काठमाडौं । विश्वकप फुटबल विजेताले पाउने रकममा वृद्धि हुँदै गएको छ । कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन्। नेपालीमा हिसाब गर्दा यो रकम करिब ५ अर्ब ४४ करोड हुन आउँछ । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को… Continue reading कतार विश्वकप विजेताले कति पाउनेछ पुरस्कार ?
Author: Vishwanews.com
स्थानीय तहका प्रमुख अधिकृतले अब बिदामा बस्दा अनिवार्य मन्त्रालयको स्वीकृति लिनुपर्ने
काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने उक्त मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिए । उनले… Continue reading स्थानीय तहका प्रमुख अधिकृतले अब बिदामा बस्दा अनिवार्य मन्त्रालयको स्वीकृति लिनुपर्ने
नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत मंगलबारदेखि ओरालो लागेको नेप्से आज पनि उच्च अंकले घटेको हो । आइतबार नेप्से २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा आइपुगेको छ । यसदिन २५० कम्पनीको १ अर्ब १५ करोड रुपैयाँ बढीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३… Continue reading नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्दै
काठमाडौं । अनुत्पादक क्षेत्र भनिए पनि बैंक तथा वित्तीय संस्थाहरूको घरजग्गामा कर्जा लगानी वर्षेनी बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा घरजग्गामा कर्जा लगानी ६९.३७ प्रतिशतले बढेको छ । यद्यपि, राष्ट्र बैंकको कडाइका कारण पछिल्लो १ वर्ष यता भने घरजग्गामा कर्जा लगानी केही सुस्त देखिएको छ । बैंक तथा वित्तीय… Continue reading अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्दै
मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ
रुपन्देही । रुपन्देही प्रहरीले किर्ते गरेको आरोपमा मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दासलाई पक्राउ गरेको छ । महन्तले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरि रुपन्देहीको बैंकबाट ७० लाख बढी रकम झिकेको आरोप छ । आज बिहान उनलाई मटिहानी बाट पक्राउ गरिएको स्थानीयले बताएका छन ।
आँबुखैरेनी नजिकै सडक भासियो, पृथ्वीराजमार्ग अवरूद्ध
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको हो। आइतवार बिहान करिब १० बजेतिर सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो। सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।
अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी
काठमाडौं\एजेन्सी । अमेरिकामा यस वर्ष चिसो याममा कम्तीमा एक करोड ५० लाख जना बिरामी भएको रिर्पोट सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को प्रतिवेदनले यस्तो तथ्य देखाएको हो । सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय… Continue reading अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी
माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि… Continue reading माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?
नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्दै
काठमाडौं । नेपाली कांग्रेस नयाँ सरकार गठनबारे छलफलमा जुट्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसको भनाई छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन… Continue reading नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्दै
विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका
काठमाडौं । विश्वकप फुटबलको एक महिना लामो महामेला आज समापन हुँदैछ । आज तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । लिओनल मेसीका लागि विश्वकपको यो सम्भवतः अन्तिम खेल हो । ३५ वर्षिय महान फुटबलरका लागि… Continue reading विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका
क्रोएसिया बन्यो तेस्रो
काठमाडौं । क्रोएसिया विश्वकपमा तेस्रो बनेको छ । जारी विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २–१ गोलअन्तरले हराउँदै तेस्रो स्थान सुरिक्षित गरेको हो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो । सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा… Continue reading क्रोएसिया बन्यो तेस्रो
नेपालको समृद्धिका लागि अमेरिकाको सहयोग सदैव रहन्छ : राजदूत
नेपालगन्ज । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन् । उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए । पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आइपुगेका राजदूत थम्प्सनले नेपालमा सूचना, प्रविधि र अंग्रेजी… Continue reading नेपालको समृद्धिका लागि अमेरिकाको सहयोग सदैव रहन्छ : राजदूत
निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको छ ।आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त… Continue reading निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
प्रधानमन्त्रीले गरे ललितपुर महानगरपालिकाको प्रशंसा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने भन्दै ललितपुर महानगरपालिकाको प्रशंसा गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताए ।… Continue reading प्रधानमन्त्रीले गरे ललितपुर महानगरपालिकाको प्रशंसा
खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?
काठमाडौं । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेलेका थिएनन् । प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने जानकारी गराएका छन् । उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी छन्… Continue reading खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?
विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु
काठमाडौं । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका… Continue reading विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु
नेपाल र भारतीय सैनिकको संयुक्त अभ्यास सुरु
काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिएको सो सैनिक अभ्यास शुक्रबारबाट रुपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल विद्यालयमा सुरु भएको नेपाली सेनाले जनाएको छ । ‘सूर्यकिरण’को १६औँ संस्करणका रूपमा सुरु भएको उक्त सैनिक अभ्यासको मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति यामप्रसाद ढकालले शुभारम्भ गर्नुभयो । यसअघि १५औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको… Continue reading नेपाल र भारतीय सैनिकको संयुक्त अभ्यास सुरु
उच्च भेगमा हिमपातको सम्भावना
काठमाडौं । शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस्तो जानकारी गराएको हो । देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली… Continue reading उच्च भेगमा हिमपातको सम्भावना
विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै
काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई टोलीले तेस्रो स्थानका लागि आज खेल्दैछन् । खेल राति ८ : ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २–० ले… Continue reading विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै
सर्लाहीमा गोली चल्दा एक प्रहरी घाइते
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चल्दा एक प्रहरी घाइते भएका छन् । गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । पाखुरामा एक… Continue reading सर्लाहीमा गोली चल्दा एक प्रहरी घाइते
विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना
काठमाडौं । विषाक्त खानाका कारण पाहुना बिरामी परेसँगै चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना हुने भएको छ । अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष उक्त जरिवाना सिफारिस गरेको हो । मङ्सिर २३ गते सीजीआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिबाना गर्न सिफारिस गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवम्… Continue reading विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाइएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मटितेल १७८… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य
६० वटा ‘ड्राइभिङ लाइसेन्स’ निलम्बन गर्न ट्राफिक प्रहरीको सिफारिस
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरमा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात ब्यवस्था विभागमा सिफारिस गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने शर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र… Continue reading ६० वटा ‘ड्राइभिङ लाइसेन्स’ निलम्बन गर्न ट्राफिक प्रहरीको सिफारिस
भारतबाट घटेर आयो इन्धनको मूल्य, कुनमा कति घट्यो ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई पुस १ गते (डिसेम्बर १६ तारिख) मा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो । आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा… Continue reading भारतबाट घटेर आयो इन्धनको मूल्य, कुनमा कति घट्यो ?
पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मंसिर मसान्तसम्ममा ४ खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।… Continue reading पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै
यी हुन् फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल खेलाउने रेफ्री
काठमाडौं । कतार विश्वकप फुटबलको फाइनल खेल पोल्याण्डका रेफ्रीले खेलाउने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आइतबार फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलका लागि पोल्याण्डका सिजमोन मार्सिनीकलाई रेफ्री तोकेको हो । कतारको लुसेल स्टेडियमा नेपाली समय अनुसार राति पौने ९ बजे फाइनल खेल हुँदैछ । पोल्याण्ड अहिलेसम्म विश्वकपको फाइनलनमा नपुगेकाले पनि मार्सिनीक विश्वकपको फाइनलमा… Continue reading यी हुन् फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल खेलाउने रेफ्री
अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा
काठमाडौं । राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन् । यहाँ आयोजित अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उनले उक्त घोषणा गरेका हुन् । राष्ट्रपतिले भ्रमणको घोषणा गरेपनि त्यसलाई औपचारिक भ्रमणसूचीमा समावेश गरिएको छैन । विकासको पथमा अग्रसर भइरहेको अफ्रिकी महादेशप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै उनले अफ्रिकी राष्ट्रहरूलाई सक्दो… Continue reading अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा
धरानमा चर्किँदो विवाद, हर्क साम्पाङको चेतावनी-‘भनेको नमान्नेले राजीनामा दिनू’
काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ। विवाद बढ्दै जाँदा मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन्… Continue reading धरानमा चर्किँदो विवाद, हर्क साम्पाङको चेतावनी-‘भनेको नमान्नेले राजीनामा दिनू’
वालेट प्रयोग गर्ने १ करोड ५१ लाख नाघे, मोबाइल बैंकिङ प्रयोगकर्ता कति ?
काठमाडौं । डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड ५१ लाख ३३ हजार ७३५ पुगेको छ । असोजमा… Continue reading वालेट प्रयोग गर्ने १ करोड ५१ लाख नाघे, मोबाइल बैंकिङ प्रयोगकर्ता कति ?
सोविता गौतमको चुवानी खर्च ३ लाख ७१ हजार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ बाट मा निर्वाचित सांसद सोविता गौतमले निर्वाचनमा ३ लाख ७१ हजार रुपैयाँ मात्र खर्च भएको जनाएकी छिन् । उनले निर्वाचन आयोगलाई आफ्नो चुनाव खर्च बुझाएकी हुन् । उनले मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल\डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना… Continue reading सोविता गौतमको चुवानी खर्च ३ लाख ७१ हजार