बंगलादेशको एक कम्पनीले आफ्ना सात सय कर्मचारीलाई एक साथ नेपाल भ्रमणमा पठायो

काठमाडौं । बंगलादेशको एक कम्पनीले आफ्नो उद्योगभित्रका ७०० कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ । बंगलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको हो । बंगलादेशभर २ लाख भन्दा बढी कर्मचारी रहेको यो ग्रुपले ‘डिलर एण्ड सेल्स कन्फ्रेन्स’ नाममा यो भ्रमण राखेको हो । शुक्रबार १७५ जनाको पहिलो… Continue reading बंगलादेशको एक कम्पनीले आफ्ना सात सय कर्मचारीलाई एक साथ नेपाल भ्रमणमा पठायो

श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

काठमाडौं । सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरदसिंह भण्डारीले विभागबाट हुने सम्पूर्ण सेवा प्रवाहका कार्यको अनलाइन शुभारम्भ गरे। विभागले उक्त प्रणालीमार्फत विभाग तथा मातहत निकायबाट प्रवाह हुने सेवा अनलाइनबाट प्रदान गर्न थालेको छ। ट्रेड… Continue reading श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २२.५ प्रतिशत

काठमाडौं । सरकारको ढुकुटीमा १५ खर्ब ३९ अर्ब ३६ करोड विदेशी विनिमय सञ्चिति रहेको छ। राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार एक वर्षमै मुलुकको कूल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भएको हो। २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब रुपैयाँबराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ।… Continue reading विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २२.५ प्रतिशत

एक नेपालीको थाप्लोमा ७६ हजारभन्दा बढी ऋण

काठमाडौं । नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार २०८० असार मसान्तसम्म नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अर्थात् प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रुपैयाँभन्दा बढी ऋण परेको छ… Continue reading एक नेपालीको थाप्लोमा ७६ हजारभन्दा बढी ऋण

व्यापार घाटा साढे १४ खर्ब, भारततर्फ निर्यात ३१.३ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालको वैदेशिक व्यापार घाटा १५.५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टले व्यापार घाटा १५.५ प्रतिशतले कमी आई रु.१४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको देखाएको हो । अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो।… Continue reading व्यापार घाटा साढे १४ खर्ब, भारततर्फ निर्यात ३१.३ प्रतिशतले घट्यो

शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा… Continue reading शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा

एक वर्षमा १२ खर्ब २० अर्ब भित्रियो रेमिट्यान्स

काठमाडौं । नेपालमा पछिल्लो एक वर्षमा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको हो । यस आवमा अघिल्लो आवको तुलनामा २१.२ प्रतिशतले विप्रेषण वृद्धि भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको… Continue reading एक वर्षमा १२ खर्ब २० अर्ब भित्रियो रेमिट्यान्स

दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने दुई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र दुई कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागले ऐन र नीतिविपरीत अवैधानिक विज्ञापन गरेकाले ऐन अनुसार दुई–दुई लाख रुपियाँ जरिबाना गरेको हो । विभागले स्वीकृतिबिना सामाजिक सञ्जालको प्रयोग गरी नेपाली युवालाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै विज्ञापन गरेको तथा राहदानी… Continue reading दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना

विदेशबाट फर्किएका युवालाई माओवादीले तीन महिने अभियानमा जोड्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ सङ्गठन गठन गरेको थियो। विदेशबाट फर्किएका सबै युवालाई पार्टी निर्माणमा केन्द्रित गर्ने गरी वडा खटिने रिटर्नी सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले बताएका छन् । रिटर्नी सेन्टरको इन्चार्जको जिम्मेवारी पाएका लक्ष्मणदत्त पन्तले बिहीबार… Continue reading विदेशबाट फर्किएका युवालाई माओवादीले तीन महिने अभियानमा जोड्ने

शनिबार काठमाडौंको धेरै स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं । शनिबार काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने भएको हो। टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको अहिलेको १३२ केभी… Continue reading शनिबार काठमाडौंको धेरै स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने

ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको छ । ५६ वर्षीया पास्कल फेरियरलाई अदालतले २६२ महिना (झण्डै २२ वर्ष) जेल सजायँ सुनाएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि… Continue reading ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल

बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प… Continue reading बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

रुकुममा छुट्टाछुट्टै स्थानमा भेटियो दुई शव

काठमाडौं । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक… Continue reading रुकुममा छुट्टाछुट्टै स्थानमा भेटियो दुई शव

साउदीमा विद्युतीय राहदानीका लागि चलाइयो शिविर

काठमाडौं । साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयले राजधानी रियादबाट १३ सय किलोमिटर टाढा रहेको ताबुकमा आयोजित राहदानी शिविरबाट ३ सय ९१ जनाको विद्युतीय राहदानीको फाराम संकलन गरेको छ । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, ताबुकको संयोजकत्वमा महावाणिज्यदूतको कार्यालयले राहदानी शिविर गर्न टोली खटाएको हो । ‘ताबुकबाट रियाद वा जेद्दा जान–आउन निकै कठिन थियो… Continue reading साउदीमा विद्युतीय राहदानीका लागि चलाइयो शिविर

मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । मलेसियाको मध्य सेलान्गोर राज्यमा आज बिहीवार एक सानो निजी विमान सडकमा ठोकिँदा १० जनाको ज्यान गएको छ । विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले बताए । मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर विमानमा छ जना… Continue reading मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । अब श्रमिकले मासिक १७ हजार ३०० पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका… Continue reading सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक

दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हट्‍यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्यानले उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन थप कडाइ गरेको छ। क्यानले बिहिबार सार्वजनिक गरेको ४ बुुँदे निर्णय अनुसार दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हटाईएको छ । नेपालमा हुने हवाई दुर्घटना मौसम खराबीका कारण हुने गरेको भन्दै प्राधिकरणले मनसुन अवधिभर बिहान ६ बजेदेखि दिउँसो १२… Continue reading दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हट्‍यो

पानीको जार र बोतलमा सरकारले तोकेभन्दा बढी मूल्य नलिन आग्रह

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । संघले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । संघका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा… Continue reading पानीको जार र बोतलमा सरकारले तोकेभन्दा बढी मूल्य नलिन आग्रह

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम झनै खुम्चियो

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ८.०१अंकले बढेर २०३३.१३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २७१ कम्पनीको १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम झनै खुम्चियो

सन्दीपको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन यकिन गर्न आदेश दिएको छ। पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुईवटा देखिएपछि इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो । गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च… Continue reading सन्दीपको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश

कन्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तिको ज्यान गयो

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । “राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर… Continue reading कन्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तिको ज्यान गयो

कोलम्बियामा बढ्यो नरसंहारका घटना, राष्ट्रसंघ चिन्तित

काठमाडौंं । संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन् । सरकार र सशस्त्र समूहबीचको युद्धविरामका बाबजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्र सङ्घले जनाएको छ । मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति… Continue reading कोलम्बियामा बढ्यो नरसंहारका घटना, राष्ट्रसंघ चिन्तित

महिला विश्वकपको फाइनल समिकरण पुरा

काठमाडौं । फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । यो महिला विश्वकपमा नयाँ टोली च्याम्पियन बन्ने भएको… Continue reading महिला विश्वकपको फाइनल समिकरण पुरा

रास्वपाले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने भएको छ । रास्वपाले आयोगमा रहने पदाधिकारी र सदस्य मागेको छ । पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७… Continue reading रास्वपाले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने

अमेरिकी कांग्रेस वमन ग्रेस मींगसँग जिपी कोईराला फाउन्डेशन अमेरिकाले गर्यो भेट

न्यूयोर्क । गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिकी च्याप्टरको एक प्रतिनिधिमडलले न्यूयोर्कबाट हाउस कांग्रेसमा प्रतिनिधि कांग्रेस वमन ग्रेस मींगसँग भेटवार्ता गरेको छ । फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको नेतृत्वमा मंगलबार गएको प्रतीनिधि मण्डलले न्युयोर्क-फ्लसींग स्थित कांग्रेस वमनको कार्यालयमा भेट गरेको हो । भेटमा नेपाली आप्रवासीका विविध समस्या तथा समसामयिक विषयमा छलफल भएको थियो । फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको… Continue reading अमेरिकी कांग्रेस वमन ग्रेस मींगसँग जिपी कोईराला फाउन्डेशन अमेरिकाले गर्यो भेट

कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा। चन्द्र भण्डारीको हात र पछाडिको भागको शल्यक्रिया भएको छ । झन्डै छ महिना पहिले बुद्धनगरमा रहेको आफ्नै निवासको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगलागीमा परि घाइते भएका उनको आज बुधवार कीर्तिपुरको बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो । अस्पतालका प्लास्टिक सर्जन… Continue reading कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया

बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….

काठमाडौं । बीमाको रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले बीमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री… Continue reading बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….

विमानस्थलको सुरक्षा प्रवन्धबारे प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थाबारे चासो राखेका छन् । उनले यसको सुरक्षा व्यवस्थामा व्यापक हेरफेरको आवश्यकता रहेको समेत बताए । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन… Continue reading विमानस्थलको सुरक्षा प्रवन्धबारे प्रधानमन्त्रीको चासो

‘स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा पाइँदैन’- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले विदेश जाने बित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त हुन… Continue reading ‘स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा पाइँदैन’- अर्थमन्त्री

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । डिजेलको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको भाउ प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो । सो लगत्तै विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक सवारीसाधनमा ४.७० प्रतिशत भाडा बढाएको… Continue reading सार्वजनिक यातायातको भाडा बढ्यो