थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार गोलाप्रथाबाट ६१ हजार ३१६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये दुई जनाले थप १/१ कित्ता सेयर पाएका छन् । १० लाख २२… Continue reading थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड

अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन्… Continue reading अमेरिकामा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा चार जना मारिए

बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध

काठमाडौं, १९ असार । बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध गरिएको छ । काठमाडौं महानगरपालिकालका मेयर बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन् । काठमाडौंको पहिचान नै यहाँका सम्पदा भएको भन्दै उनले विश्वलाई सानसँग देखाउन सक्ने यस्ता सम्पदामा अब सवारी साधन रोकिने जनाएका हुन् । हजारौं पर्यटकले घुमफिर गर्ने यी क्षेत्रको मौलिकता, सौन्दर्य र परिसरको शान्त… Continue reading बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध

कांग्रेसको प्रचार विभागले छुट्टै सामाजिक सञ्जाल चलाउने

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ । विभागले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरूलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गरेको छ । तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनधिकृत घोषित गरी कानुनी दायरामा… Continue reading कांग्रेसको प्रचार विभागले छुट्टै सामाजिक सञ्जाल चलाउने

घट्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । यसअनुसार पेट्रोल भारतसँगको… Continue reading घट्यो इन्धनको मूल्य

नेपाल र टेस्ट मुलुक आयरल्याण्ड पहिलो पटक एकदिवशीय क्रिकेट खेल्दै

काठमाडौं । जिम्बाब्वेमा भइरहेको आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको लागि नेपालले आज मंगलबार टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि आयरल्याण्डविरुद्धको खेल यो प्रतियोगितामा अन्तिम हुनेछ । नेपाल र आयरल्यान्डबीचको खेल हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ । अर्कोतर्फ नेपालले एक… Continue reading नेपाल र टेस्ट मुलुक आयरल्याण्ड पहिलो पटक एकदिवशीय क्रिकेट खेल्दै

साफ च्याम्पियनसिपको उपाधीका लागि भारत र कुवेत भिड्दै

काठमाडौं । साफ च्याम्पियनसिप २०२३ को उपाधिका लागि घरेलु टोली भारत र कुवेथ आज आज भिड्दैछन् । बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा भारत र कुवेतबिचको फाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । दुवै टोली फाइनलसम्म आइपुग्दा अपराजित छन् । यस पटकदेखि दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले साफ च्याम्पियनसिपलाई अझ प्रतिस्पर्धात्मक बनाउन… Continue reading साफ च्याम्पियनसिपको उपाधीका लागि भारत र कुवेत भिड्दै

कुन-कुन प्रदेशमा आज भइरहेको छ भारी वर्षा ?

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम छ । त्यसैले आज दिउँसो… Continue reading कुन-कुन प्रदेशमा आज भइरहेको छ भारी वर्षा ?

परराष्ट्र मन्त्री अजरबैजान जाने

काठमाडौं । असंलग्न आन्दोलनको एक बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी मंगलबार बिहान अजरबैजानतर्फ लाग्नेछन् । मन्त्री साउदले अजरबैजानमा असंलग्न आन्दोलनको समन्वय ब्युरोको बैठकमा सहभागिता जनाउनेछन् । अजरबैजानको राजधानी बाकुमा सोमबारदेखि उक्त कार्यक्रम सुरु भइसकेको छ । मन्त्री साउदले बुधबार उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ… Continue reading परराष्ट्र मन्त्री अजरबैजान जाने

श्रीलंका गए माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका गएका छन् । श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन अध्यक्ष नेपाल श्रीलंका गएका एकीकृत समाजवादीले जनाएको छ । सम्मेलनमा नेपालले मन्तव्य दिनेछन् । अध्यक्ष नेपाल श्रीलंका गएका बेला एकीकृत… Continue reading श्रीलंका गए माधव नेपाल

नो भोटदेखि सहकारी संस्थामा हिनामिना गर्ने व्यक्ति पनि लड्न नपाउनेसम्मको व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले विभिन्न नयाँ नियम राखेर एकीकृत निर्वाचन कानूनको मस्यौदा पारित गरेको छ । सोमबार बसेको आयोगको बैठकले निर्वाचन कानूनको मस्यौदा सरकारलाई पठाउने निर्णय गरेको हो । आयोगले निर्वाचनसम्बन्धी कानूनमा केही नयाँ विषयहरू राख्न प्रस्ताव गरेको छ । जसमा ‘नो भोट’ को व्यवस्था, निर्वाचनमा ३३ प्रतिशत मलिा उम्मेदवार अनिवार्य, विदेशमा रहेका नागरिकलाई मताधिकार,… Continue reading नो भोटदेखि सहकारी संस्थामा हिनामिना गर्ने व्यक्ति पनि लड्न नपाउनेसम्मको व्यवस्था

समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ गरेको छ । समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीको नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो । सोही जग्गा पछि व्यक्तिका नाममा सारिएको थियो । यो… Continue reading समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ

समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने

काठमाडौं । निर्वाचन आयोगको सोमबार बसेको बैठकले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । आयोग निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ । हाल यस्तो कुनै… Continue reading समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने

आगामी आवदेखि कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगर आफैले छान्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्तिको लागि छनोटसम्बन्धी परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर आफैंले सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् यसबारे सूचना जारी गरेका छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका… Continue reading आगामी आवदेखि कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगर आफैले छान्ने

पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिङ सडक

file

काठमाडौं । नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज विहान १ः५० बजे पहिरो खस्ने र ट्रक पल्टेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । पाँच घण्टापछि यातायात सञ्चालनमा जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ

भारतबाट घटेर आयो इन्धनको मूल्य

file

काठमाडौं । भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको छ। यो नयाँ मूल्य सँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ। यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ… Continue reading भारतबाट घटेर आयो इन्धनको मूल्य

कस्तो रहनेछ आजको मौसम ?

RSS

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो ‍ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप

काठमाडौं । भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ । सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो । बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् । लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन्… Continue reading बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप

आज गुरु पुर्णिमा पर्व मनाइँदै

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने… Continue reading आज गुरु पुर्णिमा पर्व मनाइँदै

आज बिहानैबाट मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

file

काठमाडौं । आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा उपचार भइरहेको छ ।… Continue reading आज बिहानैबाट मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

यूएईविरुद्ध नेपाल विजयी

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको नेपालले ४४ औं ओभरमा भेट्टायो । १०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी… Continue reading यूएईविरुद्ध नेपाल विजयी

ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो । यो मुद्दामा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् ।… Continue reading ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

विगतको समिक्षा गरी नेकपातर्फ फर्कनु पर्ने प्रचण्डको धारणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन् । त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा बनाएको पनि उनले बताए । नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज बिहान भक्तपुरमा सम्बोधन गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको… Continue reading विगतको समिक्षा गरी नेकपातर्फ फर्कनु पर्ने प्रचण्डको धारणा

ललिता निवासको जग्गा तारबार गर्ने भन्दै बालुवाटार पुग्यो काठमाडौंको नगर प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो । अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।

शेयर बजारमा ५३.७० अंकको पहिरो, कारोबार रकम पनि घट्यो

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८० कम्पनीको ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

नारायणगढ-मुग्लिन सडक, यी ठाउँमा पहिरोको उच्च जोखिम

काठमाडौं । वर्षायाम सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले हैरानी बनाउन थालेको छ । दुई वर्ष अघि स्तरोन्नति गरिएको सो सडकखण्डमा सडक विस्तार र पुल निर्माणका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जान खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको हो । निरन्तर पहिरो खसिरहँदा पन्छाउन समेत समस्या हुने गरेको छ । भित्ता कटानका… Continue reading नारायणगढ-मुग्लिन सडक, यी ठाउँमा पहिरोको उच्च जोखिम

वायुसेवा निगमको स्पष्टीकरण-‘ सामान हराएको दाबी रिपोर्ट गरिएको छैन्’

काठमाडौं । नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा यात्रुले गरेको गुनासोको स्पष्टीकरण दिएको छ । सामान हराएको भनि गरेका गुनासोमा छानबिन गर्दा यात्रुले ब्यागेज क्लेम डेक्समा सम्बन्धित एयरलाइन्ससँग दाबी रिपोर्ट नगरेको पाइएको निगमले जनाएको छ । शनिबार दामु दाई (छविलाल भण्डारी) नामका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा व्यागेजमा रहेको २५ प्रतिशत सामान हराएको गुनासो गरेका थिए ।… Continue reading वायुसेवा निगमको स्पष्टीकरण-‘ सामान हराएको दाबी रिपोर्ट गरिएको छैन्’

भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार प्राप्त खरिद मूल्यसूची अनुसार डिजेलमा २ रुपैयाँ १६ पैसा बढेर आएको छ । त्यस्तै, मट्टितेलमा ५ पैसा र… Continue reading भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

साफको फाइनलमा भारत र कुवेत भिड्ने

काठमाडौं । आठपल्टको च्याम्पियन भारत र कुवेतबीच साफ च्याम्पियनसिप २०२३ को फाइनल हुने भएको छ । डिफेन्डिङ च्याम्पियन भारतले शनिबार राति दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्‍यो । त्यसअघि कुवेतले पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेको थियो । फाइनल मंगलबार हुनेछ । भारत र कुवेत एउटै समूहमा थिए । लिग चरणको खेल बराबरीमा टुंगिएको थियो । फाइनल पुग्नेक्रममा… Continue reading साफको फाइनलमा भारत र कुवेत भिड्ने

गृहमन्त्री स्वदेश फिर्ता

काठमाडौं । जनवादी चीनको पाँचदिने भ्रमण पुरा गरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्। उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग , चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरे। सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ बुधबार चीनको सिचुवान… Continue reading गृहमन्त्री स्वदेश फिर्ता