काठमाडौं । असंलग्न आन्दोलन (नाम) को समन्वय ब्युरोको बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकु पुगेका परराष्ट्रमन्त्री एनपी साउदले बुधबार बैठकलाई सम्बोधन गरेका छन् । यसका साथै उनी विभिन्न मुलुकका मन्त्री तथा राज्यमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्तामा व्यस्त छन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री साउदले मलेसिया र भेनेजुयलाका परराष्ट्रमन्त्री, इथोपियाका परराष्ट्र राज्यमन्त्री र भियतनामका उपपरराष्ट्रमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरे… Continue reading बाकुमा भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री
Author: Vishwanews.com
माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री
काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।बुधबार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। यस्तै अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरे। प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको… Continue reading माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री
केही दिन देखिको लगातारको वर्षा थामियो, कस्तो रहला मौसम ?
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी… Continue reading केही दिन देखिको लगातारको वर्षा थामियो, कस्तो रहला मौसम ?
आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री
काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड संकटमा परेका छन् । गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा मागेको छ । बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा… Continue reading आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री
सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गरेको छ । परीक्षणका रुपमा गण्डकी प्रदेशबाट सेवाको सुरुवात भएको छ । यसलाई केही हप्तापछि नै देशभरकै यातायात व्यवस्था कार्यालयहरुका सेवाग्राहीका लागि विस्तार गरिने भएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइनबाटै लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणालीको शुभारम्भ… Continue reading सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने
अव्यवस्थित बसोबासी र सुकुम्बासी व्यवस्थापन ६ महिना भित्र सक्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले वाग्मती किनारमा रहेका अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले समितिको बैठकले वाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन… Continue reading अव्यवस्थित बसोबासी र सुकुम्बासी व्यवस्थापन ६ महिना भित्र सक्न संसदीय समितिको निर्देशन
जिम्मेवार भएर राजस्व संकलनमा खटिन अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् । उनले उच्च मनोबलकासाथ काम गर्न आग्रह गरे । ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य… Continue reading जिम्मेवार भएर राजस्व संकलनमा खटिन अर्थमन्त्रीको निर्देशन
निर्माण व्यवसायी शरद गौचनको हत्यारा बस्नेतलाई जन्मकैदको फैसला
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घटनामा संलग्न भएको ठहर भइसकेका बस्नेतलाई बुधबार सजाय निर्धारण गरेको हो । त्यही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद… Continue reading निर्माण व्यवसायी शरद गौचनको हत्यारा बस्नेतलाई जन्मकैदको फैसला
एमालेको चेतावनी- ‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् अघि बढ्न दिदैंनौं’
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिको विरोध जनाउँदै ‘लेन्डुप दोर्जे’को नेपाली संस्करण नचाहिएको भन्दै राजीनामाको माग गरेका हुन् । आज हामीलाई उहाँले एउटा किताब विमोचन गर्दा दिनुभएको अभिव्यक्तिले मनमा बादल लागेको छ । नेपाल रोएको… Continue reading एमालेको चेतावनी- ‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् अघि बढ्न दिदैंनौं’
सन्दीप लामिछाने र करण केसी वरियतामा सुधार
काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को ओडिआई वरियतामा सुधार भएको छ । जिम्बावेमा जारी विश्वकप छनोटको प्रदर्शनलाई ध्यानमा राख्दै आइसिसीले सार्वजनिक गरेको वरियतामा सन्दीपले एक स्थान सुधार गर्दै २४ औं स्थानमा अटाएका हुन् । उनी भन्दापछि विश्व चर्चित भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह २६ औं, श्रीलंकाका स्पिनर वानिन्दु… Continue reading सन्दीप लामिछाने र करण केसी वरियतामा सुधार
उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ३९.२६ अंकले घटेर २०४९. ४४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७७ कम्पनीको ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत
काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत नियुक्त भएका छन्। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख तथा प्रवक्त समेत रहेका बस्नेतले सीडीओको जिम्मेवारी पाएका हुन् ।काठमाडौंका प्रजिअ उपाध्यायलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको थियो। उनी यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन्। बस्नेत गोरखा, चितवन र पर्साको प्रजिअका… Continue reading काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत
मेटाले ट्वीटरको प्रतिस्पर्धी सञ्जाल यसै साता ल्याउने
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने मेटा कम्पनीले अर्को सामाजिक सञ्जाल ट्विटरको प्रतिस्पर्धी नयाँ एप आगामी बिहीवारदेखि सञ्चालनमा ल्याउने भएको छ । थ्रेड्स् भनिने उक्त एपलाई एपल एप स्टोरमा सञ्चालनमा आउनुअघि नै ‘प्रि(अर्डर’ गर्न सकिने भएको छ । त्यसलाई इन्स्टाग्रामसँग लिङ्क गरिनेछ। उक्त एपका स्क्रीनसटहरू हेर्दा त्यो ट्विटरजस्तै देखिन्छ। मेटाले थ्रेड्स्लाई टेक्ट्स बेस कन्भर्सेसन… Continue reading मेटाले ट्वीटरको प्रतिस्पर्धी सञ्जाल यसै साता ल्याउने
साफमा भारतको दवदवा कायम, नवौं पटक च्याम्पियन
काठमाडौं । भारतले सडनडेथमा मंगलबार कुवेतलाई पराजित गर्दै नवौंपल्ट साफ च्याम्पियनसिप फुटबल जितेको छ । कुवेती कप्तान खालेद हाजिहको पेनाल्टी प्रहारलाई भारतीय गोलरक्षक गुरप्रित सिंहले बचाउ गरे र यससँगै डिफेन्डिङ च्याम्पियन भारत टाइब्रेकरमा ५–४ ले विजयी रह्यो । भारतका लागि पेनाल्टी सुटआउटमा कप्तान सुनील क्षत्री, सन्देश झिंगन, लालिनजुला, शुभाशिष बोस र महेश सिंहले गोल गरे भने उदान्त… Continue reading साफमा भारतको दवदवा कायम, नवौं पटक च्याम्पियन
आयरल्याण्डसँग हारेको नेपाल आठौं भयो
काठमाडौं । आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बन्यो। नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्यो। आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान गरे। बलिङमा… Continue reading आयरल्याण्डसँग हारेको नेपाल आठौं भयो
आज पनि अधिकांश प्रदेशमा हुनेछ भारी वर्षा
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ देशका केही स्थानहरूमा हल्का देखि… Continue reading आज पनि अधिकांश प्रदेशमा हुनेछ भारी वर्षा
चर्चित रक गायक तथा अभिनेता तामाङको निधन
काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । रविनको फेसबुक पेजबाट उनको मृत्युको जानकारी दिइएको छ । मंगलबार बेलुका यस्तो पोष्ट भएको थियो । जसलाई पारिवारिक स्रोतले पुष्टी गरेको हो । उनको मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएको हो । मृत्युको कारण खुलेको छैन । उनको निधनपछि प्रहरी घरमा पुगेको… Continue reading चर्चित रक गायक तथा अभिनेता तामाङको निधन
कंचनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा २ पक्राउ
काठमाडौं । कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका- ५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । उनीहरु श्रीमान् श्रीमती हुन् । उनका अनुसार वैशाख २८ गते दोहोरो नागरिकतासम्बन्धी कसुरमा… Continue reading कंचनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा २ पक्राउ
फेसबुक, गुगलसहित ठूला आइटी कम्पनी नेपालको कर प्रणालीमा दर्ता
काठमाडौं । सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायत छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार हालसम्म छवटा… Continue reading फेसबुक, गुगलसहित ठूला आइटी कम्पनी नेपालको कर प्रणालीमा दर्ता
राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय… Continue reading राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने
फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो । मंगलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन… Continue reading फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न काठमाडौं महानगरको निर्देशन
नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २८२ कम्पनीको २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
मीन बहादुरसहितको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको छ । मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारेको हो । यसअघि… Continue reading मीन बहादुरसहितको रिट ‘हेर्न नभ्याइने’मा
इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा
काठमाडौं । आन्तरिकतर्फको हवाई भाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि हवाई भाडा घटाएको हो । सबैभन्दा बढी काठमाडौं- धनगढीको ६१५ रुपैयाँले सस्तिएको छ। योसँगै काठमाडौं-धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार १० रुपैयाँमा झरेको छ। यसअघि… Continue reading इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा
अर्थ समितिमा प्लास्टिकको बोतल निषेध
काठमाडौं । संसदीय समिति अन्तरगतको अर्थ समितिमा बैठकमा प्लास्टिकका बोतल प्रयोग भएको भन्दै विरोध भएपछि निषेध गरिएको छ । बैठकमा प्लास्टिकका बोतल हटाएर पुनः प्रयोग गर्न मिल्ने स्टील तथा सीसाका भाडाँ सञ्चालनमा ल्याईएको समितिका सदस्य विराजभक्त श्रेष्ठले जनाएका छन् । ‘पर्यावरण संरक्षणमा सानो उपलब्धि । अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोतल हटाउन गरेको अनुरोधलाई… Continue reading अर्थ समितिमा प्लास्टिकको बोतल निषेध
थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार गोलाप्रथाबाट ६१ हजार ३१६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये दुई जनाले थप १/१ कित्ता सेयर पाएका छन् । १० लाख २२… Continue reading थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड
अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए
काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन्… Continue reading अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए
बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध
काठमाडौं, १९ असार । बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध गरिएको छ । काठमाडौं महानगरपालिकालका मेयर बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन् । काठमाडौंको पहिचान नै यहाँका सम्पदा भएको भन्दै उनले विश्वलाई सानसँग देखाउन सक्ने यस्ता सम्पदामा अब सवारी साधन रोकिने जनाएका हुन् । हजारौं पर्यटकले घुमफिर गर्ने यी क्षेत्रको मौलिकता, सौन्दर्य र परिसरको शान्त… Continue reading बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध
कांग्रेसको प्रचार विभागले छुट्टै सामाजिक सञ्जाल चलाउने
काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ । विभागले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरूलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गरेको छ । तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनधिकृत घोषित गरी कानुनी दायरामा… Continue reading कांग्रेसको प्रचार विभागले छुट्टै सामाजिक सञ्जाल चलाउने
घट्यो इन्धनको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । यसअनुसार पेट्रोल भारतसँगको… Continue reading घट्यो इन्धनको मूल्य