काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा. गुरुङलाई उपाधिसहित सम्मान समर्पण गरिएको हो । कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमशेर जबरा, विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम पूर्वमन्त्री दिनबन्धु… Continue reading डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधि
Author: Vishwanews.com
नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन, एसिया कपमा पाकिस्तानको सामना गर्दै
काठमाडौं । नेपाली क्रिकेट इतिहासमा आजको दिन महत्वपूर्ण रुपमा लेखिँदैछ । नेपाले पहिलो पटक एसिया कपको १६ औं संस्करणमा डेब्यू गर्दैछ । जसमा पहिलो खेल नेपाल र पाकिस्तान खेल्दा विश्वको नम्बर १ टोलीसँग नेपालको भेट हुँदैछ । एकदिवसीय क्रिकेटमा पाकिस्तान वरियताको शीर्ष स्थानमा छ । पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ।… Continue reading नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन, एसिया कपमा पाकिस्तानको सामना गर्दै
चन्द्रयानको खोज : चन्द्रमामा अक्सिजन र खनिज पदार्थको संकेत भेटियो
काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ रहेको सङ्केत चन्द्रयान–३ को रोभरले फेला पारेको जनाएको छ । गएको बुधवार अर्थात् अगष्ट २३ तारिखमा चन्द्रमाको अनुसन्धानका लागि दक्षिणी ध्रुवमा चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो । चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता… Continue reading चन्द्रयानको खोज : चन्द्रमामा अक्सिजन र खनिज पदार्थको संकेत भेटियो
साउदीमा समस्यामा परेर स्वदेश फर्कने नेपालीको संख्या बढ्दै
काठमाडौं । साउदी अरबमा समस्यामा परेर नेपाल फर्कने कामदारको संख्या बढ्न थालेको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार अगस्ट (साउन १६ देखि भदौ २९ सम्म) महिनामा मात्रै समस्यामा परेर स्वदेश फर्किन दूतावासमार्फत २१५ जनाले ‘एक्जिट’ भिसा लगाएका छन् । दूतावासका अनुसार अगस्ट ३ मा ७९ जनाले, अगस्ट १० मा ४१ जनाले, अगस्ट २२ मा ५८… Continue reading साउदीमा समस्यामा परेर स्वदेश फर्कने नेपालीको संख्या बढ्दै
नेपालमा बरामद सुनबारे हङकङ पुगेर अध्ययन गर्दै सीआइबी
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक जना अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाउने भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए। एसएसपी आचार्य चाँडै आचार्य… Continue reading नेपालमा बरामद सुनबारे हङकङ पुगेर अध्ययन गर्दै सीआइबी
अमेरिकी अनुदानको कार्यक्रम एमसीसी आजबाट कार्यान्वयनमा
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आजदेखि कार्यान्वयनमा जाँदैछ । बुधबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा गएको घोषणा गर्ने तयारी छ । कार्यक्रमका लागि एमसिसीका सम्झौता कार्य-सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून एलफोर्ड काठमाडौंमा छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको नेतृत्वदायी भूमिका रहेको एमसिसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको जनाएको… Continue reading अमेरिकी अनुदानको कार्यक्रम एमसीसी आजबाट कार्यान्वयनमा
अरुणाञ्चलसमेत समेटेर चीनले निकाल्यो नयाँ नक्सा, भारतको प्रतिक्रिया के ?
काठमाडौं । चीनले सोमवार नयाँ नक्सा जारी गरेको छ। त्यसलाई आफ्नो ‘प्रचलित नक्सा’ बताएको बेइजिङले अरुणाचल प्रदेश र अक्साई चीनलाई पुनः एकपटक चीनको हिस्साको रूपमा उल्लेख गरिएको छ । चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा प्रस्तुत गरिएको छ। उक्त नक्सा सार्वजनिक गर्दै चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अङ्ग्रेजी दैनिक… Continue reading अरुणाञ्चलसमेत समेटेर चीनले निकाल्यो नयाँ नक्सा, भारतको प्रतिक्रिया के ?
कुवेतमा नेपाली डाक्टरलाई रोजगारीमा पठाउने विज्ञापन गरेका दुई म्यानपावर कम्पनी निलम्बित
काठमाडौं । स्वीकृति नै नलिई सामाजिक सञ्जालमार्फत झुटो विज्ञापन गर्नुका साथै अन्य गैरकानुनी गतिविधि गरेको पाइएपछि वैदेशिक रोजगार विभागले दुई म्यानपावरलाई निलम्बन गरेको छ । विभागको स्वीकृति बिना सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली डाक्टरहरूलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झुटो विज्ञापन गरेको पाइएपछि ओमेगा इन्टरनेशनल प्रालिलाई विभागले निलम्बन गरेको छ । यसका साथै सीपयुक्त व्यक्तिहरूलाई व्यक्तिगत रूपमा… Continue reading कुवेतमा नेपाली डाक्टरलाई रोजगारीमा पठाउने विज्ञापन गरेका दुई म्यानपावर कम्पनी निलम्बित
तीन दिनदेखि नेपाली सेनाका मेजर सम्पर्कविहिन
काठमाडौं । दुई दिनदेख वेपत्ता नेपाली सेनाका मेजर विमल पण्डित अझै वेपत्ता छन् । उनी नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका गुल्मपति हुन् । आइतबार साँझदेखि सम्पर्कविहीन भएका पण्डित अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिएका छन् । उनी हराएको जानकारी पाउँनसाथ खोजिकार्य गरिरहेको समेत पोखरेलले जनाएका छन् । उनी आइतबार… Continue reading तीन दिनदेखि नेपाली सेनाका मेजर सम्पर्कविहिन
‘प्रधानमन्त्रीले गठबन्धनका सांसद बजाउन आएका हुन् भन्ने नसोच्नू’
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनका नाममा एकसाथ ७९ विधेयक संशोधन गर्न खोजेर संसद्को अधिकार खोसिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले यो गलत प्रक्रियालाई हटाउन आग्रह गरे । ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गर्दै उनले गठबन्धनका सांसद थपडी बजाउन… Continue reading ‘प्रधानमन्त्रीले गठबन्धनका सांसद बजाउन आएका हुन् भन्ने नसोच्नू’
झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ३ महिना यताकै कम
काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दुई दिनमै ५१ अंकले घटेर सोमबार ५ अंकले बढेको नेप्से फेरि आज ५ अंकले नै घटेको हो । मंगलबार नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ विन्दुमा आइपुगेको छ । यसदिन २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ । सूचकसँगै आज करोबार… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ३ महिना यताकै कम
इमरान खानलाई रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौं । इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ। तोशाखाना मामिलामा ट्रायल कोर्टले खानलाई ३ वर्षको सजाय सुनाएको थियो। उच्च अदालतले भने आज इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको हो। हाल इमरानलाई एट्टक जेलमा राखिएको छ।अदालतले खानलाई सुनाइएको जेल सजाय पनि निलम्बनमा राख्न फैसलामा भनेको छ। अगस्ट ५ मा… Continue reading इमरान खानलाई रिहा गर्न उच्च अदालतको आदेश
भक्तपुरको रिसोर्टमा नाबालिगको ‘बलात्कार’
काठमाडौं ।नाबालिगको बलात्कार आरोपमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी पक्राउ परेका छन् । १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा भण्डारीलाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । उनी काठमाडौंको नरेफाँटमा बस्दै आएका थिए । गएको आइतबार दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–९, पलासेस्थित रिसोर्टमा भण्डारीले ती किशोरीको बलात्कार गरेको आरोप छ ।
ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरे
काठमाडौं । नवलपुरमा भैँसी बोकेको ट्रक पल्टिँदा भैँसी र पाडा मरेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिँदा १७ भैँसी र पाडा मरेका हुन्। कपिलवस्तुको चनौटाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक मंगलबार बिहान सवा ६ बजेतिर खाल्डोमा परेर पल्टिएको नवलपुर प्रहरीले जनाएको छ। भैँसी र… Continue reading ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरे
‘एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट दिँदैन’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै उनले परापुर्वकालदेखि चलिआएको सामाजिक एकतालाई खलल पुग्नेखालको कुनैपनि किसिमका कार्य हुन नदिन सरकार दृढ रहेको बताए। नले सामाजिक… Continue reading ‘एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट दिँदैन’
आजदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै, काठमाडौं ट्रान्जिट
काठमाडौं । नेपाल एयरलाइन्सले आजबाट भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोड्दैछ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा उडान हुन लागेको हो । यो विमानस्थलमा नेपाल एयरलाइन्सले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान समेत गरिरहेको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाइने भएको… Continue reading आजदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै, काठमाडौं ट्रान्जिट
ड्रुक एयरले पारोबाट पोखरामा सिधा उडान गर्दै
काठमाडौं । भुटानको वायुसेवा कम्पनी रोयल भुटान (ड्रुक एयर)ले भुटानको पारो विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ । उसले चार्टर्ड उडानका लागि अनुमति मागेको हो । रोयल भुटानले आगामी भदौ २३ गते (सेप्टेम्बर ९ देखि) चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणका अनुसार वायुसेवाले चार्टर्ड उडानको रिपोर्ट… Continue reading ड्रुक एयरले पारोबाट पोखरामा सिधा उडान गर्दै
समाजवादी मोर्चाको आज बुटवलमा आमसभा
काठमाडौं । समाजवादी मोर्चाले मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा आमसभा आयोजना गर्ने भएको छ । दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यस्तो सभा गरिने छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका… Continue reading समाजवादी मोर्चाको आज बुटवलमा आमसभा
बेलायतमा किन रद्द भए एकसाथ हजारौं उडान ?
काठमाडौं । ब्रिटेनको एयर ट्राफिक कन्ट्रोलको सिस्टममा खराबी आएसँगै हजारौं उडान रद्द भएका छन् । यसको मारमा ठूलो संख्यामा यात्रु परेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । ब्रिटेनको एयर ट्राफिक कन्ट्रोल सम्हाल्ने नेट्सका अनुसार फ्लाइट्ससँग सम्बन्धित प्लानिङ गर्ने सिस्टम बिग्रिएर यो समस्या आएको हो । फ्लाइट्सको आउने जाने प्लानिङ बिना सिस्टम नै गर्नु परेपछि उडानहरु प्रभावित… Continue reading बेलायतमा किन रद्द भए एकसाथ हजारौं उडान ?
इराकमा २०१६ को बम काण्डका दोषिलाई फाँसी, जहाँ मारिएका थिए ३००
काठमाडौं । इराकले ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी २०१६ मा बग्दादमा भएको बम विस्फोटका दोषिलाई फाँसीको सजाय दिएको छ । तीन जनालाई इराकमा मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यो घटना २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणयताको सबैभन्दा घातक थियो । घटनाको इस्लामिक स्टेट समूह (आईएस)ले जिम्मा लिएको थियो । इराकका प्रधानमन्त्री… Continue reading इराकमा २०१६ को बम काण्डका दोषिलाई फाँसी, जहाँ मारिएका थिए ३००
आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुँदैछ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार सो कार्यक्रम हुन लागेको हो । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन् । संसद सचिवालयका अनुसार एक… Continue reading आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
गगनको आक्रमक स्टाटस : भ्रष्टाचार विरुद्ध पार्टी नहेरौं
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आक्रमक स्टाटस सार्वजनिक गरेका छन् । उनले शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको नेक्सस बनिरहेको भन्दै त्यसको कडा शब्दमा आलोचना गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एकपछि अर्को काण्ड सार्वजनिक भइरहेको सन्दर्भ निकाल्दै महामन्त्री थापाले संरचनागत संयन्त्रहरूमा देखिएको लुपहोलका कारण भ्रष्टाचार मौलाएको उल्लेख गरेका… Continue reading गगनको आक्रमक स्टाटस : भ्रष्टाचार विरुद्ध पार्टी नहेरौं
ओलीको चूनौति : यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट काण्डको छानविन गर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् । ‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर… Continue reading ओलीको चूनौति : यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट काण्डको छानविन गर
नेपालका ५ क्रिकेटरको नाम बिग ब्यास लिगको ड्राफ्टमा
काठमाडौं । नेपाली क्रिकेट टोलीका ५ खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन् ।लामिछानेले पहिले नै बिग ब्यास खेलिसकेका छन् । देव खनाल नेपालका यू–१९… Continue reading नेपालका ५ क्रिकेटरको नाम बिग ब्यास लिगको ड्राफ्टमा
रास्वपाले फिर्ता लियो संसदीय समिति सभापतिमा दिएको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ। उद्योग तथा वाणिज्य समितिमा रास्वपाले उम्मेदवारी दिएको थियो। रास्वपाले गणेश पराजुलीलाई उम्मेदवार बनाएको थियो। जनमत पार्टीका उम्मेदवार पनि केही गर्छु भनेर राजनीतिमा आएकोले निर्विरोध उनलाई काम गर्न दिने सहमति पार्टीभित्र भएको जनाइएको छ ।
चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, के-के थपियो सुविधा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन संशोधन गरेको छ । चालू आर्थिक बर्षको मौद्रिक नितीमा गरिएको प्रतिवद्धता अनुसार राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन संशोधन गरेको हो । संशोधन अनुसार एक करोडको सिमालाई ३ करोड कयम गरिएको छ । अब समग्र प्रणालीबाट एक करोड ऋण लिएकाहरुले त्यस्तो ऋण ३ करोड… Continue reading चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, के-के थपियो सुविधा ?
उपत्यकामा जनैपूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाउने
काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय सरकार तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका छन्। भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेको छ। ललितपुरका केही सांस्कृतिक संस्थाले १३ गते रक्षाबन्धन एवम् जनैपूर्णिमा र १४… Continue reading उपत्यकामा जनैपूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाउने
झिनो अंकले बढ्यो नेप्से, एक अर्ब पनि पुगेन् कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५.९ अंकले बढेर १९९८.४८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २७९ कम्पनीको ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहमहरु मध्ये ९… Continue reading झिनो अंकले बढ्यो नेप्से, एक अर्ब पनि पुगेन् कारोबार
अमेरिकी परियोजना एमसीसीको ५ वर्षे गणना मंगलबारबाट सुरु हुने, पुरा नभए अनुदान फिर्ता
काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मङ्गलबार (भदौ १२)बाट गणना थालिने भएको छ । यो अवधिबाट ५ वर्षको बीचमा परियोजनाको काम सम्पन्न हुनुपर्छ । नभए अनुदान फिर्ता जान्छ । एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) ले मङ्गलबारदेखि एमसिसी कार्यान्वयनमा जाने बताएको… Continue reading अमेरिकी परियोजना एमसीसीको ५ वर्षे गणना मंगलबारबाट सुरु हुने, पुरा नभए अनुदान फिर्ता
‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’
काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरी आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएको छ । वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने परिसंघको भनाइ छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक… Continue reading ‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’