‘नागरिकताको विषय पहिल्यै समाधान भइसक्यो, कति स्पष्टीकरण दिनू’

काठमाडौं । चितवन २ बाट प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेले आफूविरूद्ध परेको उजुरीबारे स्पष्टीकरण दिएका छन् । प्रतिनिधि सभा सदस्यमा उठेका लामिछानेमाथि रद्ध भइसकेको पुरानो नागरिकताका आधारमा उम्मेदवार भएको भन्दै उजुरी परेको छ । उजुरीकर्ताले उनको उम्मेदवारी खारेज गर्न माग गरेका छन् । लामिछानेले भने आफ्नो नागरिकता सम्बन्धी विवाद समाधान भइसकेको बताएका छन् । ‘एउटा… Continue reading ‘नागरिकताको विषय पहिल्यै समाधान भइसक्यो, कति स्पष्टीकरण दिनू’

सुनसरी ४ :सञ्चारमन्त्री कार्कीको बढेको आत्मविश्वास

काठमाडौं । गृहजिल्ला भोजपुरबाट यसअघिका निर्वाचनमा सफलता हात पार्न नसकेका पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की अघिल्ल्लो चुनावमा सुनसरीबाट उदाए। तत्कालीन समयमा बाम गठबन्धनलाई तोड्दै कार्की पहिलोपटक जिल्ला परिवर्तन गरि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गरी एमालेका… Continue reading सुनसरी ४ :सञ्चारमन्त्री कार्कीको बढेको आत्मविश्वास

पोल्याण्डमा मिसाइल खस्दा २ जनाको मृत्यु, कसले हानेको खुलेन

File

काठमाडौं । पोल्याडमा अज्ञात स्थानबाट हानिएको एक मिसाइल खस्दा २ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यो घटना पोल्याण्डको एक गाउँमा भएको हो । पश्चिमा मुलुकले यसमाथि रुसको हात रहेको आशंका गरेका थिए । रुसले भने आरोपको खण्डन गरेको छ । अमेरिका तथा अन्य पश्चिममा देशले यसबारे छानविन गरिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति… Continue reading पोल्याण्डमा मिसाइल खस्दा २ जनाको मृत्यु, कसले हानेको खुलेन

विश्वकप उचाल्न ८३१ फूटबलर कतारमा

काठमाडौं । कतारमा मंसिर ४ बाट सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडी सहभागिता हुने निश्चित भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो । जसअनुसार मंगलबारसम्म विश्वकपका लागि सहभागी ३२ देशले कूल ८३१ खेलाडी दर्ता गराएका हुन् । मंगलबारसम्म सहभागी सबै… Continue reading विश्वकप उचाल्न ८३१ फूटबलर कतारमा

दशरथ रंगशालामा आज नेपाल र पाकिस्तान भिड्दै

File Photo : ANFA

काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधबार मैत्रीपूर्ण फुटबल हुने भएको छ । खेल दशरथ रंगशालामा बेलुका पाँच बजेबाट सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्दैछ । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्नेछ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा… Continue reading दशरथ रंगशालामा आज नेपाल र पाकिस्तान भिड्दै

भोट हाल्न जाँदा साथमा के-के लैजान निषेध गरियो ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा तोकेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मोबाइल, सलाई, लाइटर, क्यामेरालगायत लैजान नपाउने गरी तोकेको छ । मतदान केन्द्रभित्र मोबाइललगायत सामग्री साथै लिएर जान पाइने छैन । आयोगले मतदाताहरूलाई मोबाइललगायत सामग्री लिएर मतदान केन्द्रमा नआउन आह्वान गरेको छ । आयोगले निर्वाचन अधिकृतलाई मोबाइल लगायत सामग्री लिएर आउन मतदाताले… Continue reading भोट हाल्न जाँदा साथमा के-के लैजान निषेध गरियो ?

नेपाल र यूएईबीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

काठमाडौं । नेपाल र यूएईबीच आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हुँदैछ । नेपालले पहिलो खेलमा भने हार बेहोरिसकेको छ । यूएई भने आजको खेलमा जित निकाल्दै श्रृङ्खला जित्ने दाउमा हुने छ । नेपालले यूएईलाई सन् २०१९ जनवरीयता हराउन सकेको छैन । ओडीआईमा २०१९ पछि नेपाल यूएईसँग तीन खेलमा पराजित भइसकेको छ । नेपाल र यूएईबीच… Continue reading नेपाल र यूएईबीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार

काठमाडौं । अर्जेन्टिनाइन कप्तान लिओनल मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ का मुख्य दाबेदार रहेको बताएका छन् । अन्य देशले भने अर्जेण्टिनालाई दोदार मानिरहेका छन् । पेरिस सेन्ट जर्मेनबाट खेल्ने ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लयमा छन् । ‘जब हामी दाबेदारबारे कुरा… Continue reading मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि विशेष जहाज नेपाल आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिरबाट ११ मंसिर सम्म पोखराको क्यालिब्रेसन उडान गर्ने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ । जहाज आइतबार नेपाल आएको हो । यो जहाज आगामी ५… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो

काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सबीच छलफल भएको छ । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर साहसँग जानकारी लिएका थिए । सो क्रममा साहले फोहोरको दीगो व्यवस्थापन गर्न सरल, सहज र… Continue reading काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल

रवि लामिछानेको उम्मेदवारी खारेज माग गर्दै उजुरी पर्नुको कारण के हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेसँगै नयाँ बहस शुरु भएको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।… Continue reading रवि लामिछानेको उम्मेदवारी खारेज माग गर्दै उजुरी पर्नुको कारण के हो ?

एकदिन पनि टिकेन शेयर बजारको हरियाली, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँ बराबरको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading एकदिन पनि टिकेन शेयर बजारको हरियाली, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

अमेरिकी ‘द भ्वाइस’को टप १६ मा परिजिता बास्तोलाको उत्कृष्ट प्रस्तुति

काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १६ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिएकी छन्। १७ वर्षीया बास्तोलाले २२‌‌औं संस्करणको ‘द भ्वाइस’को टप १६मा चारैजना कोचको उठाउन सफल भएकी हुन्। कोच जोन लिजेन्डको तर्फबाट उनले लेडी गागाको ‘आई विल नेभर लभ अगेन’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर… Continue reading अमेरिकी ‘द भ्वाइस’को टप १६ मा परिजिता बास्तोलाको उत्कृष्ट प्रस्तुति

विश्वको जनसंख्या ८ अर्ब पुग्यो, ६० प्रतिशतभन्दा बढी एसियामा

photo:RONB

काठमाडौं । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । युएनएफपीएका अनुसार नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या ८ अर्ब पुगेको हो । नोभेम्बर १५ सम्ममा ८ अर्ब जनसंख्या पुग्ने प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको राष्ट्रसंघीय जनसंख्या सम्भाव्य २०२२ मा खुलासा गरिएको थियो । विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र… Continue reading विश्वको जनसंख्या ८ अर्ब पुग्यो, ६० प्रतिशतभन्दा बढी एसियामा

निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा दिने घोषणा

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दुई दिन सार्वजनिक बिदा दिने भएको छ । निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने भएको हो । गृहमन्त्रालयका अनुसार शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सरकारी… Continue reading निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा दिने घोषणा

अमेरिकामा तीन फुटबल खेलाडीको गोली हानी हत्या

प्रतिकात्मक तस्वीर

काठमाडौं\एजेन्सी । अमेरिकामा तीन जना फुटबल खेलाडीको गोली हानी हत्या भएको छ । बीबीसीका अनुसार युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको हो । ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई… Continue reading अमेरिकामा तीन फुटबल खेलाडीको गोली हानी हत्या

विश्वकपमा पहिलो पटक महिला रेफ्री

काठमाडौं । आगामी ४ मंसिरबाट कतारमा शुरु हुने विश्वकप फूटबल धेरै अर्थमा पृथक रहनेछ । यसमध्ये एक हो, महिला रेफ्री । पहिलोपल्ट विश्वकपका खेल महिला रेफ्रीले खेलाउने निश्चित भएको छ । यो विश्वकप इतिहासकै कीर्तिमान हुने छ । इतिहास फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिताको नाममा लेखिँदैछ । अन्तर्राष्ट्रिय फुटबल महासंघ… Continue reading विश्वकपमा पहिलो पटक महिला रेफ्री

नक्कली सुन धितो राखेर २४ लाख ऋण

काठमाडौं । पोखरामा एक व्यक्तिले नक्कली सुन राखेर २४ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको हो । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका २५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।… Continue reading नक्कली सुन धितो राखेर २४ लाख ऋण

फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रचार शैली फेरिन थालेको संकेत मिलेको छ । साविकमा ठूल्ठूला आम सभा, पर्चा पम्प्लेट छपाएर गाउँगाउँ पुग्ने उम्मेदवार अब सामाजिक सञ्जालमा केन्द्रित हुन थालेका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार गर्नेको संख्या बढेको छ । यसले लाखौं रुपैयाँ बाहिरिएको समेत पाइएको… Continue reading फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कार्ययोजना बन्दै

काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ । कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पुर्‍याउने… Continue reading आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कार्ययोजना बन्दै

नुवाकोटमा आमा-छोरीको विभत्स हत्या, एक जना पक्राउ

नुवाकोट । नुवाकोटमा आमा छोरीको विभत्स हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मंगलबार बिहान एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ छन् जिल्ला प्रहरी कार्यालय नुवाकोटका… Continue reading नुवाकोटमा आमा-छोरीको विभत्स हत्या, एक जना पक्राउ

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच राष्ट्र प्रमुखका हैसियतमा पहिलो पटक प्रत्यक्ष भेट

File (Photo by SAUL LOEB / AFP) (Photo by SAUL LOEB/AFP via Getty Images)

बाली । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिन्पिङसँग राष्ट्रप्रमुखका हैसियतमा इन्डोनेशियाको बालीमा पहिलो प्रत्यक्ष भेटघाट गरेका छन्।दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला दुई नेताबीच झण्डै तीन घण्टा बैठक भएको हो। आफ्नो एउटा सुरुवाती मन्तव्यमा बाइडनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुको आवश्यकताबारे बोलेका थिए। बाइडनले ताइवानप्रति चीनको बढ्दो आक्रामक व्यवहारबारे असन्तोष पोखेको… Continue reading अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच राष्ट्र प्रमुखका हैसियतमा पहिलो पटक प्रत्यक्ष भेट

वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलाग्ने

काठमाडौं । वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलागे भएको छ । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झार्दै यसमा गैरआवासीय नेपालीलाई भने त्यो सीमा नलाग्ने निर्णय गरेको हो । २८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । निर्णय सोमबार रापपत्रमा प्रकाशित भएको हो । अब नेपालमा प्रत्यक्ष विदेशी लगानी ल्याउन… Continue reading वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलाग्ने

पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै बुद्ध एयर, भारतको ३ गन्तव्यमा जाने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । बुद्धले एक विज्ञप्ति जारी गर्दै आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान आफ्नो कम्पनीले गर्ने घोषणा गरेको हो । पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारस गर्ने बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार… Continue reading पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै बुद्ध एयर, भारतको ३ गन्तव्यमा जाने

नेपाल युएईसँग ८४ रनले पराजित, डेब्यू खेलमै साउदको अर्धशतक

काठमाडौं । नेपाल भ्रमणमा रहेको यूएईले आफ्नो पहिलो एक दिवसीय खेल ८४ रनले जितेको छ । तीन एक दिवसीय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई फराकिलो रन अन्तरले पराजित गरेको हो । २६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि नाै विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह… Continue reading नेपाल युएईसँग ८४ रनले पराजित, डेब्यू खेलमै साउदको अर्धशतक

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । अघिल्ला ३ दिन लगातार दोहोरो अंकले घटेको नेप्से आज २१ अंकले कमब्याक गरेको हो । सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १७ करोडले बढेर झन्डै १ अर्ब पुगेको छ । सोमबार नेप्से २१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा… Continue reading सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

ललितपुर-३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन… Continue reading ललितपुर-३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम

युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, मुस्तफाको अर्धशतक

काठमाडौं । नेपाल भ्रमणमा रहेको युएईले २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो। यूएईका लागि ७३ बलको सामना गरेका मुस्ताफाले सात चौकासहित ५३ रनको अर्धशतकीय इनिङ खेले। त्यसअघि पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्दै मुहम्मद वासिमले ४४… Continue reading युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य, मुस्तफाको अर्धशतक

गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?

काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले २० घण्टासम्म नियन्त्रणमा राखेको छ । एक सांस्कृतिक कार्यक्रमका लागि साइप्रस जान लागेका उनीहरु लेवनानको अध्यागमनमा २० घण्टासम्म नियन्त्रणमा बस्नु परेको छ । यसबारे आइतबार नेपाली सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति… Continue reading गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?

प्रचार-प्रसारमा कुनै पनि दललाई अवरोध नगर्न आयोगको ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण बनाउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ। आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न–गराउन र निर्वाचनमा… Continue reading प्रचार-प्रसारमा कुनै पनि दललाई अवरोध नगर्न आयोगको ध्यानाकर्षण