काठमाडौं । नेपाल–चीनबीचको एक मात्र स्थलमार्ग तातोपानी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । आठ वर्षपछि मानिस आवतजावत गर्न पाउने गरी नाका खुलाइएको हो । भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला गरिएको हो। नाका खुला… Continue reading ८ वर्षपछि खुल्यो तातोपानी नाका, चीनतर्फ जान स्थानीयको लाम
Author: Vishwanews.com
नेपालले बहराइनलाई १० विकेटले हरायो, १७ बलमै पूरा गर्यो लक्ष्य
काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनमाथि एकपछिय जित हासिल गरेको छ। शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दा १७ बलमानै लक्ष्य पूरा गरेको थियो। मलेसियामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएपछि नेपालले ३२ रनको लक्ष्य पाएको थियो।… Continue reading नेपालले बहराइनलाई १० विकेटले हरायो, १७ बलमै पूरा गर्यो लक्ष्य
कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दा आजका लागि सर्वोच्च अदालतमा हेर्न नमिल्ने भएको छ।मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तेस्रो नम्बरमा तोकिएको थियो। उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले नै कारण देखाऊ आदेश… Continue reading कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा
भोजपुर केन्द्रविन्दु भएर गयो भूकम्प
काठमाडौं । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा… Continue reading भोजपुर केन्द्रविन्दु भएर गयो भूकम्प
कंगोमा राष्ट्रसंघ विरुद्ध हिंसात्मक प्रदर्शन, कम्तिमा ४८ जना मारिए
काठमाडौं । पूर्वी कङ्गोमा संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्थानीय स्रोतले बिहीबार जनाएको छ । एएफपीलाई प्राप्त आधिकारिक दस्तावेजमा आक्रमण र हताहतको पुष्टि गरिएको छ । गत बुधबार कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । सुरुमा करिब १० जनाको… Continue reading कंगोमा राष्ट्रसंघ विरुद्ध हिंसात्मक प्रदर्शन, कम्तिमा ४८ जना मारिए
समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा
काठमाडौं । समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा गरिएको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना भइसकेको छ । मोर्चाले आज गण्डकीको पोखरामा सभा आयोजना गरेको छ । सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी… Continue reading समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा
हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडी २०२३
काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् । अर्जेन्टिनी खेलाडी लियोनल मेसी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै हालान्ड वर्षको उत्कृष्ट खेलाडी बने । गत सिजन… Continue reading हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडी २०२३
उपत्यका विभिन्न स्थानमा शनिबार विद्युत आपूर्तिे बन्द हुने
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले यस्तो जानकारी गराएको छ । काठमाडौंको रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणको भनाई… Continue reading उपत्यका विभिन्न स्थानमा शनिबार विद्युत आपूर्तिे बन्द हुने
उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उपप्रधामन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको बीरेन्द्र अस्पताल छाउनीमा भर्ना भएका थिए । उनको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सो अस्पतालका चिकित्सक डा. भरतबहादुर भण्डारीले जानकारी दिएका छन् । शल्यक्रियापछि अस्प्तालकै वार्डमा… Continue reading उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे
चीनले नयाँ नक्सा जारी गरेपछि मेयर बालेनले रद्द गरे भ्रमण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका छन्। बालेनले लेखेका छन्, हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका… Continue reading चीनले नयाँ नक्सा जारी गरेपछि मेयर बालेनले रद्द गरे भ्रमण
अमेरिकी संसदीय प्रतिनिधिमण्डले राष्ट्रपतिसँग गर्यो भेट
काठमाडौं । संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता गरेका हुन्। भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरूरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका… Continue reading अमेरिकी संसदीय प्रतिनिधिमण्डले राष्ट्रपतिसँग गर्यो भेट
सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो । चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका… Continue reading सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान
सुन तस्करीको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुग्यो
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एउटा टोली भारत पठाएको छ । सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई भारत पठाएको हो । थप अधिकृतलाई पनि भारत पठाउने तयारी भइरहेको समेत जनाइएको छ ।हङकङबाट ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन ३ साउनमा बरामद भएको थियो । १… Continue reading सुन तस्करीको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुग्यो
खाना पकाउने ग्यासहित बढयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको… Continue reading खाना पकाउने ग्यासहित बढयो पेट्रोलियम पदार्थको मूल्य
चीनमा बाढी पहिरो–कम्तिमा ४ जनाको मृत्यु, ४८ जना वेपत्ता
काठमाडौं । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अन्य ४८ जना बेपत्ता भएका छन् । राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार… Continue reading चीनमा बाढी पहिरो–कम्तिमा ४ जनाको मृत्यु, ४८ जना वेपत्ता
अमेरिकामा घातक आँधी, कम्तिमा तीन जनाको मृत्यु
काठमाडौं । अमेरिकामा समुद्री आँधी ‘इडालिया’का कारण तीन जनाको ज्यान गएको छ । दक्षिणपूर्वी क्षेत्रमा आँधीबाट तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा दुई जना मोटरसाइकल चालक र एक जना जर्जियाका नागरिक रहेका छन् । समुद्री आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि तुफानसहित ठूलो पानी परेको छ । तीव्र… Continue reading अमेरिकामा घातक आँधी, कम्तिमा तीन जनाको मृत्यु
गोसाइँकुण्डमा रक्षाबन्धनको अवसर पारी पुगे ४ हजार तीर्थालु
काठमाडौं । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन्।समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव… Continue reading गोसाइँकुण्डमा रक्षाबन्धनको अवसर पारी पुगे ४ हजार तीर्थालु
गाइजात्रा पर्व आज मनाइँदै
काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका खुवाउने चलन छ । यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन्… Continue reading गाइजात्रा पर्व आज मनाइँदै
आज जनै पूर्णिमा पर्व देशभर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन ९डोरो० बाँधेर मनाइँदै छ । तिथी घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र… Continue reading आज जनै पूर्णिमा पर्व देशभर मनाइँदै
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित
काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ । टोपे खोलामा आज बिहान खसेको पहिरोले मुग्लिन–नारायणगढ सडकमा यातायात असहज भएको हो । अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ । सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाएर नसकुन्जेलसम्म सवारी साधनहरुलाई… Continue reading पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित
एमसीसी कार्यान्वयनको दिनगन्ती सुरु
काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेको छ । अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात परियोजना कार्यान्वयन सुरु भएको हो । एमसीसी ईआईएफका लागि उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका थिए । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सम्झौता आदान प्रदानपश्चात पाँच… Continue reading एमसीसी कार्यान्वयनको दिनगन्ती सुरु
गाबोनमा सेनाले गर्यो सत्ता कब्जा
काठमाडौं । अफ्रिकी देश गाबोनमा सेनाले सत्ता कब्जा गरेको छ । सेना अधिकारीहरूले आफूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका बीबीसीले जनाएको छ । सेनाका अधिकारीहरूले गएको चुनावको नतिजा रद्द गरेको बताएका छन् । चुनाव आयोगले राष्ट्रपति अली बोङ्गो झन्डै दुई तिहाइ मतसहित विजयी भएको घोषणा गरेको थियो । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाएका… Continue reading गाबोनमा सेनाले गर्यो सत्ता कब्जा
एसिया कपमा पाकिस्तानसँग फराकिलो अन्तरले हार्यो नेपाल
काठमाडौं । एसिया कप २०२३ मा नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ। बुधबार भएको उद्घाटन खेलमा नेपाललाई घरेलु टिम पाकिस्तानले मुल्तान मैदानमा २३८ रनको फराकिलो अन्तरले पराजित गर्यो। पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो। नेपालका लागि आरिफ शेखले २६ रन, सोमपाल कामीले २८ रन… Continue reading एसिया कपमा पाकिस्तानसँग फराकिलो अन्तरले हार्यो नेपाल
सुन तस्करी प्रकरण: कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन छुटाउनको लागि उनीहरुले भुमिका निर्वाह गरेको आरोप महरा बाबु–छोरालाई लागेको… Continue reading सुन तस्करी प्रकरण: कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
सुन प्रकरणमा फरार किशोर बस्नेत भारतबाट पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भारतबाट एक जनालाई पक्राउ गरेको छ। अरु पक्राउ परेपछि भारत भागेका किशोर बस्नेतलाई सीआईबीले भारतबाटै पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेका संख्या २५… Continue reading सुन प्रकरणमा फरार किशोर बस्नेत भारतबाट पक्राउ
झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन दिन शेयर बजार मापक सूचक (नेप्से) २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७६ कम्पनीको १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ मंगलवार… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
समाजवादी मोर्चामा खटपट, धनगढीको पूर्वनिर्धारित सभा स्थगित
काठमाडौं । सरकार अमेरिकी सहयोग परियोजना(एमसीसी) कार्यान्वयनमा जाने भएपछि समाजवादी मोर्चामा खटपट देखिएको छ । राष्ट्रिय स्वाधिनताको कुरा छाडेर घोषणापत्रको मूल मर्मविपरीत अघि बढ्न खोजेपछि खटपट देखिएको नेकपा नेताले बताए । आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको थियो । भेटमा विप्लवले एमसीसी कर्यान्वयनमा जाने भएपछि हामीसँगै सभामा जान सक्दैनौं… Continue reading समाजवादी मोर्चामा खटपट, धनगढीको पूर्वनिर्धारित सभा स्थगित
न्याय नपाएपछि पेट्रोल छर्किएर आत्मदाहको प्रयास
काठमाडौं । गुल्मी जिल्लामा प्रहरी प्रशासन कार्यालय अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि न्याय माग्न आएका ती पीडितले न्याय नपाएपछि आफ्नै शरीरमा पेट्रोल छरेर आत्मदाह प्रयास गरेका हुन् । प्रहरी कार्यालयअगाडि रहेको भीडमाझ उनले आत्मदाहको प्रयास गरिरहँदा अन्य मानिसले शरीरबाट आगो हटाएर उनलाई जोगाएका थिए । केहीले उनलाई बचाउन… Continue reading न्याय नपाएपछि पेट्रोल छर्किएर आत्मदाहको प्रयास
त्रिभुवन विमानस्थलका १३७ कर्मचारीले मागे सामूहिक सरुवा
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ जना कर्मचारीहरूले सामूहिक सरुवा मागेका छन् । पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सरुवा मागेका हुन् । विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिक रूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न… Continue reading त्रिभुवन विमानस्थलका १३७ कर्मचारीले मागे सामूहिक सरुवा
डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधि
काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा. गुरुङलाई उपाधिसहित सम्मान समर्पण गरिएको हो । कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमशेर जबरा, विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम पूर्वमन्त्री दिनबन्धु… Continue reading डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधि