कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान नगर्ने

१२ असोज, काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुने जानकारी दिए । विसं २०३३ मा जननायक बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’… Continue reading कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान नगर्ने

‘इभी’ सवारी दुर्घटनामा १७ जना घाइते

१२ असोज, काँक्रेविहार । नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरका इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि मल्ल… Continue reading ‘इभी’ सवारी दुर्घटनामा १७ जना घाइते

कपुरकोटमा माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु

रूकुम बाँफिकोटबाट दाङको तुलसीपुरतर्फ आउदै गर्दा गएराति सल्यान कपुरकोट-३ चोरखोलामा दुर्घटना भएको लु २ ख ६५०२ नम्बरको गाडी। यात्रुवाहक हाइस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तस्बिरः दीपक बोहरा/रासस

१२ असोज, दाङ । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए… Continue reading कपुरकोटमा माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु

नेपालले टेष्ट राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दै रच्यो इतिहास

१२ असोज, काठमाडौं । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर… Continue reading नेपालले टेष्ट राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दै रच्यो इतिहास

७ तस्वीरमा दशैं माहोल

गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा घर लिप्दै स्थानीयबासी । दसैँ सुरु भएसँगै जिल्लाबासीलाई घर लिपपोत गर्न भ्याइनभ्याई भएको छ । तस्बिरः हुमाकान्त पोखरेल÷रासस

११ असोज, काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ । साथै दसैँ घर वा पूजा कोठामा स्कन्दमाताको पूजा गरिएको छ । नवरात्रमा देवीको पूजाआराधना गरेमा मनोकामना पूरा हुने विश्वास छ । नवरात्रलाई शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ । काठमाडौँ… Continue reading ७ तस्वीरमा दशैं माहोल

माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

११ असोज, पोखरा । मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ, तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ । होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको… Continue reading माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

नयाँ पुस्ताले सिंहदरबारमा आगो लगाएका होइनन्, घुसपेठ भयो : ओली

११ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका छन् । युवा सङ्घ नेपालले आज गुण्डुमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण, सुशासन… Continue reading नयाँ पुस्ताले सिंहदरबारमा आगो लगाएका होइनन्, घुसपेठ भयो : ओली

‘ट्राभल एड्‌भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरुलाई पर्यटन बोर्डको आग्रह

११ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ । दशैंको अवसरमामा काठमाडौंमा बिहीबार बेलुका आयोजित ‘मिट एण्ड ग्रीट विथ डिप्लोम्याटिक कोर्प्स’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपाल अहिले सामान्य अवस्थामा फर्किएको र पर्यटक भ्रमणका लागि पूर्ण सुरक्षित… Continue reading ‘ट्राभल एड्‌भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरुलाई पर्यटन बोर्डको आग्रह

४६ औं विश्व पर्यटन दिवस : नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश

११ असोज, काठमाडौं । ४६ औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई प्रवाह गरिएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र नेपाल पर्यटन बोर्डको समन्वयमा शनिबार बोर्डको सभा हलमा भएको कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालको पर्यटन पछिल्लो जेनजी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको… Continue reading ४६ औं विश्व पर्यटन दिवस : नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश

सडकका २३४ रुग्ण ठेक्का तोड्दै कुलमान, निर्णय नगर्ने कर्मचारीमाथि छानबिन हुने

११ असोज, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ । सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । संघीय सडक सुपरीवेक्षण… Continue reading सडकका २३४ रुग्ण ठेक्का तोड्दै कुलमान, निर्णय नगर्ने कर्मचारीमाथि छानबिन हुने

सर्लाहीमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

११ असोज, बरहथवा । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छभने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५… Continue reading सर्लाहीमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती

११ असोज, पाँचथर । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय… Continue reading तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

एजेन्सी११ असोज, मस्को । रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि विषाक्त मदिरा सेवनका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । क्षेत्रीय सरकारको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, तीमध्ये आठ जनाको मृत्यु प्रयोगशालामा पुष्टि भएको ‘मिथेनोल विषाक्तता’ का कारण भएको देखिएको छ । यस घटनामा संलग्न रहेको आशङ्कामा एक पुरुष र एक महिलालाई… Continue reading विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

युरोपेली सङ्घले रुसको ड्रोन हमला रोक्न प्रविधिमा आधारित सुरक्षा योजना बनाउँदै

File (Photo by Mamoun Wazwaz/Xinhua)

एजेन्सी११ असोज, काठमाडौं । युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले शुक्रबारदेखि रूसबाट आउने मानवरहित हवाई यान (ड्रोन) का सम्भावित आक्रमणलाई रोक्नका लागि ड्रोन प्रतिरोध प्रणाली निर्माणसम्बन्धी प्रारम्भिक छलफल सुरु गरेका छन् । हालसालै डेनमार्कमा केही विमानस्थलहरुमा अज्ञात ड्रोनका कारण अवरोध भएको घटना तथा पोल्यान्डमा नाटोले रूसी ड्रोनहरू खसालेको घटनाले युरोपको आकाशीय सुरक्षा आवश्यकताको महत्त्वलाई पुनः… Continue reading युरोपेली सङ्घले रुसको ड्रोन हमला रोक्न प्रविधिमा आधारित सुरक्षा योजना बनाउँदै

जर्मनीले अन्तरिक्ष सुरक्षामा ३५ अर्ब युरो लगानी गर्दै

expatrio

एजेन्सी११ असोज, काठमाडौं । जर्मनीले आफ्नो अन्तरिक्ष सुरक्षा क्षमताहरू थप सुदृढ बनाउन आगामी पाँच वर्षमा ३५ अर्ब युरो (करिब ४०.९५ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना घोषणा गरेको छ। यो महत्वपूर्ण निर्णय जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले बर्लिनमा आयोजित स्पेस कंग्रेसमा आदरपूर्वक प्रस्तुत गरेका हुन् । उनले जर्मनीले छिट्टै राष्ट्रिय अन्तरिक्ष सुरक्षा प्रणालीको स्थापना गर्ने जानकारी… Continue reading जर्मनीले अन्तरिक्ष सुरक्षामा ३५ अर्ब युरो लगानी गर्दै

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

रासस११ असोज, काभ्रेपलाञ्चोक । विसं २०८१ असोजको विपद्मा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो । दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा भएको करिब रु… Continue reading विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

सुबास ढुंगाना/रासस

११ असोज, काठमाडौं । कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनत्तम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम… Continue reading महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

मनसुनी वायूको प्रभाव कमजोर, यात्रा सहज हुने

११ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको… Continue reading मनसुनी वायूको प्रभाव कमजोर, यात्रा सहज हुने

ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

(AP Photo/Jae C. Hong)

एजेन्सी११ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गरेका छन् । गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो । अक्टोबर १… Continue reading ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू

११ असोज, काठमाडौं । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को सुरु गरेको छ । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले आज सो प्रणालीको शुभारम्भ गरे । सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो… Continue reading अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू

जाँचबुझ आयोगले थाल्यो काम, क्षतिको विवरण मगाउने निर्णय

(AP Photo/Niranjan Shrestha)

११ असोज, काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले क्षतिको विवरण मगाउने निर्णय गरेको छ । जलवायु तथा अनुसन्धान विभाग, बबरमहलमा कार्यालय स्थापना गरी बिहीबार बसेको बैठकले क्षतिको विवरण मगाउने निर्णय गरेको हो । आयोगले क्षतिको विवरण सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सरकारी… Continue reading जाँचबुझ आयोगले थाल्यो काम, क्षतिको विवरण मगाउने निर्णय

विकास साझेदारसँग अर्थमन्त्रीको छलफल : मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

११ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाएका छन् । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग आज भएको बैठकमा उनले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनःनिर्माण गरिने बर्ता । बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएकामा धन्यवाद दिए ।… Continue reading विकास साझेदारसँग अर्थमन्त्रीको छलफल : मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट, मागे मताधिकार

११ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मन्त्रालयमा शुक्रबार भएको भेटमा एनआरएनका तर्फबाट अध्यक्ष डा केसीले संविधान संशोधनमार्फत गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका… Continue reading सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट, मागे मताधिकार

माओवादीले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने

rss

१० असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा… Continue reading माओवादीले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने

माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवेशन

१० असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।बैठकले महाधिवशेन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । मौजुदा… Continue reading माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवेशन

फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

१० असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख… Continue reading फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

धनुषामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

१० असोज, महेन्द्रनगर । धनुषामा आज तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।जनकनन्दिनी गाउँपालिका ५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । उनका अनुसार कमला नगरपालिका-२… Continue reading धनुषामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

१० असार, काँक्रेविहार । पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई… Continue reading खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सहज

गन्तव्यतर्फ जाँदै सवारीसाधन मलेखु (धादिङ), १० असोजः दसैँ नजिकिएसँगै काठमाडौँबाट पृथ्वीराजमार्गअन्तर्गत धादिङ हुँदै पूर्व–पश्चिमका जिल्लातर्फ जाँदै गरेका सवारीसाधन । धादिङको जवाङखोला र चितवनको तुइनखोलाको पहिरोले एक सातादेखि असहज बनेको पृथ्वीराजमार्गको यात्रा आजदेखि सहज बनेको छ । तस्बिरः शङ्कर श्रेष्ठ÷रासस

१० असोज, चितवन । एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ । उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि पटकपटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति ११ः३५ बजेदेखि तुइन खोलामा… Continue reading नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सहज

भागेकामध्ये आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

१० असोज, काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले… Continue reading भागेकामध्ये आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए