को हुन् नयाँ राष्ट्रपति रामचन्द्र पौडेल ?

काठमाडौं । करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बनेका छन् ।लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि देशको कार्यकारी पदमा पुग्न अधिक प्रयास गरेका थिए । तर, उनलाई भाग्यले सर्वोच्च पदमा पुर्याएको छ । पाँच दशक लामो राजनीतिक जीवनको यात्रामा उनी सभामुख र पटक पटक मन्त्री भने भएका… Continue reading को हुन् नयाँ राष्ट्रपति रामचन्द्र पौडेल ?

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

लिग टू क्रिकेट: पीएनजीमाथि नेपालको जित, सन्दीपको चार विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि टोनी उरा… Continue reading लिग टू क्रिकेट: पीएनजीमाथि नेपालको जित, सन्दीपको चार विकेट

बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत सङ मेयर बालेनको कार्यकक्षमा आएका हुन् । उनीहरूबीच आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी भएको महानगरले जनाएको छ । सङले काठमाडौंका सम्पदाहरूको निर्माण शैली चीनका सहरहरूमा प्रबर्द्धन गर्न चाहेको बताए । ‘काठमाडौँसँग… Continue reading बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता

राष्ट्रपति निर्वाचन : मतगणना सुरु

काठमाडौं । राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना सुरु भएको हो। संघीय संसद्कै ल्होत्से हलमा मतदान सम्पन्न भएको थियो। प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ। आजै सात बजेसम्म मतगणना सक्ने आयोगको तयारी छ। साथै आझै मतगणना… Continue reading राष्ट्रपति निर्वाचन : मतगणना सुरु

प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् । अधिवक्ता ज्ञानेन्द्रराज आरण सहितले… Continue reading प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याइनेमा

उच्च अंकले बढ्यो नेप्से, जलविद्युत समूहमा झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ५०.४ अंकले बढेर २००२.७० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६२ कम्पनीको १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँ बराबरको ४५ लाख ६६ हजार ४३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading उच्च अंकले बढ्यो नेप्से, जलविद्युत समूहमा झुम्मिए लगानीकर्ता

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदानका लागि निर्वाचन आयोगले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय दिएको थियो। निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । मतदानमा ८३२ जना सांसदले मतदान गरेका छन्। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीले भाग लिएनन्। प्रदेशसभा सदस्यतर्फको ३२… Continue reading राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र… Continue reading सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई

जोखिम मोलेर वर्षेनी १० लाख अमेरिकी नागरिक किन छिर्छन् मेक्सिको ?

REUTERS\BBC

काठमाडौं\बीबीसी । कम खर्चमा औषधोपचार गर्न अमेरिकीहरू छिमेकी देश मेक्सिको गइरहन्छन्। तर मेक्सिको गएर खर्च जोगाउने उपाय कहिलेकाहीँ निकै जोखिमपूर्ण पनि बन्न सक्छ। कस्मेटिक शल्यक्रियाका लागि मेक्सिको गएका चार अमेरिकी नागरिकहरू गत सप्ताहान्तमा तमोलिपासस्थित माटामोरोसमा अपहरणमा परेको तिनका आफन्तले बताएका छन्। तीमध्ये दुई जनाको हत्या भएको पुष्टि भइसकेको छ भने बाँकी दुई जना बाँच्न सफल… Continue reading जोखिम मोलेर वर्षेनी १० लाख अमेरिकी नागरिक किन छिर्छन् मेक्सिको ?

साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको साँखुमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुका टिपरले ठक्कर दिँदा दुई मोटरसाइकलका चालकको ज्यान गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक… Continue reading साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु

आईसीसी विश्व कप क्रिकेट लिग–२ का खेल आजबाट कीर्तिपुरमा, पीएनजी र नेपाल भिड्दै

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । नेपालले घरेलु मैदानमा यसको फाइदा उठाउने दाउमा हुने छ । नेपाललाई शीर्ष तीनमा… Continue reading आईसीसी विश्व कप क्रिकेट लिग–२ का खेल आजबाट कीर्तिपुरमा, पीएनजी र नेपाल भिड्दै

पीएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख र इटलियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गतराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई दोस्रो लेगमा २–० गोलले हराउँदै समग्रमा ३–० को जितसहित बायर्न अन्तिम आठमा पुगेको हो । राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा बायर्न १–० ले विजयी भएको… Continue reading पीएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति, १० बजेबाट मतदान

काठमाडौं । नेपालको नयाँ तथा तेस्रो राष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार बनेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन… Continue reading आज मुलुकले पाउनेछ नयाँ राष्ट्रपति, १० बजेबाट मतदान

एक दिवसीय क्रिकेट वरियतामा नेपाल दुई स्थान माथि उक्लियो

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । आईसीसीको एकदिवसीय वरीयताअनुसार नेपाल १७ औँ स्थानमा रहेको छ । यसअघि नेपाल १९ औँ स्थानमा थियो । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पछिल्लो आठ खेलमध्ये… Continue reading एक दिवसीय क्रिकेट वरियतामा नेपाल दुई स्थान माथि उक्लियो

अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएपछि….

काठमाडौं । अमेरिकाबाट पठाइएको एक पार्सलमा गाँजा भेटिएपछि दुई जना प्रहरीको फन्दामा परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो। यसमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज जोशीले जनाएका छन् । उनका अनुसार पार्सलमार्फत आएको ६.९ किलो गाँजा बरामद भएको छ । त्रिभुवन… Continue reading अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएपछि….

३५ जना सगरमाथा महिला आरोही सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी काठमाडौंमा महिला सगरमाथा आरोहीहरुलाई सम्मान गरिएको छ । नेपाल पर्वतारोहण संघले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ३५ जना आरोहीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेत्री बीना मगर, नायिका निशा अधिकारी, पत्रकारद्वय पूर्णिमा श्रेष्ठ, कल्पना महर्जन लगायतका छन् । संघका अनुसार सम्मानित हुने अन्यमा कान्छी डोल्मा ह्याल्मो, निशा… Continue reading ३५ जना सगरमाथा महिला आरोही सम्मानित

राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ, कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने

काठमाडौं । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तटस्थ बस्ने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो। यो निर्णयसँगै राष्ट्रपति निर्वाचनमा राप्रपाका संघीय तथा प्रदेश सभाका सांसदहरु मतदान प्रक्रियाबाट बाहिर हुनेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमसँग रुष्ट भएर राप्रपा फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट… Continue reading राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ, कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने

सहकारी व्यवस्थापकको गोष्ठी शुरु,वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता

काठमाडौं । सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रियगोष्ठी शुरु भएको छ । बुधबारदेखि काठमाण्डुमा सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिए । सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले… Continue reading सहकारी व्यवस्थापकको गोष्ठी शुरु,वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता

‘राष्ट्रपति भण्डारीको दुवै कार्यकालको भूमिका गौरवपूर्ण’- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको दुई कार्यकालको भूमिका गौरवपूर्ण सम्पन्न भएको बताएका छन्। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताए । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा… Continue reading ‘राष्ट्रपति भण्डारीको दुवै कार्यकालको भूमिका गौरवपूर्ण’- ओली

निगमको एयरबसमा चालक दलका सदस्य सबै महिला, विमानस्थलमा पर्यटनमन्त्रीको स्वागत

काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक महिलाहरू मात्रै रहेको चालक दलले राष्ट्रिय ध्वजावाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेकाे छ । दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो। पाइलटद्वय भावना पन्त गिरी र सिर्जना राउतको चालक दलले नेपाल–दुबई र दुबई–नेपालको सफल उडान… Continue reading निगमको एयरबसमा चालक दलका सदस्य सबै महिला, विमानस्थलमा पर्यटनमन्त्रीको स्वागत

‘सातै प्रदेशमा स्तन र पाठेघरको क्यान्सरको नि:शुल्क उपचारको व्‍यवस्था छिट्टै’- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिने बताएका छन्। ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्। सम्बोधनमा प्रधानमन्त्रीले भने, ‘यसैगरी सातवटै प्रदेशमा नि सन्तान उपचार सेवा, वडास्तरमा नवजात… Continue reading ‘सातै प्रदेशमा स्तन र पाठेघरको क्यान्सरको नि:शुल्क उपचारको व्‍यवस्था छिट्टै’- प्रधानमन्त्री

सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?

काठमाडौं । चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही चैत ६ गतेदेखि पुनः उडान सुचारु गर्न लागेको हो । कम्पनीले चीनको चेङ्दुबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार गरेर साताको चार उडान गर्न लागेको जनाएको छ… Continue reading सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?

बंगलादेशमा विष्फोट, कम्तिमा १५ जना मारिए

REUTERS\BBC

ढाका । बंगलादेशको ढाकास्थत गुलिस्ता इलाकामा भएको एक विस्फोटमा कम्तिमा १५ जना मारिएका छन् । १ सय भन्दा धेरै मानिस घाइते भएका छन् । घटना ढाकाको उत्तर–दक्षिण रोडको सिद्दीकी बजारमा भएको हो । मंगलबार साँझ ५ बजे विष्फोट भएको थियो । अहिलेसम्म नौ पुरुष र र्दु महिलाको सनाखत भएको छ । घाइतेलाई ढाका मेडिकल कलेज… Continue reading बंगलादेशमा विष्फोट, कम्तिमा १५ जना मारिए

राष्ट्रपति उम्मेदवारको मतपत्रमा उम्मेदवारको तस्वीर

काठमाडौं । राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र राखिने भएको छ । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यस पटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र राखिएको छ । मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । निर्वाचन बिहीबार हुँदैछ । राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र विपक्षी दल… Continue reading राष्ट्रपति उम्मेदवारको मतपत्रमा उम्मेदवारको तस्वीर

आज देशभरको आकासमा बादल, पहाडी भेगमा वर्षा

RSS

काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी भेगमा आज वर्षा सुरु भएकोछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकभर बादल लागिरहे पनि केही स्थानमा मात्र छिटपुट वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ। पाल्पा र पोखरालगायतका क्षेत्रमा… Continue reading आज देशभरको आकासमा बादल, पहाडी भेगमा वर्षा

महिलालाई स्वरोजगार बनाऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत बनाउन जरुरी भएको बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप… Continue reading महिलालाई स्वरोजगार बनाऔं : प्रधानमन्त्री

सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छन् :राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै यस्तो बताएकी हुन् ।… Continue reading सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छन् :राष्ट्रपति

आज अन्तर्राष्ट्रिय महिला दिवस, संसारभर मनाईदै

काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने… Continue reading आज अन्तर्राष्ट्रिय महिला दिवस, संसारभर मनाईदै

न्यूह्यामसायरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव, एनआरएनएमा महिला सहभागिता बढाउने उद्घोष

नाशुवा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका एनसिसीको आयोजनामा न्यू ह्यामसायरको नाशुवा शहरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव सम्पन्न भएको छ । एनआरएनए आइसिसी अध्यक्ष रविना थापाको प्रमुख आतिथ्यमा शनिबार नारी दिवस उत्सव सम्पन्न भएको हो । कार्यक्रममा न्यूह्यामसायर दिदीवहिनीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा आइसिसी अध्यक्ष थापा, एनआरएनए अमेरिका एनसिसी अध्यक्ष बुद्धी… Continue reading न्यूह्यामसायरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव, एनआरएनएमा महिला सहभागिता बढाउने उद्घोष