एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता छानिएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट… Continue reading एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५७ कम्पनीको ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँ बराबरको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एकको मृत्यु, १२ जना भन्दा बढी यात्रु घाइते

काठमाडौं । पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय गजुरीका अनुसार काठमाडौंबाट लमजुङ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो र भैरहवाबाट काठमाडौंतर्फ आइरहेको लु २ ख २६४४ नम्बरको बस गजुरी गाउँपालिका २ नयाँ बिहानी पेट्रोल पम्प नजिकै दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु… Continue reading पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एकको मृत्यु, १२ जना भन्दा बढी यात्रु घाइते

प्रदीप पौडेलले छाडे देउवा र सिटौलाको साथ, संसदीय दलको निर्वाचनमा गगनलाई सघाउने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा युवा नेता प्रदीप पौडेलले महामन्त्री गगन थापालाई समर्थन गर्ने भएका छन् । पौडेल काठमाडौंस्थित बसेरा होटेलमा पुगेर थापालाई समर्थन जनाउँदै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका हुन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा उठ्ने भएपछि नेताहरु बाँडिन थालेका छन् । कृष्ण सिटौला निकट पौडेल गत… Continue reading प्रदीप पौडेलले छाडे देउवा र सिटौलाको साथ, संसदीय दलको निर्वाचनमा गगनलाई सघाउने

देउवाले नछाडेपछि संसदीय दलको नेताका आकांक्षी रामचन्द्र पौडेल पुस्तान्तरणको बाधक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् । पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् । यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर… Continue reading देउवाले नछाडेपछि संसदीय दलको नेताका आकांक्षी रामचन्द्र पौडेल पुस्तान्तरणको बाधक

इन्स्टाग्राम लाइकमा मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान

एजेन्सी । इन्स्टाग्राम लाइकमा लियोनेल मेस्सीले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । विश्वकप जितेपछि मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा ट्रफीसहितको फोटो पोस्ट गरेका थिए । यसमा ५ करोड ३५ लाखभन्दा बढी लाइक आएका छन् । उनी एउटै इन्स्टाग्राम पोस्टमा सबैभन्दा धेरै लाइक पाउने खेलाडी बनेका छन् । यस मामिलामा मेसीले पोर्चुगलका स्टार फुटबलर… Continue reading इन्स्टाग्राम लाइकमा मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान

देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, प्रस्तावक शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्। इतर समूहका सांसदहरुसहितको उक्त बैठकमा कोइरालाले सभापति शेरबहादुर देउवासँग दलको नेतामा भिड्न गगनको नाम प्रस्ताव गरेका हुन्। संसदीय दलमा डा शेखर कोइरालाले समेत इच्छा देखाएपछि दुई नेताबीच सहमति जुटाउन बिहानबाटै होटल एम्बासडरमा बैठक बसेको थियो। शेखरले नै गगनलाई उम्मेदवार प्रस्ताव छन्।… Continue reading देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, प्रस्तावक शेखर कोइराला

थाइल्याण्डमा पानीजहाज डुब्दा तीन दर्जन सैनिक वेपत्ता

बैंकक । थाइल्यान्डमा पानीजहाज डुब्दा भएको दुर्घटनामा तीन दर्जन सैनिक वेपत्ता भएका छन् । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार पानीजहाज डुब्दा कम्तीमा ३१ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । थाई नौसेनाका प्रवक्ताका अनुसार ‘एचटीएमएस सुखोथाई’ पानीजहाजमा एक सय जनाभन्दा बढी नौसैनिक सवार थिए । थाइल्यान्डको खाडीमा गस्ती गरिरहेका बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ… Continue reading थाइल्याण्डमा पानीजहाज डुब्दा तीन दर्जन सैनिक वेपत्ता

काठमाडौं महानगरले पुनः भन्यो :मापदण्ड विपरितका साइनबोर्ड हटाउ

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका मापदण्ड विपरीतका साइन बोर्ड हटाउन पुनः ताकेका गरेको छ । साइनबोर्ड नराख्न र राखेको भए १५ दिनभित्र हटाउन महानगरले अनुरोध गरेको हो । महानगरको राजस्व विभागले आज सूचना निकालेर महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने सङ्घ, संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी निकायले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा… Continue reading काठमाडौं महानगरले पुनः भन्यो :मापदण्ड विपरितका साइनबोर्ड हटाउ

चोटका कारण विश्वकप गुमाएका फ्रान्सका बेन्जेमाले लिए सन्यास

काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आइतबार कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलमा उनको मुलुक अर्जेन्टिनासँग पराजित भएको छ । मंगलबार आफ्नो ३५ औं जन्मदिन मनाइरहेका बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको सामाजिक सञ्जालमा लेखेका छन् । तिघ्रामा चोट बोकेका बेन्जेमाले फ्रान्सको टोलीमा रहे पनि विश्वकप गुमाए ।… Continue reading चोटका कारण विश्वकप गुमाएका फ्रान्सका बेन्जेमाले लिए सन्यास

चिसोका कारण सर्लाहीमा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोका कारण दुई जनाको ज्यान गएको छ । चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको समाचार एजेन्सी राससले जनाएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।… Continue reading चिसोका कारण सर्लाहीमा दुई जनाको मृत्यु

मंगलबार पनि उच्च भेगमा हिमपातको सम्भावना

काठमाडौं । मंगलबार पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको छ । जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ । आज दिउँसो पनि… Continue reading मंगलबार पनि उच्च भेगमा हिमपातको सम्भावना

राहदानी बनाउन लिनु पर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन

काठमाडौं । राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो । विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तर अब… Continue reading राहदानी बनाउन लिनु पर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन

आजबाट नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द

काठमाडौं । आजबाट नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११… Continue reading आजबाट नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द

झापामा दम्पत्ति मृत फेला

झापा । झापामा एक दम्पत्ति मृत फेला परेका छन् । झापाको चारआली जंगलमा उनीहरु मृत फेला परेको प्रहरीले बताएको छ । सोमबार दिउँसो पौने ३ बजे मेचीनगर नगरपालिका १३ चारआली जंगलमा दुई जनाको शव फेला परेको थियो। उनीहरू श्रीमान–श्रीमती भएको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । मृतक अर्जुनधारा… Continue reading झापामा दम्पत्ति मृत फेला

कांग्रेस संसदीय दल नेतामा उम्मेदवार बन्न ५१ हजार तिर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार रूपैयाँ तोकिएको छ। सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गर्न ५१ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । यसअघि ४१ हजार रूपैयाँ बुझाउने व्यवस्था भए पनि यसपटक १० हजार रूपैयाँ बढाइएको… Continue reading कांग्रेस संसदीय दल नेतामा उम्मेदवार बन्न ५१ हजार तिर्नुपर्ने

नेप्सेमा सामान्य सुधार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेको नेप्से आज ३ अंकले बढेको हो । सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने गिरावट आएके छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोडले घटेर १ अर्बभन्दा कममा सीमित भएको छ । सोमबार नेप्से ३.८३ अंकले बढेर १८५८.८९… Continue reading नेप्सेमा सामान्य सुधार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

वर्षामा मेलम्चीको पानी ल्याउन जेठ अगावै स्थायी संरचना बनाइने

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका(१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ । पानी ल्याएको मूलढोकामा फिल्टर राखेर वर्षाको बाढी र… Continue reading वर्षामा मेलम्चीको पानी ल्याउन जेठ अगावै स्थायी संरचना बनाइने

कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक

काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक भएको छ । कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमितिले सोमबार निर्वाचनको तालिका सार्वजनिक गरेको हो। दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेलृ जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। आजै साढे २ बजेदेखि ३ बजेसम्म… Continue reading कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक

सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा लिन चाहनेले जानकारी दिनुपर्ने

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते सपथ लिने भएका छन्। सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि सपथ ग्रहणको समय तोकेको छ। सपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको सक्कल र प्रतिलिपि तथा दुईटा फोटो सहित लिएर आउन सचिवालयलाई निम्तो दिइएको छ। कुनै सदस्यले मातृभाषामा शपथ… Continue reading सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा लिन चाहनेले जानकारी दिनुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ। संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध चयन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।

माधव नेपाल संसदीय दलको नेता, उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता चयन गरेको छ । सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष माधव नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् । समानुपातिक तर्फ थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीबाट… Continue reading माधव नेपाल संसदीय दलको नेता, उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला

अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा १९ मारिए

file Reuters Photo

काबुल । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जना मारिएका छन् । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको समाचारमा उल्लेख छ । विस्फोटमा परेर महिला र बालबालिकासहित १९… Continue reading अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा १९ मारिए

समाजवादीको संसदीयको दलको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।संसदीय दलको नेता चयन, समसामयिक राजनीति, भावी रणनीति र नयाँ सरकारबारे छलफल गर्न बैठक बोलाइएको हो । एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जितेको छ। संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन… Continue reading समाजवादीको संसदीयको दलको बैठक बस्दै

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । सोमबार देशका केही भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

एम्बाप्पेले जिते गोल्डेन बुट, फाइनलमा गरे ह्याट्रिक

काठमाडौं । फ्रान्सका किलियन एम्बाप्पेले गोल्डेन बुट जित्न सफल भएका छन् । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा ह्याट्रिक गरेको एम्बाप्पेले एम्बाप्पेले गोल्डेन बुट जिते । यो विश्वकपमा ७ गोल गरेका छन् । विश्वकपको फाइनलमा एम्बाप्पेले गरेको ह्याट्रिक विश्वकपमा विरलै मानिन्छ । यसअघि इंग्ल्याण्डका लागि होस्र्टले १९६६ मा पनि ह्याट्रिक गरेका थिए । रोमान्चक खेलमा हारे पनि फ्रान्सले… Continue reading एम्बाप्पेले जिते गोल्डेन बुट, फाइनलमा गरे ह्याट्रिक

सर्वकालिन महान खेलाडी मेसी

काठमाडौं । वर्तमान युगमा महान खेलाडीको सूचीमा राखिने पेले र म्याराडोनासँगै आधुनिक यूगका सर्वकालिन महान खेलाडी बन्न सफल भएका छन् लियानल मेसी । अब उनले आफ्नो सक्रिय जीवनमा जित्न बाँकी कुनै पनि उपाधी छैन । अर्जेण्टिनाले आइतबार राती विश्वकप जितेसँगै मेसीको यो सफलता अमर बनेको हो । कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल… Continue reading सर्वकालिन महान खेलाडी मेसी

अर्जेण्टिना विश्व च्याम्पियन

काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि उचाल्दै विश्व च्याम्पियन बनेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जित्न सफल भयो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।… Continue reading अर्जेण्टिना विश्व च्याम्पियन

७ दिनको समय दिएर राष्ट्रपतिबाट सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकी हुन्। आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई… Continue reading ७ दिनको समय दिएर राष्ट्रपतिबाट सरकार गठनको आह्वान

तीन वर्षपछि शून्यमा झर्‍यो नेपालमा कोरोना संक्रमण दर

काठमाडौं। तीन वर्षपछि नेपालमा कोभिड- १९ संक्रमणदर शून्यमा झरेको छ । नेपालमा विसं २०७६ साल माघको पहिलो साता पहिलो पटक कोभिड संक्रमित भेटिएका थिए। झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो। आज २ जना संक्रमणमुक्त… Continue reading तीन वर्षपछि शून्यमा झर्‍यो नेपालमा कोरोना संक्रमण दर