काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ–३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेस गरेका छन् । काठमाडौं–५ बाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले शुक्रबार श्रेष्ठसहित एक सय ५० बढी एमाले कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । युवा नेतृत्वबाट मात्रै परिवर्तन सम्भव भएकाले एमाले परित्याग गरेको उनले बताएका छन् । एमालेले पुराना नेता बोकेर हिँडेको र कांग्रेसमा प्रदीप पौडेल,… Continue reading बुढानिलकण्ठका एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश, इश्वर पोखरेललाई ठूलो झड्का
Author: Vishwanews.com
ट्रिटनमा नमुना मतदान
काठमाडौं । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका बेला मतदाता शिक्षा कार्यक्रम अन्तर्गत काठमाडौंको तीनकुनेस्थित ट्रिटन इण्टरनेशनलमा वि./कलेजमा विद्यार्थीहरुकै सहभागितामा नमुना मतदान गरिएको छ । निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो । क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने… Continue reading ट्रिटनमा नमुना मतदान
एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, उच्चदक्ष १४ जना
काठमाडौं । रोजगारीका लागि विदेशिनको संख्या केही मात्रामा घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान असोज महिनामा ६२ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको असोज महिनामा ६२ हजार ७०७ जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् । गत भदौमा… Continue reading एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, उच्चदक्ष १४ जना
पृथ्वीराजमार्ग विस्तारले गति लिँदै, ९० प्रतिशत रुख काटियो
काठमाडौं । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब ४६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २०५ रुख कटान गरिसकेको छ । आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर… Continue reading पृथ्वीराजमार्ग विस्तारले गति लिँदै, ९० प्रतिशत रुख काटियो
‘एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिन्छन्’- ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका छन्। शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धाउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिने बताएका हुन्। उनले देश बिकासका सन्दर्भमा गठबन्धनलाई बोेकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौती दिए। ओलीले एक्लै चूनाव… Continue reading ‘एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिन्छन्’- ओली
कबड्डी ४ चलचित्र अब एपमा पनि उपलब्ध
काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी–४’ को अब डिजिटल प्रिमियर हुने भएको छ। शुक्रबारबाट नेपालको उदीयमान ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा चलचित्र डिजिटल प्रिमियर हुन लागेको हो। बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच एप र चलचित्रको टिमले यसबारेमा जानकारी गरायो। चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ। निर्देशक गुरुङले हलमा हेर्न… Continue reading कबड्डी ४ चलचित्र अब एपमा पनि उपलब्ध
काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र खुला रुपमा आगो बाल्न रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ । महानगर क्षेत्रभित्र कसैले खुला… Continue reading काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध
विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम
काठमाडौं । पोर्चुगलले आगामी विश्वकपका लागि टोली घोषणा गरेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्। अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर… Continue reading विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम
यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम
काठमाडौं । चार पटकको च्याम्पियन जर्मनीले कतार फिफा विश्वकप फुटबलका लागि टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकप खेल्ने २६ सदस्यीय जर्मन टोलीको घोषणा गरेका हुन् । जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको… Continue reading यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम
दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने विषयमा ६ बुँदे निर्णय गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका… Continue reading दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय
नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक
काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का सहमालिक बनेको मिस वर्ल्डले पुष्टी गरेको छ । यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेटका मालिक हुन् । त्यस्तै विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका पनि मालिक… Continue reading नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक
पदयात्रामा निस्किएका युवाको सोलुखुम्बुमा मृत्यु
काठमाडौं । सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सोलुदूधकुण्ड नगरपालिका –१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार चम्पा ट्रेकिङ प्रा.लि. काठमाडौंमार्फत ट्रेकिङ आएका विश्वकर्माको महाकुलुङ गाउँपालिका –१ बरुन्चे बेस क्याम्पमा मृत्यु भएको हो । मृत्युको कारण… Continue reading पदयात्रामा निस्किएका युवाको सोलुखुम्बुमा मृत्यु
विनोद चौधरीको प्रचारमा सहभागी भएपछि भूवन केसीलाई आयोगको स्पष्टीकरण
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरणमा सोधेको छ । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएका थिए । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार,… Continue reading विनोद चौधरीको प्रचारमा सहभागी भएपछि भूवन केसीलाई आयोगको स्पष्टीकरण
भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा
काठमाडौं । भारतलाई १० विकेटले हराउँदै टी-२० विश्वकपको फाइनलमा पुगेको छ । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङले इंग्ल्याण्ड फाइनलमा पुगेको हो । इंग्ल्याण्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो।… Continue reading भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा
आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै
पेरिस । विश्वका ठूला सूचना प्रविधि कम्पनी आर्थीक मन्दीमा पर्न थालेका छन् । मख्यगरी सामाजिक संजाल ट्वीटर, फेसबुक, मेटा लगायत कम्पनीले चर्को मन्दीको सामना गर्नुपरेको छ । ट्वीटरका नयाँ मालिक एलन मस्कले आफ्ना आधा कर्मचारीहरूलाई बर्खास्त गरको खबर आएको गत हप्तामा अर्को सामाजिक सञ्जाल सञ्चालकले कर्मचारी कटौतीको निर्णय गरेको छ । अमेरिकी प्रविधि कम्पनी मेटाले… Continue reading आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२६ कम्पनीको १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँ बराबरको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट
नेपालमै पहिलोपटक बन्यो ‘पम्प ट्रयाक’ साइक्लिङ पारखीका लागि उत्कृट गन्तव्य
काठमाडौं । नेपालमै पहिलोपटक ललितपुरको कुपण्डोलस्थित वाग्मती किनारमा ‘पम्प ट्रयाक’ (उवाखबाड घुम्तीहरु भएको साइक्लिङ गर्ने ठाउँ) निर्माण भएको छ । पम्प फर पिस नामक संस्थाले ललितपुर महानगरपालिकाको सहकार्यमा निर्माण गरेको उक्त पम्प ट्रयाक बुधबारदेखि संचालनमा आएको हो । यो ट्रयाकमा उबडखाबड घुम्तीहरू हुन्छन् । यसमा माउन्टेन बाइकरले साहसिक यात्रा गर्छन् । उबडखाबड ट्रयाकमा साइकल उडाएर… Continue reading नेपालमै पहिलोपटक बन्यो ‘पम्प ट्रयाक’ साइक्लिङ पारखीका लागि उत्कृट गन्तव्य
नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर
काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि टिकटदर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको हो। यस्तै भीभीआईपी टिकटतर्फ ८० वटा टिकट छुट्टायाइएको छ। सो खेलको एक भाग्यमानी दर्शकले कतारमा हुने विश्वकपको ब्राजिल र क्यामरुनबीचको… Continue reading नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर
माओवादी केन्द्रको औद्योगिक नीति: आधुनिक औद्योगिक केन्द्र निर्माण, नयाँ उद्योगलाई कर छुट
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिबद्धता पत्रमाआधुनिक औद्योगिक केन्द्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। माओबादीले नयाँ उद्योगलाई करमा छुट दिने प्रतिबद्धता समेत जनाएको छ । तीव्र औद्योगिकीकरण र रोजगारी वृद्धि, यसैले ल्याउँछ सुख र समृद्धि ! भन्ने मूल नारालाई अङ्गीकार गर्दै माओबादीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नको लागि औद्योगिक विकासको महत्त्त्वपूर्ण भूमिका रहने… Continue reading माओवादी केन्द्रको औद्योगिक नीति: आधुनिक औद्योगिक केन्द्र निर्माण, नयाँ उद्योगलाई कर छुट
अब सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । बिहीबार एक सूचना गर्दै राष्ट्र बैँक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने जनाएको हो । यसअघि नेपाल राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभाग तथा टक्सार महाशाखामा यस्तो व्यवस्था थिएन… Continue reading अब सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने
गठबन्धनमा धोका नभए संखुवासभामा कांग्रेसका दीपक खड्काले बाजी मार्ने
काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्यकालागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा छ । उम्मेदवार र एजेन्डाकै कारण जिल्लाबासीमा कुनै उत्साह छैन । विगतमा एक अर्कामा हारजित बेहोरिसकेका खड्का र गौतम स्वयम् तेस्रो पटक आमनेसामने भएका हुन् । तर, चुनावी माहोल भने कांग्रेसको जिल्ला सभापतिसमेत रहेका खड्काले खिचेका छन्… Continue reading गठबन्धनमा धोका नभए संखुवासभामा कांग्रेसका दीपक खड्काले बाजी मार्ने
अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण
न्यूयोर्क । अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ। सो परिणामले राष्ट्रपति बाइडनलाई धक्का लाग्ने ठानिएको छ। तल्लो सदनको सबै ४३५ सिटका निम्ति निर्वाचन भएको छ। बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ। मङ्गलवारको निर्वाचन अगाडि राष्ट्रपति बाइडनको दल डेमोक्र्याटको २२० सिटसहित बहुमत थियो। यो निर्वाचनमा सीबीएस न्यूजले हालसम्म… Continue reading अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण
राष्ट्रपतिद्धारा आइसल्याण्डमा पदक ग्रहण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्यान्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ९डब्लूपीएल०को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति भण्डारीले मञ्चद्वारा प्रदान गरेको अवार्ड ग्रहण गेकी हुन् । उनलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान… Continue reading राष्ट्रपतिद्धारा आइसल्याण्डमा पदक ग्रहण
बैंकविरुद्धको आन्दोलन चुनावसम्म स्थगित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशका विभिन्न स्थानमा भइरहेको बैंकविरुद्धको आन्दोलन रोक्न आह्वान गरेको छ । अहिले देशभरका जिल्लारनगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै बैंकविरुद्ध आन्दोलन गरिरहेका छन् । यी मागमा ऐक्यबद्धता जनाउँदै महासंघले निर्वाचनसम्म सबै आन्दोलनका कार्यक्रम रोक्न आह्वान गरेको हो । तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर… Continue reading बैंकविरुद्धको आन्दोलन चुनावसम्म स्थगित
पत्रकार तथा लेखक अधिकारी मृत फेला
काठमाडौं । पत्रकार तथा लेखक सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत भेटिएका छन् । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोरालाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन… Continue reading पत्रकार तथा लेखक अधिकारी मृत फेला
टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुग्यो पाकिस्तान
काठमाडौं । पाकिस्तान आइसिसी पुरूष टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो। न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी… Continue reading टी–२० क्रिकेट विश्वकपको फाइनलमा पुग्यो पाकिस्तान
बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिका ९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका ५ वर्षीय कल्पना राना मगर छन्… Continue reading बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
सिन्धुपाल्चोक २ मा गठबन्धनको साथले कांग्रेस नेता बस्नेतलाई जित्न सहज
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेतको चर्चा बढेको छ । कांग्रेसको आफ्नै प्रभाव क्षेत्र, सत्ता गठबन्धनको साथ, एमालेको विभाजन, बस्नेतको विकासवादी नेताको परिचयले एमालेका तामाङ भन्दा बस्नेतलाई सहजता देखिएको हो । केन्द्रीय राजनीतिभन्दा दुवैको भूगोलसँगको साइनो बढी देखिन्छ । तर यस्तो प्रतिस्पर्धामा पनि बस्नेत… Continue reading सिन्धुपाल्चोक २ मा गठबन्धनको साथले कांग्रेस नेता बस्नेतलाई जित्न सहज
समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’
काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण र दायित्वको साँवाब्याज बुझाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ताकेता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न मितिमा समस्याग्रस्त घोषित गरेका सहकारीहरुका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन समितिले १५… Continue reading समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’
धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा : सुनील र राजेन्द्रलाई हेमराजको चुनौती
काठमाडौं । धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि नौ जना चुनावी मैदानमा छन् । तर, मुख्य तीन उम्मेदवारको प्रतिस्पर्धा भने रोचक बनेको छ । कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् । एमाले नेतृत्वको गठबन्धनबाट राजेन्द्र राई मैदानमा छन् । अघिल्लो निर्वाचनमा राई थापालाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसबेला कांग्रेस एक्लै मैदानमा थियो । राईलाई… Continue reading धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा : सुनील र राजेन्द्रलाई हेमराजको चुनौती