काठमाडौं । नभाडामा भएको जितसँगै अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक दलले आफ्नो बहुमत कायम राख्ने भएको छ। तीव्र प्रतिस्पर्धामा उनीहरूकी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले डोनल्ड ट्रम्पले समर्थन गरेका रिपब्लिकन उम्मेदवार एडम ल्याक्सल्टलाई पराजित गरेको बीबीसीले लखेको छ ।मास्टो ६ वर्ष अघि अमेरिकी सिनेटमा चुनिने पहिलो ल्याटिन महिला बनेकी थिइन्। डेमोक्र्याटहरूसँग अब ५० सिट रहेको छ… Continue reading अमेरिकी सिनेटमा बाइडेनको पकड कायमै
Author: Vishwanews.com
पौडी खेल्ने क्रममा सिरहामा तीन जना बालकको डुबेर मृत्यु
काठमाडौं । सिरहामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । उनीहरु भारतीय रहेको प्रहरीले जनाएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको… Continue reading पौडी खेल्ने क्रममा सिरहामा तीन जना बालकको डुबेर मृत्यु
रौतहटमा प्रभु साहलाई समर्थन गरेका ५ जनप्रतिनिधिलाई एमालेको स्पष्टीकरण
रौतहट । स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेपछि नेकपा एमालेले रौतहटका ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाललाई एमालेले स्पष्टीकरण सोधेको हो । पार्टीको विधान विपरीत… Continue reading रौतहटमा प्रभु साहलाई समर्थन गरेका ५ जनप्रतिनिधिलाई एमालेको स्पष्टीकरण
फुलचोकीमा हराएका ४ जनाको ११ घण्टापछि उद्धार
ललितपुर । ललितपुरको फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको ११ धण्टापछि उद्धार गरिएको छ । फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने १२५ जना विद्यार्थी फुल्चोकीमा घुम्न गएका थिए। उनीहरूसँग ९ जना शिक्षक… Continue reading फुलचोकीमा हराएका ४ जनाको ११ घण्टापछि उद्धार
पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै
काठमाडौं । पोखरा–जोमसोम हवाई रुटमा क्यामरा जडान गरिने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्त्याउने गरेको छ । यस रुटको हवाई सेवालाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन रुटमा क्यामेरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको… Continue reading पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै
पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप
काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको जितेको छ । फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्डले दोस्रो पटक आईसीसी टी–२० विश्वकपको उपाधि जितेको हो । आइतबार मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले… Continue reading पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप
गुल्मी १ :पालैपालो जित्दै आएका ज्ञवाली र भण्डारीको चौथो भिडन्त
काठमाडौं । गुल्मी–१ मा कांग्रेस नेता डा. चन्द्र भण्डारी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली चौथोपटक आमनेसामने भएका छन् । यी दुई नेताबीच २०६४ सालदेखि चुनावी प्रतिस्पर्धी हुँदै आएको छ । २०६४ मा ज्ञवाली र २०७० मा भण्डारी विजय भएका थिए । २०७४ सालमा माओवादी–एमाले गठबन्धनसँग भण्डारी झिनो मतले पराजित भए । २०६४ यता भएका ३ निर्वाचनमा… Continue reading गुल्मी १ :पालैपालो जित्दै आएका ज्ञवाली र भण्डारीको चौथो भिडन्त
नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२६ कम्पनीको ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँ बराबरको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट
‘केही दिनभित्र कुनै चलखेल नभए आफ्नो जीत सुनिश्चित’-सागर ढकाल
काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आगामी केही दिनभित्र कुनै चलखेल नभए आफ्नो जीत सुनिश्चित हुँदै गएको दाबी गरेका छन् । आज उनले सामाजिक सञ्जालमा लेख्दै त्यस्तो बताएका हुन् । उनले भारत र खाडी मुलुकमा रहेका डडेलधुराबासीले घरमा दिनहुँ फोन गरेर आफूलाई भोट दिन आग्रह गरेको… Continue reading ‘केही दिनभित्र कुनै चलखेल नभए आफ्नो जीत सुनिश्चित’-सागर ढकाल
लोमस फार्मास्यूटिकलको औषधी गुणस्तरहीन, बिक्री वितरणमा रोक
काठमाडौं । नेपाली औषधी उत्पादक कम्पनीहरु बायोगेन रेमिडिज प्रालि र लोमस फार्मास्यूटिकल प्रालिले उत्पादन गरेका केही औषधी गुणस्तरहीन फेला परेको छ । औषधी व्यवस्था विभागले गरेको बजार अनुगमनको क्रममा बायोगेनको उत्पादन बायोकल–डी र लोमसको उत्पादन अस्भिट तोकिएको मापदण्ड विपरित रहेको बताइएको छ । औषधीमा मानव स्वास्थ्य प्रतिकूल तत्व भेटिएपछि विभागले तत्कालका ती औषधीको प्रयोगमा रोक… Continue reading लोमस फार्मास्यूटिकलको औषधी गुणस्तरहीन, बिक्री वितरणमा रोक
चुनावका दिन सवारीसाधन चलाउन क-कसले लिनुपर्दैन पास ?
काठमाडौं । आगामी मंसिर ४ गते स्थानीय तहको चुनाव हुने दिन १ दर्जन बढी क्षेत्रका व्यक्तिले सवारीसाधन चलाउन अनुमतिपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगका सो दिन अत्यावश्यक सेवा अन्तर्गत विभिन्न क्षेत्रका सवारीसाधन पास नलिई चलाउन पाइने व्यवस्था गरेको हो । आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा… Continue reading चुनावका दिन सवारीसाधन चलाउन क-कसले लिनुपर्दैन पास ?
काठमाडौं ६ : ‘ट्रायल उम्मेदवार’ खनाललाई रोक्दै ‘ह्याट्रिक’ गर्ने दाउमा पूर्वरक्षामन्त्री प्रधान
काठमाडौं । १० क्षेत्रमध्ये काठमाडौं ६ लाई एमाले र कांग्रेसले भिन्न रुपले हेर्ने गरेका छन् । उक्त क्षेत्रलाई कांग्रेसले ‘सुरक्षित’ ठानेको छ भने एमालेले ‘ट्रायल’ क्षेत्रका रुपमा बुझ्ने गरेको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचन नजिकिंदै गर्दा मुख्य प्रतिस्पर्धी मानिएका सत्तारुढ गठबन्धन आबद्ध दल र नेकपा एमालेले चुनावी अभियानलाई तिब्रता दिएका छन् ।… Continue reading काठमाडौं ६ : ‘ट्रायल उम्मेदवार’ खनाललाई रोक्दै ‘ह्याट्रिक’ गर्ने दाउमा पूर्वरक्षामन्त्री प्रधान
पहिलो पटक विश्वकप आयोजना गर्दै नेपाल
काठमाडौं । नेपालले पहिलो पटक आइसीसी विश्वकप क्रिकेट आयोजना गर्ने भएको छ। आइसीसीले सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपको सहआयोजक राष्ट्रको रूपमा नेपाललाई राखेको छ। उक्त विश्वकप संयुक्त रूपमा बांग्लादेश र नेपालले आयोजना गर्नेछन्। नेपालले कुनै पनि विश्वकपको आयोजना गर्न लागेको यो पहिलो पटक हो। आइसीसी बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्याण्ड, जिम्बावे… Continue reading पहिलो पटक विश्वकप आयोजना गर्दै नेपाल
अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए
डलास । अमेरिकी राज्य डलासमा एयर शोका दौरान द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । यस घटनामा कति मानिस हताहती भए वा जिवित छन् भन्ने खुलेको छैन । घटनाको समयमा दुबै विमान जमिनको नजिकबाट उडिरहेको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । सोशल मीडियामा राखिएका भिडियोमा दुई विमान ठोक्किएपछि एक विमान दुई टुक्रा हुन्छ ।… Continue reading अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए
टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै
मेलवर्न । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज खेल हुँदैछ । उपाधीका लागि इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुँदैछ । इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका छन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी… Continue reading टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै
दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम
काठमाडौं । दक्षिण कोरियाले विशवकप खेल्ने टीमको घोषणा गरेको छ । कोरियाले ह्युङ मिन सनको कप्तानीमा मंसिर ४ गतेबाट कतारमा सुरू हुने फिफा विश्वकपको लागि टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका छन् । च्याम्पियन्स लिगअन्तर्गत… Continue reading दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम
निर्वाचन सुरक्षामा खटियो सेना
काठमाडौं । मङ्सिर ४ मा तोकिएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी छिन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको… Continue reading निर्वाचन सुरक्षामा खटियो सेना
ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो
काठमाडौं\एजेन्सी। ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय फिर्ता भएको छ । अमेरिकामा फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको पाइएपछि ट्वीटरले शुक्रबारबाट ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम रद्द गरेको जनाएको छ । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट… Continue reading ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो
सुदुरपश्चिम भेगमा ५.१ रेक्टर स्केलको भूकम्प
काठमाडौं । दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । दार्चुलालगायत सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । डोटीमा भने भूकम्पको धक्का… Continue reading सुदुरपश्चिम भेगमा ५.१ रेक्टर स्केलको भूकम्प
चुनावका दिन पास बीना सवारी चलाउन नपाइने
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान हुने दिन पास बिनाका सवारी साधन सवारी साधन चलाउन नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा… Continue reading चुनावका दिन पास बीना सवारी चलाउन नपाइने
कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने बताएका छन् । कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्छ, उनीहरुलाई बहुमत ल्याउन कठिन छ, बहुमत ल्याउने एमालेले नै हो ।’ पूर्व प्रधानमन्त्रीसमेत… Continue reading कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली
काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन
काठमाडौं । काठमाडौं उत्पयकामा आज यस वर्ष कै कम तापक्रम मापन भएको छ । बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो यस वर्षकै कम हो । यसअघि नोभेम्बर ३ मा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको थियो । अझै… Continue reading काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन
रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक
झारखण्ड । भारतको उत्तराखण्डमा बाबा रामदेवको कम्पनीका पाँच थरी औषधीको उत्पादनमा रोक लगाइएको छ। ‘भ्रामक विज्ञापन’ गरेको आरोपमा त्यस्तो कारबाही गरिएको अधिकारीहरूले जनाएका छन्। द हिन्दु पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेअनुसार पतञ्जलिका उत्पादन बनाउने दिव्य फार्मेसीलाई पाँच किसिमका औषधीको उत्पादन रोक्न उत्तराखण्डको अथोरिटीज अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले निर्देशन दिएको हो। योग गुरु… Continue reading रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक
आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता
काठमाडौं । आइसल्याण्डको भ्रमण पुरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । उनी शनिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारी विमानसथल पुगेका छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’… Continue reading आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता
केपी शर्मा ओली जब एलओडी नाइट क्लवमा झुल्किए…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आम मानिसलाई आकर्षित गर्न अनेक उपाय लगाउन माहिर छन् । यसै क्रममा मध्यरातमा केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब पुगेका छन् । जहाँ मध्यरातसम्म युवाहरुको ठूलो जमात रहने गर्छ । उनले क्लवमा पुगेर र्याप गीत सार्वजनिक गरे , ‘केपी बा’ बोलको र्याप गीत ओलीले शुक्रबार राती… Continue reading केपी शर्मा ओली जब एलओडी नाइट क्लवमा झुल्किए…
मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा
काठमाडौं । अर्जेण्टिनाले विश्वकप खेल्ने टीमको घोषणा गरेको छ । सिनिरयर खेलाडी एन्जल डि मारिया तथा चोटग्रस्त पाउलो डिबला समेत अहिले टीममा समेटिएका छन् । विश्वकप ४ मंसिरबाट कतारमा शुरु हुँदैछ । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । यो विश्वकप स्टार फुटबलर लिओनल मेसीका लागि अन्तिम विश्वकप हुँदैछ । विश्वका… Continue reading मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा
रोहित पौडेल बने नेपाली क्रिकेट टीमको नयाँ कप्तान
काठमाडौं । नेपाली क्रिकेट टीमको नयाँ कप्तानको जिम्मेवारी रोहित पौडेलले प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको हो । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध… Continue reading रोहित पौडेल बने नेपाली क्रिकेट टीमको नयाँ कप्तान
राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएको बताइन् ।भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ… Continue reading राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन
नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी
काठमाडौं । नेपाल साफ यू–१५ महिला च्याम्पियन बनेको छ । डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो। नेपालका लागि सुशिला केसीले गोल गरिन्। बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन्। पहिलो हाफमै १–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन… Continue reading नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी
नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम
काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्याण्ड्सले टिम घोषणा भएको छ । प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच भने समेटिएनन् । युवा स्टार जाभी सिमोन्सले टिममा स्थान बनाए । समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा… Continue reading नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम