बारामा गोली प्रहार गरी भारतीय नागरिकको हत्या

प्रतिकात्मक तस्वीर

बारा । बारामा गोली प्रहार गरी एक जना भारतीय नागरिकको हत्या गरिएको छ । अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिकको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको हो । उनी भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् । कलैया बारियारपुर… Continue reading बारामा गोली प्रहार गरी भारतीय नागरिकको हत्या

महिन्द्रराय यादव र रामकुमार राईले लिए शपथ, अझै दुई सांसद शपथ लिन बाँकी

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्रराय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रतिनिधि सभाका २७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए। यादव र राईले बिहीबार शपथ… Continue reading महिन्द्रराय यादव र रामकुमार राईले लिए शपथ, अझै दुई सांसद शपथ लिन बाँकी

‘झापा गोल्डकप’ प्रतियोगिता यो वर्ष नहुने

काठमाडौं । नेपालकै प्रतिष्ठित प्रतियोगितामा ‘झापा गोल्डकप’ यस वर्ष नहुने भएको छ। ‘झापा गोल्डकप’ लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको छ। १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन अन्तिम साताबाट गर्ने आयोजकको तयारी छ। प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख,… Continue reading ‘झापा गोल्डकप’ प्रतियोगिता यो वर्ष नहुने

भारतले दियो नेपाललाई चैतसम्म ५० हजार टन गहुँ आयातको अनुमति

काठमाडौं । भारतलेले नेपाललाई चैतसम्म ५० हजार टन आयातको अनुमति दिएको छ । गहुँ निर्यातका लागि कोटा निर्धारण गर्दै उक्त अनुमति दिएको हो । गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो । नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक-पटक पत्राचार गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै… Continue reading भारतले दियो नेपाललाई चैतसम्म ५० हजार टन गहुँ आयातको अनुमति

विदेशमा काम गरिरहेका एक नेपालीलाई रवीले आफ्नो पार्टीको सीइओ बनाउने, प्रस्ताव आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले विदेशमा बसेर रोजगारी गरिरहेका एक जनालाई आफ्नो पार्टीको सीइओ बनाउने भएका छन् । उनले त्यसका लागि विदेशको काम त्यागेर नेपाल फर्कनु पर्ने शर्त राखेका छन् । उनले भनेका छन्, ‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका व्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न… Continue reading विदेशमा काम गरिरहेका एक नेपालीलाई रवीले आफ्नो पार्टीको सीइओ बनाउने, प्रस्ताव आह्वान

हुस्सु र कुहिरोका कारण हवाई उडान दैनिक प्रभावित

काठमाडौं । नेपालमा हुस्सु र कुहिरोका कारण हवाई उडान दैनिक जसो प्रभावित बनेको छ । शुक्रबार पनि पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।… Continue reading हुस्सु र कुहिरोका कारण हवाई उडान दैनिक प्रभावित

कोरोना पुनः बढ्न सक्ने भन्दै मन्त्रालयले गरायो सचेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः फैलन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले जोखिम बढेको भन्दै मास्क प्रयोग गर्न समेत भनेको छ । मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएको छ । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।… Continue reading कोरोना पुनः बढ्न सक्ने भन्दै मन्त्रालयले गरायो सचेत

धरानका मेयर हर्कलाई अदालतको आदेश : साबुन उद्योगको काम अगाडी नबढाउ

काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ । धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो । मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेपछि जिल्ला वन कार्यालय… Continue reading धरानका मेयर हर्कलाई अदालतको आदेश : साबुन उद्योगको काम अगाडी नबढाउ

गोरखाका सांसद राजेन्द्र बजगाईले तलव-भत्ता नागरिककै लागि खर्च गर्ने घोषणा

काठमाडौं । गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् । ‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ का… Continue reading गोरखाका सांसद राजेन्द्र बजगाईले तलव-भत्ता नागरिककै लागि खर्च गर्ने घोषणा

गठबन्धनका शीर्ष नेताबीच सरकार गठनबारे छलफल

File RSS

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच सरकार गठबनबारे छलफल भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको हो । माओवादी केन्द्रको संसदीय दलको बैठकले बिहीबार अपराह्न प्रतिनिधि सभाको संसदीय दलको नेतामा अध्यक्ष दाहाललाई सर्वसम्मत… Continue reading गठबन्धनका शीर्ष नेताबीच सरकार गठनबारे छलफल

अमेरिकी संसदमा युक्रेनका राष्ट्रपतिले के भने ?

काठमाडौं ­\बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको भरिभराउ संयुक्त सत्रलाई सम्बोधन गरेका छन् । उनले युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए। जेलेन्स्कीले सबै प्रतिकूलताका विरुद्ध‘युक्रेन जीवित रहेको र मुकाबला गरिरहेकोू बताए। बारम्बारको ताली र उभिएर दर्साइएका सम्मानबीच जेलेन्स्कीले अमेरिकी जनता र कङ्ग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद… Continue reading अमेरिकी संसदमा युक्रेनका राष्ट्रपतिले के भने ?

आयात घट्दा व्यापार घाटा पनि कम

नेपालमा चालु आर्थिक वर्षको शूरुवातबाटै आयात खुम्चिएको छ । यसले व्यापार घाटामा समेत कमी ल्याएइको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७८–७९ को सोही अवधिको वैदेशिक व्यापार घाटा ७ खर्ब… Continue reading आयात घट्दा व्यापार घाटा पनि कम

कुख्यात सिरियल किलर शोभराज थुनामुक्त, अध्यागमनमा बुझाइंदै

नेपालबाट यसै वर्ष निष्काशनमा परेका चार्स शोभराज

काठमाडौं । कुख्यात सिरियल किलरु चार्ल्स शोभराज कैदमुक्त भएका छन् । यद्दपी उनी खुला वातावरणमा आउन भने पाउने छैनन् । केन्द्रीय कारागार कार्यालयले शोभराजलाई शुक्रबार अध्यागमन विभागमा बुझाउने तयारी गरेको छ । १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई बुधबार छोड्न र १५ दिनभित्र देश फर्काउन सर्वोच्च अदालतले आदेश गरेको छ । शोभराजलाई… Continue reading कुख्यात सिरियल किलर शोभराज थुनामुक्त, अध्यागमनमा बुझाइंदै

विश्व विजेता अर्जेन्टिना फिफा वरीयताको दोस्रोमा उक्लियो, नेपाल १७५ औं स्थानमा

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा) को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ । यसअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिना एक स्थानमाथि उक्लिँदै दोस्रोमा पुगेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ । यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम चौथो विश्वकपको उपविजेता फ्रान्स तेस्रो स्थानमा रहेको छ । आश्चर्यजनक नतिजा… Continue reading विश्व विजेता अर्जेन्टिना फिफा वरीयताको दोस्रोमा उक्लियो, नेपाल १७५ औं स्थानमा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति र बुद्धको ‘डेमो’ उडान सफल

तस्विर" अच्युत पुरीको फेसबुकबाट

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २:१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २:२७ मा अवतरण भएको जानकारी दिए । ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न… Continue reading पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति र बुद्धको ‘डेमो’ उडान सफल

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन, नगरे २ हजार जरिवाना

काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिवाना गरिने विभागले जनाएको छ । सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि… Continue reading फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन, नगरे २ हजार जरिवाना

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले लिए सपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक समारोहका बीच सांसदहरुले सपथ लिएका हुन्। । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार शपथ गराएकी थिइन्। त्यसपछि सांसद्हरुले सांसदको लोगो… Continue reading प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले लिए सपथ

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पुस १७ गतेदेखि हिउँदे बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभाग र क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बिहीवार सूचना प्रकाशित गर्दै आ–आफ्नो अनुकूलता हेरी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म बिदा दिन सकिने जनाएका छन् । कार्यकारी परिषद्को पुस ३ गते बसेको बैठकले बिदा सम्बन्धी निर्णय गरेको हो… Continue reading त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पुस १७ गतेदेखि हिउँदे बिदा

सन्दीप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको पेसी स्थगित

Gorakhapatra

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्धको पेसी स्थगित गरिएको छ । लामिछानेको कानुन व्यवसायीका तर्फबाट पेसी स्थगित गरिएको हो । लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको थियो । लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको… Continue reading सन्दीप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको पेसी स्थगित

प्रतिनिधिसभा सदस्यको सपथ आज

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा… Continue reading प्रतिनिधिसभा सदस्यको सपथ आज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट आज

पोखरा । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुदैछ । बिहिवार यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे  विमानस्थलमा डेमो उडान गर्न लागेको जानकारी दिएका छन् । जहाज पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।  यो विमानस्थलमा १ जनवरी २०२३ बाट व्यवसायीक उडान हुदैछ ।

पशुपतिशम्शेर राणाले लिए राष्ट्रपतिबाट शपथ

काठमाडौं । जेष्ठ सदस्यका रुपमा राप्रपाका सांसद पशुपतिशम्शेर राणाले शपथ लिएका छन्। बुधवार शीतल निवासमा राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्। योसँगै राणाले बिहीवार नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउनेछन्। उनी राप्रपाको समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन्।

विवाहमा झडप हुँदा पर्सामा एक युवकको मृत्यु

पर्सा । विवाहमा झडप हुँदा पर्सामा एक युवकको ज्यान गएको छ । जगरनाथपुर गाउँपालिका–३ मा विवाहमा नाच्ने क्रममा विवाद हुँदा कुटपिटबाट स्थानीय करिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको ज्यान गएको हो । सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहमाथि कुटपिट भएको थियो । सैमुल्लाहले नाच्न नदिएको… Continue reading विवाहमा झडप हुँदा पर्सामा एक युवकको मृत्यु

नागरिकता विवाद: रवि लामिछानेलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिन बाटो खुल्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो । योसँगै लामिछानेलाई शपथ लिन बाटो खुलेको छ । चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता निस्क्रिय रहेकाले उनको उम्मेदवारीदेखि दलको सभापति पदसमेत अवैध भएको… Continue reading नागरिकता विवाद: रवि लामिछानेलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिन बाटो खुल्यो

एमाले सांसदले नेपाली भाषामै शपथ लिनुपर्ने, राष्ट्रिय पोशाक अनिवार्य

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई नेपाली भाषामै शपथ लिन ह्वीप जारी गरेको छ । बिहीवार हुन लागेको सपथ ग्रहण नेपाली भाषामै लिन र राष्ट्रिय पोशाक अनिवार्य गरेको हो । कतिपय सांसदले आफ्नो भाषा र भुषा अनुसारको शपथ लिने तायारी गरेपछि एमालले ह्वीप जारी गरेको हो । संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ… Continue reading एमाले सांसदले नेपाली भाषामै शपथ लिनुपर्ने, राष्ट्रिय पोशाक अनिवार्य

कांग्रेसमा पुस्तान्तरणको प्रयास असफल, गगनले पाएनन् आफ्नै समूहका मत

Photo: Naresh Shrestha/ THT

काठमाडौं । नेपाली कांग्रेसका पुस्तान्तरणको प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै पुस्तान्तरणको प्रयास असफल भएको हो । यससँगै कांग्रेसमा संस्थापन इतरको साथ र युवा नेताहरुको समर्थनमा देउवालाई महामन्त्री गगन थापाले टक्कर दिएका थिए। यसलाई धेरैले कांग्रेसमा पुस्तान्तरणको संज्ञा दिएका थिए। देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरे ।… Continue reading कांग्रेसमा पुस्तान्तरणको प्रयास असफल, गगनले पाएनन् आफ्नै समूहका मत

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरेका हुन् । देउवाले ६४ र गगन थापाले २५ मत पाएका छन् । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । थापालाई महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले… Continue reading कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

संसदका जेष्ठ सदस्यको सपथ आज, अन्यको भोली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउने भएकी छिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् । उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद… Continue reading संसदका जेष्ठ सदस्यको सपथ आज, अन्यको भोली

संसदीय दलको नेता छान्न कांग्रेसमा आज निर्वाचन, गगन र देउवा भिड्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ । यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा… Continue reading संसदीय दलको नेता छान्न कांग्रेसमा आज निर्वाचन, गगन र देउवा भिड्दै

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग चल्न सक्ने

न्यूयोर्क । झण्डै दुई वर्षअघि अमेरिकाको संसद रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले देशद्रोहसहितका फौजदारी अभियोगहरू सामना गर्नुपर्ने सिफारिस गरेको छ। डेमोक्र्याटिक नेतृत्वको उक्त समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनको सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको हो। उक्त संसदीय समितिले ट्रम्पकी एकजना पूर्व सहयोगी होप हिक्सले ट्रम्पलाई उनको… Continue reading अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग चल्न सक्ने