकी सेनाको टुकडी बिहीबार नेपाल आउने भएको हो । अमेरिकी सेनाको टुकडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि अमेरिकी वायु सेनाको विमान त्यसको भोलिपल्ट २२ भदौमा फिर्ता हुनेछ । नेपाली सेनाका… Continue reading अमेरिकी सेनाको टोली अभ्यासका लागि नेपाल आउँदै
थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पातलमा अब ‘अनलाइन टिकट’
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन्। अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा आज (बुधबार) आयोजित कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट सम्बोधन गर्दै उनले प्रसूति अस्पतालको दीर्घकालीन योजना र जनशक्तिलाई पुनःसंरचना गरिने बताए। उनले अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेकामा जोड दिए।… Continue reading थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पातलमा अब ‘अनलाइन टिकट’
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक हमला भएको छ ।भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा बुधबार दिउँसो उनी माथि खुकुरी प्रहारको घटना भएको हो। आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर नगरपालिका वडा नं… Continue reading कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार
‘रंगशाला बनाउनै नसकिने होइन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा आफू गौरवान्वित भएर फर्किएकाले आफ्नो पार्टीले गर्न सक्ने गर्ने बताएका छन् । लामिछानेले क्रिकेटमा देखेको सपना पूरा भएकाले… Continue reading ‘रंगशाला बनाउनै नसकिने होइन’
एसिया कप खेलेर फर्केको क्रिकेट टिमको भव्य स्वागत
काठमाडौं । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो ।
प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ वटा चार्जिङ स्टेशन (सूचीसहित)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न ठाउँमा ५१ विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेशन संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनको संयुक्त उद्घाटन गरेका हुन् । प्राधिकरणका अनुसार हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर राखिएको छ । जसमा ६०/६०… Continue reading प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ वटा चार्जिङ स्टेशन (सूचीसहित)
चीनको ग्रेटवालामा कसले पुर्यायो ठूलो क्षति ?
काठमाडौं । निर्माण कामदारहरूले यान्त्रिक एक्स्काभेटर प्रयोग गरेर खन्दा चीनको शान्शी प्रान्तस्थित ग्रेट वालको एउटा भागमा ठूलो क्षति पुगेको छ। निर्माणका लागि छोटो बाटो बनाउने क्रममा उनीहरूले ग्रेट वालमा भ्वाङ बनाएका थिए। सम्पदा क्षेत्रमा क्षति पुर्याएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ग्रेट वालमा क्षति पुगेको क्षेत्रमा एक जना ३८… Continue reading चीनको ग्रेटवालामा कसले पुर्यायो ठूलो क्षति ?
नेपाली स्टार्टअप टुटलले आजबाट आफ्नो सेवा पुनः सुरु गर्दै
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म टुटलले बुधबारदेखि पुनः सेवा सुरु गर्ने भएको छ । नयाँ व्यवस्थापनका साथ टुटलले राइड सेयरिङ सेवा सुरु गर्न लागेको हो । कम्पनीले एप र सेवा परिस्कृत गर्दै किफायती सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । बुधबारदेखि नै टुटल प्रयोग गर्न चाहने सेवाग्राहीले एपमार्फत राइड सेवा लिन सक्ने व्यवस्थापक ज्याप सर्भिसेजका… Continue reading नेपाली स्टार्टअप टुटलले आजबाट आफ्नो सेवा पुनः सुरु गर्दै
बिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार गरेन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानका लागि एकदिवसीय अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित… Continue reading बिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार गरेन : प्रधानमन्त्री
आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर… Continue reading आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा
भुटान एयरको काठमाडौं उडान ३० भदौबाट सूचारु हुँदै
काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले ३० भदौदेखि काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यस्तो जानकारी दिएको हो । नेपालमा साताको चार उडान हुने भएको छ । आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक रुपमा चार… Continue reading भुटान एयरको काठमाडौं उडान ३० भदौबाट सूचारु हुँदै
काठमाडौं–लुक्ला रुटमा इनरूट वेदर क्यामरा जडान
काठमाडौं । मौसमी सूचना प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं–लुक्ला हवाई रुटमा इनरूट वेदर क्यामेरा जडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा मौसमी सूचना दिने क्यामेरा जडान गरेको हो । यसले गन्तव्य र प्रस्थान गर्ने विमानस्थलसँग रुटमा कस्तो मौसम छ भन्नेबारे प्रत्यक्ष जानकारी दिन्छ । प्राधिकरण र केन्द्रबीच अघिल्लो वर्ष यसबारे सम्झौता… Continue reading काठमाडौं–लुक्ला रुटमा इनरूट वेदर क्यामरा जडान
काठमाडौं विमानस्थलमा एकसाथ थपिए ५ सय ट्रली
काठमाडौं ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै पटक ५ सय ट्रली थप गरिएको छ । ब्यागेज ट्रली धेरै बिग्रिएको र त्यसले दुर्घटना हुन सक्ने गुनासो यात्रुहरुबाट भएपछि नयाँ ट्रली खरिद गरिएको विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिएका छन् । विमानस्थलमा अन्तर्राष्ट्रिय आगमनतर्फ पाँच सय नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको उनको भनाई छ । अब यात्रुको गुनासोको… Continue reading काठमाडौं विमानस्थलमा एकसाथ थपिए ५ सय ट्रली
५ वर्षसम्म १०९ मेगावाट विद्युत निर्यात गर्न भारतले दियो अनुमति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०९ मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको १०९ मेगावाट ५ वर्षसम्म बिक्रीका लागि अनुमति दिएको हो । नेपाल विद्युत प्राधिकरणले भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)लाई उक्त विद्युत प्रतियुनिट ५ वर्षसम्म ५.२५ भारू (८.४… Continue reading ५ वर्षसम्म १०९ मेगावाट विद्युत निर्यात गर्न भारतले दियो अनुमति
सरकारसँग तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात
काठमाडौं । सरकारले तीन महिनाको माग धान्ने खाद्यान्नको मौज्दात रहेको जनाएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कुल १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिए । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी… Continue reading सरकारसँग तीन महिनाको माग धान्ने खाद्यान्न मौज्दात
एक दिन पनि टिकेन नेप्सेको हरियाली, कारोबार तीन महिना यताकै कम
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ६४५ अंकले घटेर १९६१.३७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७७ कम्पनीको ७९करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार र उत्पादनमूलक… Continue reading एक दिन पनि टिकेन नेप्सेको हरियाली, कारोबार तीन महिना यताकै कम
सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश पुनसँग सीआईबीले लियो बयान
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ। ६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको हो। उनको दावा छिरिङसँगको सम्बन्ध रहेका कारण यसमा जोडिएको हुनसक्ने प्रहरीको बुझाइ छ। बयानपछि उनलाई कागज बनाएर छाडिएको छ। अनुसन्धानमा आवश्यक परेको खण्डमा उपस्थित शर्तमा उनलाई छाडिएको… Continue reading सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश पुनसँग सीआईबीले लियो बयान
चिनियाँ राष्ट्रपति ‘जी २०’ सम्मेलनमा नजाने, अमेरिकी राष्ट्रपति ‘निराश’
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन्पिङ सेप्टेम्बर ९ देखि १० मा दिल्लीमा हुने जी२० सम्मेलनमा सहभागी हुन भारत नजाने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सका अनुसार भारतको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री ली चियाङ उक्त सम्मेलनमा सहभागी हुन दिल्ली जाने छन्। चीनअघि रुसले पनि राष्ट्रपति भ्लादिमिर पुटिन जी२० सम्मेलनमा सहभागी हुन… Continue reading चिनियाँ राष्ट्रपति ‘जी २०’ सम्मेलनमा नजाने, अमेरिकी राष्ट्रपति ‘निराश’
१० हजार मेगावाट बिजुली बेच्ने बाटो खुल्यो, प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । गत साता बसेको भारतको मन्त्रिपरिषद्ले बैठकले नेपालसँग गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौतापत्र स्वीकृत गरेको हो । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतको मन्त्रिपरिषद् बैठकले नेपालसँग १० वर्षमा १० हजार मेगाबाट बिजुली किन्ने प्रस्ताव पारित गरेको… Continue reading १० हजार मेगावाट बिजुली बेच्ने बाटो खुल्यो, प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत
जंगली जनावरलाई राखेको धरापमा परी धनगढीमा एक महिलाको मृत्यु
काठमाडौं । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् ।… Continue reading जंगली जनावरलाई राखेको धरापमा परी धनगढीमा एक महिलाको मृत्यु
१३ निर्माण कम्पनी परे कालोसूचीमा
काठमाडौं । सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ… Continue reading १३ निर्माण कम्पनी परे कालोसूचीमा
भारतविरुद्ध नेपाली ब्याटिङको शाहसिक प्रदर्शन
काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले बलियो टेष्ट मुलुक भारतविरुद्ध शाशसिक ब्याटिङ गरेको छ । टस हारेर नेपालले पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन मात्र बनाउन सक्यो । नेपालका आशिफ शेखले अर्धशतक बनाए । सोमपाल कामी अर्धशतकबाट २ रन टाढा रहे । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा टस जितेको भारतका कप्तान रोहित… Continue reading भारतविरुद्ध नेपाली ब्याटिङको शाहसिक प्रदर्शन
एसिया कप क्रिकेट: भारतविरुद्ध आसिफ शेखको अर्धशतक
काठमाडौं । नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो । एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक… Continue reading एसिया कप क्रिकेट: भारतविरुद्ध आसिफ शेखको अर्धशतक
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी बने कुशल भुर्तेल
काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो । भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक सतक र ६ अर्धसतक बनाएका छन् । यसअघि रोहित पौडेल… Continue reading एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी बने कुशल भुर्तेल
शेयर बजारमा सुधार, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७० कम्पनीको १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading शेयर बजारमा सुधार, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं महानगर छिर्ने नाकामै पानीको जारको अनुगमन
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र बिक्रीका लागि ल्याइने जारको अनुगमन गर्न थालेको छ । महानगरमा बिक्री हुने पानीको गुणस्तरमा शंका देखिएपछि जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि प्रवेशद्वारमा नै छड्के अनुगमन गर्न थालेको हो । कागेश्वरी मनोहरा क्षेत्रमा भएका १ दर्जन बढी उद्योगको काठमाडौं महानगरपालिकाभित्र पानी बिक्री गर्दै आइरहेका छन् । आइतबार वडा नं… Continue reading काठमाडौं महानगर छिर्ने नाकामै पानीको जारको अनुगमन
काठमाडौं प्रशासनले भन्यो- ‘जथाभावी वक्तव्यबाजी नगर्नू’
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारीलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउन साथै सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । शनिबार राति काठमाडौं महानगरका मेयर बालेनको गाडी ट्राफिकले चेकजाँच गरेपछि उत्पन्न परिस्थितिलाई लक्षित गर्दै विज्ञप्ति जारी गरेको… Continue reading काठमाडौं प्रशासनले भन्यो- ‘जथाभावी वक्तव्यबाजी नगर्नू’
इतिहासमै पहिलो पटक आज नेपाल र भारत अन्तर्राष्ट्रिय क्रिकेटमा भिड्दै
काठमाडौं । नेपालले क्रिकेट खेल्न थालेको इतिहासमै पहिलो पटक छिमेकी मुलुक भारतसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ऐतिहासिक अवसर जुरेको छ । भारतको सिनियर टिमसँग अहिलेसम्म नेपालको भेट हुन सकेको छैन । भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भन्दा लामो समय भइसकेको छ । एसोसिएट टिम नेपालको यात्रा भने धेरै लामो छैन । नेपालले भारतका यू–१९… Continue reading इतिहासमै पहिलो पटक आज नेपाल र भारत अन्तर्राष्ट्रिय क्रिकेटमा भिड्दै
जोमसोम-पोखरा हवाइ सेवा पुनः सूचारु
काठमाडौं । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो। जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुई महिनापछि समिट एयरलायन्सले आइतबार तीनवटा उडान भरेको जानकारी दिए। ुमौसममा सुुधार र पर्यटकीय याम सुरू हुन… Continue reading जोमसोम-पोखरा हवाइ सेवा पुनः सूचारु