काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) २०.३१अंकले घटेर २०२५.१२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६९कम्पनीको १ अर्ब ६९ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहको परिसूचक ओरालो… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट
Author: Vishwanews.com
एमाले अध्यक्ष ओलीलाई सदनको अवरोध अन्त्य गर्न राष्ट्रपति पौंडेलको सुझाव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको थियो । लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाएका थिए । दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न… Continue reading एमाले अध्यक्ष ओलीलाई सदनको अवरोध अन्त्य गर्न राष्ट्रपति पौंडेलको सुझाव
एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ पाउने भएका छन्। उक्त अवार्ड दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा आगामी ७ अक्टोबरमा चौधरीलाई हस्तान्तरण गरिनेछ। एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ। यस अवार्डबाट यसअघि आर्ट अफ… Continue reading एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई
चर्चित भारतीय गायक अरिजितले नेपालमा आफ्नो प्रस्तुति दिने
काठमाडौं । चर्चित भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् । गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले आयोजना गर्ने अरिजीत सिंह लाइभ इन नेपालका लागि उनी मंसिर ९ मा नेपाल आउनेछन् । हायात ग्राउन्डमा हुने लाइभ कार्यक्रममा अरिजीत नेपाली प्रशंसकहरूबीच गुञ्जने छन् । सिंहका थुप्रै गीतहरु चर्चित छन् । अगर तुम साथ हो, कबिरा, तु… Continue reading चर्चित भारतीय गायक अरिजितले नेपालमा आफ्नो प्रस्तुति दिने
मन्त्रालयको योजना अनुसार काठमाडौं ‘खाल्डाखुल्डी’रहित बन्ला ?
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगत्तै ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् । खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातका कारण काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिने गरेका छन्… Continue reading मन्त्रालयको योजना अनुसार काठमाडौं ‘खाल्डाखुल्डी’रहित बन्ला ?
कित्ताकाट खुल्दा अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?
काठमाडौं । समग्र अर्थतन्त्रमै शिथिलता आएपछि सरकारले वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था हटाएको छ । गत वर्षको मंसिर २३ देखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब जग्गाको कित्ताकाट पुरानै नीतिनियम अनुसार हुनेछ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली २०७९ संशोधन गरी उक्त व्यवस्था गरेको… Continue reading कित्ताकाट खुल्दा अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?
भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण सम्पन्न
काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सब-स्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सब-स्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनले एक… Continue reading भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण सम्पन्न
सर्वसाधारणको घरमा भेटिएको क्वार्ज क्रिष्टललाई अब गोरखा दरबारमा राखिने
काठमाडौं । गोरखामा भेटिएको टल्कने ढुंगा (क्वार्ज क्रिष्टल) लाई गोरखा दरबारमा राखिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ढुंगा गोरखा दरबारमा राख्ने निर्णय गरेको हो । १४ असारमा प्रहरीले गोरखा नगरपालिका सतिपीपलस्थित राममाया शाहीको घरबाट एउटा टल्किने ढुंगा बरामद गरेको थियो । शाही परिवारले पुस्तौंदेखि पूजा गर्दै आएको सो ढुंगा बिक्री गर्न लागेको… Continue reading सर्वसाधारणको घरमा भेटिएको क्वार्ज क्रिष्टललाई अब गोरखा दरबारमा राखिने
पारस खड्का बने काठमाडौं क्रिकेट संघको सदस्य
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् । काठमाडौं… Continue reading पारस खड्का बने काठमाडौं क्रिकेट संघको सदस्य
डिजेट र पेट्रोलमा भारी मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल\मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज… Continue reading डिजेट र पेट्रोलमा भारी मूल्यवृद्धि
कक्षा १२ को परिक्षाफल सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने… Continue reading कक्षा १२ को परिक्षाफल सार्वजनिक
प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भएका छन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका हुन् । उनी त्यतैबाट चीन भ्रमणमा जाने तयारी समेत भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज)… Continue reading प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने
दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७७ कम्पनीको २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार
७ प्रतिशत घट्यो धान रोपाइँ, मधेशमा अझै एकतिहाई क्षेत्रमा हुन सकेन
काठमाडौं । मुलुकभर ८७ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेश सरकारसँगको समन्वयमा तयार गरिएको साउन २६ गते सम्मको तथ्याङ्कअनुसार हालसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले जानकारी दिए । गत वर्ष यही समयमा देशभर ९४ प्रतिशत धान… Continue reading ७ प्रतिशत घट्यो धान रोपाइँ, मधेशमा अझै एकतिहाई क्षेत्रमा हुन सकेन
हज यात्राका लागि आवेदन खुल्यो, १२ सय जनाको कोटा निर्धारण
काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिन आग्रह गरेको छ । सन् २०२४ (हज १४४५) का लागि नेपालबाट १२ सयजना इस्लाम धर्मावलम्वीहरूका लागि हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा आएको छ । नेपाल हज समितिले मंगलबार एक सूचना जारी गर्दै हज गर्न चाहने इच्छुक मुस्लिम धर्मावलम्बीले साउन… Continue reading हज यात्राका लागि आवेदन खुल्यो, १२ सय जनाको कोटा निर्धारण
गालेपछि फेरि घट्यो हङकङबाट भित्रिएको अवैध सुन, अब ६० किलो ७१६ ग्राम
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ । सुन ब्रेक सुसहित १५५ किलो र निकाल्दा ६०… Continue reading गालेपछि फेरि घट्यो हङकङबाट भित्रिएको अवैध सुन, अब ६० किलो ७१६ ग्राम
विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम इजाजत पाउने
काठमाडौं । विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली ९आईएलएमआईएस० सञ्चालनको तयारी भइरहेको छ । १ भदौदेखि यसलाई कार्यान्वयनमा ल्याइने भएको छ । यो प्रणाली… Continue reading विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम इजाजत पाउने
लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू
काठमाडौं । रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ । योजनाले ३.८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो । गोसाइकुण्ड गाउँपालिका( ५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको पावर हाउससम्म गुरुङ निर्माण गरिएको आयोजना निर्माण पक्ष आरएम ग्रुपका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए । आयोजना निर्माणको काम… Continue reading लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू
भारतको हिमाचलमा बाढी, कम्तिमा ५० जनाको मृत्यु
काठमाडौं । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र… Continue reading भारतको हिमाचलमा बाढी, कम्तिमा ५० जनाको मृत्यु
रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए
काठमाडौं । रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा १२ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यद्यपि मृतकको सङ्ख्याबारे स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । चिकित्सकलाई उद्धृत गरिएको एक अपुष्ट रुसी विवरणका अनुसार मृत्यु हुनेको सङ्ख्या करिब २५ पुगेको छ र ६० जनाभन्दा… Continue reading रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा बैंकका ६ कर्मचारी पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमडा गौतम तथा दीपक विष्ट रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ… Continue reading शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा बैंकका ६ कर्मचारी पक्राउ
ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ गरेको छ। ब्युरोले उनलाई बोलाएर बालुवाटारको ललिता निवास प्रकरणमा उनको संलग्नताबारे सोधपुछ गरेका हो । पौड्यालले २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्य सचिव थिए। गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका… Continue reading ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ
मुगुमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं २ रिप गाउँका छन् । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो । प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा… Continue reading मुगुमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु
यस्तो छ भारत र पाकिस्तानसँग भिड्ने नेपाली क्रिकेट टीम
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ। एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ। एसिया कपअघि नेपालले अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्नेछ।… Continue reading यस्तो छ भारत र पाकिस्तानसँग भिड्ने नेपाली क्रिकेट टीम
२९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्ति लगायतका माग राखेर २९ भदौमा अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि अनशन बस्ने घोषणा गरे पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको केसीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको… Continue reading २९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा
धरानमा डेंगुको महामारी, ११ जनाको मृत्यु
काठमाडौं । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो ।धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए । डेंगुका कारण… Continue reading धरानमा डेंगुको महामारी, ११ जनाको मृत्यु
सुन काण्डमा उच्चस्तरीय समिति नचाहिने सत्तारुढ दलको निष्कर्ष
काठमाडौं । सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निष्कर्ष निकालेको हो । उच्चस्तरीय आयोग माग्नु भनेको भइरहेको अनुसन्धानलाई डाइल्युट गर्नु भन्ने निष्कर्ष पार्टीहरुको छ । त्रिभुवन विमानस्थल… Continue reading सुन काण्डमा उच्चस्तरीय समिति नचाहिने सत्तारुढ दलको निष्कर्ष
एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताको लागि स्थगित भएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते १ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।
‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा राखिने
आइतबार बसेको सर्वपक्षीय बैठकले गोरखा नगरपालिका-७, सतिपीपलस्थित राममाया शाहीको घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ । घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले बाहिर नपठाउने निर्णय भएको हो । किष्टललाई समयसमयमा आफूहरुले… Continue reading ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा राखिने
‘कर तिरेर जति पनि सुन ल्याउन दिऔं’
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिए तस्करी नियन्त्रण हुने दाबी गरेका छन् । संसदीय दलको बैठकमा उनले सुन धेरै तस्करी हुन थालेकाले कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा भने, ‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला… Continue reading ‘कर तिरेर जति पनि सुन ल्याउन दिऔं’