काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले स्मृति दिवस मनाउँदैछन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेका छन् । नेकपा… Continue reading कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस आज
Author: Vishwanews.com
इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि आज भारत र पाकिस्तान ‘ए’ टोली खेल्दैछन् । फाइनल खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा दुई बजे शुरु हुनेछ । पहिलो सेमिफाइनलमा पाकिस्तान घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै र भारत दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा पुगेको हो ।… Continue reading इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै
कुन स्थानमा आउनेछ आज ठूलो वर्षा ?
काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ् सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि… Continue reading कुन स्थानमा आउनेछ आज ठूलो वर्षा ?
धनुषास्थित नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानेर हत्या
काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या गरिएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । धनुषा प्रहरी समेत घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको… Continue reading धनुषास्थित नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानेर हत्या
महिला विश्वकप : साविक विजेता अमेरिकाको सानदार जित
काठमाडौं । साबिक विजेता अमेरिका र जापानले फिफा महिला विश्वकप फुटबलको पहिलो खेलमा सहज जित निकालेका छन् । समूह ‘ई’ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाले एसियाली टोली भियतनामलाई ३–० गोलले हरायो । यस्तै समूह ‘सी’ अन्तर्गत अर्को खेलमा जापानले जाम्बियालाई ५–० गोलले स्तब्ध बनायो । अमेरिकाको जितमा अमेरिकाका लागि सोफियो स्मिथले १४औँ र पहिलो हाफको… Continue reading महिला विश्वकप : साविक विजेता अमेरिकाको सानदार जित
अमेरिकामा मेसीको सानदार इन्ट्री, मियामीका लागि पहिलो खेलमै उत्कृष्ट गोल
काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीको डेब्यु खेलमै उत्कृष्ट गोल गरेका छन् । उनको निर्णायक गोलको मद्दतमा क्लव विजयी भएको छ । गतसाता मात्र मियामीमा अनुबन्ध भएका मेस्सीले लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध गोल गर्दै मियामीमा सुखद डेब्यु गरेका हुन् । लिग्स कप अन्तर्गत शनिबार बिहान भएको खेलमा मियामीले… Continue reading अमेरिकामा मेसीको सानदार इन्ट्री, मियामीका लागि पहिलो खेलमै उत्कृष्ट गोल
ललितपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । ललितपुरको हात्तीवनमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ५ बजे ललितपुर महानगरपालिका–१५ हात्तीवन पुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए। गोदावरीबाट लगनखेल जाँदै गरेको बा ३ ख ४१०८ नम्बरको बसले विपरीत दिशाबाट हरिसिद्धी जाँदै गरेको बा… Continue reading ललितपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
इटालीतर्फ लागे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली गएका हुन्। कतार एयरलाइन्सको उडानमार्फत् इटली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन… Continue reading इटालीतर्फ लागे प्रधानमन्त्री
इनरुवामा बनाइयो विपिको पूर्ण कदको सालिक
काठमाडौं । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरे । इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।
२ साल यता एक्टिभ नभएका गुगल अकाउण्ट स्वतः बन्द हुँदै
काठमाडौं । पछिल्लो २ साल यता एक्टिभ नभएका गूगल अकाउण्ट अब बन्द हुने भएको छ । गुगलले एक्टिभ नभएका अकाउण्ट्सलाई प्लेटफर्मबाट हटाउने बताएको छ । यसले यूजरनेम फ्री हुने र दोस्रो व्यक्तिले सो अकाउण्ट् चलाउन पाउने मौका मिल्ने छ । गूगल अकाउण्ट डिलीट गर्ने प्रक्रिया यसै वर्ष डिसेम्बरबाट शुरू हुने भएको छ । अकाउण्ट डिलीट… Continue reading २ साल यता एक्टिभ नभएका गुगल अकाउण्ट स्वतः बन्द हुँदै
चन्द्रागिरिमा भेला भए देशैभरका सभामुख र उपसभामुख
काठमाडौं । संघीय संसद्सहित सातै प्रदेशसभाका सभामुख–उपसभामुखहरूको बैठक चन्द्रागिरिमा सुरु भएको छ । बैठकमा संसद् संचालनको अनुभव आदानप्रदान हुने जनाइएको छ । उद्घाटन सत्रमा धारणा राख्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बैठकले सभा संचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, संघीयता ठीक छैन भन्ने आएको छ । यसलाई कसरी लिनेबारे छलफल हुनेछ । समस्या… Continue reading चन्द्रागिरिमा भेला भए देशैभरका सभामुख र उपसभामुख
नेपालबाट ३८ वर्षअघि हराएको मूर्ति बेलायतमा भेटियो, नेपाललाई फिर्ता
काठमाडौं । ललितपुरको पाटनबाट सन् १९८५ मा हराएको प्राचीन मूर्ति बेलायतबाट नेपाल सरकारलाई फिर्ता गरिएको छ । ११औं शताब्दिको उक्त सूर्य मूर्ति बेलायतले नेपाललाई यही बिहीबार फिर्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । लण्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कलाकृति ७९ सेन्टिमिटर उचाइ, १५ सेन्टिमिटर चौडाइ र ४१ किलोग्राम तौल रहेको जनाएको छ… Continue reading नेपालबाट ३८ वर्षअघि हराएको मूर्ति बेलायतमा भेटियो, नेपाललाई फिर्ता
बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु
काठमाडौं । बङ्गलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या १५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको डिजीएचएसले दिएको तथ्याङ्कअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट सङ्क्रमित… Continue reading बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु
इराकले निकाल्यो स्वीडेनका राजदूत
काठमाडौं । स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनका राजदूतलाई देश निकाला गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको छ । मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरी आगो लगाएका थिए । सामाजिक सञ्जाल सार्वजनिक भएका भिडियोमा स्विडेनको दूतावासभित्र प्रदर्शनकारीहरूको ठूलो भीड लागेको र त्यहाँबाट धुवाँको मुस्लो निस्किएको देखिएको… Continue reading इराकले निकाल्यो स्वीडेनका राजदूत
प्रधानमन्त्री प्रचण्ड आज इटाली जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीनदिने इटाली भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । लामो समयपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो। इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयले भ्रमणको आवश्यक तयारी करिब… Continue reading प्रधानमन्त्री प्रचण्ड आज इटाली जाँदै
साइबर सुरक्षामा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा प्रधानमन्त्रीले गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् । साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई… Continue reading साइबर सुरक्षामा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन
इयूले नेपाललाई दिने भयो करिब ११ अर्ब अनुदान
काठमाडौं । बेलायतले नेपाललाई करिब ११ अर्ब रुपैयाँ बराबर अनुदान दिने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा नेपाल सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ विषयमा सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि ईयूका राजदूत नोना डेप्रेजले हस्ताक्षर गरे । ‘गुणस्तरिय शिक्षा… Continue reading इयूले नेपाललाई दिने भयो करिब ११ अर्ब अनुदान
धरानमा गोली हानेर एक जनाको हत्या
काठमाडौं । सुनसरीको धरानमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान-इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो । प्रहरी स्रोतका अनुसार उनको साथमा भएको… Continue reading धरानमा गोली हानेर एक जनाको हत्या
सभापतिज्यू ! पदाधिकारी साथीहरुले योगदान हेर्दैनन्, पुस्ताको कुरा गर्छन्, राजीनामा दिउँ त ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले पार्टीभित्र पुस्तान्तरणको विषय उठ्ने गरेको बताएका छन्। शुक्रबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले पुस्तान्तरणको विषय उठाएका हुन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतले पुस्तान्तरणको कुरा उठान गरिरहेको उनको भनाइ थियो। ‘पदाधिकारी साथीहरूबाट सुन्ने गर्छु पुस्ताको कुरा, बहुदलीय व्यवस्थामा पुस्ता भन्ने हुँदैन,’ उनले भने, ‘उमेर होइन, योगदान र… Continue reading सभापतिज्यू ! पदाधिकारी साथीहरुले योगदान हेर्दैनन्, पुस्ताको कुरा गर्छन्, राजीनामा दिउँ त ?
खाणको बचाउ गर्दै मीनबहादुरले भने- ‘दोषी करार गरेर निलम्बन गर्न मिल्दैन्, कांग्रेस सर्वोच्च अदालत हो’
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले दोषी हो वा होइन भनेर छुट्याउने नेपाली कांग्रेस सर्वोच्च अदालत हो भन्दै प्रश्न गरेका छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणको बचाउमा बोलेका थिए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोग लागेका केन्द्रीय… Continue reading खाणको बचाउ गर्दै मीनबहादुरले भने- ‘दोषी करार गरेर निलम्बन गर्न मिल्दैन्, कांग्रेस सर्वोच्च अदालत हो’
तीन लाख ३९ हजार धरौटी बुझाउन नसकेर हिरासत पुगेकी खातुन मृत फेला
सर्लाही । सर्लाही प्रहरीको हिरासतमा एक महिला मृत फेला परेकी छन् । सर्लाहीको मलंगवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा चक्रघटा गाउँपालिका ८ की ४० वर्षीया हजरत खातुन झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । खातुनलाई सशस्त्र प्रहरीले यही २ गते नेपाल भारतको सीमा क्षेत्रमा अवस्थित झिलमिलियामाई बोर्डरबाट गहना र अवैध रकमसहित पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान… Continue reading तीन लाख ३९ हजार धरौटी बुझाउन नसकेर हिरासत पुगेकी खातुन मृत फेला
‘महामन्त्रीको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो, देशलाई हाँक्ने कुरा खै’ ?
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा देउवाले केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको जस्तो भएको आरोप लगाएकी छिन् । शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो भनाइ राख्दै देउवाले भनिन, ‘महामन्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने, हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ। म अच्चमित पनि भएँ, किन भने महामन्त्रीले ल्याउनुभएको प्रतिवेदन राजनीतिकभन्दा… Continue reading ‘महामन्त्रीको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो, देशलाई हाँक्ने कुरा खै’ ?
स्कर्टिङमा लान थालियो फोहोर, बञ्चरेडाँडामा एक सय बढी प्रहरी परिचालन
काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ। अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले १ साउनदेखि फोहोर फ्याँक्न नदिने बताएसँगै काठमाडौंको फोहोर उठ्न सकेको थिएन। काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर… Continue reading स्कर्टिङमा लान थालियो फोहोर, बञ्चरेडाँडामा एक सय बढी प्रहरी परिचालन
मणिपुरमा महिलामाथि अमानवीय यौन उत्पिडनको भिडियो सार्वजनिक, भारतभर आक्रोस
काठमाडौं । पूर्वी भारतको मणिपुर राज्यमा दुई महिलालाई पुरुषहरूको समूहले निर्वस्त्र बनाएर सडकमा हिँडाएको भिडिओ सार्वजनिक भएपछि भारतभर चर्को आक्रोश उत्पन्न भएको छ। प्रहरीले पीडित महिलाहरूमाथि सामूहिक बलात्कार भएको मुद्दा अघि बढाइएको र एक आरोपितलाई पक्राउ गरिएको जनाएको छ। अर्का एक सन्दिग्ध व्यक्तिको खोजी भइरहेको छ। सांसदहरूले उक्त घटनाबारे छलफल गरिनुपर्ने माग गरेपछि बिहीवार भारतको… Continue reading मणिपुरमा महिलामाथि अमानवीय यौन उत्पिडनको भिडियो सार्वजनिक, भारतभर आक्रोस
अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने
काठमाडौं । १ असोजबाट भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस चल्ने भएको छ । यस्तो बस अब ट्राफिक जाममा फस्नु पर्दैन । काठमाडौं उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । पहिलो चरणमा… Continue reading अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने
१ क्विन्टल सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो
काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ। पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा… Continue reading १ क्विन्टल सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो
कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा
काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ। ‘नेपाल… Continue reading कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा
यस्तो रहनेछ आज देशैभर मौसम
काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक(दुई… Continue reading यस्तो रहनेछ आज देशैभर मौसम
शनिबार उपत्यकाका धेरै क्षेत्रमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने
काठमाडौं । शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ। प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा… Continue reading शनिबार उपत्यकाका धेरै क्षेत्रमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने
रुसविरुद्ध युक्रेनले घातक अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको पुष्टी
काठमाडौं । युक्रेनले रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले प्रारम्भिक प्रतिक्रियाबाट क्लस्टर बम रक्षात्मक कदमका लागि प्रभावी ढंगले प्रयोग गरिरहेको पत्ता लागेको बताएका छन् । क्लस्टर बमले धेरै बमहरु खसाल्ने र त्यसबाट सर्वसाधारणमा वर्षौंसम्म पनि नराम्रो असर पर्ने भन्दै १०० भन्दा धेरै देशले… Continue reading रुसविरुद्ध युक्रेनले घातक अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको पुष्टी