काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अहिले सहज नभएपनि आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ वार्षिक साधारणसभाका अवसरमा उनले गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, भन्ने लागेपनि अहिले त्यस्तो अवस्था नआएको बताएका हुन् । बाह्य क्षेत्र… Continue reading ‘देशको अर्थतन्त्र बिग्रियो भन्दै आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन’
Author: Vishwanews.com
२७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो
काठमाडौं । नेपालमा पछिल्लो ७ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकले यस्तो देखाएको हो । नेपालमा माघ महिनामा मात्र १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। चालू आर्थिक वर्षको माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो… Continue reading २७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो
उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने भएको उल्लेख गर्दै संविधानमा महिला नै हुनुपर्ने बाध्यकारी व्यवस्था नभएको जनाएको छ। राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भइसकेका कारण उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरीत रहेको दाबीसहित उनको उम्मेदवारी खारेजको माग गर्दै नेकपा… Continue reading उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै
चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने
काठमाडौं । चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि जोडेको छ । कोभिडयता नेपाल प्रतिवन्धमा थियो । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूचीमा राखिएको छ । फागुन १ गतेदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल… Continue reading चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने
माओवादी धारका दलको पत्रकार सम्मेलन आज
काठमाडौं । नेकपा माओवादी केन्द्रसहित माओवादी धारका पार्टीले आज पत्रकार सम्मेलन गर्दैछन् । आइतबार दिउँसो २ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्न लागिएको छ । ‘जनयुद्धकालीन मुद्दा’ अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोगलगायत आयोगबाट समाधान खोजिनुपर्नेमा उनीहरू छन्। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिलाई लिएर सर्वोच्चमा मुद्दा परेको र १५… Continue reading माओवादी धारका दलको पत्रकार सम्मेलन आज
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने
काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएको छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । अब भण्डारीले शीतलनिवास छाड्नुपर्छ । उनी शीतलनिवासबाट बूढानीलकण्ठ(२ चपलीस्थित निजी निवासमा सर्ने छिन् । उनी २९ फागुनमा निजी निवास सर्ने तयारी छ । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति… Continue reading राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने
आइसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ । आजको खेल जित्दै नेपाल दुई खेलअघि नै ओडीआई मान्यता जोगाउने लक्ष्यमा छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार… Continue reading आइसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै
शपथ नखाँदै राष्ट्रपति पौडेलको ‘तामझाम’ धेरै, ‘बाटो खाली’ गराउँदै दौडधुप
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पनि विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम छ । शुक्रबार राष्ट्रपति पौडेल गुह्वेश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए । उनको आगमनको क्रममा ट्राफिक जाम भएको… Continue reading शपथ नखाँदै राष्ट्रपति पौडेलको ‘तामझाम’ धेरै, ‘बाटो खाली’ गराउँदै दौडधुप
अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।शनिवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जना उम्मेदवार
काठमाडौं । सत्ता गठबन्धनको प्रधानमन्त्री निवासमा बसेको वैठकमा सहमति नजुटेपछि उपराष्ट्रपतिमा जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका छन् । जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको हो । पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष… Continue reading गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जना उम्मेदवार
१०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको… Continue reading १०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने
उदयपुरमा आगलागीमा परी एकै परिवारका दुई बालबालिकाको मृत्यु
काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको ज्यान गएको छ । रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उहाँकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी गराएका छन् । हिजो बेलुका ५ बजेतिर घरमा बिजुली… Continue reading उदयपुरमा आगलागीमा परी एकै परिवारका दुई बालबालिकाको मृत्यु
सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो
काठमाडौं । नेपालमा लगानीको अवसर र सम्भावनाबारे अध्ययन गर्न सिंगापुरका युवा उद्यमीहरूको टोली काठमाडौं आएको छ। योङ प्रेजिडेन्ट अर्गनाइजेसन ९वाइपिओ०, सिंगापुर शाखाका तर्फबाट पहिलोपटक नेपाल भ्रमणमा आएको टोलीमा सिंगापुरका ४० जना युवा लगानीकर्ता तथा प्रमुख कार्यकारी सामेल छन्। उनीहरू आइतबारसम्म यहाँ बस्ने छन्। टोलीमा सिंगापुरको उड्डयन, वित्तीय, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, हस्पिट्यालिटी, खानी लगायत क्षेत्रमा काम… Continue reading सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो
उपराष्ट्रपतिका उम्मेदवार टुंगो लगाउँदै दलहरु
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बोलाइएको छ । बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ । उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव… Continue reading उपराष्ट्रपतिका उम्मेदवार टुंगो लगाउँदै दलहरु
उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता
काठमाडौं । उपराष्ट्रपति पदका लागि आज मनोनयन दर्ता हुने भएको छ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ। आजै मनोनयन दर्ता गर्नुपर्ने… Continue reading उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता
पोखरामा सुरु भयो रात्रिकालिन उडान, चार विमानस्थलबाट जान सकिने
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको छ । काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालिन उडान भरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिसान पोखरामा… Continue reading पोखरामा सुरु भयो रात्रिकालिन उडान, चार विमानस्थलबाट जान सकिने
श्री एयरलाइन्सका जहाज शनिबारबाट उड्ने
काठमाडौं । श्री एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः उडान अनुमति दिएको छ । कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमताको समेत अध्ययन गरेको थियो । त्यसपछि प्राधिकरणले श्रीलाई पुनः सेवा सञ्चालनको अनुमति दिएको हो । प्राधिकरणबाट पुनः… Continue reading श्री एयरलाइन्सका जहाज शनिबारबाट उड्ने
प्रचण्डविरुद्ध दायर रिटमा कारण देखाउ आदेश, रिटलाई अग्राधिकार
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध दायर रिटमा निवेदकले माग गरे अनुसारको आदेश दिनु नपर्ने फैसला गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो। दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएको मानिसको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले… Continue reading प्रचण्डविरुद्ध दायर रिटमा कारण देखाउ आदेश, रिटलाई अग्राधिकार
पाँच रिक्त एआईजीमा बढुवा सिफारिस, वसन्त पहिलो नम्बरमा
काठमाडौं । शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको लागि सिफारिस गरेको छ। बढुवा हुनेमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राइ, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचाय रहेका छन्। पद रिक्त भएको लामो समयपछि सरकारले एआईजीमा बढुवा गरेको हो। पहिलो नम्बरमा वसन्त कुँवर छन्… Continue reading पाँच रिक्त एआईजीमा बढुवा सिफारिस, वसन्त पहिलो नम्बरमा
राष्ट्रपतिको उम्मेदवार बन्दा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय
काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। एमाले सांसद महेश बर्तौलामार्फत् नेम्वाङले आयोगलाई बुझाएको विवरणमा प्रचार प्रसार गर्दा १० हजार र मसलन्द शिर्षकमा ६ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख छ।बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका… Continue reading राष्ट्रपतिको उम्मेदवार बन्दा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय
उपराष्ट्रपतिमा उम्मेदवारी दिन रञ्जिता श्रेष्ठ अयोग्य
काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरिरहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अयोग्य देखिएकी छन् । नागरिक उन्मुक्तिले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपनि उमेरका कारण पार्टीकी अध्यक्ष श्रेष्ठ अयोग्य ठहरेकी हुन् ।। तर, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ ।… Continue reading उपराष्ट्रपतिमा उम्मेदवारी दिन रञ्जिता श्रेष्ठ अयोग्य
राष्ट्रपति निर्वाचनबारे चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले दियो स्पष्टिकरण
काठमाडौं । राष्ट्रपतिको निर्वाचन सम्बन्धमा पार्टी र नेतृत्वप्रति प्रश्न तथा आलोचना चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले आधिकारिक रूपमा मुख खोलेको छ । शुक्रबार रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् । राष्ट्रपति चुनावको बारेमा उनले स्पष्ट रूपमा तीन वटा सवाल उठाएकाे छ। १. हाम्रो वाचापत्रमा उल्लेख गरिएको गैर दलीय राष्ट्रपतिको… Continue reading राष्ट्रपति निर्वाचनबारे चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले दियो स्पष्टिकरण
उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने निर्वाचन आयोगको संकेत
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा पुरुषको उम्मेदवारी नदिन निर्देशन दिएको छ । आउँदो फागुन २७ गते हुने उपराष्ट्रपति पदको उम्मेदवार मनोनयनपत्र दर्ताका लागि आयोगले संविधानअनुरुप नै फरक लिंग वा फरक समुदायको मात्र मनोनयनपत्र दर्ता गर्नका लागि निर्देशन दिएको हो । बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको भन्दै… Continue reading उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने निर्वाचन आयोगको संकेत
उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिको दाबी, रञ्जितालाई उम्मेदवार बनाउने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । सो पार्टीको संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता चौधरीलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो । जस अनुसार जसपाले बाराबाट प्रतिनिधि… Continue reading उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिको दाबी, रञ्जितालाई उम्मेदवार बनाउने
पर्यटन मन्त्रालयले थाल्यो पशुपति सफाई अभियान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अगुवाईमा पशुपति सफाई अभियान सुरु भएको छ । सफा पशुपति, स्वच्छ पशुपति नामक अभियानमार्फत मन्त्रालयले शनिबारबाट अभियान चलाउन थालेको हो । अभियानमा मन्त्रालय मातहतका सबै कर्मचारी सहभागी हुने भएका छन् । यस अभियान अनुसार हरेक शनिबार बिहान ८ बजेबाट १० बजेसम्म तीन महिनासम्म सफाई अभियान… Continue reading पर्यटन मन्त्रालयले थाल्यो पशुपति सफाई अभियान
माओवादी घटक आज पनि छलफलमा
काठमाडौं । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुको संयुक्त बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त… Continue reading माओवादी घटक आज पनि छलफलमा
श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको छ । काठमाडौं–भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखिएको थियो । यो घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई अनिश्चितकालका लागि ग्राउन्डेड गरेको हो । यसबारे प्राधिकरणले कम्पनीलाई पत्र काटेको छ । श्रीको आज कुनै पनि उडान भएको छैन । कम्पनीका… Continue reading श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक
जर्मनीमा अन्धाधुन्ध बन्दुक चल्यो, कैयौं मारिए
काठमाडौं\बीबीसी । उत्तरी जर्मनीको ह्याम्बर्गमा भएको बन्दुक आक्रमणमा कैयौँ मानिस मारिएका छन्। ‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चलाउने बन्दुकधारी पनि घटनामा मारिएको हुनसक्ने प्रहरीले बताएको छ। जर्मन सञ्चार माध्यमका अनुसार छ वा सात जना मृतकमध्येमा बन्दुकधारी पनि रहे वा नरहेको प्रस्ट छैन। “घटनाको उद्देश्य अझै यकिन हुन सकेको छैन,” प्रहरीले भनेको छ। ह्याम्बर्गकै… Continue reading जर्मनीमा अन्धाधुन्ध बन्दुक चल्यो, कैयौं मारिए
निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहनेछु : राष्ट्रपति पौडेल
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा आफु प्रतिवद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार भएको निर्वाचनबाट उनी राष्ट्रपति निर्वाचित भएका हुन् । बिहीबार राती एक आभार वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिएका छन् । आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ र उनलाई मत… Continue reading निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहनेछु : राष्ट्रपति पौडेल
नयाँ राष्ट्रपतिले पशुपतिमा पूजा गर्दै
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्ने भएका छन् । उनी बिहान ९ बजे पशुपति जाने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि सुरक्षा प्रबन्ध कडा बनाइएको छ । पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय… Continue reading नयाँ राष्ट्रपतिले पशुपतिमा पूजा गर्दै